दोलखाको लामा बगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री झलनाथ खनालले आज शिलन्यास गर्नु भएको छ । दोलखा सदरमुकाम चरिकोटदेखि ५० किलोमिटर उत्तर तिब्बती सिमानामा रहेको ४ सय ५६ मेगावाटको आयोजनाको शिलन्यास गर्दै प्रधानमन्त्री खनालले स्वदेशी लगानीको सबैभन्दा ठूलो लगानीमा रहेको आयोजना राष्ट्रिय प्रथमिकतामा रहेको बताउनुभयो ।
उहाँले मुलुकमा यस्तो लगानीले सकरात्मक सन्देश जाने बताउनुभयो । ठूला आयोजनामा सबै दलको सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री खनालले राष्ट्रिय शान्ति र संविधानका लागि सहमतिका लागि समेत दलहरु जुट्नुपर्ने बताउनुभयॊ । तामोकोशी आयोजनाका लागि स्वदेशी लगानीबाट ३५ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । खनालले यत्रो रकम स्वदेशमै संकलन हुनु अत्यन्तै राम्रो र खुसीको कुरा भएको बताउँदै भावी दिनका लागि पनि राम्रो सुरुवातको संकेत रहेको पनि बताउनुभयो ।
दुईवटा हेलिकप्टरबाट १२ बजे सिलन्यास स्थल पुग्नु भएका प्रधानमन्त्री खनाल उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णबहादुर महरा सूचना तथा संचार मन्त्री अग्नी सापकोटा रक्षामन्त्री विष्णु पौडेल उर्जामन्त्री गोकर्णविष्ट भौतिक योजना राज्यमन्त्री देवी खड्का तथा सभासदहरु विभिन्न राजनीतिक दल लगानीकर्ता लगायत नागरिकको पनि ठूलो उपस्थिति थियो ।

0 comments:
Post a Comment