Sahara Sansar

Showing posts with label मिडिया. Show all posts
Showing posts with label मिडिया. Show all posts

Wednesday, February 16, 2011

नेपाल पत्रकार महासंघ धादिङमा बर्मा

0 comments

राजेन्द्र न्यौपाने

 फागुन  ५ गोरखा । नेपाल पत्रकार महासंघ धादिङमा सिताराम बर्मा अध्यक्ष पदमा निर्विरोध हुनुभएको छ । बुधबार भएको महासंघको अधिवेशनले वर्माको अध्यक्षतामा १२ सदस्यीय समिति निर्माण गरिएको हो ।

समितिको उपाध्यक्षमा नवराज छत्कुली, सचिवमा सुदर्शन खतिवडा, कोषाध्यक्षमा नारायण सिलवाल, सह सचिवमा मुना सिंखडा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत किशोरजंग थापाले बताउनुभयो । 

महासंघमा जम्मा ६० सदस्य रहेका थिए ।

Read More......

Saturday, February 12, 2011

१२ औं बार्षिकोत्सव अवसरमा रेडियो लुम्बिनीको कार्यक्रम

0 comments

 माघ २९ रुपन्देही। रेडियो लुम्बिनीको १२औं बार्षिकोत्सव आज विशेष समारोहबीच सकिएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले सामाजिक विकासमा रेडियो लुम्बिनीले नमुना प्रस्तुत गरेको उल्लेख गरे ।

 उनीहरुले समुदायको मर्म, भावना र चाहना अनुसार चल्न सकेकै कारण ११ वर्षमा समुदायको लागि उदाहरण बन्न सफल भएको पनि बताए । कार्यक्रममा प्रमुख अतिथि सामुदायिक रेडियो प्रसारक सघंका अध्यक्ष मिन बहादुर शाहीले लोकतान्त्रिक शासनपद्धतिलाई संस्थागत गर्न रेडियोले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सरकारी सेवा सुविधाका बारेमा चेतना फैलाउन सामुदायिक रेडियोले अहम भुमिका खेलेको बताउनुभयो ।त्यस अवसरमा रेडियो लुम्बिनीका कार्यकारी अध्यक्ष कृष्ण प्रसाद नेपाल, रेडियोका पूर्व  अध्यक्ष अर्जुन ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष मोहन चापागांई, रुपन्देही उद्योग संघका अध्यक्ष एजाज आलमलगायतले रेडियो पं्रशंसा गर्दै समुदायमा केन्द्रीत भएर अघि बढ्न सुझाव पनि दिएका छन् ।

वार्षिकोत्सवका अवसरमा रेडियो लुम्बिनीले बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउने संस्था,कर्मचारी र व्यत्तीत्वहरुलाई सम्मान गरेको छ । रेडियोले पूर्व स्टेशन मेनेजर कुलमणि ज्ञवाली, वरिष्ठ प्राविधिक साहायक डम्बर चौधरी, रेडियो पत्रकार रिता खरेल, हिक्मत चौधरी, कार्यक्रम उत्पादक परमशिला बांनिया र मदन भण्डारीलाई सम्मान गरेको हो । त्यस्तै विज्ञापन उत्पादक मोहन न्यौपाने, साझेदारी कार्यक्रम सहायक राज चौधरी, र हुमनाथ भट्टराईलाइ रेडियोले सम्मान गरेको छ ।


 सैगरी सञ्चार प्रतिष्ठानले इटहरीमा सञ्चालन गरेको सामुदायिक रेडियो परिवर्तनको विभिन्न कार्यक्रमको आयोजना गरि पहिलो वार्षिकोत्सव सम्पन्न गरेको छ भने रेडियोका चार जना उत्कृष्ट स्रोतालाई सम्मान समेत गरिएको छ ।


Read More......

Saturday, February 5, 2011

३४ प्रतिनिधीका चार प्रतिस्पर्धी उम्मेदवार

0 comments

राजेन्द्र न्यौपाने
 गोरखा, २२, माघ । नेपाल पत्रकार महासंघ गोरखाको अधिवेशन नजिकिदै गर्दा गोरखामा ३४ प्रतिनिधीका चार प्रतिस्पर्धी मैदानमा उत्रने भएका छन् ।

महासंघको स्थापना कालदेखि नै काम गर्दै आएका पत्रकार महासंघका कोषाध्यक्ष शुशिलबाबु श्रेष्ठ( कैलाश), सचिव भीमलाल श्रेष्ठ, केन्द्रीय पार्सद शिव प्रसाद उप्रेती मैदानमा उत्रने भएका हुन् । महासंघका उपाध्यक्ष एवं जेष्ठ सदस्य रुद्र पोखरेलले भने आफुलाई सर्वसम्मत सभापति बनाउनुपर्ने माग राख्नुभएको महासंघका एक सदस्यले बताउनुभयो ।

महासंघमा जिल्लामा रहेका ३४ जनाले मात्र भाग लिन पाउनेछन् । पुराना सदस्य १८ र नयाँ थप गरिएका १६ जना सदस्यहरुले मात्र उम्मेदवार बन्ने र मतदानमा भाग लिन पाउने व्यवस्था छ । पत्रकारीतालाई नै पेशा बनाउनेको संख्या गोरखामा न्युन रहेकोले पेशेवर पत्रकारिता गर्नेलाई मात्र महासंघको कार्यसमितिमा लैजानुपर्ने माग अहिले गोरखाका पत्रकारहरुले गरेका छन् ।

महासंघको कार्यसमितिमा बस्ने र आफ्नो स्वार्थ अनुकुलको मात्र काम गर्ने प्रवृतिले पत्रकारहरु असुरक्षित भएको जिल्लाका क्रियाशील पत्रकारहरुको भनाई रहि आएको छ । एउटा क्रियाशील पत्रकारलाई समस्या पर्दा महासंघ केही नबोल्ने र उसका पार्टी कार्यकर्ताको समस्यामा ज्यानदिएर सहयोग गर्ने प्रचलन गोरखामा रहेको छ ।

Read More......

Sunday, January 16, 2011

आज १३ औं भूकम्प सुरक्षा दिवस मनाइयो

0 comments


माघ २ काठमाडौं।
आज १३ औं भूकम्प सुरक्षा दिवस । वि. सं १९९० सालको माघ दुर्इ गते अर्थात आजकै दिन नेपालमा विनाशकारी भूकम्प आएको दुःखद दीनको सम्झनामा भूकम्पीय सुरक्षा दिवस मनाउने गरिन्छ ।यस वर्ष यो दिवसको नारा भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौं , साधन ज्ञान, सीप र भवन सहिंताको अधिकतम प्रयोग गरौं राखिएको छ । भूकम्पबाट कसरी सुरक्षित हुने र कसरी क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यो दिवस विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गर्दै मनाउने गरिन्छ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक मोदमणि दीक्षितका अनुसार प्राकृतिक प्रकोपकत्र रूपमा नेपालमा विगतमा गएको भूकम्पले पारेको नोक्सान र भविष्यमा हुनसक्ने खतराबाट मूक्त हुनका लागि दश बुँदे सुझाव तयार भएको छ । नेपाल भूकम्पीय जोखिमको दृश्टिकोणले विश्वभर ११ औं स्थानमा पर्दछ भने विश्वका विभिन्न शहर मध्ये भूकम्पीय जोखिमका धारमा काठमाडौं १ नम्बरमा पर्दछ । यसअघि सन् २००१मा क्यारेबियन राष्ट्र हाइटीलार्इ भूकम्पीय जोखिमको दृश्टिकोणले उच्च जोखिमको स्थानमा राखिएको थियो । भूकम्पबाट बच्न भूकम्पको समयमा फ्नो परिवारका लागि सुरक्षित हुनसक्ने ठाउँ पहिले पत्ता लगाउने, भूकम्पको झड्का थाहा पाउने बित्तिकै गोका स्रोतहरू तत्काल बन्द गर्नुपर्ने, हतारमा त्तिएर बाहिर जान नहुने, कम्तिमा घरको एक ढोका खुलै हुने व्यवस्था मिलाउनु पर्ने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले सुझाव दिएको छ ।  

Read More......

सिन्धुलीमा साबुन कारखाना खुल्दै

0 comments


एसबी गौतम रेडियो सिन्धुलिगढ़ी
माघ २ सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर ७ पानिट्रयाङ्कीमा अपाङ्गता भएकाहरुलाई  ध्यानमा राखि तालिम केन्द्र स्थापना हुने भएको छ । कमलामाई नगरपालीका ७ पानिट्राङकी निवासी मन्जु प्रधानले करिव ३५ लाख वरावरको दुई कठ्ठा जग्गा नेपाल प्राकृतिक तथा मानव विकास श्रोत विकास सघं काठमाण्डौलाई दिनुभएपछि पृथक सक्षमता भएकाहरुलाई प्रशिक्षण दिने उदेश्यले तालिम केन्द्र खुल्ने भएको हो ।
रोटरी क्लव अफ जेम्स हाउन नर्थ डोकाटो सयुक्त राज्य अमेरिकाको आर्थिक तथा  प्राविधिक सहयोगमा तालिम दिईने र देशकै एक उच्च स्तरिय सावुन कम्पनि स्थापना गरि विभिन्न किसिमका अपाङ्गता भएकाहरुलाइ रोजगारको अवसर मिलाईने सस्था सस्थापक दिनेश राज शर्माले जानकारि गराए ।

Read More......

राष्ट्रिय झण्डा परिवर्तन नगर्ने सहमति

0 comments


माघ २ काठमाडौं । प्रमुख तीन दल अब बन्ने संविधानमा पनि अहिलेकै नेपाली झण्डालार्इ मान्यता दिन सहमत जनाएका छन् । आज आइतबार सिंहदरबारमा बसेको बैठकले झण्डाको रंग, आकार र प्रकारलार्इ जनआन्दोलनको उपलब्धीसँग जोडेर व्याख्या गर्ने तर झण्डा नफेर्ने सहमति भएको हो ।
यस अघि एकीकृत नेकपा माओवादीले झण्डा फेर्नुपर्ने माग गर्दै आइरहेको थियो । बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले झण्डाको रंग र आकारलार्इ परिवर्तन नगरी जनआन्दोलनसँग जोडेर व्याख्या गर्ने सहमति भएको बताउनुभयो । त्यस्तै निर्वाचनमा भाग लिएका सबै दललार्इ राष्ट्रिय दल भन्ने मान्यता प्रदान गर्ने पनि बैठकमा सहमति भएको छ । तर ३ प्रतिशत मत नल्याउने दललार्इ मान्यता नदिनेमा भने दलहरूबीच सहमति भएको छ । तीन दलले गरेको सहमति बारे संविधानसभाका प्रतिनिधित्व गर्ने २० दलमा थप छलफल हुनेछ ।

Read More......

Wednesday, December 22, 2010

प्रधानमन्त्री नेपाल र भारतीय स्थल सेनाध्यक्ष विजयकुमार सिंह बीच भेटबार्ता

0 comments




पुस ७ काठमाडौँ। प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय स्थल सेनाध्यक्ष विजयकुमार सिंह बीच भेटबार्ता भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको  शिष्टाचार भेटका क्रममा प्रधान मन्त्री माधवकुमार नेपालले  नेपालको भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।
भेटको अबसरमा  प्रधानमन्त्रीले नेपालले आफ्नो भूमिमा अन्तराष्ट्रिय आतंकवादी गतिविधि हुन नदिन सजगता अपनाउँदै आएको स्मरण गर्दै भविष्यमा समेत छिमेकी मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  भेटमा उनीहरुबीच दुई मुलुकको सेनाबीच रहँदै आएको परम्परागत सम्बन्धबारे कुराकानी भएको प्रधान मन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।
यसअघि भारतीय सेनाध्यक्ष सिंह मङ्गलबार मुस्ताङको जोमसोमस्थित सैनिक उच्चशिखर शिक्षालयको भ्रमण गरेका थिए । उनले जोमसोमबाट फर्किंए लगत्तै पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गरेका थिए ।
आफ्नो नेपाल भ्रमण पूरा गरी भारतीय स्थलसेनाध्यक्ष तथा उनको भ्रमण दल बिहीबार अपराहृन स्वदेश फर्किंने कार्यक्रम तय भएको छ ।

Read More......

Tuesday, December 21, 2010

खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा एमाले भित्र विवाद छैन: वामदेव गौतम

0 comments


पुस ६ चितवन। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा आफ्नो पार्टीभित्र कुनै विवाद नभएको बताएका छन्।

उनले 'प्रधानमन्त्री बन्नका लागि राष्ट्रिय सहमति नै हुनुपर्छ भन्ने जरुरी छैन बहुमतीय प्रणालीबाट पनि प्रधानमन्त्री बन्न सक्ने विचार व्यक्त गरे ।

पार्टी कामको सिलसिलामा मंगलबार  चितवन पुगेका उपाध्यक्ष गौतमले भरतपुरमा पत्रकारहरुसँग कुरा गर्र्दै ३०१ सभासद्को समर्थन जुटेको खण्डमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाइने बताए।

एकीकृत नेकपा (माओवादी)ले अनमिनको म्याद थप्नुपर्छ भन्ने कुरा गरिरहेको सन्दर्भ उठाउँदै उनले पहिल्यै नै अन्तिमपटक भनेर म्याद थपिएको अनमिनको म्याद फेरि थप्न कठिनाइ हुने बताए।
उनले शान्तिप्रक्रिया टुङ्गोमा नपुगेसम्म अनमिनको आवश्यकता भए पनि अन्तिमपटक भनेर गल्ती गरिएको बताए।

उपाध्यक्ष गौतमले संसद्को विशेष अधिवेशनमा माओवादीले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने आफ्नो पार्टीको निर्णय भइसकेकाले सो प्रस्ताव असफल हुने बताउँदै प्रस्ताव फिर्ता लिएर सहमतिमा आउन माओवादीलाई आग्रह गरे। रासस

Read More......

Sunday, December 19, 2010

गायक रामकृष्ण ढकालको नयाँ एल्बम 'शैली' विमोचित

0 comments

काठमाडौ, पुस ४  - 
आधुनिक हुँदै पप गीत गाएका गायक रामकृष्ण ढकालले पछिल्लो समय भजन गीतहरूको संग्रहसमेत निकालेका थिए। शनिबार भने उनले संगीतकार न्ह्यु बज्राचार्यको हातबाट आफ्नो पछिल्लो एल्बम 'शैली'को विमोचन गराएका छन् । एल्बम विमोचनअघि छोरी रानीले बाबुले नै गाएको लोकपि्रय गीत 'ओराली लागेको हरिणको चाल भो...' गाएर भेला भएका अतिथिको स्वागत गरेकी थिइन् । 


नौ गीतहरू राखिएका एल्बममा आनन्द अधिकारी, किरण केसी, उन्नति बोहरा, भीम विराग, नवराज लम्साल, डा. भोला रिजाल, बाबुराम दाहाल र कालीप्रसाद रिजालका शब्द छन् । 'शैली' एल्बम विमोचनपछि कार्यक्रममा गायकले केही गीतहरू गाएका थिए । 


गीतलाई नयाँ ट्रयाकमा रेकर्ड गरिएको गीत 'तिमीलाई 
माया गर्ने भुल भयो मबाट...' गाएका थिए । 
विरागको यही 'राति राति' गीतलाई यसअघि गायक आभाषले पलेंटीलगायतका सांगीतिक उत्सवहरूमा गाउँदै आएका थिए । 


ढकालका साथमा पत्नी नीलम र छोरी रानीले समेत अभिनय गरेका छन् । 


विभिन्न संगीतकर्मीको उपस्थितिमा विमोचित एल्बमबाट दुई गीत 'छुकछुके रेल...' र 'कति कुरा...' को म्युजिक भिडियो पनि देखाइएको थियो । पहिलो गीत केही समयदेखि नै संगीत बजारमा बज्न थालिसकेको थियो । गायिका मल्लिका कार्कीसँग गाइएको दोस्रो गीतको भिडियोमा गायक 

भीम विरागको शब्द/संगीत रहेको गजल 'राति राति...' देखि उन्नति बोहराको पुरानो 

'शैली'मा गायक ढकालले आलोकश्री, शिखर सन्तोष, राजु सिंह, किरण कँडेल, शम्भुजित बाँस्कोटा मात्रै नभई भीम विराग र नातिकाजीका संगीतमा समेत गाएका गीत राखेका छन् । कालीप्रसाद रिजालको शब्द रहेको 'नदी तरेर...' नातिकाजीले संगीत भरेको अन्तिम गीत हो । 

Read More......

Monday, October 25, 2010

थाहा पाउने अधिकार

0 comments

प्रत्येक व्यक्तिसँग विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ ।बिना कुनै हस्तक्षेप मत वा विचार मान्ने,राख्ने वा ग्रहण गर्ने र कुनै सीमाको बन्देजबिना कुनै पनि मध्यमबाट सूचना र बिचार खोज्ने,पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ ।
मानवाधिकारको घोषणापत्र धारा-१९

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae