Sahara Sansar

Showing posts with label गतिविधी. Show all posts
Showing posts with label गतिविधी. Show all posts

Sunday, May 8, 2011

नेपालमा सुन फलाउदै विदेशी

0 comments


 एलएन घिमिरे/वैशाख २५
नेपालबाट युवाहरु रोजगारी नपाएर धमाधम विदेशिइरहेका छन् । उनीहरुको तर्क छ योग्यता अनुसारको रोजगारी सरकारले सिर्जना गरिदिएन । हलो जोतेर कति बस्नु स्वदेशमै काम गर्ने वातावरण भए विदेशिनु पर्ने थिएन । के रोजगारीको सिर्जना गर्ने काम सरकारको मात्रै हो युवाको काम सरकारले दिएको काममा हाजिर बजाउनु मात्रै हो, रोजगारी सिर्जना गर्ने उसको दायित्व हैन जर्मनीबाट नेपालमा आएर सुनजस्तै महंगो ओलिभ फलाउदै आएका जर्मन नागरिक हार्टमुर्ट बौडरलाई सुनौ न ।

उनी आफूले नेपालमा उत्पादन गरेको ओलिभको तेल विश्व बजारमा २ हजार २ सय रुपैया प्रतिलिटरका दरले बेच्छन् । मकवानपुरको चित्लाङस्थित एउटा उराठलाग्दो पाखोमा यो वर्ष उनले १ हजार ७ सय मेटि्रक टन ओलिभ फलाए । त्यो फलले १ हजार ३ सय लिटर तेल दियो । त्यति तेल बेचेर उनले एक वर्षमै २८ लाख ६० हजार रुपैया कमाए । कुनै नेपालीले विदेशमा मरुन्जेल हड्डी घोटेर कमाउन सक्छ यति धेरै रुपैया स्थानीय बासिन्दा भन्छन् उराठलाग्दो पाखामा एउटा विदेशी आएर सुन फलाएको छ । बौडरले आफूले मात्र कमाएका छैनन ओलिभको बगैचामा काम गर्न ७ जना नेपालीललाई रोजगारीसमेत दिएका छन् ।
नेपालीका युवा स्वदेशमा अवसरै नभएको भन्दै विदेशिइरहेका बेला अवसर खोज्दै आएका थिए वौडर । उनी पेशाले एउटा केमिकल कम्पनीका प्रबन्धक थिए । त्यो पदबाट रिटायर भएपछि ५४ वर्षिय बौडरले निस्क्रिय जीवन विताउन चाहेनन् । नेपालमा आउदा जादा हवाइ यात्राका क्रममा एयर होस्टेस रहेकी नेपाली युवतीसग उनको प्रेम भयो । त्यसपछि उनीहरुले विवाह गरे । त्यसपछि नेपालमा फस्टाउने ब्यवसायको खोजीमा लागे । ओलिभको तेल स्वास्थ्यका लागि अत्यन्तै उपयोगी छ ।

उपयोगीताकै कारण यसको मूल्य निकै छ । ओलिभ उत्पादनका लागि इटलि संसारमै प्रख्यात छ । इटलीकै सहयोगमा भारतको राजस्थास्थित सुख्खा जमिनमा यसको खेती गरिदै आएको छ । त्यसको खेती हेर्न पुगेका बौडरले नेपालमा पनि यसको सम्भावना हेर्ने विचार गरे । त्यसपछि नेपालका केही साथीसग मिलेर उनले सन् १९९४ मा मकवानपुरको चित्लाङमा १ सय ६० रोपनी पाखो जमिन किनेर २ हजार वटा ओलिभका विरुवा लगाए । यहा उत्पादन हुन्छ भन्ने कुनै ग्यारेन्टी थिएन । यसअघि मुलुकमा ओलिभको खेती भएकै थिएन । ओभिभको उत्पादनलाई माटो हावापानी तापक्रम स्वच्छ हावा आदिले असर गर्छ । पहिलो पटक यति ठूलो परिमाणमा खेती थाल्नु जोखिम मोल्नु जस्तै थियो । नेपालको हावापानी युरोपको ठीक उल्टो थियो । त्यसैले बौडरले जोखिम मोलेरै खेती थालेका थिए । विरुवा लगाएको धेरै समयसम्म ओलिभले उत्पादन दिएन । त्यसपछि उनी वोट फाड््ने निष्कर्षमा पुगे । लाखौं लगानी र मेहनत त्यतिकै खेर जाने भयो । त्यसपछि उनी फेरि राजस्थान पुगे र त्यहाका एक इजरायली विशेषज्ञसग सल्लाह गरे ।

ती विज्ञले विरुवाले पानी पर्याप्त नपाएकाले पाइपबाट दिइने थोपा सिचाइ विधिबाट विरुवालाई पानी दिन सल्लाह दिएका थिए । ुपानी पर्याप्त नभएको ठाउमा त्यो प्रविधिबाट सिचाइ गरेपछि एकै वर्ष १७ टन ओलिभका दाना उत्पादन भयोु बौडरले भने ुयसअघि वर्षको ४ टनभन्दा बढी उत्पादन कहिल्यै भएको थिएन । विज्ञको सल्लाहमा वौडरले आफ्नो वगैचाका २ हजार वटै विरुवामा थोपा सिचाइ पुर् याएका छन् । तिनमा चिस्यान नाप्ने उपकरण जडान गरिएको छ । चिस्यान घटेको यन्त्रले देखाउनासाथ पानी दिइन्छ । ओलिभको वगैचाभरि पानी संकलन गर्ने प्लाष्टिकका ट्यांकी राखिएका छन् । थोपा सिचाइहुदै विरुवालाई आवश्यक मल र विषादी दिइन्छ । बौडरको बगौचमा उत्पादित ओलिभको तेल इटलीको सरकारी प्रयोगशालामा गरिएको परीक्षणबाट एक्स्ट्रा भर्जिन अतिरिक्त सुद्ध प्रमाणित भएको दिए । यसले नेपालमा संसारमै उत्कृष्ठ ओलिभ उत्पादन हुनसक्छ भन्ने प्रमाणित भएको छ ।

बहुउपयोगी ओलिभ तेलले विश्वमा राम्रो बजार लिइरहेको छ । त्यतिमात्र कहा हो र बौडरले जिरीमा अल्पाकस नामक अनौठो जनावर पालेका छन् । मुलुकमै पहिलो पटक उनले ती जनावर भित्रयाएका थिए । तिनको उनबाट ब्लाङ्केट बनाउदै उनले विश्व बजारमा पठाइरहॆका छन् । हिमालको चिसो हापापानीमा हुने ती जन्तुको उनको विश्व बजारमा निकै माग रहेको बौडर बताउछन् । अरु उनको तुलनामा अल्पाकसको उन पाच गुना न्यानो हुने उनको भनाइ छ । उनले अल्पकासबाट बनेको एउटा ब्लांकेट २० हजार रुपैयामा बेच्दै आएका छन् । महंगो हुने भएकाले तिनका ग्राहक पनि विदेशी छन् ।
एउटा विदेशीले नेपालमा आएर युवाहरुका लागि यहा निकै सम्भावनाहरु रहेको देखाएकाछन् । नेपाल सुन्दर छ यहा धेरै कुरा गर्न सकिन्छु बौडर भन्छन् यहा गर्ने इच्छाशक्तिको मात्र खाचो छ । विदेशीले आएर हाम्रो मुलुकमा सुन फलाउन सक्छ भने यही माटोमा लडिबडी खेलेर हुर्केका हामी यही माटोमा केही गर्न किन सक्दैनौ हामी आफ्नो केही गर्ने जोसले भरिएको युवा उमेर अरुको मुलुकमा घोटिएर विताउछौं । उर्जा सकिएर गलित भएपछि स्वदेश फर्कन्छौं । त्यतिखेर समय वितिसकेको हुन्छ । समय वित्नभन्दा अघि नै केही गर्ने सोच बनाउने हो भने विदेश जानै पर्दैन ।

Read More......

Sunday, February 13, 2011

मानवअधिकार एलाइन्स नुवाकोटको जिल्ला कार्यसमति विस्तार

0 comments


कूल् तामाङ् 
 फागुन १ नुवाकोट। मानवअधिकार एलाइन्स नुवाकोटको जिल्ला कार्यसमति विस्तार गरिएको छ । बट्टारमा भएको भेलाले नौ सदस्यीय कार्यसमितिमा पाँच जना थप गरि १४ सदस्यीय कार्यसमिति बनाएको हो ।

 एलायन्सको सात सदस्यीय सचिवालय समिति गठन गरिएको छ । सचिवालयको अध्यक्षमा यमकुमार खाती, सदस्यहरुमा तारा अधिकारी, नवदीप अजनवी, केशव मिश्र, गोकर्ण नेपाल, कृष्णगोपाल श्रेष्ठ र सदस्य सचिवमा वसन्त रिजाललाई चयन गरिएको छ ।

Read More......

Saturday, February 12, 2011

जलस्रोत आयोजना कार्यन्वयन ढिलाइ

0 comments

माघ २९ काठमाडौ । भारतीय सतलज जलविद्युत निगमले नेपाल सरकारलाई अन्तिम सर्भे रिपोर्ट
बुझाएको ११ महिना बितिसक्दा पनि कार्यान्वयन सम्झौता नगर्दा बहुचर्चित अरुण   जलस्रोत आयोजना कार्यन्वयन ढिलाइ भएको छ । सतलज गत वर्ष चैतमा आयोजनाको अन्तिम रिपोर्ट नेपाल सरकारलाई बुझाएको हो । ४ सय २ मेगावाटबाट बढाएर एकै क्यानलबाट ९ सय मेगावाट उत्पादन गर्ने रिपोर्ट भारत सरकारले अनुमोदन गरेपछि नेपाल सरकारलाई बुझाएको सतलजका नेपालस्थित आवासिय प्रतिनिधि हरिराम सुवेदीले बताउनुभयो । ऊर्जा मन्त्रालयले कार्यान्वयन सम्झौतामा चासो नदेखाएको सतलजका प्रतिनिधिहरुको भनाइ छ । २०६५ कात्तिक २७ गतेदेखि सतलजले अरुण३ को ड्यामसाइड संखुवासभाको नुम गाविस फ्याक्सिन्दा र पावरहाउस दिदिङ गाविस पुखुवाबाट विस्तृत सर्भे थालेको हो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae