माघ २९ काठमाडौ । सरकारले राजस्व नतिर्ने आठ क्यासिनोको दर्ता खारेज गर्ने भएको छ । सार्वजनिक लेखा समितिको निर्देशनअनुसार राजस्व अनुसन्धान विभागले दिएको ३५ दिनभित्र बक्यौता नतिरेपछि राजधानीका छ र पोखराका दुई क्यासिनोको दर्ता खारेजीको प्रक्रिया सुरु गरेको हो । अर्थ मन्त्रालयमा क्यासिनो बन्द गराउने बेहोराको मस्यौदा भइसकेको अर्थ सचिव रामेश्वर खनालले जानकारी दिनुभयो । लेखा समितिले राजस्व नतिर्ने क्यासिनो बन्द गराउन पुस १३ गते सम्बद्ध निकायलाई निर्देशन दिएको थियो । ३५ दिनको सूचना जारी भएपछि केही क्यासिनोले मात्र रकम तिरेका छन् । आठ क्यासिनोको गरी ३५ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ । सबैभन्दा बढी क्यासिनो नेपालको १३ करोड ३ लाख रुपैयाँ तिर्न बाँकी छ ।
Sahara Sansar
Showing posts with label प्रशासन. Show all posts
Showing posts with label प्रशासन. Show all posts
Saturday, February 12, 2011
Subscribe to:
Posts (Atom)