Sahara Sansar

Sunday, May 15, 2011

जेठ १४ अघिनै समयोजन हुने लडाकुको संख्या सहितको खाँका आउने: प्रधानमन्त्री

जेठ १ काठमाडौ। प्रधानमन्त्री झलनाथ खनालले जेठ १४ अघिनै समयोजनमा जाने माओवादीको लडाकुको संख्या सहितको खाँका आउने बताउनुभएको छ ।रिर्पोटर्स क्लव नेपालको आज सिंहदरबारमा ज्ञापन पत्र बुझ्ने क्रममा प्रधानमन्त्री खनालले जेठ १४ गते अघिनै समायोजनको मोडालिटि, मापदण्ड, पुर्नस्थापनाको विधी र समायोजन हुने लडाकुको संख्यासहितको खाँका आउने स्पष्ट पार्नुभयो ।

उहाँले संविधान सभाको म्याद थप्ने दिन अघिनै संविधान निर्माणको विषयमा पनि ठोस सहमति हुने दावी गर्दै दलहरुवीच रहेको मत भिन्नतालाई कम गर्न, संविधानको मस्यौदा तयार पार्न, जनतामाझ जान, जनतामा छलफल गराउन, सुझाव संकलन गरेर एकीकृत मस्यौदा तयार पार्न र त्यसलाई संविधानसभाबाट पारित गर्न आवश्यक समयको आधारमा संविधानसभाको म्याद थपिने समेत स्पष्ट पार्नुभयो ।

शान्तिलाई निश्कर्समा पुर्याउँदै संविधान निर्माण गर्न संविधानसभाको म्याद थप्नुको विकल्प नरहेको दावी गर्दै प्रधानमन्त्रीले शान्ति, संविधान र समृद्ध नेपाल नचाहनेले मात्र संविधानसभाको विरोध गरिरहेको आरोप लगाउनुभयो ।

आफूले संसद सचिवालयमा दर्ता गराएको म्याद थपको प्रस्ताव कानूनी, संबैधानिक र  प्राविधिक प्रस्ताव भएको उल्लेख गर्दै उहाँले छुट्टै राजनीतिक प्रस्ताव पनि प्रस्तुत गर्ने स्पष्ट पार्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae