Sahara Sansar

Showing posts with label नेपालगञ्ज. Show all posts
Showing posts with label नेपालगञ्ज. Show all posts

Saturday, April 16, 2011

शान्तिप्रकि्रयालाई टुङ्गोमा पुर् याए पछि मात्र संविधान जारी गर्नुपर्नु पर्छ - नेतादेउवा

0 comments

वैशाख ४ नेपालगन्ज । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले शान्तिप्रकि्रयालाई टुङ्गोमा पुर् याएर संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान जारी गर्दैमा मुलुकमा शान्ति नआउने भएकाले शान्ति सम्झौतालाई निष्कर्षमा पुर् याउनु अपरिहार्य छ भन्नुभयो ।

सरकार असफल भइसकेको प्रतिकि्रया दिँदै नेता देउवाले अहिले मुलुकका नागरिकको सुरक्षा सबैभन्दा ठूलो चुनौती भएको बताउनुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले नेपाली काँग्रेस अहिलेकै स्थितिमा सरकारमा सहभागी नहुने स्पष्ट पार्दै राष्ट्रिय सहमतिले मात्र राजनीतिक समस्याको समाधान गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता देउवाको थप भनाइ थियो- लोकतन्त्रलाई शिरमा राखेर गरिने सबै किसिमका सहमतिमा नेपाली काँगे्रसको कहिल्यै विमति हुँदैन ।

Read More......

Wednesday, April 6, 2011

भ्रष्टाचार अन्त्यको बारेमा छलफल

0 comments

लक्ष्मी बिसी चैत २३ नेपालगञ्ज ।
देशमा विकास र शान्ति स्थापना गर्न समाजमा मौलाउदै गएको भ्रष्टाचार अन्त्य हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । युवा अभियान सस्थांले आज नेपालगञ्जमा गरेको सुशासन विषयक एक दिने कार्यशाला गोष्ठिका सहभागीहरुले समाजमा घुस लिने र दिने कार्यलाई अन्त्य गर्न सबैले आचरण बानीमा सुधार गरि भएका निति नियमको सही पालना गर्नुपर्ने बताएका छन् । देशका नेताहरुले पदको दुरुपयोग गरि व्यक्तिगत स्वार्थमा लागि भ्रष्टाचार गर्नाले देशमा विकाश हुन नसकेको सहभागीहरुले बताएका छन् । गोष्ठिमा विभिन्न सघंसस्थाका प्रतिनिधिलगायत क्याम्पसका विद्यार्थीहरुको सहभागिता थियो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae