Sahara Sansar

Showing posts with label चाडपर्व. Show all posts
Showing posts with label चाडपर्व. Show all posts

Friday, June 17, 2011

बिदेशिहरुपनि हिन्दु धर्म प्रति आकर्षित हुदै मुक्तिनाथमा महायज्ञ गर्दै

0 comments

चन्द्रश्वर बस्ताकोटी असार २ मुस्ताङ ।
महर्षिमहेशयोगीका अनुयायी अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपर अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेस र पोल्याडकी जिज्ञासा भनिने  मेगडालेना मारियाले ९ दिने श्रीमद भागबतकहापुराणको आयोजना गरेका छन । उनीहरुले नेपालमा नेपाल महर्षि बैदिकफाउण्डेशनलाई भावातित ध्यान प्रचारमा सहयोग पु¥याउदै आएका छन  । ९ दिने भागबत महापुराणका बाचक पण्डित अबिनासअधिकारी र भरत प्रसाद तिमिल्सिना लगायत महायज्ञमा ९ जना पण्डितले महापुराण बाचन गरेका छन भने अग्रजी अनुवादक श्यामकृष्ण सुबेदी रहेका छन ।

मुक्तिनाथक्षेत्रमा अखण्ड ज्योतिबाबा स्वामी श्री जी च्यारिटेवल ट्ष्टले बनाएको हवन कुण्डमा महायज्ञ भइरहेको हो ।मुक्तिनाथ पिठाधिस कमल नयन आचार्यको स्विकृति लिएर महायज्ञ सचालन गरिएको अमेरिकी ब्रह्चारीदोषज्ञ दाई भनिने डेभिट होपरले बताए   ।

मुक्तिनाथमा पहिला पन आउदारुख बिरुवा सपनामा भगवानको रुपमा पटक पटक आएकाले मुक्तिनाथमा शान्तिका लागि र पुन्यकमाउन, महायज्ञ सुनेर आनन्दीत हुन महायज्ञको आयोजना गर्ने सपना पुरा भएको अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेसले बताए ।

महर्षिमहेशयोगीका अनुयायी अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपर अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेस र पोल्याडकी जिज्ञासा भनिने  मेगडालेना मारियालाई लिएर महायज्ञ गर्न आएकोमहायज्ञको अग्रजी अनुवादक श्याम कृष्ण सुबेदीले बताए ।

Read More......

Tuesday, May 31, 2011

उपल्लो मुस्ताङवासीको मुख्य पर्व तेन्ची सम्पन्न

0 comments

चन्द्रश्वर बस्ताकोटी
 लोमन्थाङ,मुस्ताङ। उपल्लो मुस्ताङवासीको तेन्ची भनिने मुख्य पर्व तिजी बुधवार  सम्पन्न भएको छ  ।पुर्व मुस्ताङी राजा जिग्मे सिग्मे परवल विष्टले आइतबार देखि सुरु भएको पर्व लोमान्थाङ गाविसको ध्ये प्रागणमा पुजाआजा गरि समापन गरेका हुन ।

तिन दिनसम्म सञ्चालन भएको पर्वमा मुस्ताङका साथै देश तथा विदेशबाट समेत उल्लेखिय सहभागिता रहेको थियो । पर्वमा विश्व शान्तीको कामना गर्ने गरिन्छ ।

पर्वको अवसरमा छोदे गुम्वाका लामाहरूले लामा नृत्यका साथै स्थानिय युवा क्लव द्धारा स्थानिय कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

पर्वको अवसरमा राष्ट्रिय प्राकृतिक संरक्षण कोष अन्नपुर्ण संरक्षण क्षेत्र आयोजगरेको छ ।

Read More......

Tuesday, May 3, 2011

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी

0 comments

बैशाख २० काठमाडौं। आज वैशाख कृष्णपक्षको औँसी तिथी, अर्थात् मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिन । देशभर आमाप्रति श्रद्वाभक्ति प्रकट गरेर मातातीर्थ औसी मनाइदै छ । भगवान विष्णुले मातृवियोगबाट विह्वल भएका मानिसलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई दिवङ्गत मातालाई दर्शन गराएको मान्यताका साथ मातातीर्थ औंसी मनाउने गरिन्छ । 

आज काठमाडौंको थानकोटमा रहेको मातातीर्थ कुण्डमा आमा नहुनेहरुले स्नान गरी फलफूल, खाद्यान्नलगायत चढाउने गर्छन् । आमाप्रति कृतज्ञता जनाउन आजको दिन आमा हुने छोराछोरीले मानमर्यादा र सम्मानका साथ फलफूल, मिठाइ खुवाउनुका साथै आआफ्नो गच्छेअनुसार लत्ताकपडा तथा गरगहना दिने प्रचलन रहेको छ । 

आमा नहुनेहरुले भने आज आमाको नाममा सिदा र पिण्डदान गर्नाले दिवङ्गत आमाले प्रसन्न भई आशिर्वाद दिन्छन् भन्ने जनविश्वास रहेको छ ।

Read More......

Thursday, April 28, 2011

थारु समुदायको बर्का नाच प्रदर्शन हुँदै, हजारौं दर्शकको सहभागिता

0 comments

बैशाख १५  कैलाली। थारु समूदायको ऐतिहासिक एवं पौराणिक नाच ‘बर्कानाच’ संरक्षणका लागि कञ्चनपुरको कृष्णपुर गाविसको बलुहाफाँटामा बिहीवारदेखि प्रदर्शन सुरु गरि एको छ । बर्कानाच थारु समुदायको सबैभन्दा ठूलो एवं पौराणिक नाच हो । यसमा देव देउता, गुरुवाहरुले आ–आफ्नो कला देखाउने गर्दछन् ।

यो नाचमा लगभग एक सयभन्दा बढिको सहभागिता हुने गर्दछ । महाभारतको कथामा आधारित विषयवस्तुलाई समेटेर नाचगान गरिने परम्परा रहेको छ । बर्का नाच प्रदर्शन गरेको गाउँमा उत्पादन बढी हुने, रोग नलाग्ने तथा अनिष्ट नहुने थारु समूदायमा मान्यता रहेको छ । बालमुक्ति युवा क्लबको आयोजनामा बर्कानाचको प्रदर्शन गरिएको हो ।

 तीन दिनसम्म प्रदर्शन हुने बर्कानाच हेर्न हजारौंको सङ्ख्यामा स्थानीय बासिन्दा उपस्थित भएका छन् । बर्कानाचको प्रदर्शनीको सभासद् देवीलाल चौधरीले उद्घाटन गर्नुभएको छ ।

Read More......

Monday, April 18, 2011

नवलपरासीमा थारु समुदायको कन्तरी पूजा सुरु

0 comments

बिष्णु गौडेल
 बैशाख ६ नवलपरासी। थारु संस्कृतिमा लोप हुन लागेको कन्तरी पूजा नवलपरासीका बिभिन्न स्थानमा सोमबार  (पूर्णिमाबाट ) सुरु गरिएको छ  । यो पुजा  पुरानो एवं महत्वपूर्ण पर्वको रुपमा मानिन्छ । यो पूजा पछिल्ला दिनहरुमा आएर संरक्षण संबर्दन हुदैं आएको छ । यस वर्ष  पुर्णिमा  ( सोमबार ) रजहरबाट शुरु भएको   कन्तरी पुजा वैशाख २० गते औंशीमा प्रसौनीमापुगेर टुगिंनेछ ।

हरेक पटक हुने पूजा यसै गरि हुने गर्दछ । १५ दिन सम्म गरिने कन्तरी पूजा नवलपरासीको रजहरको कृर्तिपुर इन्द्रश्वास थानमा, देउचुलीको देउचुली देविमा, पिठौलीको कुढौली जमुडा थान, गडिवान कुश्नहरी बुढौली कुना थानमा पूजा गरिन्छ । यसैगरि मुकुन्दपुरको मालपुर देविस्थान सिखौली बासिनीथान, कावासोतीको रामसिंहराजथान, भगवती साँडेथान, अग्यौलीको डण्डा देविस्थान, मदनपुर पाँचपाण्डवथान, कोल्हुवा र प्रसौनीको कोलकट्टा जमुनिया थानमा कन्तरी पूजा गरिने गरिन्छ ।

थारु सम्प्रदायमा कन्तरी पूजाको शुरु ८ सय वर्ष पहिलाबाट शुरु भएको इतिहास पाईएको छ । यसको संरक्षण सम्बर्दन नहुँदा त्यती प्रचलनमा आउन सकेको छैन ।

Read More......

Friday, April 15, 2011

चैते दशैं मेला सकियो

0 comments

राजेन्द न्यौपाने
 बैशाख २ गोरखा। गोरखकाली युथ क्लवद्धारा आयोजना गरिएको चैतेदशै मेला सकिएको छ ।गोरखा दरवार क्षेत्रमा आयोजना गरिएको मेलामा हजारौ जनमानस मेलामा सहभागी वनेको मेला आयोजक  समिति गोरखकाली युथ क्लवले जनाएको छ ।
      
सदाको वर्ष जस्तै यस वर्ष  पनि लोक दोहोरी प्रतियोगिता, हाँडीफुटाई प्रतियोगिता, सुलीमा भाले टिप्ने प्रतियोगिता,छेलो प्रतियोगिता आयोजना गरिएको थियो ।

मेलामा दर्जनौ घरेलु तथा फुल, प्रसाद, गिष्टका सामग्री , विभिन्न प्रकारका चिठ्टा लगायतका स्टलहरु राखिएको थियो ।परम्परागत जात्रालाई व्यवस्थीत रुपमा मेला नाम दिएको यो मेलामा कुनै पुरानै प्रकारको झल्को पाईथ्यो ।

चैत दशैको अवसरमा गोरखा लगायत आसपासका जिल्लावाट भक्तजनहरु गोरखा कालिका दर्शन गर्न आउने विभिन्न प्रकारको वलीको लागी आउने भएकाले यी वासिन्दाहरुलाई व्यवस्थित रुपमा राख्नु र गोरखाको चिनारी तथा गोरखाका संस्कृति संकारको वारेमा जानाकारी दिने मेलाको उदेश्य रहेको छ ।

मेलामा करिव १५ हजार मासिलले अवलोकन गरेको र लाखौको कारोवार भएको जनाईएको छ ।

Read More......

Sunday, April 10, 2011

तिर्थयात्रीलाई निशुल्क भोजनको ब्यवस्था

0 comments

शोभा शर्मा बस्ताकोटी
 चैत २ ७ मुस्ताङ । रामनवमी चैते दसै पर्व नजिकिँदै गर्दा मुस्ताङको प्रशिद्ध कागबेनीको कालिगण्डकीमा पुगेर मृतक आफन्तको सम्झनामा पितृलाई तर्पण तथा श्राद्ध गर्ने आउने तिर्थालुहरूलाई निशुल्क भोजनको ब्यवस्था गरिएको छ ।

मुक्तिनाथ क्षेत्र बिकास समितिले आसपासका क्षेत्रमा स्वयम सेवकको परिचालन गर्नु साथै एम्बुलेन्स, जिल्ला स्वास्थ्य कार्यालयले रानीपौवामा स्वास्थ्य शिविर, कागबेनी – मुक्तिनाथ क्षेत्रको सरसफाई र जिल्ला विकास समितिको आर्थिक सहयोगमा २८ र २९ गते मुक्तिनाथमातिर्थयात्रीलाई  दिउसोको निशुल्क भोजनको ब्यवस्था समेत मिलाइएको समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।

 नेपाल प्रहरी र शसस्त्र प्रशरी सिमा सुरक्षाबल जोमसोमले कागबेनी र मुक्तिनाथ क्षेत्रको सरसफाईमा समेत बिषेश ध्यान पु¥याइरहेको सिमा सुरक्षा बलका डिएसपि रुमबहादुर थापाले बताए । 

जिल्ला आयुर्बेद स्वास्थ्यकेन्द्र जोमसोमले २८ र २९ गते कागबेनीमा निशुल्क स्वास्थ्य सिबिर सचालन गर्नलागेको कार्यालयका प्रमुख डा शोभाराम सुबेदीले बताए ।यो बर्ष देशका विभिन्न भागबाट चैते दशैमा आउने तिर्थयात्रीको संख्या बढेको जिल्ला मालपोत कार्यालय मुस्ताङका सुब्वा तेजनाथ पौडेलले बताए ।

तिर्थयात्रीको बसोबास एव जिल्लामा शान्ती सुब्यबस्था कायम गर्न जोमसोम स्थित गणेश मन्दिर, कागबेनी सन्तसेवा आश्रम, मार्फा गाविसको पुथाङ एयरपोर्ट, मुक्तिनाथ स्थित रानीपौवा धर्मशाला क्षेत्र, मन्दिरको प्रवेशद्धार देखि आसपासका क्षेत्रमा ठुलो संख्यामा प्रहरी समेत खटाइएको छ ।

Read More......

Saturday, April 9, 2011

रातो मच्छिन्द्रनाथको जात्रा प्रारम्भ

0 comments


 चैत २६ ललितपुर । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको जात्रा आजबाट प्रारम्भ भएको छ ।मच्छिन्द्रको रथ निर्माणस्थल पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथको धःमाको धार्मिक विधि अनुरुप पूजा गरी विधिवत रुपमा जात्रा प्रारम्भ भएको हो ।


रातो मच्छिन्द्रनाथ रथजात्रा बैशाखको अन्त्यतिर हुने भएपनि तिथिअनुसार आजै परेकाले रथको धःमा पूजा गरी जात्रा सुरुभएको गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।उहाँले आजैबाट मच्छिन्द्रनाथको दर्शन र पूजाआजा गर्नेको चहलपहल बढ्न सुरु हुने बताउनुभयो ।



धःमा पूजाको १५ दिनपछि मच्छिन्द्रनाथको रथ निर्माण कार्य प्रारम्भ हुने गुठी संस्थानले जनाएको छ ।

Read More......

Tuesday, April 5, 2011

लिङगो जात्रा हेर्न आउने दर्शकहरुले नयाँ हलिङ पतङ अबलोकन गर्न पाउने

0 comments

रविन राचलिका
 चैत २२ भक्तपुर।  भक्तपुरमा लिङगो जात्रा हेर्न आउने दर्शकहरुले यसपाली नयाँ हलिङ पतङ समेत अबलोकन गर्न पाउने भएका छन् । लिङगो संगै ठडाइने तेतिस हात लामो कलात्मक कपडालाई हलिङ पतङ भनिन्छ । बिषेश अबसरमा मात्र यो कपडा फेर्ने गरिएको छ । 
यस बर्ष नयाँ संबिधान जारी हुने खुसीयालीमा नेपाल सरकारले नयाँ हलिङ पतङ बनाउन लगाएको हो । यस अघि पुर्ब राजा ज्ञानेन्द«ले सत्ता कब्जा गरेको खुसीमा हलिङ पतङ राख्न लगाएका थिए ।
हलिङ पतङ बनाउन गत फागुन १५ गतेदेखि भक्तपुरका पुर्ण चित्रकारको परिवार दिनरात खट्दै आएका छन् । हलिङ पतङको लागि आबश्यक कपडा सिलाउने काम सुचीकारले गरेका छन् भने । यसमा सजाउन राखिएका घण्टा र सुर्यको मुर्ति ताम्राकारले बनाएका हुन् । हलिङ पतङ लिङगोमा झुण्ड्याउने आबश्यक किलाहरु नकर्मीले तयार पारेको हो । 
हलिङ पतङमा बिभिन्न शुभ संकेत दर्शाउने चिन्हरुको चित्र कोरिएको छ । यसमा बाघ, पंक्षी र गैडाको पनि चित्र राखिएको छ । नवदुर्गा र ब्रम्हायणीको चित्र सबैभन्दा माथि राखिएको छ । 

Read More......

Monday, April 4, 2011

धनकुटामा मात्र बसोबास गर्दै आएका आठपहरिया समुदायमा सचेतना कार्यक्रम

0 comments

देवकला कार्की
 चैत २१ धनकुटा। किरात आठपहरीया समाज धनकुटाको आयोजनामा किरात आठपहरीया समूदायमा जनगणना सचेतना कार्यक्रम धनकुटामा सञ्चालन भईरहेको छ । धनकुटाको बेलहारा ,भीरगाउँ र नगरपालिका क्षेत्रभित्र मात्र बसोबास गर्दै आएका किरात आठपहरीया समूदायमा आठपहरीयाको पृष्ठभूमी लगायत जनगणना सम्बन्धी जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन भइरहेको हो ।

कार्यक्रममा आठपहरीया जातीको उत्पती लगायत आगामी २०६८ को जनगणनामा सम्पूर्ण आठपहरीया समुदायले राई हटाई आठपहरीया लेखाउनु पर्ने, साथै  भाषामा आठपहरीया र धर्ममा किरात धर्म लेखाउनु पर्ने सम्बन्धमा जानकारी भइरहेको छ । चैत्र १६ गतेदेखि शुरु भएको कार्यक्रममा हाल सम्म नगरपालिकाको ३ वटा, भीरगाउ गाबिसका २ वटा वडामा कार्यक्रम सम्पन्न भईसकेको छ ।

 धनकुटा नगरपालिका ८ चाम्जिबुङ्गमा र बेलहारा गाबिसको वडा नं.१, २ र ३ मा आज सम्पन्न भएको सचेतना कार्यक्रम संयोजक नारायण आठपहरीयाले जानकारी दिनु भएको छ । 

किरात आठपहरीया समाज उपत्यका कार्यसमिति काठमाण्डौको सहयोगमा सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । 



Read More......

Thursday, March 31, 2011

चैते दशैं पर्वमा मुक्तिनाथ दर्शन गर्न आउनेलाई बिषेश ब्यबस्था

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत १७ जोमसोम । कागबेनीमा हिन्दुहरुले आफ्ना मृत पितृहरुको सम्झनामा तपर्णका साथै श्राद्धगर्ने र मुक्तिनाथ दर्शन गर्ने परापुर्वकाल देखिको चलनले मुस्ताङमा तिर्थालुहरुको आवागमन रामनवमी तथा चैते दशैं नजीकिदै गर्दा बृदिहुन थालेको छ । बर्षेनि  दशै र चैते दशैका बेला तिथालुहरुको घुइचो बढने भएकाले तिथालुहरुको सुबिधालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय मुस्ताङले आफ्नै कार्यालयमा बुधबार सर्वपक्षिय छलफल कार्यक्रमको आयोजन गदै बिभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय छलफल कार्यक्रममा रामनवमी तथा चैते दशैं पर्वमा मुक्तिनाथ दर्शन गर्न आउने तिर्थयात्रीहरुलाई बसोबासको व्यवस्थाका लागि घासामा स्थानीय क्लव, जोमसोममा महिला समूह जोमसोमलाई भवन, आवश्यक कम्वलका लागि नेपाल रेडक्रस सोसाइटी मुस्ताङ,  तिर्थयात्रीहरुको चाप बढे जनहिन उच्च माध्यामीक विद्यालयको भवन र एयरपोर्ट सामुदायीक भवनका लागि अनुरोध गरेको छ ।

तिर्थयात्रीको चाप हेरी आवश्यक टेन्ट व्यवस्था गर्न नेपाली सेना र सशस्त्र प्रहरीलाई, कागवेनीको लागि कागवेनीको जनशान्ती माध्यामिक बिद्यालय र स्थानीय सभाहल, मुक्तिनाथकोलागि झारकोट तथा मुक्तिनाथको स्थानीय सभाहल उपलब्ध गराईदिन स्थानीय समुदायलाई अनुरोध गरेको छ ।
शान्ति सुब्यबस्थाका साथै सवारी व्यवस्थालाई सहज बनाउन सरकारी सवारी साधन तन्दुरुस्त अवस्थामा राखी परिचालनको व्यवस्था गर्ने र लेतेको एम्वुलेन्स घासामा, कागवेनी र जोमसोमको एम्वुलेन्स कागवेनी र मुक्तिनाथमा राख्ने व्यवस्था गर्न जिल्ला स्वास्थ्य र जिल्ला रेडक्रस सोसाईटीलाई अनुरोध गरिएको छ । २८, २९, ३० गते घासा, कागवेनी र मुक्तिनाथमा तिर्थयात्रीको सुविधाको लागि स्वास्थ्य टोली खटाउन जिल्ला स्वास्थ्य कार्यालयलाई लिखत अनुरोध गरिएको छ ।

मुक्तिनाथ र कागवेनीमा चिया बिस्कुटका लागि मुस्ताङ जिप व्यवसायी समिति र जिल्ला विकास समितिलाई, मुक्तिनाथ, कागवेनीको सरसफाईका लागि जनपथ, सशस्त्र र नेपाली सेनालाई अनुरोध गदै र आवश्यक सामाग्रीका लागि जिल्ला विकास समितिलाई अनुरोध गरिएको छ । जोमसोम मुक्तिनाथ सडक खण्डमा बिग्रिएको बाटो मर्मत गर्न आवश्यक गिट्टीको रकमका लागि जिल्ला विकास समिति र लेबर खर्च जुटाउन जिप व्यवसायी समिमिलाई अनुरोध गरिएको छ ।
तिर्थालुको सुबिधाका लागि मार्फाको एक्लेभट्टी, जोमसोमको गणेशमन्दिर, कागबेनी तपर्णस्थल सगैको धर्मशाला र मुक्तिनाथको रानपौवामा धर्मशालाहरु निरन्तर सचालित हुदै आएका छन । तिर्थालुलाई धर्मशालाले निशुल्क खाने बस्ने ब्यबस्था गदै आएको रानीपौवाका स्वामी इन्द्रले बताउनु भयो । गत बर्षहरुमा तिर्थालुहरुको चापले गर्दा होटल एव धर्मशालाहरु समेत नपाएर बाहिरै बस्न अवश्था यो बर्ष जिल्ला प्रशासन कायालयमा भएका महत्वपुर्ण निणयले समाधान गर्नेमा आफु आसाबादी भएको स्वामीको भनाइ रहेको छ ।

कार्यक्रममा राजनितिक दलका जिल्लानेता, स्थानिय बिकास अधिकारी, सचारकर्मी, ब्यबसायी, स्थानिय युवा एव महिला समुह सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Read More......

Friday, March 18, 2011

होली मर्यादित बनाउन सचेतना कार्यक्रम

0 comments

एस बी  गौतम चैत ४ सिन्धुली ।
होली पर्व मर्यादितरुपमा मनाउनका लागि जन चेतना फैलाउने उद्देश्यले आज सर्लाहीको मलंगवामा र् याली प्रदर्शन गरिएको छ । र् याली प्रगतीशील नागरिक समाज सामुदायिक सेवा जिल्ला कार्यसमिति सर्लाहीको सहयोग र सामुदायिक प्रहरी सेवा केन्द्र सर्लाहीको आयोजनामा निकालिएको हो । सामुदायिक सेवाका अध्यक्ष राज किशोर साहको नेतृत्वमा बिहिवार बेलुका निकालिएको सो र् यालीले मलंगवा नगर परिक्रमा गरेको थियो ।

Read More......

Thursday, March 17, 2011

थकालीको मुख्य चाड तोरन्ली शुरु हुदै

0 comments

चन्द्रश्वर बस्ताकोटी
चैत ३ मुस्ताङ  । चैत ५ गते देखि शुरु हुने थकालीहरुको मुख्य पर्व तोरन्ल मनाउन मुस्ताङका जोमसोम देखि तल सबै गाबिस र गाउमा घर रगाउने, प्रसाद बनाउन मुस्ताङीहरुलाई भ्याइ नभ्याइ भएको छ । फागु पुणीमाको अधिल्लो दिन शुक्रबार देखि थकालीहरुको मुख्य चाड शुरु हुदै छ ।

तोरन्लको बेला पुरुषहरुले तारा खेल खेल्ने भएकाले मुस्ताङका थकाली बस्तीमा तारा खेलका लागी तयारी पुरा गरिएको छ । आज बिहिवार देखी नै तारा खेल शुरु हुने र शुक्रवार देखि तोरन्ल शुरु हुने जोमसोमका ओमप्रसाद थकालीले बताउनु भयो । तोरन्लका बेला आफन्तलाई मिठामिठा परिकार बनाई खुवाउने गर्दछन । कम जनसंख्या रहेका जातजातीको पुर्खौली इतिहास जोगाउन राज्यले चासो देखाउनुपर्ने शेरचनले बताउनु भयो । आफ्ना पितृहरुको स्मरण गदै तोरन्ल ३ देखी ७ दिन सम्म मनाउने चलन रहिआएको छ ।

फागुपुर्णिमाको अवसरमा बिहिबार थकाली सेवा समिति म्याग्दीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारी लगायतका बक्ताहरूले सो कुरा बताएका हुन ।
कार्यक्रममा थकाली सेवा समिति म्याग्दीका अध्यक्ष जगतनारायण गौचनले सबै जातिजाति, भाषा धर्मलाई सरकारले समान दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो ।

तोरन्लका अवसरमा तारा खेल, शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिने  थकाली सेवा समितिका केन्द्रिय सदस्य गोपाल भट्टचनले जानकारी दिनुभयो ।

मुस्ताङको कोवाङ गाविसलाई उद्गम स्थल मान्ने मानिने थकालीहरु करिब ४४ हजारको संख्यामा रहेका  बताइन्छ ।

Read More......

Wednesday, March 2, 2011

महाशिवरात्रीको अबसरमा जिल्लाका विभिन्न महादेवको मन्दिरहरुमा मेला

0 comments


कूल तामाङ्
फागुन १८ नुवाकोट ।  महाशिवरात्रीको अबसरमा जिल्लाका विभिन्न महादेवको मन्दिरहरुमा मेला लागेको छ । शिव मन्दिर तथा धामहरुमा पुजा अर्चना, भजन कृर्तन सहित भक्तजनहरुको भीड लागेको छ । विदुर नगरपालिका–७ देविघाटमा नवनिर्मित नीलकण्ठाश्रम कैलाशधाममा विशेष मेला भएको छ । सो धाममा हजारौ दर्शनार्थी ओइएका थिए । 

धामको प्राणप्रतिष्ठा पछिको पहिलो महाशिवरात्रीको अबसरमा जालपा क्षेत्र विकास समितिले घुमधाम प्रचार प्रसारको साथमा मेला आयोजना गरेको हो । धाममा पण्डितहरुबाट विधिपुर्बक पुजा आराधना र भजन किर्तन सहित भक्तजनहरुलाई सहभागी गराइएको समितिका अध्यक्ष मानबहादुर डंगोलले बताउनुभयो । 

जिल्लाको तारुका गाविसको तारुकेश्वर महादेव, शिवालय, बुधसिंङको सिस्नेरी दोभान महादेव मन्दिर, जिलिङको चिर्केश्वर, कविलासको कपिलेश्वर लगायतका महादेव मन्दिरहरुका विहानै देखि दर्शनार्थीको भीड लागेको थियो । कल्याणपुर गाविसको हर्कपुरमा हिमचुली युवाक्लबको आयोजनामा स्थानीय नर्मदेश्वर महादेवको मन्दिरमा पनि मेला लागेको थियो । 

खानीगाउ गाविस वडा नं. ५ मा सिद्धेश्वर महादेवको शिवरात्रीको अबसरमा विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको छ । स्थनीयबासीले बाजागाजा सहित नगर परिक्रमा गराई मन्दिरमा महादेवको प्रतिमा स्थापना गरेका थिए । 

शिवरात्रीको अबसरमा नै ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ओमशान्ति ¥याली गरेको छ । बट्टारबाट सुरु भएको ¥याली विदुर ढुंगे हुदै त्रिशूलीमा गएर समापन भएको थियो । 

समापन समारोहमा ब्रह्मकुमारी लिला दिदीले प्रवचन दिनुभएको थियो । 

Read More......

Tuesday, February 8, 2011

श्रीपन्चमी पर्व मनाइँदै

0 comments

 माघ २५  काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा गरी मंगलबार श्रीपन्चमी पर्व मनाइँदै छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्तऋतु सुरु हुने भएकोले यस दिनलाई बसन्तपन्चमी पनि भनिन्छ । आजदेखि बसन्तु ऋतु सुरु भएको छ ।

बाल बालिकालाई अक्षराम्भ गराउने उपयुक्त दिन मानेर उनीहरुलाई घर घरमा पठन पाठन सुरु गराइन्छ । आज विहान स्नान गरी पूजा गर्दा विद्या, बुद्धि र ज्ञान प्राप्त जनविश्वास छ । देशभरका सरस्वति मन्दिरहरुमा विहानैदेखि सरस्वतिको पूजा गर्ने विद्यार्थी तथा श्रद्धालुहरुको भीड लागेको छ ।

शिक्षक, विद्यार्थी, गायक, संगितकार, लेखक, साहित्यकारलगायत सबै बिधाका साधकहरुले आज आ-आफ्नो कला साधनका उपदानहरु किताब, कलम, वाद्ययन्त्रहरुको पूजा गर्दछन् । सरस्वति पूजाको शुभ दिन भएकोले विवाह गर्दा साइत हेर्न नपर्ने मान्यता छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae