Sahara Sansar

Showing posts with label सर्लाही. Show all posts
Showing posts with label सर्लाही. Show all posts

Monday, June 20, 2011

दाजु र भाउजुको हत्या पश्चात आफ्नो पनी आत्महत्या

0 comments



असार ७,सर्लाही  

 अंशबण्डा विदादका कारण सर्लाही जिल्लाको राजघाट गाविस वडा नम्वर १ मा आज आफ्नै भाई प्रदीप माझीले दाजु र भाउजुको हत्या गरेका छन् ।
हत्या पछि प्रदीपले विष सेवन गरेर आत्महत्या गरेका छन् । आज बिहान राजघाटस्थित खेतमा काम गरिरहेका ३५ वर्षीय दाई प्रकाश माझी र भाउजु रीतादेवीलाई भाइ प्रदीपले बन्चरो प्रहार गरी हत्या गरेको राजघाट प्रहरी चौकीका सहायक निरीक्षक चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दाई र भाउजुको हत्या पछि प्रदीपले धानबालीमा प्रयोग गरिने किटनाशक औषधी सेवन गरी आत्महत्या गरेका थिए । विषसेवन गरेको केही मिनेटमै प्रदीपको मृत्यु भएको थियो । केही महिनादेखि दाजु भाउजु र प्रदीपबीच अंश विवादमा पटक पटक झगडा हुने गरेको स्थानीयवासीन्दाले जनाएका छन् । 

Read More......

Wednesday, April 6, 2011

प्रेमिका भगाइ विवाह गर्दा युवकको हत्या

0 comments

विनोदकुमार थापा,चैत २४,सर्लाही,।


सर्लाही ववरगंज ८ मा गए राती एक युवको हत्या भएको छ । स्थानिय बच्चु शाहले केही दिन पहिले गाँउकी अमि्रता शाहलाई भगाई विवाह गरेका कारण अमि्रतालाई लिइ घरमा आउदा अमि्रताको आफन्तले छोरी भगाई लगेको भनि गए राती मरणासन्न हुने गरी कुटपिट गरेपछि बच्चुको मृत्यू भएको हो ।

बच्चुको सर्लाही जिल्ला अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय ईश्वरपुरका प्रहरी निरीक्षक गणेश श्रेष्ठले जानकारी दिनु भयो । घटनाका सम्वन्धमा अनुसन्धान जारि रहेको प्रहरीले जनाएको छ 

Read More......

Tuesday, February 15, 2011

सर्लाहीमा भोलि पत्रकारको चुनाव हुने

0 comments

चूडामणि वाग्ले फागुन ३ सर्लाही ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको छ । महासंघका अध्यक्ष कृष्णकुमार एस्मालीका अनुसार भोली पुर्व पश्चिम राजमार्गको नवलपुर स्थित बागवानीमा अधिवेशन हुदैछ । अधिवेशनमा महासंघको ११ सदस्यीय कार्यसमिती र पाच जना केन्द्रीय पार्षद चयन गरिनेछ । निर्वाचनका लागि अधिवक्ता अमृत चालिसे, पत्रकार विनोद झा र मुकुन्द ढुंगेल रहेको निर्वाचन समिती वनाइएको छ । अधिवेशनमा केन्द्रीय प्रतिनीधिको रुपमा मोरङका विजय मिश्र आज साझ सम्म आइपुग्ने कार्यक्रम छ । अधिवेशनलाई भव्य रुपमा सफल पार्न आफुहरु क्रियासिल रहेको पत्रकार रोशन न्यौपानेले जानकारी दिनुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae