Sahara Sansar

Showing posts with label बैतडी. Show all posts
Showing posts with label बैतडी. Show all posts

Tuesday, March 22, 2011

होलीको रकम सडक निर्माणमा

0 comments

राजेन्द्र न्यौपाने चैत ८ खलङ्गा (बैतडी)।
बैतडी सिद्धेश्वरका बासिन्दाले होली खेलेर सङ्कलन गरेको रकम ग्रामीण सडक निर्माणका लागि खर्चं गरिने भएका छन् । सडक निर्माणको लक्ष्य लिएर खेलिएको होलीबाट रु एक लाख ६१ हजार सङ्कलन भएको र उक्त रकम स्थानीय हरिचनरौलेश्वर ग्रामीण तथा कृषि सडकमा खर्च गरिने सो सडक निर्माण समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो । दशरथचन्द राजमार्गको खोडपे नजिक सिद्धेश्वर, हरिचन मोडबाट सुरु भई रोलेश्वर जोड्ने १२ किमी लामो उक्त सडकका लागि यही चैत २ देखि ५ गतेसम्म खेलिएको होलीबाट उक्त रकम सङ्कलन भएको समितिका सचिव कृष्णसिंह भाटले बताउनुभयो । होली खेल्ने क्रममा सिद्धेश्वर, का राजेन्द्र भट्टले सबैभन्दा बढी रु १२ हजार १०५ सहयोग गरेका उहाँले बताउनुभयो । सिद्धेश्वरका स्थानीय बासिन्दाको आफ्नै पहलमा दुई महिना अगाडिबाट निर्माण सुरु गरिएको सडकका लागि होलीबाट रकम जुटेपछि सडक खन्ने काम सुरु गरिएको सडक निर्माण आर्थिक समितिका अध्यक्ष इन्द्र बोहाराले बताउनुभयो । उक्त सडकमा स्थानीय बासिन्दाले चन्दा र ऋण सहयोगस्वरूप रु १६ लाख र सिद्धेश्वर गाविसबाट रु एक लाख २७ हजार सहयोग गरिएको र उक्त रकमबाट हालसम्म साढे चार किमी सडक निर्माण कार्य पूरा भएको छ । उक्त सडकबाट सिद्धेश्वर, , , ६ र ७ नम्बर वडाका पाँच वटा गाउँ र रोलेश्वर गाविसलाई सडकसँग जोड्ने बताइएको छ ।

Read More......

Tuesday, March 8, 2011

प्रधानमन्त्रीले आधार तयार पारे लगत्तै सरकारले पूर्णता पाउने

0 comments

मस्तवीर कर्याकङरह्वा
 फागुन २५ कैलाली। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातबुँदे सहमतीको जगमा टेकेर प्रधानमन्त्रीले आधार तयार पारे लगत्तै सरकारले पूर्णता पाउने बताउनु भएको छ । उहाले सातबुदे सहमतीको कार्यान्वयन गरी सरकारलाई छिटै पूर्णता दिनेबारे दुई दलबीच छलफल भइरहेको बताउनुभयो । 

क्रान्तिकारी पत्रकार संघ कैलालीले  मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले सरकारमा छिटै आफनो पार्टीले बाकी मंत्री पठाउन चाहे पनी प्रधानमन्त्रीको पार्टी एमालेबाटै त्यसमा ढिलाइ भएको आरोप लगाउनु भयो । उहाँले सातदबुदे सहमतीको भावना र मर्म अनुसार नै आगामी जेठ १४ गते पछि सरकारको नेतृत्व एकीकृत माओवादीले पाउने दाबी गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले सरकार गठन भए लगत्तै गिराउने षडयन्त्र भएकाले त्यसलाई चिर्दै माओवादी सरकारमा सहभागी भएको बताउनु भयो ।

 उपाध्यक्ष श्रेष्ठले संविधानसभाको म्याद थप्नु पर्छ भन्नेतर्फ नभइ समयमै शान्ति प्रक्रिया र संविधान निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सवै दलले एकजुट भएर अघी बढ्नु पर्ने बताउनुभयो ।

Read More......

जातीय विभेद अन्त्य गर्न बैतडीका निगरानी समूह सक्रिय

0 comments

भगीरथ अवस्थी फागुन २४ बैतडी ।
वर्षौंदेखि चल्दै आएको जातीय विभेदलाई अन्त्य गर्न बैतडीका विभिन्न गाविसमा गठन भएका निगरानी समुहहरु सक्रिय भएका छन् । समाजमा रहेको छुवाछुत प्रथालाई अन्त्य गर्न तथा दलितका पक्षमा वकालत गर्न गठित निगरानी समुहहरुले दलितमुखी कार्यक्रमहरुलाई प्रभावकारी बनाउन सहयोग गरिरहेका छन् । बैतडीका ५ ओटा गाविसमा गठन भएका समुहहरुले गाउँपरिषदबाट दलितको पक्षमा बजेट छुट्याउन समेत सफल भएका छन् । मेलौली, महारुद्र, न्वाली, सित्तड, र गुरुखोला गाविसमा गठन भएका निगरानी समुहहरुले दलितहरुमाथि हुने विभिन्न भेदभावलाई न्युनीकरण गर्न पैरवी गरिरहेको दलित गैरसरकारी संस्था महासंघ बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले बताउनु भएको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae