Sahara Sansar

Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

Saturday, June 18, 2011

भृकुटीको पालामा निर्मित चोखाङ मन्दिरको जिर्णोद्धार

0 comments


ध्रुव पौडेल,बेइजिङ

नेपालसँगको मित्रताको प्रतीकको रुपमा रहेको चीनको तिब्बतको ल्हासास्थित ऐतिहासिक चोखाङ मन्दिरमा १३ सयवर्षयताको सबैभन्दा ठूलो जिर्णोद्धार गरिएको छ । नेपालकी राजकुमारी भृकुटीसँगको विवाहपछि राजा सोङ सान काम्फोद्वारा सम्भवतः सन् ६४२ मा निर्माण गरिएको भनिएको चोखाङको  जिर्णोद्धारकार्य परिमाण र लगानीका हिसावले अहिलेसम्मकै सबैभन्दा ठूलो भएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

 चीनको प्रमुख टेलिभिजन सीसीटीभीका अनुसार केन्द्रीय सरकारद्वारा विनियोजित १ करोड ८० लाख चिनियाँ युआन करिब २० करोड नेपाली रुपियाँको विशेष खर्चमा मन्दिरलाई सम्भावित आगलागीबाट जोगाउन काठ कुहिनबाट बचाउन र मुख्य हलमा वर्षातको पानी चुहिनबाट रोक्नका लागि अग्निनियन्त्रण ढल तथा शौचालयको सुधार गरिएको छ । तिब्बत सांस्कृतिक सम्पदा कार्यालयका उपनिर्देशक लिउ श्री चोङ्गलाई उद्धृत गर्दै सीसीटीभीले जनाएअनुसार दुई वर्ष लगाएर मन्दिरको भित्ता भुँई र ढलको मर्मतकार्य सम्पन्न गरिएको छ । नयाँ ढल प्रणाली र भुँईको बाहिरी तहमा बिच्छ्याइएको ढुङ्गाका कारण वर्षातको पानी भवनहरुको बीचबाट बग्नबाट रोकिने भएको छ ।

 स्थानीय भाषामा बुद्धको घर भन्ने अर्थ रहेको चोखोङ मन्दिर ल्हासाको पुरानो भाखोर चोकमा रहेको छ । तिब्बतका लागि नेपालका महावाणिज्यदूत ङइन्द्रप्रसाद उपाध्यायका अनुसार नेपालको लगानीमा साचालित ल्हासाका अधिकांश नेपाली रेष्टुराँ र हस्तकलाका सामानहरुको पसल पनि भाखोर क्षेत्रमा नै रहेका छन् । नेपालकी राजकुमारी भृकुटी र चिनियाँ राजकुमारी वन छङ्ग सँगको विवाहपछि उनीहरुले ल्याएका बुद्धका महत्वपूर्ण मूर्तिहरु राजा काम्फोले उक्त मन्दिरमा राख्न लगाएका थिए । मन्दिरमा नेपालका भृकुटी र बुद्धका मूर्तिहरु राखिएको महावाणिज्यदूत उपाध्यायले बताउनुभयो ।

 मन्दिरमा नेपाली शैलीमा बनाइएको काठको मूल ढोकाको मोहडा नेपालतर्फ फर्किएको छ । मन्दिर निर्माणका लागि भृकुटीले नेपालबाट कालिगढसमेत बोलाएकी थिइन् । चार तले मन्दिरमा घोप्टे भर्याङलगायतका बास्तुकलामा पनि नेपाली शैलीको मिश्रण पाइने भएकोले यसलाई नेपालचीन मित्रताको प्रतीक मानिन्छ । तिब्बतको पोताला दरवारसँगै चोखाङ पनि विश्व सांस्कृतिक सम्पदा सूचिमा सुचिकृत छ ।

Read More......

Wednesday, February 9, 2011

गोरखामा माघ २९ र फागुन १ गते पोलियो खोप कार्यक्रम सञ्चालन गरिने

0 comments

राजेन्द्र न्यौपाने
माघ २६ गोरखा । तह्रौ राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत गोरखामा माघ २९ गते र फागुन १ गते जिल्ला भरीका पाँच वर्ष सम्मका बालबालिकाहरुलाई पोलियो खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यलय गोरखाले बताएको छ । 

जिल्ला स्वास्थ्य कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य प्रमुख डा.गुणराज लोहनीले अभियानलाई सफल पार्न पत्रकारहरुसँग आग्रह गर्नुभयो । जिल्लाका ३२ हजार ३३५ बालबालिकालाई पोलियो खोप लगाईने उहाँले जानकारी दिनुभयो । 

पोलियो रोग उन्मुलनका लागि सरकारले अभियान सञ्चालन गरेको हो । 





Read More......

Monday, October 25, 2010

थाहा पाउने अधिकार

0 comments

प्रत्येक व्यक्तिसँग विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ ।बिना कुनै हस्तक्षेप मत वा विचार मान्ने,राख्ने वा ग्रहण गर्ने र कुनै सीमाको बन्देजबिना कुनै पनि मध्यमबाट सूचना र बिचार खोज्ने,पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ ।
मानवाधिकारको घोषणापत्र धारा-१९

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae