Sahara Sansar

Showing posts with label प्रवास. Show all posts
Showing posts with label प्रवास. Show all posts

Monday, June 20, 2011

मलेसिया र दिल्लीमा दर्जनौ युवा अलपत्र

0 comments



असार ६

ब्राइटर मुन ह्युमन रिसोर्स सर्भिसेज प्रा.लि.सतुङ्गलको स्याङ्जास्थित वालिङ शाखाबाट युएई जान भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेका छन् ।
युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही एक लाख ५० हजार रुपैयाँका दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपैयाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरू दिल्लीमा अलपत्र परेका हुन् ।


अलपत्र परेकामा स्याङ्जा थुमपोखरा–९ का ज्ञानु श्रेष्ठ र टुकबहादुर श्रेष्ठ, पुतलीबजार–१३ का दीर्घसिङ केसी, दहथुम बयरघारीका सुरेश थापा, जनक थापा, दिलबहादुर थापा, विष्णुबहादुर थापा लगायत छन् । अन्यको भने अझै नाम खुल्न सकेको छैन । अलपत्र परेका नेपालीले उनका आफन्तलाई कम्पनीको मानिस भागेको खबर गरेपछि कामदारका आफन्त वालिङमा रहेको कार्यालयमा सम्पर्कका लागि आएका छन् । यता, वालिङमा रहेको कार्यालय भने एक सातादेखि बन्द छ ।कार्यालय बन्द भएको थाहा पाएपछि अलपत्र परेकाहरूका आफन्त चिन्तित भएका छन् ।

 बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत शाखा कार्यालय रहेको उक्त म्यानपावर कम्पनीको शाखा कार्यालय वालिङका सञ्चालकमा कास्कीको देउराली गाविसका ध्रुव पौडेल, झापाका विकास बस्नेत, बर्दियाका माधव न्यौपाने र पोखराका अर्जुन कार्की रहेका छन् । तिनीहरूमध्ये कार्की सम्पर्कमा रहेको पीडितका आफन्तले जनाएका छन् । पीडित परिवारले प्रतिव्यक्ति एक लाख ५० हजारका दरले रकम बुझाएको जनाएका छन् ।उता, करिब चार महिना अगाडि सप्तरीबाट मलेसिया पुगेका आठ नेपाली युवाहरू त्यहाँ काम गर्न नपाएर अलपत्र परेका छन् । राजविराजका एजेन्ट मो. इमामुद्दनिले आठै जना युवाहरूसँग जनही ९५ हजार रुपैयाँ लिई काम लगाईदिने भन्दै गत चैत्र १५ गते मलेसिया पठाएका थिए ।

 सप्तरीको बैरवा–४ का अजाद मन्सुरी, जमिर मन्सुरी, नुरतुज मन्सुरी, मोहरम शेख, नजमुद्दनि सेख, सरफराज मन्सुरी, नसिर मन्सुरी र रजाक मन्सुरीलाई एजेन्ट इमामुद्दनिले मलेसिया पठाएर अलपत्र बनाएका हुन् ।आठै जना युवाहरू त्यहाँ गएदेखि कुनै किसिमका काम गर्न पाएका छैनन् । ९५ हजार रुपैया लिएर मलेसियामा होम गार्डको काम गरे वापत ८ सय ५० रियाल पाउने भन्दै आठै जनालाई एजेन्ट इमामुद्दनिले मलेसिया पठाएका हुन् । तर, त्यहाँ पुगेका चार महिना हुन लाग्दा पनि आठै जना युवाले कुनै किसिमको काम गर्न नपाएर खान बस्न समेत अप्ठ्यारो भईरहेको छ । अलपत्रमध्ये नसिर मन्सुरीले भने, ‘रोजगारीका लागि हामीहरू मलेसिया आएपनि यहाँ काम नपाएर अलपत्र परेका छौं, काम गर्न नपाएपछि बस्न खान समेत समस्या भइरहेको छ ।’ आफुहरू मलेसियामा अलपत्र परेकोबारे एजेन्टलाई बारम्बार भन्दै आए पनि कुनै सुनवाई नगरेको उनको भनाई छ ।

Read More......

Saturday, June 18, 2011

युएई हिँडेका २७ युवा दिल्लीमा अलपत्र

0 comments


खाडीशन्देश,असार ५

स्याङ्जाको वालिङमा रहेको ब्राइटर मुन हृयुमन रिसोर्स सर्भिसेज प्रा.लि.बाट युएई जान भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेका छन् ।
युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही एक लाख ५० हजार रुपैयाँका दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपियाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरू दिल्लीमा अलपत्र परेका हुन् ।


अलपत्र परेकामा स्याङ्जा थुमपोखरा–९ का ज्ञानु श्रेष्ठ र टुकबहादुर श्रेष्ठ, पुतलीबजार–१३ का दीर्घजङ्ग केसी, दहथुम बयरघारीका सुरेश थापा, जनक थापा, दिलबहादुर थापा, विष्णुबहादुर थापालगायत छन् । अन्यको भने अझै नाम खुल्नसकेको छैन ।अलपत्र परेका नेपालीले उनका आफन्तलाई कम्पनीको मानिस भागेको खबर गरेपछि कामदारका आफन्त वालिङमा रहेको कार्यालयमा सम्पर्कका लागि आएका छन् । यता, वालिङमा रहेको कार्यालय भने एक सातादेखि बन्द अवस्थामा छ । कार्यालय बन्द भएको थाहा पाएपछि अलपत्र परेकाहरूका आफन्त चिन्तित भएका छन् ।


सो प्रा.लि.को प्रधान कार्यालय काठमाडाँै–७ सतुङ्गल रहेको  छ । बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत शाखा कार्यालय रहेको उक्त म्यानपावर कम्पनीको शाखा कार्यालय वालिङका सञ्चालकमा कास्कीको देउराली गाविसका ध्रुव पौडेल, झापाका विकास बस्नेत, बर्दियाका माधव न्यौपाने र पोखराका अर्जुन कार्की रहेका छन् । तिनीहरूमध्ये कार्की सम्पर्कमा रहेको पीडितका आफन्तले जनाएका छन् । पीडित परिवारले प्रतिव्यक्ति एक लाख ५० हजारका दरले रकम बुझाएको जनाएका छन् ।

Read More......

नेपाली शास्त्रिय संगित सुनेपछि फ्रान्सेली मेयरलाई नेपाल जान हतार

0 comments




● फोटो- जैनु श्रेष्ठ
(बिचमा नेपाली झण्डा बोक्ने हुन् फ्रान्सेली मेयर)
सुकर्म शास्त्रिय संगित टोली यतिखेर यूरोप भ्रमणमा छ नेपाललाई चिनाउँदै । फ्रान्सका बिभिन्न ठाउँमा उनीहरुले शास्त्रीय संगित सुनाएर धेरै सर्व साधारणलाई मात्र होइन, थुप्रै उच्च अधिकारीहरुलाई पनि लठ्ठ बनाए । यसैबाट नेपाल चिनाए, चिनाउँदै छन् । अस्ति साँझ सुकर्मको टोलीले फ्रान्सको राजधानी पेरिसबाट करिब २ घन्टा टाढा रहेको भिब्रे भन्ने ठाउँमा सयौं फ्रान्सेलीलाई झुम्म मात्रै बनाएनन् त्यहाँका मेयरलाई पनि कहिले नेपाल पुगौं झैं बनाइदिए । सुकर्मको संगितले लट्ठिएका मेयरले सयौं समर्थक र स्थानियको भिडमा हाकै भने- मलाई त नेपाल कहिले जाउँ झैं भएको छ ।
भिब्रेका मेयर ज्याकी बोर्तोनले नेपाली शास्त्रिय संगितको स्वाद लिएपछि आफूले अहिलेसम्म सुनेको, जानेको र बुझेको नेपालभन्दा अझ आकर्षित भएको र नेपालको कला, संगित र संस्क्रिति हेर्न कहिले पुगौं झैं भएको बताउँदा स्रोताहरु एक टकले सुनिरहेका थिए ।
(सुकर्म शास्त्रिय संगित टोली-बायाँबाट तबला बादक प्रमोद उपाध्याय, सितारबादक ध्रुबेश चन्द्र रेग्मी र सारंगी बादक श्याम नेपाली)
यूरोप यात्रामा नेपाल चिनाउँदै हिँडेको यो टोलीलाई त्यस कार्यक्रम आयोजना गर्ने मेसो मिलाएका थिए नेपालकालागि पूर्व फ्रान्सेली राजदूत मिसेल जोलीभेले । नेपालमा जनयुद्दको चरम कालमा अरु देशले भटाभट सूचना जारी गरेर नेपाल नआउन आफ्ना नागरिक सूचित गरिरहेका बेला उनी बिकट पहाडी गाउँहरुमा एक्लै यात्रा गरेर नेपाल पूर्ण रुपमा सुरक्षित रहेको सन्देश दिएर चर्चामा आएका थिए । यहाँ पनि यी जोलिभे कुनै न कुनै रुपमा नेपालको प्रवर्धन गर्न लागिरहेका छन् । उनले संगित सुन्न आएका फ्रन्सेलीहरुलाई ‘नेपाल सानो मुलुक भएपनि ज्यादै आकर्षक र नेपालीहरुमा दया, न्यानोपना र मिलनसार भएको बताएर फ्रान्सेलीहरुलाई नेपाल घुम्न प्रेरित गरे । उनले आफ्नो नेपालको कार्यकाल ज्यादै रमणिय र जिवनको महत्वपूर्ण क्षण रहेको सुनाएर फ्रान्सेली मनलाई नेपालतिर एकोहोर्‍याउन खोजेका थिए ।
सुकर्म टोलीका सितारबादक ध्रुबेश चन्द्र रेग्मीले त झन अन्य देश भ्रमण गर्न विमान टिकट लिइसकेका फ्रान्सेलीलाईपनि थक्क थक्क बनाएका थिए । यूनेस्कोले नेपाललाई जिवनमा एक पटक नहेरि मर्न नहुने विश्वका अति आकर्षक थोरै मुलुक मध्ये एकमा राखेको जनाकारी दिँदा धेरै फ्रान्सेलीहरुले नेपाल जाने मोह देखाए । यो गर्मी बिदामा लओस घुम्ने टिकट लिसकेका केहिले ‘नेपाल पो जानुपर्ने रहेछ’ भन्दै चुकचुकाएका थिए । आगामी वर्षको बिदा नेपालमा मनाउनुपर्छ भन्नेहरुको स्वर बाक्लै थियो ।
नेपाली सांस्क्रितिक ग्रिह, पेरिसका हेमन्त उपाध्यायले नेपाली कला र संस्क्रितिबारे जानकारी गराएका थिए । उनले यस्तै नेपाली कला र संस्क्रितिको संरक्षण गर्न र फ्रान्सेली र नेपालीहरुमाझ चिनाउन आफूहरुले नेपाली सांस्क्रितिक घर निर्माण गर्न लागेको जानकारी दिएर धेरैलाई नेपाली संस्क्रितिप्रति उत्सुक बनाए ।

श्रोत:नेपाल प्लस

Read More......

Thursday, June 16, 2011

कुवेतमा नेपाली महिलाहरूको अवस्था दयनीय

0 comments

सुजन केसी,कुवेत ।

 नेपाली कामदारहरूको आकर्षक गन्तव्य बनेको कुवेतमा झन्डै ५५ हजार नेपाली रहेको अनुमान छ । त्यसमध्ये ७० प्रतिशत घरेलु महिला कामदारहरू रहेका छन् । सुन्दर सपना र उज्ज्वल भविष्यको सपना बोकी कुवेत छिरेका नेपाली महिलाहरूको अवस्था अत्यन्तै दयनीय छ । करिब २ सय नेपाली महिलाहरू दूतावासको शरणमा छन् भने २ दर्जन जेलमा छन् । त्यस्तै ९ महिलाको शव कुवेतको अस्पतालमा छ ।

जीवन र मृत्युसँग संघर्ष गर्दै ५ बर्षदेखि अस्पतालमा रहेकी शान्ती माया दोङदेखि डेड दर्जन कुमारी आमा र उनीहरूका बाबुको पाहिचान खुल्न नसकेका शिशुहरू नेपाल फर्कन नसकेको अवस्थामा छन् । दूतावासका अनुसार ९ नेपाली महिलाका शव कुवेतको अस्पतालमा थन्किएका छन् । तर, अहिलेसम्म न मृत्युको कारण थाहा भएको छ न त उनीहरूका आफन्तको नै पत्तो लागेको छ । उनीहरूका राहदानी पनि छैन र अहिलेसम्म खोजिमा दूतावासको सम्पर्कमा कोही आएको पनि छैन । अर्काको पासपोर्ट प्रयोग गरी भारतको बाटोबाट आएकाले पासपोर्ट फोटो, मान्छे र ठेगाना फरक हुँदा झन समस्या थपिएको छ । साहुको घरबाट भागी गैरकानूनी बनेपछि मृत्यु भएकाहरूलाई शव पठाउन लाग्ने खर्च साहुले तिर्न नमान्दा शवलाई स्वदेश पठाउन नसकिएको दूतावासको भनाई छ । 

अस्पतालमा थन्किएका १५ शवमध्ये ६ माहिलाको शव नेपाल पुगिसकेका छन् । दूतावासका अनुसार शान्ति सार्की, शान्ति दर्जी, अमृता सेन्च्यु, सानुमाया कस्नी कामी, सविना नेपाल, सरस्वती अवास, निलिमा योङगहाङ लिम्बू र कविता विश्वकर्माको शव कुवेतको सरकारी अस्पताल ‘फरेन्सिक मेडिसिन’मा राखिएको छ । आवाश्यक कागजात र आर्थिक अभावका कारण अस्पातलमै फ्रिज भएका नेपाली महिलाहरूका शव नेपालसम्म पुगे पनि सम्बन्धित परिवारसम्म पुग्ने सम्भावना कमै देखिन्छ । दूतावासले शव नेपाल पठाउन आवश्यक खर्च उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्रचार गरिसके पनि प्रक्रिया अगाडि बढ्ने नबढ्नेमा अझै अन्यौल छ ।कुवेत सरकारले हालै खोलेको आममाफीको सदुपयोग गर्दै करीब तीन हजार गैरकानुनी नेपाली कामदारहरू स्वदेश फर्किए पनि अझै २ सय महिला दूतवासको शरणमा छन् । दूतावासको सेल्टरमा रहेका महिलाहरूको विभिन्न किसिमका मुद्दाहरू भएकोले उनीहरू सबै आममाफीको सदुपयोग गरी स्वदेश फर्कन बञ्चित भएका हुन् । दूतावासको सेल्टर मात्रै होईन कुवेतको जेल पनि नेपाली महिलाहरूले भरिएका छन् ।डोल्मा शेर्पा लगायत दुई दर्जन नेपाली चेलीहरू जेलको अँध्यारो कुनामा छन् ।

 करिब पाँच बर्षदेखि कुवेतको फर्मानिया अस्पतालमा अत्यन्तै चिन्ताजनक रूपमा जीवन र मृत्युसँग संघर्ष गरी राखेकी शान्तीमाया दोङलाई नेपाल फर्काउने कुरा कुरैमा सीमित रहेको छ । कुवेतदेखि नेपालको लागि सिधा हवाई सुविधा नभएको कारण र ठुलो रकमको आवश्यकता परेकोले उद्धार हुन सकेको छैन । डेढ दर्जन कुमारी आमा र उनीहरूका शिशुहरू कुवेतमा कानुनी प्रक्रिया मिचेको गम्भीर आरोपमा यता न उता भएका छन् । कतिपयले कुवेतबाट पैसा होईन कुमारीमै छोरा कमाएर फर्के, कतिले बच्चा कुवेतमै छोडेर भागेका छन् भने कति महिलाहरू आफू बलात्कारमा परी बच्चा जन्मेको भन्दै काखी च्यापेर हिँड्न वाध्य छन् । हालै खुलेको आममाफीमा दूतावासले १२ जना बच्चा र तिनीहरूका आमालाई नेपाल फर्कनको लागि ट्राभल डकुमेन्ट दिएको छ तर उनीहरूलाई नेपाल फर्कन सहज छैन ।



कुवेतमा घरेलु महिला कामदारहरू अलपत्र र बिचल्ली हुनुको प्रमुख कारण स्थानीय श्रम कानुनले नसमेट्ने, उनीहरू असुरक्षित हुने, एजेन्टहरूले भिजिट भिसामा स्वदेशी र विदेशी विमानस्थल प्रयोग गरी सेटिङमा (नक्कली कागजातको भरमा)पठाउनु हो । यसरी कुवेत पुग्ने कामदारहरूको सरकार र दूतावाससँग कुनै रेकर्ड हुँदैन । सेटिङ रोक्न र महिलाहरूको संरक्षण गर्न दूतावासले प्रमाणित गरेर पठाएको मागपत्रलाई हेरेपछि मात्रै श्रम स्वीकृति दिने र दूतावासले तय गरेको न्युनतम मापदण्ड पुरा गर्नुपर्ने योजना लागु गरेको छ । त्यस्तै, महिला कामदारहरूको लागि बीमा योजना सुरु गरेको छ । तर, हाल कुवेतमा अलपत्र सास र लाश बीमा कम्पनीसँग सम्झौता गर्नुभन्दा पहिलाका भएकोले बीमाले पनि समेट्दैन । अब लाश भएका र सास भएका बिचल्लीमा परेका पीडित नेपाली महिलाहरूलाई नेपाल कसले र कसरी पु¥याउने ?

Read More......

Thursday, June 9, 2011

नेपाली ठग्ने दलाल युरोपमा पनि उस्तै : पीडितलाई जेल , दलाललाई मस्ती

0 comments


- सन्तोष न्यौपाने


समाचार आएकै कारण चार बर्ष पछी फिर्ता भयो रकम

 नेपाली ठग्ने दलाल युरोपमा पनि उस्तै : पीडितलाई जेल , दलाललाई मस्त शिर्षक मा  प्रकाशित गरेको समाचार को  ठिक  ४५ दिन पछी पिडित बिना के सी ले आफ्नो रकम फिर्ता पाएकी छिन .उनको यो रकम ठिक चार बर्ष पछी फिर्ता भएको हो .समाचार लेख्ने ¨पत्रकारलाई यो भन्दा खुसि अरु के हुन् सक्छ ? उनको इमेल हेर्नुहोस जस्ताको तस्तै र सम्बन्धित समाचारदर्सन संतोष जी के छ हजुर को खबर ?हिजो आज कता हराउनु भयो तपाई ,संतोष जी दिनेश ले पैसा पठायो  है आज गएर निकालेर ल्याए मैले मनिट्रान्सफर बाट | यूरो पठाउकी डलर भनेर सोधेको थियो मलाई मैले डलर पठाउनु भने अनि उसले १२०० यूरो को डलर बनाएर १६५० (सोह्र सय पचास ) डलर पठाएको रहेछ | ब्यज त दिदैन होला सावा मात्र पठाएछ| हजुर लाई मुरी मुरी धन्यबाद |जे होस् हजुर को प्रयास,   विश्वास ,दुख गरेको काम सफल भयो,तपाई त मेरो लागि भगवान जतिकै हुनुभयो  ,सधा सधा भगवान ले हजुर को साथ दिरहुन, सधै सफलताले चुमिरहोस हजुर लाई |अनि अब मैले यस सफलता को बापत हजुर लाई के सहयोग गर्न सक्छु कृपया भन्नु होला म तपाई को सहयोग आजीवन भुल्ने छुइन संतोष जी | यदि म बाट अन्जान मा कुनै गल्ति भएको भए अज्ञानी सम्झी माफ गर्नु होला |                                                          अज्ञानी    मित्र   बिना केशी ( इजरायल )

युरोप छिराउने प्रलोभन देखाएर नेपालीलाई अलपत्र पार्ने नेपाली दलालको जालो अहिले युरोपभरि नै फैलिएको छ । नेपाली दलालहरुको जालो यति साह्रो फैलिएको छ कि यसलाई काट्न अब सामान्य कैंचीले नहुने भएको छ । सामान्य कैंचीले काट्न खोज्नेहरु त यही जालोमा बेरिनसमेत बेर लाग्दैनन् । यस्तो बिचित्रको जालोमा सोझासाझा नेपालीहरु सजिलै फसिरहेका छन्, ढडियामा माछा फसेजस्तो । अनि कैयन नेपालीहरुको जिन्दगी नै बर्बाद हुने गरेको छ यिनै दलालका कारण ।
बेल्जियम छिर्न खोज्ने नेपाली चेलीको बिजोग
इजरायल, पोल्याण्ड, युक्रेन र हंगेरीको बाटो हुँदै आर्थिक सम्पन्न मानिने युरोपियन देशहरुमा छिर्न खोज्ने नेपालीहरु दलालहरुको जालोमा फस्ने गरेका हुन् । यसरी फस्नेहरुमा इजरायलबाट बेल्जियम छिर्न खोज्ने नेपाली चेलीहरुको संख्या बढ््दै गइरहेको छ । र, दलालहरुका पहिलो शिकार पनि इजरायलबाट बेल्जियम छिर्न खोज्ने नेपाली चेलीहरु नै हुन् । नेपालबाट केयर गिभरको रुपमा काम गर्न इजरायल पुग्ने गरेका छन् कैयन नेपाली चेलीहरु । तर उनीहरु इजरायलमा सन्तुष्ट छैनन् । पैसाको मुख कालो हुन्छ भनेजस्तै अझ धेरै पैसा कमाउने आशामा उनीहरु बेल्जियम छिर्नका लागि दलालको सहारा लिन पुग्छन् । हुन पनि दलालहरुले बेल्जियम छिराउने लोभ देखाएपछि उनीहरुमा आशा लाग्ने नै भयो । तर दलालहरुले त लोभ मात्र देखाउने गरेका छन् । उनीहरु नेपाली चेलीहरुको पैसा हसुर्छन् अनि बेपत्ता हुन्छन्् । इजरायलबाट बेल्जियम छिर्नका लागि दलाललाई पैसा बुझाउने नेपाली
चेलीहरु भने रिडी न अर्गली हुने गरेका छन् ।  दलालहरु रकम पचाएर सम्पर्कविहीन हुने गरेपछि पीडितहरुले इजरायलमा वर्षौं लगाएर कमाएको पैसाबाट दलाललाई मस्ती हुने गरेको छ भने पीडितहरुको बेल्जियम पुग्ने सपना पनि हुरीले उडाउने गरेको छ । दलालहरुले बेल्जियम छिराउने भन्दै नेपाली चेलीहरुबाट ६ लाख नेपाली रुपैयाँसम्म असुल्ने गरेका छन् ।
इजरायलमा नै सक्रिय यस्ता नेपाली दलालहरुले बेल्जियम मात्र होइन, न्युजिल्याण्ड र स्पेनजस्ता देशमा छिराउने र कामको ग्यारेन्टी गराइदिने आश्वासन दिन्छन् । रकम नपाउँदासम्म उनीहरु निरन्तर सम्पर्कमा रहने गर्छन्् । तर जब रकम हातमा पर्छ तब उनीहरु सम्पर्कविहीन हुने गरेको पीडितहरुको गुनासो छ ।
को–को छन् नेपाली दलाल ?

वास्तविक नाम त लालबहादुर खत्री हो । नेपालीलाई  ठग्न सजिलो होस् भनेर उनले नक्कली नाम राखेका छन् । हो,  उनले आफ्नो नाम दिनेश अधिकारी बताउने गर्छन् । त्यसैले उनलाई धेरै नेपालीले दिनेश अधिकारी भनेर चिन्ने गर्छन् । त्यो बाहेक उनका अरु पनि नक्कली नाम छन्् । केही वर्षदेखि बेल्जियममा रहँदै आएका उनले नेपालीलाई ठग्दै आएका छन् ।  लाखौं रकम कुम्ल्याउँदै आएका छन् । लालबहादुरलाई उनका साथीहरु दीपक र कृष्णसिंहले समेत सघाउँदै आएका छन् ।
लालबहादुरले सुरुमा कसैलाई फसाउनु परेमा मित्रताको नाटकसमेत गर्दै आएका छन् । उनलाई इजरायलमा रहेका उनका आफन्तहरुले पनि दलालीमा सघाउने गरेका छन्् । लालबहादुरलाई इजरायल जानै पर्दैैन । इजरायलमा रकम उठाउने जिम्मा पनि उनकै गिरोहका व्यक्तिले लिएका छन् । त्यसबापत लालबहादुरले केही रकम कमिशनबापत दिनेसमेत गरेका छन्् । रकम हात परेपछि भने मोबाइल नम्बर नै परिवर्तन गर्छन् लालबहादुर । उनले कतिवटा मोबाइल नम्बर परिवर्तन गरिसके भन्ने कुराको लेखाजोखा छैन ।
यसरी ठगिइन् बेल्जियम छिर्न खोज्ने बिना
चारवर्षदेखि इजरायलमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी थिइन्् बिना केसी । उनलाई पनि बेल्जियममा रहेका नेपाली दलाल लालबहादुरले नै ठगेका हुन् । बिनालाई पनि लालबहादुरले नक्कली नाम बताएका थिए । तर सोझी बिनाले पत्तै पाइनन् ।
सुरुमा त बिनालाई अलिअलि शंका पनि लागेको थियो । तर लालबहादुरले विनालाई विश्वासमा पार्न बेल्जियममा रहेका आफ्ना आफन्तलाई लगाएपछि विनालाई आफू फस्दै छु भन्ने पत्तो भएन । त्यसैले उनले खनखनी गनेर १२ सय युरो बुझाइन् लालबहादुरलाई, मनिग्राममार्फत । तर रकम पाएपछि लालबहादुर सम्पर्कविहीन भए ।
सुरुका दिनमा लालबहादुरले आफ्नो मोबाइल नम्बर ००३२४८६३५१६५३ दिएका थिए बिनालाई । यही नम्बरमा धेरैपटक कुराकानी पनि भएको थियो । तर रकम बुझाएपछि यो नम्बरमा सम्पर्क हुन छोड्यो । अर्थात् लालबहादुरले मोबाइल नम्बर नै परिवर्तन गरे ।
बिनाले इजरायलमा लालबहादुरका प्रतिनिधिहरुलाई पनि भेट््न नखोजेकी होइनन् । तर उनीहरुको खोजी गर्दै जाँदा उनीहरु पनि इजरायल नफर्कने गरी नेपाल गएको पत्ता लाग्यो ।
बिना मात्र होइन, दिनेश उर्फ लालबहादुरले अरु थुप्रै नेपाली चेलीहरुको रकम पचाइदिएका छन्् । नेपालीलाई ठगेको लाखौं रकममा मस्ती चल्ने गरेको छ लालबहादुरको । विश्वसन्देशले बेल्जियममा रहेका भनिएका लालबहादुरलाई सम्पर्कको प्रयास पनि गरेको थियो । तर १० दिनसम्म फोन सिधै मेसेजबक्समा गयो । लालबहादुरसँग सम्पर्कको प्रयास सफल हुन सकेन ।
इजरायलबाट बेल्जियम मात्र होइन, न्युजिल्याण्ड छिराउने भन्दै दलालहरुले इजरायलमा रहेका नेपालीहरुबाट लाखौं रकम असुल्दै आएका छन् । कोही इजरायलबाट बाटो नलाग्दै ठगिएका छन् कोही बीच बाटोमा अलपत्र पारिएका छन् । यसरी अलपत्र पर्नेहरुमा नेपाली महिलाहरु रहेका छन् । कोही कोही भने निकै सास्ती भोगेर बेल्जियम वा न्युजिल्याण्ड छिर्न सफल पनि भएका छन् । इजरायलमा कार्यरत पत्रकार कृष्ण भण्डारी भन्छन्– इजरायलबाट युरोपका देशहरुमा छिर्नका लागि दलाललाई पैसा खुवाउने लहर नै चलेको छ तर दलालहरु भने रकम पाएपछि फरार हुने गरेका छन् ।
युरोप छिर्न खोज्दा जेलको बास

युरोप छिर्न खोज्ने नेपालीहरु जेलको छिंडीमा समेत पुग्ने गरेका छन्, दलालहरुकै कारण । केही समय पहिले रोमानिया छिर्न खोज्दा दुई जना नेपालीलाई रोमानियाको प्रहरीले हंगेरी र रोमानियाको सीमा क्षेत्रबाट पक्राउ गरेर जेल हालेको थियो । केही समय जेलमा राखेपछि उनीहरुलाई अब ५ वर्ष रोमानिया छिर्न नपाउने गरी नेपाल पठाइएको थियो ।
मोरङका दिलिप श्रेष्ठ र म्याग्दीका बलमान घर्तीमगर यसरी नेपाल डिपोर्ट भएका हुन् । उनीहरुले नेपालमा नै दलाललाई ६ लाख नेपाली रुपैयाँ बुझाएका थिए रोमानिया छिर्नका लागि । तर दुईहप्ते टुरिष्ट भिसामा हंगेरी आएका उनीहरुलाई रोमानियामा लुक्न सफल भएनन्, बीचैमा पक्राउ परे । रोमानियाको सीमा क्षेत्रमा पक्राउ परेका उनीहरु अब ५ वर्षसम्म रोमानिया छिर्न नपाउने भएका छन् । कमजोर आर्थिक अवस्था भएका उनीहरुले अहिले नेपालमा नै निकै कठिन परिस्थितिको सामना गरिरहेका छन् । उनीहरु मात्र होइन, यसरी युरोपमा कैयन नेपालीहरु पक्राउ पर्ने गरेका छन् । उनीहरुलाई त्यहाँका सरकारले नेपालमा डिपोर्ट गर्दै आएका छन् ।
दलालले छाडेपछि बीचैमा अलपत्र

हंगेरी मात्रै होइन पोल्याण्डमा छिरेर त्यहाँबाट बेल्जियम, स्पेन र फ्रान्स पुगेर लुक्ने नेपालीको जमात पनि ठूलै रहेको छ । यो सबै प्रपञ्च मिलाउने काम नेपाली दलालहरुले गर्दै आएका छन्् । पोल्याण्डमा काम गर्ने भिसामा आएर त्यहाँ काम नगरी सिधै बेल्जियम आउन खोज्दा कैयन नेपालीहरु बीचैमा अलपत्र पर्ने गरेका छन् । दलालले बीचैमा छाडेपछि उनीहरु अलपत्र पर्ने गरेका हुन् ।
केही दिनअगाडि मात्रै पोल्याण्डको बाटो हुँदै बेल्जियम छिरेका गोबिन्द थापाले दलाललाई ८ सय युरो बुझाएका थिए । दलालले उनका केही साथीहरुलाई स्पेन पनि पठाएको उनले बताएका छन् ।
पोल्याण्डमा नेपालीहरुको यति बदनाम भएको छ कि पोल्याण्डको भिसा लगाएर अरु देशमा गैरकानुनी रुपमा छिर्न थालेपछि पोल्याण्ड सरकारले नेपालीहरुलाई भिसा दिनमा नै कडाइ गरेको छ । तर पनि दलालले अर्कै जुक्ति निकालेका छन् । दलालले नेपालीहरुलाई युक्रेनको बाटो हुँदै बेल्जियम छिराउने गरेका छन् ।
यसै क्रममा झापाका रवी गिरी युक्रेनको बाटो हुँदै बेल्जियम छिरेका छन् । उनले नेपाली दलाललाई ९ लाख नेपाली रुपैयाँ बुझाएका थिए । उनलाई बेल्जियमसम्म छिराउनका लागि नेपालमा रहेका दलालहरुकै गिरोहले सघाएको थियो ।
रोमानियामा फस्दैछन् नेपालीहरु

दलाललाई लाखौं बुझाएर करोडौं रकम कमाउने सपना बोकेर युरोपियन देश रोमनिया छिर्ने नेपालीहरुको सपना सपनामै सीमित हुने गरेको छ । पछिल्लो समयमा दलाललाई ६ लाखसम्म रकम तिरेर रोमानिया छिरेका नेपालीहरुको बिजोग हुने गरेको छ । उनीहरुले काम पाएमा त ३ सय डलरसम्म मासिक आम्दानी गर्छन् तर कामको अभावका कारण उनीहरुले कम्पनीले नेपाल फिर्ता पठाउन थालेपछि उनीहरुको बिजोग भएको हो ।
विगत दुई दशकदेखि रोमानिया बस्दै आएका गैरआवासीय नेपाली संघ रोमनियाका अध्यक्ष नवराज पोख्रेलका अनुसार नेपालीहरु तीन वर्षे भिसामा आउने गरे पनि कम्पनीले उनीहरुलाई कामको अभाव देखाउँदै बीचैमा नेपाल पठाइदिने गरेको छ । जसका कारण झण्डै दुई सयभन्दा बढी नेपालीहरु अलपत्र परेका छन् । आएको ऋणसमेत तिर्न नसकेपछि कतिपय मानसिक रुपमा समेत विक्षिप्त हुने गरेका छन् भने कतिपय अर्को देशमा पलायन हुने गरेका छन् ।
यस्तो अवस्था आउँदा पनि समस्या समाधानका लागि न त नेपाली दूतावासले नै पहल गरेको छ न त नेपाल सरकारले नै चासो देखाएको छ । पोखरेलका अनुसार धेरै नेपालीहरु दलालको माध्यमबाट रोमानिया आउने र गैरकानुनी रुपमा बेल्जियम र फ्रान्ससमेत छिर्ने गरेका छन् । यसो गर्दा दलालहरुले कैयनलाई अलपत्र पार्ने गरेका छन् ।
दलालबाट ठगिएकी बिना केसीको बयान

म बिना केसी (विष्णुमाया खकुरेल) इजरायलमा कार्यरत छु । यहाँ काम गरेको ४ वर्ष पुगिसकेको छ । यस्तै सिलसिलामा केही वर्षअघि बेल्जियम बस्ने लालबहादुरसँग चिनजान भयो ।  पछि उनले मलाई बेल्जियम आउने सल्लाह दिए । मेरो पनि यहाँ ४ वर्ष पुगिसकेकोले ठिकै छ नि त भनेर प्रोसेस अगाडि बढाउने निचोडमा पुगें । लागेको पैसा तिर्न सहमति पनि जनाएँ । लालबहादुरका आफन्त इजरायलमा रहेकाले पनि मैले उनलाई विश्वास गरेकी थिएँ ।
उसले मलाई फसाउन इजरायलमा रहेका आफन्तहरुलाई पनि लगाएको रहेछ । त्यसैले उनीहरुले पनि मलाई काम बन्छ भनेर आश्वासन दिने गर्थे । विश्वासमा परेर मैले लालबहादुरलाई जुलाई ६ तारिखमा १५ सय डलर पठाएँ । त्यसपछिका दिनमा उसले तुरुन्त भिसा लाग्ने आश्वासन दिने गरेको थियो ।
अब १ महिनामा काम हुन्छ, तयार भएर बस्नु भनिरहन्थ्यो उसले । तर फेरि एक महिना सरेको बताउँथ्यो । अहिले लालबहादुरका आफन्तहरु पनि नेपाल फर्किसकेका छन् । लालबहादुरसँग पनि सम्पर्क भएको छैन । उसलाई सघाउने उसका साथीहरु कृष्ण सिंहलाई मोबाइल नम्बर ३२४८५६५६१८० मा सम्पर्क गर्दा लालबहादुर छुट्टीमा नेपाल गएको बताए । अहिले लालबहादुरले न मलाई बेल्जियम छिरायो न पैसा फिर्ता दियो । लालबहादुर यस्तो बदमास होला भनेर मैले सोचेकै थिइन । मैले पैसा दिँदा लालबहादुर पोर्चुगलमा थिए । उनले काम नबने पैसा फिर्ता दिने आश्वासन पनि दिएका थिए । तर पछि मैले इमेल लेख्दा मेरो कम्प्युटरमा भाइरस छ इमेल नलेख्नु भने । अहिले त फोन नम्बर नै बदलेका छन् । मैले लालबहादुरका बिरुद्ध कतै उजुरी गरेकी छैन । लालबहादुरको घर नेपालमा फत्तेपुर सिवाइमा हो । घरमा उनका बुबाआमा मात्र हुनुहुन्छ । लालबहादुरका छोरा र श्रीमती काठमाडौंमा नै छन् । लालबहादुरले आफ्नो घर काठमाडौंको नयाँ बानेश्वरमा बताउँदै आएका छन् ।
दलाललाई पक्रन नेपाल सरकारले बेल्जियमको सरकारलाई निर्देशन दिनसक्छ – प्रमेशकुमार हमाल , बेल्जियमका लागि नेपाली राजदूत
नेपालीहरु बेल्जियम छिर्ने बहानामा दलालबाट ठगिएको जानकारी आएको छ कि छैन ?
अहिलेसम्म त्यस्तो जानकारी आएको छैन । कोही पीडितहरु गुनासो गर्न पनि आएका छैनन् । तर आएको खण्डमा हामी कानुनी प्रक्रियाका लागि केस सिधै नेपाल पठाइदिन्छौं । र, नेपालको कानुनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउन सक्छौं । हामीले परराष्ट्र मन्त्रालयमार्फत काम–कारबाही अगाडि बढाउने व्यवस्था रहेको छ ।
कारबाहीका लागि सिफारिस गर्नेबित्तिकै दलालहरु भाग्ने सम्भावना हु“दैन त ?
त्यस्तो सम्भावना हुँदैन । केस कस्तो खालको हो त्यो हेरेर हुन्छ । यदि जटिल खालको रहेछ भने बेल्जियम सरकारलाई नेपाल सरकारले सुचना गरेर सम्बन्धित ब्यक्तिलाई पक्राउ गर्नको लागि निर्देशनसमेत दिन सक्छ । कोही भाग्न पाउदैन ।
नेपालीलाई ठग्ने नेपाली दलालहरुलाई कारबाहीको दायरामा ल्याउन के गर्नुपर्ला ?
कारवाहीको दायरामा ल्याउनका लागि सुरुमा त पीडितले उजुरी दिनुपर्छ । त्यसपछि मानवतस्करी र ठगीसम्बन्धी कानुनअनुसार दोषीलाई कारवाही हुन्छ ।

Read More......

Monday, June 6, 2011

एनआरएन वेल्जियम, को कति पानीमा ?

0 comments


महेश थापा


जातिय क्षेत्रिय राजनैति हावी हुदै
एन आर एन वेल्जियममा राजनैतिक रुप त थियो थियो विस्तारै जातिय क्षेत्रिय रुपले पनि भाजो हाल्न थाले पछि एन आर एन अवको दिनमा चौटा चौटामा वाडिने पक्का छ । स्वयम पर्ुव अध्यक्ष र वर्तमान अध्यक्षका उमेद्धवार पिजी शर्ेपा शर्ेपा समुदायको आडमा चुनावमा आएको जन व्यापक चर्चा छ । दुइ गुरुग उमेद्धवार भए पछि तमु समाजका केही मै हु भन्नेलाई भने रातको निर्दा हराम भएको छ । हुन त तमु समाजका ९९ प्रतिशत यस्ता छैनन । उनिहरु जात भन्दा पनि कस्ले नेतृत्व दिन सक्छन भनि चिन्तित छन । तर एउटा मरेको माछाले पुरा पानी गनाउछ भने झै एक दुइ जनाको जातिय सोचको कारण समस्त तमु समाजलाई असर पर्ने कुरालाई समाजका नेतृत्व तहले विर्सनु हुदैन ।यसकारण पनि तमु समाजका नेतृत्व अग्रज र मान्यजनहरुले कुनै हालतमा पनि एन आर एनमा जातिय राजनिती भित्र तमु समाजलाई प्रवेश गर्न दिनु हदैन भन्ने पंक्तिकारको विश्वास रहेको छ । हुनत गत आइ सि सि सदस्यको निर्वाचनमा पासा पुच वेल्जियम पनि यो आरोप वाट वच्न सकेन । यस्तै वेल्जियमका अरु जातिय र क्षेत्रिय संगठन पनि यो आरोप वाट अलग रहेका छैनन । यसवाट आगामी दिनमा वेल्जियममा रहेको जातिय संगठनले सोच्नु जरुरी छ । सक्षम व्यक्तिलाई जातले कुनै असर पदैन । पुनको छोरा भए पनि महाविर पुनलाई सारा देशले सलाम गरेको छ । यस्तो उदाहरणलाई किन नअपाउने । भिजन भएका २ जना हुनु र भिजन नभएका १०० जना हुदा पनि दुइ जनाको मापन ठुलो हुन्छ । प्रवासमा जाती भन्दा पनि नेपाली पहिला हुनु अपरिहार्य छ । यहाका मानिसले जातलाई चिन्दैनन कहावाट आएको भनि सोध्छन । नमस्ते युरोप संग कुरा गर्दै सवै जातयि संस्थाका प्रतिनिधी हरुले आफु नेपाली भएको हुदा पनि आफु जातिय राजनितीको स्वार्थ भित्र नपस्ने जनाउनु भएको थियो ।

धन्यवाद दिनै पर्ने
राजनैतिक स्वार्थलाई अलि पर राख्ने हो भने सवै सक्षम छन । फेरी नेतृत्वको कुरालाई मात्र लिएर पनि भएन । चुनावको तुष त हामीले निर्वतमान कार्यमाितीमा पनि देखेका नै हौ । एउटै कामको लागि दलगत स्वार्थले झण्डै वेल्जियममा पनि एन आर एन छ र भन्ने भान भएको थियो । राजनितीलाई पन्छाएर हेर्ने हो र अरु वाद विवादमा नपस्ने हो भने लिला पन्त लाई पनि धन्यवाद दिनै पर्छ । घर न घाटको एन आर एनलाई वासोस्थानको व्यवस्था मिलाउन उनले लागि परेका योगदानलाई भुल्नु हुदैन । हरेक कार्यक्रममा एन आर एन वेल्जियम जिवित नै छ भनि समय र अर्थ खर्चने अध्यक्ष पिजी शर्ेपा र आइ सि सि सदस्य अर्जुन कुमार श्रेष्ठ पनि धन्यवादका पात्र हुन । अरु पदाधिकारी साथीले पनि आ आफनो तरिकावाट योगदान दिनु भएकै होला । वेल्जियमवाट नेपालमा लगानी होस वा वेल्जियममा नेपाल चिनाउन र वेल्जियममा वस्ने नेपालीको हक हित अधिकारको लागि यहको एन आर एन ले के कार्य गर्यो भनि सवैले आ आफनो तवरले मुल्याकन गरेका नै छन ।

कस्को स्थित कस्तो ?
हुनत जानकी गुरुग पुष्पराज अधिकारी गमवहादुर गुरुग वा पिजी शर्ेपा सवै वेल्जियमको नेपाली समाजमा भिजेका व्यक्ती हुन ।नमस्ते युरोपले केही समय यता अनलाइन र्सर्वैक्षण जारी राखेको छ । र्सर्वैक्षणमा पुष्पराज अधिकारी अगाडी रहेका छन । त्यस्ते दास्रो स्थानमा जानकी गुरुङ्ग र तेस्रोमा गमवहादुर गुरुङ्ग रहेका छन । स्वतन्त्र भनेका पिजी चौथो मा परेका छन । तर यो र्सर्वेक्षण नै आगामी नेतृत्वको परिसुचक हैन । १६९० मतदाता रहेको एन आर एनको निर्वाचन नै भएका कति भोट खस्छ त्यसमा भर पर्छ । यस पाली वेल्जियममा क्षेत्रिय स्तरमा भोट हाल्न पाउने हुदा अवस्य पनि १४ सय भन्दा माथी भोट खस्ने अनुमान छ । सहमती नभएको खण्डमा ४ उमेद्धवार नेतृत्वको लागि लागि पर्ने छ । मतलाई सरर्सर्ती हर्ेदा ३ ठुला दलले १४ सम्म भोट ओगटेको छन । त्यस्तै राप्रपा नेपालको प्रवासी संगठन शर्ेपा समाज र स्वतन्त्र व्यक्तिको संखया ३००को हाराहारीमा होला । पछिल्ले अवस्थामा राप्रपा नेपालको प्रवासी संगठनले आफु चुनावी मैदानमा नरहेको र कैसलाई पनि पार्टर्ीी रुपमा सहयोग नगर्ने जनाए पछी सो संगठनको कम्तीमा ५० देखि वढीमा १८० मत अन्य राजनैतिक दललाई निकै असर गर्ने छ । जन प्रगतीशिल वेल्जियमको ३ देखि ४ सयको हाराहारीमा सदस्य रहेको हुदा उनिहरुले पनि त्यती स्पष्ट मतको अपेक्षा गर्ने छन । पहिलेको अवस्थालाई पनि मुल्याकन गर्ने हो भने उनिहरुको मत स्पष्ट खस्ने छ ।वढी सदस्य भएको जनाएको जन सर्म्पर्क समितीेका मत पनि वढीमा ४५० को हाराहारीमा खस्न सक्छ । यसमा महिला भएको कारण केही फाइदा जानकीलाई अवस्य रहला । पार्टर्ीीत रुपमा यस अधि रहेको तुष विस्तारै सैलाएको अवस्था जानकीलाई केही अवस्य राहत मिलेता पनि पर्ुण रुपले उनले नै विजय हासिल गर्छन भनि भनि हाल्न सकिने अवस्था भने आएको छैन । अहिले को अवस्थामा पुष्पराज अधिकारीको स्थिती पनि गत निर्वाचन भन्दा निकै राम्रो रहेको छ । यदापी मातृ संगठन एमालेमा देखा परेका ेचिराले पुष्पराजलाई निकै सताउने छ । गत निर्वाचनलाई मध्यनजर राख्दाको अवस्था स्थिती स्वयम अधिकारी पनि आफनो विजय सुनिचित रहेकोमा आसावादी रहेको छ । पिजी शर्ेपाको स्थिती भने केही तल खस्किएको छ । राजनैति दलले आफनो उमेद्धावार उठाएको हुदा उनि पछि परेका हुन । यदापी सहमतीमा कुनै गैरराजनैतीक व्यक्तिको नाम जोडिदा शर्ेपाको नाम शिर्षस्थानमा आउने हुदा त्यस तर्फपनि विचार गर्नु आवश्यक छ ।

तालमेलको अवस्था
विशेषत वेलिजयममा रहेको नेपाली दलका भातृ संगठन आफु नेतृत्व लिने होडवाजीले तालमेल रहने सम्भावना निकै कमीछ । निर्वाचनमा कुनै पनि राजनैतिक दलले पुरै प्यानल जित्ने स्थिती भने पक्का रहेको छैन । यर्सथ पनि यो आउने कार्य समितीलाई फलामको च्युरा चपाए जस्तै गारो रहने छ ।

भिजन
 गमवहादुर गुरुगले पार्टर्ीी अवधारणा पत्र अनुसार आफु रहेको तर्फसंकेत दिए । हुन पनि उनको उमेद्धवारी संगै जनप्रगतिशिल मन्च वेल्जियमले अवधारणा पत्र वाहिर ल्यायो । जानकी गुरुगले आफु संग अनुभव समेत रहेको वताइन ।उनले यस अधि एन आर एन युरोपियन सहसंयोजिका भै काम गरि सकेका हुन । पिजी शर्ेपा कति काम अधुरो रहेको हुदा पुरा गर्न आफु लागेको जनाए । पुष्पराज अधिकारीले भने लामो सम्भाव्यतालाई अगाडी ल्याए । नेपालमा लगानी वा वेल्जियममा रहेको नेपाली को हक हित अधिकारको विषयममा पुष्पराजको भिजन अरुको तुलनामा केही फरक र ठुलो क्षेत्र ओगटेको थियो । उनको भिजनलाई कतिको वेल्जियमवासी नेपालीले साथ दिन्छन त्यो भने हर्ेन वाकी छ ।

किन वेल्जियममा यत्रो रणसम्ग्राम ?

वेल्जियममा एन आर एन किन यत्रो ठुलो राजनैतिक चलखेल हुदै भनि केहीलाई लाग्न सक्छ । विशेषत नेपाली दलको भातृ संगठनको लागि वेलिजयम एउटा वेस हो । चाहे माउवादी नजिक होस वा काग्रेस नजिक वा एमालेकै कुरा गर्नु पर्दा पनि युरोपमा रहेको सवै अन्य संगठनलाई वेल्जियमवाट दिशानिर्दैश गरिएको हुन्छ । यस अर्थ पनि कुनै पनि राजनैतिक संगठन वेल्जियमका आफनो अस्तित्वलाई गुमाउन चाहदैनन । यही कारणले पनि वेल्जियको राजनैतिक चलखेल अलि वढी रहेको छ । अर्को तर्फआगामी केन्द्रिय अधिवशेनको लागि पनि यसको ठुलोमहत्व रहेको छ । यसैकारण् सवै दल नेतृत्वको लागि पछि परका छन ।

के गरे राम्रो ?
हुनत सवैले विना कुनै शर्त वार्ता अगाडी वढाएर निर्वाचनन विना कार्यकसमिती गठन गर्दा राम्रो हो । तर यस्तो अवस्था नआएको अवस्था कुनै दल विशेष भनदा पनि पहिला नेपाली भएको कारण एन आर एन वुझेको र हामी वेलिजयममा वस्ने नेपालकिो पनि मनोभावना नजिक संग नियाल्न सक्ने साथीहरुलाई स्वतन्त्र तवर वाट चुन्दा एन आर एन अभियानले गति लिने छ ।

Read More......

Monday, May 30, 2011

एन आर एन पोर्चुगलको सचिव पदमा नविन गौतम बिजयी

0 comments

जेठ १६ लिस्बोन। गैर् आवाशिय नेपाली संघ पोर्तुगलको सचिब पदमा भएको निर्वाचनमा नविन गौतम बिजयी हुनु भएको   छ। कुल ९७० मतदाता  सदस्य रहेको एन आर एन पोर्तुगलको निर्वाचनमा ७०६ मतदाताले मतदान गरेकोमा  खसेको मतमा १० मत बदर भएका थिए।

सचिव पदमा बिजयी  उम्मेदवार नविन गौतमले ५०६ मत प्राप्त गर्नु भयो भने उहाका प्रतिद्वन्दी योगेन्द्र मिलन छन्त्यालले १७४ मत प्राप्त गर्नु भएको छ । 

गौतमलाई पौतुगलमा रहेका तीन राजनीतिक संगठनहरुको   समर्थन रहेको थियो। तर अर्का उम्मेदवार छन्त्यालले   स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिष्पर्धामा गरेका थिए । 

संघको सचिब पद बाहेक अन्य पदहरु निर्बिरोध निर्बाचित भएका थिए। आगामी २ बर्ष सम्म चल्ने कार्यकालमा निर्बिरोध निर्बाचित हुने हरुमा अन्त राष्ट्रिय समन्व यन सदस्यमा पूर्ण हमाल , अध्यक्ष्य मा रमेश गुरुङ उपाध्यक्ष्यमा दिलाराम चापागाईं र पेम्बा शेर्पा ,कोषाध्यक्ष सुरेन्द्र अमगाई सह सचिब सोनाम दोर्जे योन्जन लामा ,लेखा समिति अध्यक्षमा खेम जुग्जाली मगर र सदस्यमा भेष राज आचार्य , महिला र युवा प्रतिनिधिमा सित देवी बास्तोला बराल र गोबिन्द दाहाल निर्बाचित हुनु भएको छ ।  

यसै गरि सदस्यहरुमा उमेश गुरुङ , कन्चन श्रेष्ठ,गिरि प्रसाद गाहा मगर ,जय कला राई,दिलिप कुमार सुनाम ,धनराज शेर्पा ,धर्म लाल कंडेल मदन ,पुरुषोत्तम   सुबेदी दामोदर ,लाला बहादुर पुन , बिष्णु प्रसाद सापकोटा ,र सुमन चौलागाईं रहनु भएको छ।  

Read More......

Monday, May 16, 2011

गोरखाली समाज यूकेको बार्षिक भेला सम्पन्न

0 comments

 भरत क्षेत्रि 
बैशाख २ लण्डन । गोरखाली समाज यूकेूको बार्षिक भेला गत शनिबार   ब्रिटिश लिजन क्लब ग्रीनफोर्ड लण्डनमा समाजका अध्यक्ष खुसीमान गुरुगको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ  । समाजका कोषाध्यक्ष कृष्ण थापाले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

 संस्थाका महासचिव जगत थापाले कार्यक्रम के कसरी अगाडि बढ्छ भन्ने बारेमा प्रकाश पार्दै उपस्थित सम्पूर्ण सदस्यहरुलाई कार्यक्रमको एजेन्डा वितरण गर्नुभयो  । बार्षिक भेलाको सुरुमा समाजका कोषाध्यक्ष कृष्ण थापाले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

 भेलामा समाजको अहिले सम्म गरेका कार्य प्रगतिबारे ब्यापक छलफल भएको थियो, साधारण सभामा आफ्नो भनाइ राख्दै समाजका उपाध्यक्ष भरत रोकाले समाजमाआवद्ध नहुनुभएका बेलायतमा छरिएर बसेका जिल्ला बासी समुदायलाई समाजको सदस्यता बनाई समाजमा आवद्ध गराउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।भने समाजका पूर्व अध्यक्ष साथै समाजका सल्लाहकार डाक्टर राजु बाबु श्रेष्ठले अहिले सम्म समाजले गरेको उपलब्धि को प्रसंसा गर्नुभएको थियो साथै उहाले जिल्लामा आबद्द अरु समुदायलाई पनि समेटेर लैजानु पर्नेमा जोढ़दिनुभएको थियो ।

 समाजका वेब मास्टर आसिस पन्तले वेब साइडमा केहि हेरफेर गरि समाचार मुलक बल्क छिटै राखिने जानकारी दिनुभयो साथै उहाले समाजमा सबै क्षेत्रका समुदायहरु अझबडी आबद हुन नसकेकोमा दुख ब्यक्त गर्नु भयो साथै उहाले अब हामी सबै एक भै अगाडी बढ्नुपर्नेमा जोढ़ दिनु भयो ।

यसैगरी  समाजका कोडिनेटर धन गुरुगले आउने ९ जुलाई २०११ मा जिल्लाबासीको बार्षिक भेला केकसरी सम्पन्न गर्ने बारे बिस्त्रितरुपले प्रकास पर्नु भयो। साथै उहाले समाजको लोगो अग्कित आफ्नै डिजायनमा तयार पारिएको बार्षिक क्यालेन्डर जसमा जिल्लाका विभिन्न धार्मिक स्थलहरु समेटिएको मनकामना, गोरखा दरबार, श्रेनाथकोट दरबार राखिएकोछ साथै क्यालेन्डरमा समाजका आउने दिनमा हुने विभिन्न कार्यक्रमबारे जानकारीपनि राखिएको छ। उक्त बार्षिक क्यालेन्डर कोडिनेटर धन गुरुगले बिमोचोन गर्नुभएको थियो । भेलामा बेलायतका विभिन्न ठाउँमा बसोवास गर्ने समाजका प्रतिनिधिहरुले आ-आफ्नो धारणा तथा भावी एजेण्डाहरुमाथि सुझाव सल्लाह दिनुभएको थियो।

गोरखाली समाज यूकेू गोरखा जिल्ला घरभई बेलायतमा बसोबास गर्ने गोरखालीहरुको   साझा सस्था हो।

Read More......

Saturday, May 14, 2011

मलेसियामा साँस्कृतिक साँझ भव्यरुपमा सम्पन्न

0 comments



रुसाहाङ चेम्जोङ
 वैशाख ३१ क्वालाम्पुर। लिम्बूहरुको छाता संगठन किरात याक्थुङ चुम्लङ मलेसियाद्धारा शुक्रबार साँझ क्वालालम्पुरस्थित होटल फिप्थ ईलमेन्टस्मा किरात याक्थुङ चुम्लुङ साँस्कृतिक साँझ भव्य सम्पन्न भएको छ । नयाँ बर्ष साँस्कृतिक कार्यक्रमको शिलशिलामा मलेसिया आईपुगेका नेपाली तारा दिपक लिम्बू नायीका युना उप्रेती चर्चित गायीका जशोधा लिम्बू र जनवादी गायक माइलाको उपस्थितीमा  सो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सफल बनाउन मलेसियास्थित सम्पूर्ण नेपाली व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए भने प्रमुख प्रयोजन विजयहिल एक्सपोर्ट इम्पोर्ट लालीगुराँस रेष्टुरेण्ट इन्द्रेणी रेष्टुरेण्ट मितेरी रेष्टुरेण्ट द गोर्खाज रेष्टुरेण्ट द खुकुरी रेष्टुरेण्ट सगरमाथा रेष्टुरेण्ट साइनो रेष्टुरेण्ट निरमाया रेष्टुरेण्ट निङवासो मोबाइल पसल नमस्ते नेपाल मोबाइल पसल र लालीगुराँस मोबाइल सेन्टरले प्रायोजन गरेका थिए । कर्याक्रमको अन्त्यमा कलाकारहरुको पारिश्रमिक सहित किरात याक्थुङ चुम्लुङको तर्फबाट अध्यक्ष कृष्ण बहादुर आङदेम्बेले स्पेसल उपहार हस्तान्तरण गर्नुभएको थियो भने कोषाध्यक्ष इन्द्र लिम्बूले मलेसियाको चिनो हस्तान्तरण गर्नुभएको थियो भने वरिष्ठ सदस्य कृष्ण कुरुम्बाङले खादा ओढाएर सम्मान गर्नुभएको थियो । 

त्यसतै यहाँस्थित स्थापित ताप्लेजुङ प्रवास समितिको तर्फबाट अध्यक्ष पाच थलुङ कोषाध्यक्ष बाल मेन्याङबो र सदस्य चन्द्र चोङबाङले सम्मान-पत्र र खादा ओढाएर कलाकारहरुलाई सम्मान गरेका थिए । कार्यक्रम किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्ण बहादुर आङदेम्बेको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा नेपाल पत्रकार महासंघ मलेसियाका अध्यक्ष रमेश प्रसाद तिवारी नेपाल व्यापारी समाज मलेसियाका सचिव खुम राना मगर लगायत अतिथि रहनुभएको थियो । 

कार्यक्रमको साचालन किरात याक्थुङ चुम्लुङका सचिव रुसाहाङ चेम्जोङ र आमन्त्रीत कलाकार माइला लामाले गर्नुभएको थियो ।

Read More......

Monday, May 2, 2011

अनेसास इजरायल च्याप्टरको अभिनन्दन तथा विदाई सम्पन्न

0 comments


बैशाख २०  इजरायल। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा अप्रिल ३० तारिख शनिबार साँझ इजरायलको तेल अभिभमा एक कार्यक्रम बीच श्रष्टा अभिनन्दन तथा विदाई एकै साथ् सम्पन्न गरियो । राष्ट्रिय गानको धूनसँगै प्रारम्भ भएको सो कार्यक्रममा अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलले स्वागत् मन्तव्य राख्नु भएको थियो ।

मन्तव्यको क्रममा बोल्दै लामो समयको इजरायल बसाइ पश्चात स्वदेश फर्कदै गर्नु भएका अनेसासका सल्लाहकार सोमेन्द्र घिमिरे तथा साहित्यकार उमा सुवेदीले इजरायलको बसाइका आफ्ना अनुभवहरु सुनाउनु भयो । अनेसास इजरायलकै दुइ नारी श्रष्टाहरु दीप्स शाह र उमा सुवेदीलाइ उहाँहरुले साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरका साथै उहाँहरुको कृति क्रमश आगो र तप्किएर अन्जुलीमाका लागि २०६७ सालको नइ गणेश दुर्गा पुरस्कार प्राप्त भएकोमा बधाईका साथ् अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष, केन्द्रीय समितिका सचिव हरि मानन्धर तथा इजरायल च्याप्टरका सल्लाहकार नयन्द्र कुमार चेम्जोंगले संयुक्त रुपमा कदरपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा अभिनन्दित श्रष्टा द्वय, प्रमुख अतिथि हरि मानन्धर, सल्लाहकार नयन्द्रकुमार चेम्जोंग, समाजसेवी तथा व्यवसायी कृष्ण ज्ञवाली लगायतका वक्ताहरुले एकै साथ् भएको यो अभिनन्दनको खुशी तथा विदाइको भावपूर्ण अनुभूति सहित आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । अनेसास इजरायल च्याप्टरका महासचिव यशजीले संचालन गर्नु भएको सो औपचारिक कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्णपक्षले श्रष्टाद्वयलाई सम्मान गर्न पाउनु च्याप्टरको गौरव भएको बताउदै हामी जहाँ जहाँ पुगे पनि भावनात्मक सामिप्यता सधैं रही रहने विश्वास व्यक्त गर्नु भयो ।

अनौपचारिक चरणमा उपस्थित साहित्यप्रेमीहरुलाइ अनेसास इजरायलले सोही अवसरमा आयोजना गरेको बार्बिक्यु पार्टी तथा रात्रिभोजमा सरिक गराइएको थियो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae