Sahara Sansar

Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Monday, June 20, 2011

भ्रष्टाचार प्रकरणले फुटबलको सर्वोच्च संस्था फिफामा बबण्डर उपाध्यक्ष ज्याक ए वार्नरले पदबाट राजीनामा

0 comments




काठमाडौं ७,असार 

 फुटबलको सर्वोच्च संस्था ्रफिफाका उपाध्यक्ष ज्याक ए वार्नरले पदबाट राजिनामा दिएका छन् ।
भ्रष्टाचार मुद्दामा मुछिएपछि वार्नरले पद छाडेका हुन् । यसअघि अध्यक्षको प्रत्यासी समेत रहेका बिम हमाम र ज्याक ए वार्नरमाथि क्यारेवियन क्षेत्रका फुटबल संघका पदाधिकारीहरुलाई फिफा निर्वाचनमा मत किन्नका लागि पैसा बांढेको आरोप लागेको थियो ।
त्यही आरोपपछि हमामले अध्यक्ष पदको दाबेदारी समेत छाडेका थिए । उपाध्यक्ष वार्नर पनि छानविनका लागि निलम्बनमा परेका थिए । फिफा अध्यक्ष सेप ब्लाटरमाथि भने कुनै कारबाही नभएपछि उनी एक्लै निर्वाचनमा गएका थिए ।

 निर्वाचनमा उनले २०४ भोटमध्ये १ सय ८६ भोट पाए र फेरि चौथो कार्यकालका लागि निर्वाचित भए । ब्लाटरले चुनाव जितेको लामो समयपछि भ्रष्ट्राचारको अभियोगमा मुछिएका वार्नरले राजिनामा गरेका हुन् ।  फिफाले एक विज्ञप्ती जारी गर्दै वार्नरमाथि गरिएको कारबाहीको पश्चातप गरेको छ । त्यही कारबाहीका कारण वार्नर राजिनामा दिने निर्णयमा पुगेको भन्दै फिफाले त्यसका लागि माफी मागेको छ । फिफाले ३० वर्षसम्म फिफाको कार्यसमितिमा रहेर वार्नरले योगदान पुर् याएको भन्दै उनलाई धन्यवाद् दिएको छ ।

Read More......

Sunday, May 8, 2011

नेपालमा सुन फलाउदै विदेशी

0 comments


 एलएन घिमिरे/वैशाख २५
नेपालबाट युवाहरु रोजगारी नपाएर धमाधम विदेशिइरहेका छन् । उनीहरुको तर्क छ योग्यता अनुसारको रोजगारी सरकारले सिर्जना गरिदिएन । हलो जोतेर कति बस्नु स्वदेशमै काम गर्ने वातावरण भए विदेशिनु पर्ने थिएन । के रोजगारीको सिर्जना गर्ने काम सरकारको मात्रै हो युवाको काम सरकारले दिएको काममा हाजिर बजाउनु मात्रै हो, रोजगारी सिर्जना गर्ने उसको दायित्व हैन जर्मनीबाट नेपालमा आएर सुनजस्तै महंगो ओलिभ फलाउदै आएका जर्मन नागरिक हार्टमुर्ट बौडरलाई सुनौ न ।

उनी आफूले नेपालमा उत्पादन गरेको ओलिभको तेल विश्व बजारमा २ हजार २ सय रुपैया प्रतिलिटरका दरले बेच्छन् । मकवानपुरको चित्लाङस्थित एउटा उराठलाग्दो पाखोमा यो वर्ष उनले १ हजार ७ सय मेटि्रक टन ओलिभ फलाए । त्यो फलले १ हजार ३ सय लिटर तेल दियो । त्यति तेल बेचेर उनले एक वर्षमै २८ लाख ६० हजार रुपैया कमाए । कुनै नेपालीले विदेशमा मरुन्जेल हड्डी घोटेर कमाउन सक्छ यति धेरै रुपैया स्थानीय बासिन्दा भन्छन् उराठलाग्दो पाखामा एउटा विदेशी आएर सुन फलाएको छ । बौडरले आफूले मात्र कमाएका छैनन ओलिभको बगैचामा काम गर्न ७ जना नेपालीललाई रोजगारीसमेत दिएका छन् ।
नेपालीका युवा स्वदेशमा अवसरै नभएको भन्दै विदेशिइरहेका बेला अवसर खोज्दै आएका थिए वौडर । उनी पेशाले एउटा केमिकल कम्पनीका प्रबन्धक थिए । त्यो पदबाट रिटायर भएपछि ५४ वर्षिय बौडरले निस्क्रिय जीवन विताउन चाहेनन् । नेपालमा आउदा जादा हवाइ यात्राका क्रममा एयर होस्टेस रहेकी नेपाली युवतीसग उनको प्रेम भयो । त्यसपछि उनीहरुले विवाह गरे । त्यसपछि नेपालमा फस्टाउने ब्यवसायको खोजीमा लागे । ओलिभको तेल स्वास्थ्यका लागि अत्यन्तै उपयोगी छ ।

उपयोगीताकै कारण यसको मूल्य निकै छ । ओलिभ उत्पादनका लागि इटलि संसारमै प्रख्यात छ । इटलीकै सहयोगमा भारतको राजस्थास्थित सुख्खा जमिनमा यसको खेती गरिदै आएको छ । त्यसको खेती हेर्न पुगेका बौडरले नेपालमा पनि यसको सम्भावना हेर्ने विचार गरे । त्यसपछि नेपालका केही साथीसग मिलेर उनले सन् १९९४ मा मकवानपुरको चित्लाङमा १ सय ६० रोपनी पाखो जमिन किनेर २ हजार वटा ओलिभका विरुवा लगाए । यहा उत्पादन हुन्छ भन्ने कुनै ग्यारेन्टी थिएन । यसअघि मुलुकमा ओलिभको खेती भएकै थिएन । ओभिभको उत्पादनलाई माटो हावापानी तापक्रम स्वच्छ हावा आदिले असर गर्छ । पहिलो पटक यति ठूलो परिमाणमा खेती थाल्नु जोखिम मोल्नु जस्तै थियो । नेपालको हावापानी युरोपको ठीक उल्टो थियो । त्यसैले बौडरले जोखिम मोलेरै खेती थालेका थिए । विरुवा लगाएको धेरै समयसम्म ओलिभले उत्पादन दिएन । त्यसपछि उनी वोट फाड््ने निष्कर्षमा पुगे । लाखौं लगानी र मेहनत त्यतिकै खेर जाने भयो । त्यसपछि उनी फेरि राजस्थान पुगे र त्यहाका एक इजरायली विशेषज्ञसग सल्लाह गरे ।

ती विज्ञले विरुवाले पानी पर्याप्त नपाएकाले पाइपबाट दिइने थोपा सिचाइ विधिबाट विरुवालाई पानी दिन सल्लाह दिएका थिए । ुपानी पर्याप्त नभएको ठाउमा त्यो प्रविधिबाट सिचाइ गरेपछि एकै वर्ष १७ टन ओलिभका दाना उत्पादन भयोु बौडरले भने ुयसअघि वर्षको ४ टनभन्दा बढी उत्पादन कहिल्यै भएको थिएन । विज्ञको सल्लाहमा वौडरले आफ्नो वगैचाका २ हजार वटै विरुवामा थोपा सिचाइ पुर् याएका छन् । तिनमा चिस्यान नाप्ने उपकरण जडान गरिएको छ । चिस्यान घटेको यन्त्रले देखाउनासाथ पानी दिइन्छ । ओलिभको वगैचाभरि पानी संकलन गर्ने प्लाष्टिकका ट्यांकी राखिएका छन् । थोपा सिचाइहुदै विरुवालाई आवश्यक मल र विषादी दिइन्छ । बौडरको बगौचमा उत्पादित ओलिभको तेल इटलीको सरकारी प्रयोगशालामा गरिएको परीक्षणबाट एक्स्ट्रा भर्जिन अतिरिक्त सुद्ध प्रमाणित भएको दिए । यसले नेपालमा संसारमै उत्कृष्ठ ओलिभ उत्पादन हुनसक्छ भन्ने प्रमाणित भएको छ ।

बहुउपयोगी ओलिभ तेलले विश्वमा राम्रो बजार लिइरहेको छ । त्यतिमात्र कहा हो र बौडरले जिरीमा अल्पाकस नामक अनौठो जनावर पालेका छन् । मुलुकमै पहिलो पटक उनले ती जनावर भित्रयाएका थिए । तिनको उनबाट ब्लाङ्केट बनाउदै उनले विश्व बजारमा पठाइरहॆका छन् । हिमालको चिसो हापापानीमा हुने ती जन्तुको उनको विश्व बजारमा निकै माग रहेको बौडर बताउछन् । अरु उनको तुलनामा अल्पाकसको उन पाच गुना न्यानो हुने उनको भनाइ छ । उनले अल्पकासबाट बनेको एउटा ब्लांकेट २० हजार रुपैयामा बेच्दै आएका छन् । महंगो हुने भएकाले तिनका ग्राहक पनि विदेशी छन् ।
एउटा विदेशीले नेपालमा आएर युवाहरुका लागि यहा निकै सम्भावनाहरु रहेको देखाएकाछन् । नेपाल सुन्दर छ यहा धेरै कुरा गर्न सकिन्छु बौडर भन्छन् यहा गर्ने इच्छाशक्तिको मात्र खाचो छ । विदेशीले आएर हाम्रो मुलुकमा सुन फलाउन सक्छ भने यही माटोमा लडिबडी खेलेर हुर्केका हामी यही माटोमा केही गर्न किन सक्दैनौ हामी आफ्नो केही गर्ने जोसले भरिएको युवा उमेर अरुको मुलुकमा घोटिएर विताउछौं । उर्जा सकिएर गलित भएपछि स्वदेश फर्कन्छौं । त्यतिखेर समय वितिसकेको हुन्छ । समय वित्नभन्दा अघि नै केही गर्ने सोच बनाउने हो भने विदेश जानै पर्दैन ।

Read More......

Wednesday, February 16, 2011

अडिटिङः चोख्याउने कर्मकाण्डमात्र

0 comments

भगवान खनाल
फागुन ४ ।
सरकारी तथा गैरसरकारी संघसंस्थाको लेखा परीक्षण गराउने नियम छ । वार्षिक   रुपमा ती संघसंस्थाको लेखापरीक्षण कानूनले तोके बमोजिम गर्नुपर्छ । खासगरी आर्थिक मितव्ययितता, पारदर्शीता, आर्थिक अनुशासनको लागि प्रचलित प्रक्रिया बमोजिम लेखा परीक्षण गराउनु सर्वमान्य सिद्धान्त नै हो । सामाजिक संघसंस्थाले लेखापरीक्षण त गर्छन । तर हिसाब किताब नकारात्मक ढंगले प्रवाहित भएको बारेमा कमै मात्र सूचना बाहिर जनमानसमा आउने गर्छ । यसले लेखापरीक्षणको कर्म पनि चोरलाई साधु बनाउने कर्मकाण्डमात्रै देखिन्छ । लेखा परीक्षणले एकाध मुद्दाहरु बाहिर ल्याउने गरेपनि प्रायजसो बाहिर आएको पाइदैन । स्थानीय स्तरका लेखा परीक्षणको लाइसेन्स लिएर बसेका लेखा परीक्षकहरुको दाउ लेखा परीक्षण गरे जस्तो गरेर संघसंस्थाले दिने दुईचार हजार कुम्लाउने मात्रै पाइन्छ । यस्ता प्रायजसो लेखा परीक्षकहरुको दाउ यो भन्दा अर्को रहेको छैन । लेखाको फेहरिस्त मिलेको छ भन्ने संकेत निलो मसी कार्यालयीय प्रयोजनका कागजातमा दल्नु मात्रै त्यस्ता लेखा परीक्षकको कर्म बनेकाले नै खासै आर्थिक दूराचारका विवरणहरु जानकारीमा आउँदैनन् । लेखा परीक्षककै निर्देशनमा फेहरिस्त मिलाउने बाहेकका दोश्रो कार्य हामीको मा हुने अधिकांश लेखा परीक्षणबाट भएको पाइदैन । यसले पदाधिकारीहरुमा जिम्मेवार प्रवृत्तिको विकासमा भन्दा जे गरे पनि हुदो त रहेछ, जोगिन सकिदो रहेछ भन्ने मानसिकताको विकास गरेको छ । त्यसैले लेखा परीक्षण हिसाबकिताबको तन्दुरुस्तीको लागि मात्रै हैन, काम गर्नेहरुलाई सकारात्मक मनोविज्ञानको विकासको लागि पनि हुनुपर्छ । जसले गर्दा भावि दिनमा पृष्ठपोषण मिलोस् र काममा विफल नभइयोस् । उता लेखा परीक्षणबाट केही गैरजिम्मेवारीका आर्थिक कार्यहरु बाहिर आइहाले पनि स्थानीय राजनैतिक दलदेखिको दबाबमा त्यसलाई वाहिर ल्याउन रोकिन्छ । यसले लेखा परीक्षकहरुलाई पनि के खोज्छस् कानो, आँखा भने जस्तै हुन्छ । लेखा परीक्षक कानूनी रुपमा लाइसेन्स र अधिकार प्राप्त व्यक्ति हुनाले उसले यस्ता हर्कत भएपनि डराउन आवश्यक छैन । अर्कोतिर विडम्बना के छ भने हाम्रा अधिकांश सामाजिक संघ संस्थामा लेखा अभिलेख तन्दुरुस्त राख्नै आउदैन । उनीहरुलाई प्रचलित लेखा अभिलेखिकरणको सिद्धान्त मुताविक अभिलेख राख्न आउदैन । त्यसैले निम्छरो लेखा अभिलेखीकरण ज्ञानले संघसंस्थामा काम गर्नेलाई रकम हिनामिना नगरेपनि आरोप लाग्ने गर्छ । नजानेर नै केही गल्तिहरु भइरहेका हुन्छन् । त्यहींमाथि सामाजिक संघसंस्था भनेकै औजसे हुन्छन् । जिम्मेवारी निर्वाह गर्नेलाई कहिलैपनि जस नदिने एकाथरि सामाजिक प्रवृत्ति हुन्छ नै ।(लेखक जिल्लास्थित कारोबार आर्थिक दैनिकका संवाददाता हुन् ।)
प्रजान्तन्त्र दिवस समारोह

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae