Sahara Sansar

Showing posts with label नुवाकोट. Show all posts
Showing posts with label नुवाकोट. Show all posts

Monday, April 25, 2011

काँग्रेस कार्यकर्ताको आक्रमणबाट माओवादी कार्यकर्ता घाइते

0 comments

वैशाख १२ नुवाकोट । नुवाकोट जिल्लाको घ्याङ्फेदीमा नेपाली काँग्रेसका कार्यकर्ताको आक्रमणबाट माओवादीका छजना कार्यकर्ता घाइते भएका छन् ।

घ्याङ्फेदी गाविस-६ मा रहेको इन्द्रायणी प्राविमा शौचालय निर्माण विवादमा नेपाली काँग्रेसका कार्यकर्ताको आक्रमणमा परी माओवादी एरिया इन्चार्ज यमलाल तामाङसहित छजना घाइते भएको एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी पुष्प लामिछानेले बताउनुभयो ।

जिल्लाको दुर्गम घ्याङ्फेदी गाविसका नेपाली काँग्रेसका कार्यकर्ता सुनबहादुर तामाङ र स्थानीय शान्ति समितिका अध्यक्ष तेल दोर्जेको नेतृत्वमा आइतबार आएको २०-२५ जनाको समूहले माओवादी कार्यकर्तामाथि आक्रमण गरेको माओवादी जिल्ला कमिटीले जनाएको छ ।

घाइतेमध्ये यामलाल तामाङ र दोर्जे तामाङलाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ । अरु घाइतेको स्थानीय स्वास्थ्य सस्ंथामा उपचार भइरहेको छ ।

आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

Read More......

Monday, April 18, 2011

सिन्दुरे जात्रा सुरु

0 comments

कूल तामाङ्  वैशाख ५  नुवाकोट । नुवाकोट जिल्लाको प्रमुख साँस्कृति एवं धार्मिक महत्व बोकेको सिन्दुरे जात्रा सुरु भएको छ । चैत शुक्ल पूर्णिमाको अबसरमा लाग्ने जात्राको लागी हिजो नुवाकोटको भैरबी मन्दिरमा सल्लाको लिङ्गो ठड्याएपछि शुरु भएको हो । विदुर नगरपालिका-७ देविघाटको जालपा मन्दिरमा हिजो साझबाटै दर्शनार्थीहरु ओइरिएका थिए । मन्दिरमा भाकल अनुसारका कुखुरा बोका चढाउनेको आज विहान देखि नै भिड लागको छ । नुवाकोट जिल्लाको प्रसिद्ध जालपादेवी मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा लाग्ने बैशाख पुर्णिमा जात्रा ८ दिनसम्म मनाउने गरिन्छ

भैरबी मन्दिरबाट आज साझ धामी धमिनी रथयात्रा सहित देविघाट पुगेका छन् । बेलुका नै जालापा देवीको मन्दिरमा धामीले जिउदो रागो बोका माछाको भोग खाने गर्दछन् ।

भैरवी मन्दिरका पुजारी धामी हरिमान िसंह डंगोल र धमिनी मन्दिरको रथ र बाजागाजा सहित देविघाट आए पनि मेलाको विशेष रौनकता सुरु हुनेछ ।

नुवाकोटबाट देविघाट जानेक्रममा विधीपुर्वक बाटोमा विभिन्न स्थानमा पुजा र देविघाटको स्मारक नजीक स्नान गराई धामीलाई जालपा मन्दिरसम्म बाटोमा सेतो कपडा विछ्याएर लैजाने चलन रहेको छ । धामीको यात्रा हेर्न बाटोमा लाम लागेका भक्तजनहरुले जीवीत देवताको रुपमा पुजिदै आएका धामी र धमिनीलाई पुजा तथा दर्शन गर्ने गर्दछन् ।

देविघाटको मेला विधिपूवर्क सकेर भोलि बेलुका धामी नुवाकोट फर्किएपछि भैरवी मन्दिरमा तृतियको दिन सिन्दुर खेलेर सिन्दुरे जात्रा मनाउने गरिन्छ ।

Read More......

Saturday, April 16, 2011

दलहरुले निष्ठाको राजनिति गर्नु पर्छ:महेन्द्रबहादुर पाण्डे

0 comments

कूल तामाङ् बैशाख ४ नुवाकोट ।नेकपा एमालेका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले दलहरुमा राजनितिक निष्ठाको अभाव हुदा संविधान समयमा बन्न नसक्ने परिस्थिती सिर्जना हुदै गएको बताउनुभएको छ ।
नुवाकोटको कविलासमा नेकपा एमालेको संगठन सुदृढिकरण अभियान अन्र्तगत शनिबार भएको कार्यक्रममा बोल्दै उहाले दलहरुले निष्ठाको राजनिति गर्नु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय माविमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष विन्दा ढुंगाना रामशरण प्याकुरेल इलाका इाचार्ज लोकनाथ सापकोटा अनेरास्वविय सचिवालय सदस्य निलकण्ठ आचार्य २ नंं क्षेत्रिय उपाध्यक्ष बद्री मैनाली लगायतले एमालेले संगठनमा सुधार गर्नको लागी कार्यकर्ता र नेता सबै मिलेर लाग्नुको विकल्प नभएको धारणा राख्नु भएको थियो ।

एमाले कविलासका अध्यक्ष नारायण मिश्रको सभापतित्वमा भएको कार्यक्रममा शुलेमान शंकर इकु र स्थानीय कलाकारहरुले विभिन्न प्रहसन र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

Read More......

देशमा बैदेशिक हस्तक्षेप बढ्दै छ:अग्नि सापकोटा

0 comments

कूल तामाङ् बैशाख ४ नुवाकोट । एकिकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य अग्नि सापकोटाले देशमा बैदेशिक हस्तक्षेप बढ्दै गएको दाबी गर्नुभएको छ । राजनितिक दलहरुको अदुरदर्शिताको कारण मुलुक सिक्मिकरणको बाटोमा उन्मुख भएको उहाले बताउनुभयो ।

नुवाकोटको बट्टारमा शनिबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको आयोजनामा भएको उच्च शिक्षाको विकास चुनौती र हाम्रो भुमिका विषयक कार्यक्रममा बोल्दै नेता सापकोटाले राष्ट्रिय स्वभिमानको झण्डा उठाउने राष्ट्रभक्तहरुमाथि इतिहासदेखि नै प्रहार भई रहेको उल्लेख गर्दै यो क्रमको पछिल्लो शिकार माओवादी भएको बताउनभुयो ।

माओवादीको शिक्षा विभाग प्रमुख समेत सापकोटाले राजनितिक दलहरुले शैक्षिक मुद्धामा ध्यान नदिएको बताउदै त्यसमा माओवादीको पनि कमजोरी भएको स्वीकार गर्नु भयो । उहाले शिक्षामा भएको नाफामुखी व्यापारीकरणको अन्त्यका लागी विद्रोह आबश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय महासचिव चन्द्रमणि पौडेलले राज्यका शैक्षिक निती गलत भएका कारण अहिलेको उच्च शैक्षिक प्रणाली बेरोजगार उत्पादन गर्ने कारखानामा मात्र सिमित भएको बताउनुभयो ।

संघका जिल्ला अध्यक्ष शिव भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष इन्द्रबहादुर पण्डित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख भरतराज अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

Read More......

Thursday, April 14, 2011

प्रथम त्रिशूली महोत्सव बैशाख २ गतेबाट सुरु हुने ।

0 comments

कूल तामाङ् बैशाख १ नुवाकोट ।नुवाकोट जिल्लाको सबैभन्दा पुरानो बजार त्रिशूलीमा भोली बैशाख २ गतेबाट प्रथम त्रिशूली महोत्सव सुरु हुने भएको छ ।

ऐतिहासिक त्रिशूली बजारको अस्तित्व र महत्वलाई बचाउन पर्यटन बर्ष २०११ को प्रथम त्रिशुली महोत्सव २०६८ साचालन हुन लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल समारोह समितिले जनाएको छ ।

नेवार मुसालमान तमाङलगायत बिभिन्न जातजाती र भाषाभाषीको बसोबास रहेको त्रिशूली बजार र तत्कालीन समयमा जंगवहादुर राणा हामफालेको त्रिशूली खोलाको किनारमा रहेको साघु बजारको अस्तित्व बचाउन र लोपान्मुख अवस्थामा पुगेको कला संस्कृति र परम्पराको संरक्षण गर्न महोत्सव साचालन गरिन लागेको महोत्सव मुल समारोह समितिले जनाएको छ ।

बैशाख ९ गतेसम्म साचालन हुने महोत्सवको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्रि डा। रामशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा स्थानीय कृषि पर्यटन र बहुराष्ट्रिय कम्पनीका गरी ७० वटा स्टल रहेका छन् ।

त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयको हाताभित्र साचालन हुने महोत्सवमा सँस्कृति र परम्पराका साथै स्थानीय रुपमा उत्पादन हुने कृषि सामाग्री लगायत घरेलु उत्पादनका सामान महोत्सवका प्रमुख आकर्षण रहने छ ।

Read More......

Tuesday, April 12, 2011

यात्रुवाहक वस दुर्घटना ११ जना घाइते।

0 comments

कूल तामाङ् चैत्र २९ नुवाकोट ।काठमाडौँबाट त्रिशूली आउँदै गरेको यात्रुवाहक वस बेलकोट गाविसमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
वा १ ख ५४२१ नं को वस मंगलबार साँझ बेलकोट गाविस वडा नं ५ घडेरीटारमा दुर्घटना भएको थियो । दुर्घटनामा किम्ताङका लाप्पा तामाङ पूर्णबहादुर तामाङ र बेलकोट ५ का अश्विनी तिवारी गम्भीर घाइते भएका छन् । दुर्घटना ८ जना सामान्य घाइते भएका
छन् । घाइते ११ जनाको उपस्वास्थ्यचौकी वेलकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

Read More......

Sunday, April 10, 2011

तामाङ समुदायमा रहेका विद्यालयका शिक्षकहरुलाई मातृभाषा र संभोटा लिपी सम्वन्धि तालिम

0 comments

राजकुमार लामिछाने 
 चैत २८ नुवाकोट। नुवाकोट र रसुवाका तामाङ समुदायमा रहेका विद्यालयका शिक्षकहरुलाई तामाङ मातृभाषा र संभोटा लिपी सम्वन्धि पाँच दिने तालिम त्रिशूलीमा सुरु भएको छ ।

शैक्षिक तालिम केन्द्र त्रिशूलीमा आयोजित तालिममा रसुवा र नुवाकोटका ३५ जना शिक्षकशिक्षिकाहरु समावेश छन् । तालिम उद्घाटन कार्यक्रममा तालिम केन्द्रका संयोजक शंकर कार्की संभोटा लिपिविद िसंहबहादुर योाजन जिल्ला शिक्षा कार्यालयका धु्रवबहादुर थापा स्रोतव्यक्ति धु्रव डोटेललगायतले सरकारी सुविधाको सदुपयोग हुनुपर्ने बताउनुभयो ।

तामाङ भाषाको विकास र प्रवर्धनका लागि तामाङ भाषा लिपि परिचालन समिति नुवाकोटको सहयोगमा विभिन्न विद्यालयमा तामाङ शिक्षाको पढाइ हुँदै समितिका अध्यक्ष धनबहादुर तामाङले बताउनुभयो ।

Read More......

Saturday, April 9, 2011

त्रिशूली जलविद्युत केन्द्रको नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

0 comments

कुल तामाङ चैत्र २७ नुवाकोट नेपाली कांँग्रेसका एक कार्यकर्ताको नहरमा डुबेर मृत्यु भएको छ । नेपाली कांँग्रेसले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका ओखरपौवा गाविस-३ का राजेन्द्र तितुङको त्रिशूली जलविद्युत केन्द्रको नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । साथीहरुसंँग शनिबार दिउँसो विदुर नपा-९ माछापोखरीस्थित नहरमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Read More......

Sunday, March 13, 2011

चन्द्रावती महिला बाख्रा पालन समुहले आफ्ना सदस्यहरुलाई आयआर्जनको लागि बाख्राप्रदान

0 comments

कुल तामाङग फागुन २९ नुवाकोट ।
चतुराले गाविसको चन्द्रावती महिला बाख्रा पालन समुहले आफ्ना सदस्यहरुलाई जिल्ला पशु सेवा कार्यालयको सहयोगमा आयआर्जनको लागी बाख्राप्रदान गरेको छ । आज चतुरालेमा आयोजित कार्यक्रममा समुहका १२ जनासदस्यलाई २० वटा बाख्रा र २ वटा बोका प्रदान गरेका हुन् । पिछडिएका, आर्थिक अबस्थाकमजोर भएका महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले बाख्रा प्रदान गरिएको जिल्ला पशु सेवा कार्यालय नुवाकोटका प्रमुख हरेराम केसीले बताउनुभयो ।  बाख्रो पैचो कार्यक्रममा ब्राम्हयणी निमाविका प्रधानाध्यापकनवराज पाठक, पशुसेवा केन्द्र रानीपौवाका बाबुकाजी पाण्डे, भद्रकाली बाख्रा पालन समुहकीसचिव भगवती पाठक, मनकामना बाख्रा पालन समुहकी विनिता लामिछाने, देउराली महाकालीप्राविका प्रधानाध्यापक शेषमान लामा, सरस्वती बोगटी लगायतले मन्तव्य राख्नुभएको थियो।

Read More......

राजमति प्राविको अभिभावक भेला सम्पन्न

0 comments

कुल तामाङग फागुन २९ नुवाकोट ।
नर्जामण्डप गाविस वडा नं. ९ गैरी गाउमा रहेको राजमति प्राविको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले आगामी तीन बर्षे कार्यकालका लागीहितलाल तामाङको अध्यक्षतामा नया व्यवस्थापन समिति चयन भएको छ । भेलाले महिला सदस्यमा निर्मला तामाङ तथा सदस्यहरुमा बलबहादुरतामाङ, बुद्धीबहादुर तामाङ, रणबहादुर तामाङ बमबहादुर तमाङ र राजेन्द्र तामाङनिर्विरोध भएको सदस्य सचिव तथा विद्यालयका प्रधानाभ्यापक सितालाल तामाङले जानकारीदिनुभयो ।

Read More......

सात दिने प्रथम त्रिशूली महोत्सव २०६८ आयोजना हुने

0 comments

कूल तामाङ्ग फागुन २९ नुवाकोट
त्रिशूलीको धार्मिक, ऐतिहासिक एवं पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्नको लागी आगामी बैशाख पहिलोसाता त्रिशूली महोत्सव आयोजना हुने भएको छ । नुवाकोटकोसबैभन्दा पुरानो बजार त्रिशूलीमा बैशाख २ गते बाट सात दिने प्रथम  त्रिशूली महोत्सव २०६८ आयोजना हुन लागेको हो । बैशाख ५ गतेदेखि भनिएको महोत्सव २ गते देखि नैआयोजना गर्ने भएको समितिले जनाएको छ । पुरानो व्यापारिक केन्द्र त्रिशूलीको धार्मिक, ऐतिहासिक, सास्ंकृतिक, पर्यटकिय मठमन्दिरको संरक्षण र प्रचार प्रचारको लागी महोत्सवले सघाउने आयोजक मुल समितिका संयोजकमोहनबहादुर श्रेष्ठले बताउनुभयो ।  पर्यटनबर्ष २०११ को अबसरमा जिल्लाको गर्न लागिएको महोत्सवले त्रिशूलीको मात्र नभईसमग्र जिल्लाको प्रचार प्रसारमा सहयोग गर्ने संयोजक श्रेष्ठले बताउनुभयो । त्रिशूलीमहोत्सवमा जंगबहादुरले घोडा सहित हामफालेको साघुको भग्नावशेष, राम मन्दिर,गणेश मन्दिर, कृष्ण मन्दिर, सुगतवपुर बौद्ध विहार, कर्मादेङछेलिङ बौद्ध गुम्बा, मस्जिद,आधा शताब्दी अघि निर्माण भएको त्रिशूली जलविद्युत केन्द्रको अध्ययन अबलोकन गर्नसकिने आयोजक समितिका सचिव राजेन्द्र महर्जनले बताउनुभयो । महोत्सवमा त्रिशूलीको पुरानो बजारमा फड फेस्टिबल पनि आयोजना हुने छ । फुडफेस्टिबलमा त्रिशूली खोलाको असलामाछा, रेन्बो ट्राउटमाछा, नेवारी, तामाङ परिकारको साथमा मुस्लिम परिकार सेबई, पलुवा लगायतको परिकारहरुको स्वाद लिन पाइनेसचिव महर्जनले बताउनुभयो । त्रिशूलीमानेवार, मुसलमान र तामाङहरुको बाहुल्यता रहेको छ । महोत्ववको क्रममा नेवारहरुकोटाकटुके नाच, लाखे नाच, धिमे, धा बाजा, तामाङहरुको लामा नाच, झाक्री नाच, घोडचडीनृत्य र बाहुन क्षेत्रीको बालन र भजनको रमाइलो लिन पाइने आयोजकले जनाएको छ ।    त्रिभुवनत्रिशूली उच्च माविको खेल मैदानमा सञ्चालन हुने महोत्सवमा ५० वटा स्टल राखिने छन्।

Read More......

Sunday, March 6, 2011

हत्यामा संलग्न भएको आशंकामा ९ जना पक्राउ

0 comments


कूल तामांङ 
 फागुन २२ नुवाकोट। नुवाकोटको भद्रुटारमा गत गतसाता एकै परिवारका तीन जनाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक हिमालयमर्दन बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार  भद्रुटारबाट अनुषन्धानको लागी ९ जनालाई पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई सदरमुकाम विदुर ल्याउदै गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।

भदु्रटार– ३ नेवारपानीका ६५ वर्षिय विष्णुप्रसाद थपलिया, उनकी ६४ वर्षिया श्रीमती भैरवी थपलिया र ४० वर्षिय छोरा श्याम थपलियाको गत बुधबार राती हत्या भएको हो ।

Read More......

Friday, March 4, 2011

अन्तराष्ट्रिय श्रमिक महिला दिवस नुवाकोटमा पनि मनाइने

0 comments

कूल तामाङ्

फागुन २० नुवाकोट। १०१ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस नुवाकोटमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइने भएको छ ।

अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष विन्दा अर्यालको सभपतित्वमा सम्पन्न सरोकारवालाहरुको वैठकले फागुन २३ गते विदुरमा खुल्ला चेतनामुलक लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने, २४ गते गेर्खु, समुन्द्राटार, सुर्यमति, रानीपौवा, ओखरपौवा, घलेभन्ज्याङ लगायतका स्थानमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै यस वर्षको लागि तय भएको शिक्षा, तालिम र विज्ञान प्रविधिमा समान पहुँच, महिलाको लागि सम्मानजनक कार्यको माग दिवसको मुल नारामा नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषदले विदुरमा अन्र्तक्रिया समेत सञ्चालन गर्ने छ ।

अन्तरपार्टी महिला सञ्जाल, महिला विकास कार्यालय, विदुर नगरपालिका, जिल्ला विकास समिति कार्यक्रमको आयोजक रहेका छन् । कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारी तथा निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको सहभागिता रहेको थियो ।

Read More......

Thursday, March 3, 2011

अज्ञात समूहद्वारा कोदालो प्रहार गरी एकै परिवारका तीन सदस्यको हत्या

0 comments

कुल तामाङ फागुन १९ नुवाकोट ।
भद्रुटार गाविस वडा नं.३ नेवारपानीका एकैपरिवारका ६५ वर्षिय विष्णुप्रसाद थपलिया, उनकी ६४ वर्षिया श्रीमती भैरवी थपलिया र ४० वर्षिय छोरा श्याम थपलियाको हत्या भएको हो । समूहले गएराति एकै परिवारका तीन जनाको हत्या गरेको छ । तीनै जनालाई कोदालो प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घरभित्र छरिएर रहेका तीनवटा शवमध्ये छोरा श्यामको शव मुलढोका र आमाबाबुको दुई शव भान्छा र मझेरीमा विभत्स अवस्थामा रहेका थिए । विहान अवेरमात्र छिमेकीले घटनाको वारेमा थाहा पाएपछि  प्रहरीलाई खवर गरेका थिए । सदरमुकाम विदुरदेखि ११ कोष दक्षिणपुर्वी भेगको पातलो वस्तीमा रहेको एक्लो दुईतले पक्की घरमा वस्दै आएका थपलिया परिवारको हत्यापछि जिल्लाको पूर्वी भेगका बासिन्दाहरु त्रसित भएको पशुपति पाण्डेले जानकारी दिनुभयो ।
घटना घटेको घरदेखि चारैतर्फ करिव पचास मिटरको फरकमा दायावाया घर रहेपनि छिमेकीहरुले विहान अवेरमात्र घटनाको बारेमा जानकारी पाएका थिए । गाउँको सम्पन्न परिवारको रुपमा चिनिने मृतक थपलियाको तीन छोरा मध्ये माईला मदुसुदन थपलिया जापान र कान्छा गोपीकृष्ण थपलिया रोजगारीका लागि दक्षिण कोरियामा छन् । विष्णुप्रसादका दुईवुहारी र दुई नातीनातिना राजधानी बस्दै आएका छन् । स्थानीयवासीले एकै परिवारका तीन सदस्यको हत्या हुनुमा आर्थिक प्रलोभन हुन सक्ने अनुमान गरेका छन् । विहीवार अवेरमात्र प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोट, इलाका प्रहरी कार्यालय सिक्रे र ककनी प्रहरी चौकीका प्रहरीहरुले घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक वालकृष्ण थापाले बताउनुभयो ।
स्थानीयबासिन्दाहरुले राजधानीबाट कुकुरसहितको अनुसन्धान टोली मगाई घटनाको अनुसन्धान गर्न र त्यसपछिमात्र शवको पोष्टमार्टम गर्न माग गरेपनि प्रहरीले तिन वटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने तयारी गरिरहेको छ

Read More......

भक्तजनहरूको हेलचेक्राइले चिर्केश्वर महादेवस्थान वरपर रहेको वनमा आगलागी

0 comments

 कुल तामाङ फागुन १९ नुवाकोट ।

नुवाकोटको चिर्केश्वर महादेवस्थान वरपर रहेको वनमा आगलागी भएको छ । बेलकोट, जिलिङ, कुमरी, दुइपीपल गाविसको सीमानामा पर्ने महादेवस्थान वरपरका सयौ हेक्टर जमीनमा आगलागी भइरहेको स्थानीयबासिन्दाहरुले जनाएका छन् महाशिवरात्रीको अवसरमा हिजो सो स्थानमा मेला भर्न गएका भक्तजनहरुको लापरवाहीका कारण वनमा आगलागी भएको हो । समुदायलाई हस्तान्तरण नगरेको र सरकारी स्तरबाट पनि संरक्षणको पहल नभएको वनमा आगलागी हुँदा सयौं हेक्टरमा लगाइएको सल्लो लगायत अन्य बहुमुल्य जडिवुटी नष्ट भएको स्थानीय केदारप्रसाद पुडासैनीले बताउनुभयो ।

Read More......

विवादित प्रधानाध्यापक नियुक्तिको टुङ्गो

0 comments

कुल तामाङ फागुन १९ नुवाकोट ।
लामो समयदेखि प्रधानाध्यापक नियुक्तीको विषयमा विवाद हुँदै आएको सिक्रे गाविसको स्याउरेभुमे उच्च माविको विवाद टुङ्गिएको छ । व्यवस्थापन समिति, स्थानीय राजनीतिक दल तथा अन्य सरोकारवालाहरुको छलफलले रामहरी खड्कालाई प्रधानाध्यापकको जिम्मेवारी दिएपछि विद्यालयको विवाद टुङ्गिएको व्यवस्थापन समितिका अध्यक्ष वसन्त खड्काले बताउनुभयो । विवादकै कारण सात महिनादेखि सो विद्यालय प्रधानाध्यापक चयन हुन सकेको थिएन । शिक्षा कार्यालयले खड्कालाई नियुक्ती गरेको बताइएको छ ।

Read More......

Wednesday, February 23, 2011

अन्तर्राष्ट्रिय भलिबलको फाइनलमा आर्मी र पुलिस

0 comments

 राजेन्द्र न्यौपाने फागुन ११ भक्तपुर ।
भक्तपुरमा जारी दोस्रो अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप वर्कस कप पुरुष भलिबलको आज भएको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । स्थानीय सहिद स्मृति खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले बङ्गलादेशको पावर डेभेलपमेन्ट बोर्डलाई २५–१८, १५–२३, २५–१७ को सोझो सेटमा पराजित गरयो । खेलमा पुलिसका सञ्जय अर्याल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

आर्मीले एपिएफलाई २५–२२, २५–१६, २५–२३ र १४–२५ ले हरायो । खेलमा म्यान अफ दि म्याच आर्मीका कुमार रानामगर घोषित भए ।

भोलि तेस्रो स्थानका लागि बङ्गलादेशको पावर डेभेलपमेन्ट बोर्ड र एपिएफबीच प्रतिष्पर्धा हुनेछ । रासस

Read More......

Tuesday, February 22, 2011

सडकलाई पार्किङ स्थल बनाएका सवारी धनीहरु अब कारवाहीमा पर्ने

0 comments

कुल तामाङ फागुन १० नुवाकोट ।
सडक ठुलो बनाए पनि सडकलाई पार्किङ स्थल बनाएका सवारी धनीहरु अब कारवाहीमा पर्ने भएका छन् । सडकलाई पार्किङको रुपमा प्रयोग गरी लामो समय सवारी साधन पार्किङ गर्नेलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ सदरमुकाम विदुर, त्रिशूली, ढुंगे, बट्टारमा सामानहरु लोड अनलोड विहान ९ बजेसम्म र साझ ६ बजे पछिको समयमा गर्नु पर्ने र कार्यालय समयमा लोड अनलोड गरिएमा कारवाही गरिने प्रहरीको भनाई छ ।

आज जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरिक्षक बालकृष्ण थापा सहित जिल्लाका उद्योगी व्यवसायी, सामाजिक संघ सस्ंथाको प्रतिनिधीहरु, होटल व्यवसायिहरुको सहभागीमा भएको भेलाले उक्त निर्णय गरेको हो । सदरमुकामको बाटोमा पसलहरु पनि हटाईने भएको छ । पाच दिन माइकिङ गरेर हटाउने सुचना दिने र समयमा नहटाएमा कारवाही गरिने प्रहरीले जनाएको छ । अब देखि बालुवा ढुंगा र गिट्टी बोक्ने सवारी साधनहरुले ति सामान छोपेर लैजानु पर्ने भएको छ । चोरीको मोटरसाईकल नियन्त्रण, अनुमति विना सवारी साधन चलाउनेलाई पनि कडाई गरी नियन्त्रण गरिने प्रहरी नायव उपरिक्षक बालकृष्ण थापाद्धारा हस्ताक्षरित निर्णयहरुमा उल्लेख गरिएको छ ।

Read More......

Monday, February 14, 2011

ठूला दलका कारण देशमा स्थायी शान्ति कायम नभएकोः डा. लोहनी

0 comments

कुल तामाङ फागुन २ नुवाकोट ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ठूला दलका कारण देशमा स्थायी शान्ति कायम हुन नसकेको बताउनुभएको छ ।  उहाँले ठूला दलको सत्ता प्राप्तिको खेलमा नेपाली जनता अलमलिन बाध्य हुनु परेको बताउनुभयो । सिद्धिगणेश प्राथमिक विद्यालय थानसिङको तीन कोठे भवनको शिल्यान्यास गर्दै डा. लोहनीले दलहरु मुख्य समस्यालाई पन्छाएर सत्ता प्राप्तीको खेलमा लाग्दा गतिरोध कायमै रहेको बताउनुभयो ।

उहाँले एमाले र माओवादीले गरेको सात वुँदे सम्झौता त्रुटिपूर्ण भएको बताउँदै उहाँले यथास्थितिमा तोकिएकै समयमा नयाँ संविधान जारी नहुने बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल थापाको सभापतित्वमा सम्पन्न भवन शिल्यान्यास कार्यक्रममा एकीकृत नेकपा माओवादीका धनेन्द्रबहादुर थापा, नेपाली कांग्रेसका विनोद पाठक, नेकपा एमालेका रामबहादुर ओझा जनशक्ति पार्टीका नरबहादुर भण्डारीलगायतले मन्तव्य राख्नुभएको थियो । ५ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको बताइएको छ ।

Read More......

Sunday, February 13, 2011

नुवाकोटमा पनि जनयुद्धको सोह्रौ बार्षिकोत्सव

0 comments

कूल तामाङ् फागुन १ नुवाकोट ।
एकिकृत नेकपा माओवादीले नुवाकोटमा पनि जनयुद्धको सोह्रौ बार्षिकोत्सव मनाएको छ । शान्ति र संविधान सुनिश्चिताको लागी राजनितिक दलहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी केन्द्रियसदस्य तथा ताम्सालिङ राज्य समिति सेक्रेटरी हितबहादुर तामाङले माओवादीले सरकार निर्माणका लागी देखाएको त्याग एमालेले चिन्न नसकेको बताउनुभयो । शान्ति र संविधानका लागी माओवादीले गरेको त्यागको अरु दलले पनि कमजोरी नठानी आत्मसाथ गरेमा देशले समयमा नै संविधान पाउने नेता तामाङले बताउनुभयो ।
देशको संक्रमणकालीन अबस्था अन्त्य नभईसकेको अबस्थामा दलहरु भाले जुधाई गर्नुको कुनै अर्थ नभएको बताउदै मुलुकले राष्ट्रिय आत्मसमर्पणबाद र विदेशी दलालको विरुद्ध एकजुट हुनु को विकल्प नरहेको नेता तामाङलेदाबी गर्नु भयो ।
कार्यक्रमा सभासद विमला सुवेदीले एमाले र माओवादी सरकार निर्माणमा भएको सातबुदे सहमतिलाई तुहाउने काम एमाले भित्रै शान्तिर संविधान विरोधीहरुले गरेको बताउनुभयो ।
माओवादी इन्चार्ज लक्ष्मी मुडभरी, नेकपाएमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा,नेपाली कांग्रेसकी विन्दा अर्याल, राष्ट्रियप्रजातन्त्र पार्टीका रामकृष्ण भट्ट, नेकपा मालेका पल्लबराज पाठक, सहिद परिवारका केन्द्रियसदस्य मिना वाइवा, प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल, नुवकोट उद्योग बाणिज्यसंघका अध्यक्ष शरणउत्सुक सापकोटा, गैसस महासंघ नुवाकोटका अध्यक्ष पदम उप्रेती, स्थानीयविकास अधिकारी दामोदर भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम अघि बर्षगाठको अबसरमा बृहत मोटरसाइकल      र्‍याली गरेको थियो । देविघाटबाट सुरु भएको मोटरसाइकल  र्‍याली पिपलटार,बट्टार, त्रिशूली हुदै कोलनी पुगेर विदुरमा आएर सकिएको थियो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae