Sahara Sansar

Showing posts with label सिरहा. Show all posts
Showing posts with label सिरहा. Show all posts

Friday, March 18, 2011

भरुवा बन्दुक पडकेर एकको मृत्यु

0 comments

रामभरोसी महतो चैत ४ सिरहा । सिरहाको उत्तरवर्ती गाविस विष्णुपुरकटी ४ मा गएराती भरुवा बन्दुक पडकेर एक जना युवाको ज्यान गएको छ । विष्णपुरकटी ४ सरेअम्बासका ३९ वर्षिय विचारी कार्कीको आफ्नै भरुवा बन्दुक पडकेर गएराती ज्यान गएको हो । कार्की नशालु पदार्थ सेवन गरी बन्दुक चलाउँदा बन्दुक पडकिर उनको मृत्यु भएको परिवारजनले बताइएको छ । मृतक कार्कीको शव पोष्टमार्टमका लागि अहिले लहान अस्पतालमा राखिएको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।

Read More......

Wednesday, March 16, 2011

लहान आयुर्वेद औषधालयमा कर्मचारी हाजिरी कापी बरामद

0 comments

यमुना खनाल चैत २ लहान
लहान नगरपालिका ४ मा रहेको लहान आयुर्बेद औषधालयमा कर्मचारी अस्पतालमा नबसेको भन्दै मधेशी जनअधिकार फोरम मधेश जिल्ला कार्य समिति सिरहाले कर्मचारी माथि कडाभन्दा कडा कार्बाहीको माँग गरेको छ । समितिका अध्यक्ष ललित नारायण महतोको युवा फोरम मधेशका केन्द्रीय सदस्य महोमद सलाम अन्सारी लगायतको ११ जनाको टोलीले स्पतालका कर्मचारीको हाँजिरी कापी बरामत गरी ईलाका प्रशासन कार्यालयमा बुझाएको छ ।

Read More......

Tuesday, March 8, 2011

सिरहामा एक वर्षमा १ सय ५१ महिला हिंसाको घटना

0 comments

दिनेश्वरप्रसाद गुप्ता फागुन २४ लहान ।
सिरहामा यो वर्ष महिला हिंसाको घटना १ सय ५१ भएको ओरेक नेपालले आज एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको छ । तथ्यांक अनुसार घरेलु हिंसा १, बलात्कार ४, सामुहिक बलात्कार १, बलात्कारको प्रयास २, यौन शोषण ५, हत्या २, कुटपिट ९७, गालीगलौज २, बोक्सीको आरोप १०, मानसिक यातना २, बहुविवाह १४ अन्य १४ गरी १५१ महिला हिंसाको घटना भएको हो । मानव अधिकार संरक्षक (संजाल) सिरहा लहानको आयोजनामा आज १०१ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमका प्रमुख अतिथी सभासद् लक्ष्मण मेहताले जिल्लामा यस किसिमको महिला हिंसा हुँदा पनि प्रहरी प्रशासनले समयमा न्याय दिलाउन नसकेको भन्दै नयां संविधानमा महिला अधिकारको कुरा स्पष्ट किसिमले उल्लेख गर्नको लागि दवाव दिंदै आएको बताउनुभयो ।

Read More......

Tuesday, February 15, 2011

नव निर्वाचित पत्रकार पदाधिकारीहरुलाई लहानमा सम्मान

0 comments

दिनेश्वर गुप्ता फागुन ३ लहान ।
मधेश मिडिया मिशन नेपाल र क्रान्तिकारी पत्रकार संघको संयुक्त आयोजनामा आज नेपाल पत्रकार महासंघ सिरहाका नव निर्वाचित पदधिकारीहरुलाई सम्मान गरेको छ । नव निर्वाचित पदधिकारीमा अध्यक्षलगायत अधिकांश मधेश मिडिया मिशनसंग आवद्ध छन् । यसै बीच मैथिली भाषा र साहित्यका महाकवि विद्यापत्किो नामले नेपाल सरकारद्वारा स्थापित विद्यापति पुरस्कारको लागि संघीय मामला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयद्वारा गठित विद्यापति पुरस्कार कार्यदलले सुझाव संकलन गर्ने सम्बन्धमा लहान आइपुगेको छ । सुझाव संकलनको क्रममा कार्यदल स्थानीय मैथिली भाषा साहित्य संस्कृतिप्रति सम्र्पीत व्यक्तिहरुबाट अवधारणा सम्बन्धमा आवश्यक सुझाव संकलन गरेका छन् । डाक्टर पशुपतिनाथ झाको संयोजकत्वमा आएको सो टोलीमा प्राज्ञ रामभरोस कापडी, डाक्टर विजय कुमार लाल, देवेन्द्र मिश्र लगायतका व्यक्तिहरु रहेको पत्रकार विरेन्द्र कर्णले जनाएको छ । र लहानबाट प्राप्त अर्को समाचार अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा र सप्तरीले डिजिटल नम्बर प्लेट रहेका सवारी साधनहरुलाई आगमनमा रोक लगाएको छ । रात्री समयमा डिजिटल नम्बर प्लेट रहेका सवारी साधनको पहिचान गर्न समस्या हुने गरेकोले रोक लगाएको छ । ट्राफिक प्रहरीले डिजिटल नम्बर प्लेट रहेका सवारी साधनलाई रोकेर डिजिटल नम्बर हटाउने अभियान तिब्र बनाएको छ ।

Read More......

महिला समूहद्वारा गाऊघर सरसफाई अभियान

0 comments

ज्ञानु राउत फागुन ३ सिरहा ।
आफ्नो गाउँ आफै बनाउन सकृय हुन थालेका सिरहाको लालपुर६ गुरुधामका महिलाहरु अहिले आफ्नो  गाउँबस्ती स्वय सफा गर्न जुट्न थालेका छन् । स्थानीय रुपमा गठित कृषक महिला समूहले हप्ताको एक दिन गाउँघर सरसफाई अभियानमा जुट्न थालेका हुन् ।  चोहर्वा स्थित श्रृजना सामुदायिक विकास केन्द्रको पहला गठित महिला समूहले गाउँघर बाटो सरसफाईसहित यो बर्षदेखि व्यवसायिक रुपले तरकारी खेती पनि रसायनिक मल र बिषादी त्यागेर प्राङ्गारिक मल प्रयोग गर्ने जनाएको छ ।
यसैबीच स्थानिय उपभेक्ताहरुको निष्कृयता तथा प्रहरीको वेवास्ताले सिरहाको विष्णुपुरकट्टी गा.वि.स. को ३ र ४ नं. वडाका सामुदायिक वन क्षेत्रबाट अनियन्त्रित रुपमा दाउरा बल्लाबल्ली निकासी भईरहेको छ । केही अगुवा उपभोक्ताहरुका अनुसार विशेषगरी दक्षिणतिरबाट आउने गैर उपभोक्तहरुले वन क्षेत्रबाट काँचो दाउरा, बल्ला बल्ली दिनहु लैजाने गरेका छन् ।


Read More......

Sunday, February 6, 2011

सिरहामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

0 comments

नथुनी कामती,
 माघ २३, सिरहा ।
 सिरहाको हरककट्टीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । स १ त २३६४ नम्रबको ट्याक्टरबाट लडेर तुलसीपुरका २२ वर्षिय शिव कुमार महराको मृत्युभएको हो । ट्याक्टर प्रहरीकानियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनँएको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae