Sahara Sansar

Showing posts with label काभ्रे. Show all posts
Showing posts with label काभ्रे. Show all posts

Sunday, June 12, 2011

कांग्रेस सभापतिहरुको भेला धुलिखेलमा जारी

0 comments


दीपक धिताल जेठ २९ धुलिखेल ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले पार्टीको विधान संसोधन र संविधानसभाको थपिएको ३ महिना सकिएपछि के गर्ने भन्नेमा प्रष्ट रणनीति बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । काभ्रेको धुलिखेलमा हिजोदेखि जारी भेलामा अहिलेसम्म ५६ जिल्लाका सभापतिहरुले बोलेका छन् । छलफलमा शान्त्ति प्रक्रिया, संविधान निर्माण, संगठन परिचालनको बारेमा सभापतिहरुले आफ्नो धारणा राखिसकेपछि उनीहरुको जिज्ञासामा शीर्ष नेताहरुले जवाफ दिने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच पार्टीको विधान संसोधनको लागि जिल्ला सभापतिहरुले केन्द्रिय सभापति सुशील कोइरालालाई भेटेर लिखित रुपमा आफ्नो धारणा राख्ने बताइएको छ । काङ्ग्रेस जिल्ला सभापतिहरुको भेला धुलिखेल घोषणा पत्र जारी गर्दै आजै सकिने छ ।

Read More......

Thursday, March 10, 2011

सिन्धुपाल्चोकका सबै गाविसमा इन्टरनेट पुग्ने

0 comments


  फागुन २६  सिन्धुपाल्चोक। कम्प्युटर एसोसियसन अफ नेपाल क्यान सिन्धुपाल्चोकले गाउँ/गाउँमा संचार  अभियान साचालन गरि सम्पूर्ण गाविसलाई इन्टरनेटको साजालले जोड्ने भएको छ । गाविसको आयआर्जन वृद्धिमा समेत सहयोग पुर् याउने उद्देश्यले साचालन गरिने यो अभियान सम्पन्न गर्नका लागि क्यानले जिल्लामा आर्थिक संकलन अभियान समेत सुरु गरेको छ । 

प्रत्येक गाविसमा कम्तीमा एकएक सेट कम्प्युटर र इन्टरनेट पुर् याइने सबै गाविसबाट बढीमा तीन/तीन जना व्यक्तिलाई सूचना साचार र कम्प्युटर सम्बन्धी विशेष तालिम दिइने र आठ/आठ गाविसको समूह बनाई दश चरणमा यो अभियान सम्पन्न गरिने क्यान सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

Read More......

Thursday, February 10, 2011

सिन्धुपाल्चोक जिल्लाको तार्केघ्याङको सात सय वर्ष पुराना मुर्ति चोरी

0 comments

एस बी गौतम । 
माघ २७, काभ्रे ।
 सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसमा रहेको तार्केघ्याङ गुम्बाबाट सात सयबर्ष पुराना मुर्तीहरु चोरी भएका छन् । सात सय वर्षे पुरानो सात ढलौटको मुर्ती, एक कपाली खप्पर र एक चन्दा बाकस चोरी भएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् । घ्याङमा रहेको पुराना बहुमुल्य पुरातात्विक सामग्रीहरु हराएको सूचना पाए लगत्तै प्रहरीले हेलम्बु क्षेत्रमा खोजी कार्यलाई तीब्रता दिएपनि मूर्ति कहाँ र कसले लगेको भन्ने तथ्य अझै फेला पर्न नसकेको प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । खोजीकार्यकालागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकनारयण कोइरालाको नेतृत्वमा १० जना, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक भक्त विष्टको नेतृत्वमा ११ र प्रहरी प्रधान कार्यालयबाट तालिम प्राप्त कुकुर सहित ५० भन्दा वढी नेपाल प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


Read More......

क्रसर उद्योगका कारण पुल र करिडोर जोखिममा

0 comments


प्रकाश सुन्दास
माघ २७ काभ्रे ।क्रसर उद्योगका कारण काभ्रेपलाञ्चोक जिल्लाबाट सिन्धुपाल्चोक जोड्न इन्द्रावती नदीमा निर्माण गरिको पक्कीपुल  खतरामा परेको छ । इन्द्रवती नदीमा सञ्चालित क्रसर उद्योगहरुले नियम विपरीत नदीको सतह नै भासिने गरी गिट्ठी, बालुवा झिक्नाले सडक डिभिजन कार्यालय चरिकोटले ४ करोड  रुपियाँको लागतमा निर्माण गरेको १ सय २८ मिटर लामो पक्कीपुल जीप नदीले दिनप्रतिदिन खोल्न थालेपछि पुल खतरामा परेको हो ।

पुल निर्माण भएको ४ महिना नबित्दै पुलको अवस्था खतरामा परेपछि स्थानीयबासिन्दाहरु चिन्तित हुन थालेका छन् । काभ्रेको सिमानामा रहेको क्रसर उद्योगले नदीको सतह ५ मिटर भासिने गरी गिट्टी,बालुवा झिकेको र सो कार्य नरोके केही महिना मै पुलमा यातायातका साधान समेत चलाउन समस्या हुने यातायात व्यवसयीहरुले बताउने गरेका  छन् । १५ टनको  क्षमता रहेको पुलमा १० टन भएको सवारी साधन चलाउँदा पुल हल्लिने गरेको छ ।

यसैबीच इन्द्रावती नदीको वगरलाई खेतीयोग्य जमिनमा परिणत गराउने उद्देश्यले २ वर्षअघि निर्माण गरिएको इन्द्रावती करिडोरको अवस्था पनि जोखिमपूर्ण बनेको छ । जल उत्पन्न प्रकोप डिभिजन कार्यालय नुवाकोटबाट १ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण गरिएको करिडोरको वेसलाइन भन्दा मुनिबाट पानी बग्न थालेकाले करिडोर भत्कदै जान थालेको हो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae