इन्द्र गोदार
जेठ १ स्याङ्जा । स्थानीय विकास मन्त्री उर्मिला अर्यालले नेपाली काङ्ग्रेस सहमत भए सहमतिको आधारमा र नभए दुइतिहाई बहुमतको आधारमा संविधान जारी गर्ने दावी गर्नुभएको छ । स्याङ्जाको दरौंखोलामा अर्जुनचौपारी रिमालफेदी आरसीसी ओपन फाउण्डेशन मोटरेवल पक्की पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले प्रमुख तीनदलका बीचमा सहमति भएमा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने बताउनुभयो ।
नेपाली काङ्ग्रेसले संविधानसभाको परिणाम स्वीकार गर्न नसकेको तथा एमालेभित्रका केही व्यक्तिहरुले माओवादीलाई सिध्याउन चाहेकाले सहमतिय सरकार बन्न नसकेको अर्यालको ठम्याइ थियो । उहाँले जनताले दिएको जनादेशअनुसार सहमति गरेर जान नसक्नुमा दलगत, व्यक्तिगत स्वार्थ कारक भएको दावी गर्नुभयो । उहाँले भौतिक योजना मन्त्रालयको आर्थिक लगानीमा निर्माण गरिने पुलको लागत २ करोड ८५ लाख रुपैयाँ रहेको छ । ४१ दशमलव ४५ मीटर लम्वाई र ८ मीटर चौडाई रहने निर्मार्णाधिन पुल डेढ वर्षमा निर्माण सम्पन्न हुनेछ ।
पुल निर्माण भएपछि स्याङ्जा र पर्वत जिल्लाका ४० गाविसका हजारौं जनता लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।
0 comments:
Post a Comment