Sahara Sansar

Showing posts with label पाल्पा. Show all posts
Showing posts with label पाल्पा. Show all posts

Saturday, April 9, 2011

आगलागी पीडितले राहत पाएनन्

0 comments

पाल्पा २७ चैत । पूर्वी पाल्पाको सहलकोट-२ पुरनथर गाउँका आगलागी पीडितले अहिलेसम्म राहत पाएका छैनन् । आगलागीबाट २८ घर र २६ गोठ जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय रामपुरका अनुसार आगलागीबाट रु १ करोड १७ लाख ७० हजार बराबरको क्षति भएको छ । आगलागीबाट लत्ताकपडा खाद्यान्न नगद जिन्सी सामानका साथै पशु चौपाया जलेका छन् ।

चौवन्न्ा बाख्रा ६ भँैसी ७२ बङ्गुर तीनसय कुखुरा ३६ तोला सुन र चाँदी १३६ तोला जलेको इलाका प्रहरी कार्यालय पाल्पाका प्रमुख डम्मरिसंह थापाले बताउनुभयो ।

Read More......

Wednesday, April 6, 2011

पाल्पाबाट तीन अझै वेपत्ता

0 comments


मिलन विश्वकर्मा चैत २३ पाल्पा
सशस्त्र द्वन्द्वको समयमा पाल्पा जिल्लाबाट वेपत्ता भएका तीन जनाको अवस्था अझै पनि अज्ञात रहेको छ । वेपत्ता हुनेमा पाल्पा बन्दीपोखरा ५ का वन कार्यालय बल्ढेङ्गढी रेन्जपोष्टमा कार्यरत बन रक्षक शिववहादुर गोदार, पाल्पा मुझुङ् १ का मीनबहादुर कार्की र कारागार शाखा पाल्पाका कार्यालय सहयोगीमा कार्यरत पाल्पा बन्दीपोखरा ९ का ध्रुवबहादुर थापा रहेको शान्ति समिति पाल्पाका स्थानिय शान्ति समिति पाल्पाका सचिव दामोदर घिमिरेले बताउनुभएको छ ।

गोदार २०५५ माघ १४ गते, कार्की २०६१ चैत्र २५ गते र थापा २०६३ असार ९ गतेदेखि वेपत्ता भएको भनी परिवारले जानकारी दिएको घिमिरेले बताउनुभयो । स्थानीय शान्ति समितिको तथ्याङ्क अनुसार सशस्त्र द्वन्द्वकालको अवधिमा ९८ जनाको मृत्यु, ३ वेपत्ता, ३० अपाङ्ग, यातना पाएका १७ जना, कैद हिरासत वा अपहरणमा परेका ९५ जना, व्यक्तिगत सम्पत्ती लुटिएका वा कब्जामा लिएका ८० जना, सरकारी सम्पत्ती क्षती भई पुर्ननिर्माण भइरहेका ५७ तथा विस्थापित परिवारको संख्या १८ र द्वन्द्वपीडित वालबालिकाको संख्या ६४ जना रहेको छ ।

Read More......

Tuesday, February 15, 2011

पुर्वी पाल्पाका श्रजक अर्यालको जयभुमि नामक उपन्यास बिमोचन

0 comments

सीता डोटेल फागुन ३ पाल्पा ।
साहित्यकार बिष्णु बहादुर अर्यालद्धारा लिखित उपन्यास जय भुमि बिमोचन भएको छ । पाल्पा गाडाँकोट घर भई हाल रामपुरमा बस्दै आउनुभएका अर्यालको तेस्रो कृति स्वरुप जय भुमि नामक उपन्यास बिमोचन गरिएको हो । यस क्षेत्रका शिक्षाबिद् सुरेन्द्र शर्माले जनबिकास उच्च माध्यामिक बिद्यालय छर्दा रजघरा पाल्पाको ४९ औं बार्षिकोत्सबका अबसरम उपन्यास बिमोचन गर्नुभयो ।

Read More......

Monday, February 14, 2011

रानीमहल घुम्न आउनेलाई आज फूलको गुच्छा उपहार

0 comments


सीता डोटेल फागुन २ पाल्पा ।
प्रेम दिवसको अवसर पारेर पाल्पाको रानीमहल घुम्न आउनेलाई आज स्थानीय समुदायले फूलको गुच्छा उपहार दिने भएका छन् । रानीमहल दरबार संरक्षणमा संलग्न समाजसेवा असल शासन क्लबका संयोजक दीपक पाण्डेले प्रणय दिवसमा रानीमहल पुग्नेको रेकर्ड राख्ने र टीका तथा फूलले स्वागत गर्ने जानकारी दिनुभयो । उहाँले दरबार प्रवेश निःशुल्क रहेको र हात्ती डुंगामा सवारी पार्किङको व्यवस्था पनि मिलाइएको बताउनुभयो । पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर गरेर स्थानीय युवाहरूले रानीमहल दरबार नजिकै कालीगण्डकी तिरमा स्थानीय रिसोर्ट सञ्चालन गर्ने तयारीसमेत गरेका छन् । 

Read More......

Sunday, February 6, 2011

लोडसेडिङ्को समय बढ्यो

0 comments

सिर्जना घिमिरे,
 माघ २३ ,पाल्पा ।
 बुटवल पावर कम्पनी आधिखोला जलविद्युत केन्द्रबाट प्रसारण हुने विद्युत लाइनमा लोडसेडिङ्को समय बढेको छ । राष्ट्रिय प्रसारण लाइनसँग विद्युत सन्तुलन गराइ विद्युत आपूर्ति गर्नपर्नेभएकोले लोडसेडिङ्को समय थप गरेको विद्युत प्राधिकरणले जनाएको छ ।  पहिले विहीबार र मंगलबार हुने लोडसेडिङ्को समय बढेर अहिले शनिवार र सोमवार साढे २ घण्टा र आइतवार ३ घण्टा लोडसेडिङ. भएको छ । प्राधीकरणले लोडसेडिङ्को समय १ दिन थप गरेपछि पाल्पाका विभिन्न विद्यार्थी संगठनले विरोध गरेका छन् । 

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae