Sahara Sansar

Showing posts with label ताप्लेजुङ. Show all posts
Showing posts with label ताप्लेजुङ. Show all posts

Thursday, June 9, 2011

युथफोस्रको बन्दले तेह्रथुममा जनजीवन प्रभावित

0 comments


इन्द्र बजगाई  जेठ २६ ताप्लेजुङ 

आफ्ना कार्यकर्तामाथि भएको साङ्घातिक आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्नुपर्ने माग राख्दै एमाले निकट युथफोस्रले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि सदरमुकामका बजार पसल बन्द भएका छन् ।

 बन्दका कारण ताप्लेजुङबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन पनि चलेका छैनन् । यद्यपि एम्बुलेन्स कुटनीतिक नियोगका गाडि  प्रेसका गाडी शववहान स्कुल बसलगायतलाई निर्वाध रुपमा चल्न दिने युथफोस्रका जिल्ला अध्यक्ष सन्तोष चोङबाङले जानकारी दिनुभयो ।

 उहाँका अनुसार विद्यालय अस्पताल सन्चालनमा कुनै अवरोध पुर् याइने छैन । जिल्ला उपाध्यक्ष साजय लिम्बुमाथि अस्ति साँझ साङ्घातिक आक्रमण भएको थियो । घाईते लिम्बुको हातमा चोट रहेको जनाइएको छ ।

Read More......

Wednesday, April 6, 2011

ताप्लेजुङका किसानले पर्याप्त मल नपाउँदा समस्या

0 comments


रविन भट्टराई चैत २३ ताप्लेजुङ ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले सरकारबाट ढुवानी अनुदान दिईएको मल आज दोस्रो पटक वितरण गरेको छ । अघिल्ला वर्षको तुलनामा बजेट निकासा ढिलो भएकाले चैत्रमा मात्र मल वितरण गरीएको कार्यालयले जनाएको छ । दोस्रो पटक आज मात्र ताप्लेजुङमा प्रतिव्याक्ति २५ किलोका दरले १६ सय कुपन वितरण भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकारी मोतिलाल यादवले जानकारी दिनुभयो । ताप्लेजुङको हकमा १ हजार २ सय टन मलको आवश्यकता भए पनि यस वर्ष अनुदानको मल २ सय टन मात्र आएको उहाँको भनाई छ ।

अघिल्लो वर्षदेखि प्रहरीले भारतबाट आउने अबैध मललाई कडाई गरेपछि जिल्लाका किसान कृषि कार्यालयले दिने मलमा निर्भर रहन बाध्य भएका छन् । आज दोस्रो पटक कार्यालयले बाँडेको मलको कुपन लिनको लागि विहानैबाट कार्यालय अगाडि ठुलो भिड लागेको थियो । मल वितरण हुने खबर पाएपछि बिहानैबाट कार्यालय अगाडि लाईनमा बस्यौँ तर दुई स्थानबाट मात्र मलको लागि कुपन दिने भएको कारण हामीलाई असहज भएको छ कोहि गर्मि र भोकै बस्नु परेकाले थप समस्या परेको लाइन बसेकी किसान कमला बराल गुनासो पोख्नुहुन्छ । अघिल्लो वर्षको तुलनामा सरकारले ताप्लेजुङमा ६४ टन मलमा अनुदान दिएको भएपनि पर्याप्त अनुदान नहुँदा वर्षेनी किसानहरुले दुःख पाउँदै आएका छन् ।

Read More......

Tuesday, March 1, 2011

अन्तर्राष्ट्रिय म्याराथुन ताप्लेजुङ्गमा हुने

0 comments

हिम नाथ दुवाडी
 फागुन १७ काठमाडौं।  “हिमालयन गाइडस् अन्तर्राष्ट्रिय पाथीभरा म्याराथुन यही फाल्गुन २० गतेताप्लेजुङ्गमा हुने भएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्बद्धन समिति,इन्द्रलाल गुल्म तथा हिमालयन गाइडस् नेपाल टे«क्स एण्ड एक्सपीडिसन प्रा.लिको संयुक्त प्रायोजनमा ताप्लेजुङ्गमा हुन लागेको म्याराथुनमा करिव २०० जनाले सहभागिता जनाउने आयोजकले बताएको छ ।

ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ वजारदेखि प्रसिद्ध देवस्थल पाथीभरा देवी मन्दिर पुगेर पुन फुङलिङ पर्कने वाटो म्याराथुनको लागि मिलाइएको छ भने म्याराथुनमा सहभागि मध्ये प्रथम हुनेले नगद रु ४० हजार, द्धितियले रु ३० हजार र तृतीयले रु २० हजार प्राप्त गर्नेछन ।

ताप्लेजुङ्गको धार्मिक तथा प्राकृतिक विविधताहरुको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गर्न लागिएको पाथीभरा पर्यटन महोत्सवमाखुल्ला म्याराथुन, महिला हाफ म्याराथुन, प्याराग्लाइडिङ्ग, सांस्कृतिक कार्यक्रम, फुडफेस्टिवल लगाएतका विविध कार्यक्रम हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका सचिव तारा घिमिरेले बताउनुभयो। 

 महोत्सव करिव १ लाख ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ भने कार्यक्रम सम्पन्न गर्न २२ देखि २५ लाख सम्म लाग्ने जानकारी आयोजकले दिएको छ ।

Read More......

Saturday, February 26, 2011

आगलागीबाट १३ घर नष्ट

0 comments

रविन भट्टराई
 फागुन १४  ताप्लेजुङ। ताप्लेजुङको लिङ्खिम गाविस वाडा न ९ सिवा बजारमा आज दिउँसो आगलागी हुँदा १३ घर जलेर नस्ट भएका छन् । दिउँसो करीव १ः४५ बजे टेकबहादुर सेम्बुको घरबाट सल्कीएको आगो हावा हुरी चलेको कारण केहि छिनमानै सम्पुण घरमा सल्किएको थियो । 

आग्लालिबाट उक्त स्थानमा रहेको सुक बहादुर लिम्बु, हेमकुमार लिम्बु, दलबहादुर लिम्बु, टेक बहादुर सेम्बु, बलबहादुर ईजम, सुकबहादुर लिम्बु, पुर्ण बहादुर काङ्बाङ्ग, मिना खबास, जुना तामाङ, सावित्रा लिम्बु, मान विर तामाङ, अनुज लिम्बु र नाम खुल्न नसकेका अन्तरे भन्नेको घर र घरमा भएका सम्पुर्ण सामान जलेस पुर्ण रुपमा नस्ट भएका छन् ।

अहिले सो स्थानमा आग्लागी भईरहेको र आगो नियन्त्रणका लागि स्थानियबासि र सिवामा रहेको अस्थायी प्रहरी चौकीका प्रहरी जवान खटिरहेका छन् । हावा हुरी चलेको कारण आगो नियन्त्रणमा लिन सकिरहेको छैन ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae