वैशाख २ काठमाडौं । सरकारले संविधानसभाको म्याद थपका लागि संसद सचिवालयमा दर्ता गरेको संविधान संसोधन प्रस्ताव असफल पार्ने अभियानमा लागेको कांग्रेस साना दलसंगको परामर्शमा व्यस्त छ ।
संविधानसभाको म्याद थप्न वर्तमान सरकार परिवर्तन गर्नुपर्ने तथा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनुपर्ने शर्त राख्दै आएको कांग्रेसले साना दलसंगको छलफललाई तीव्रता दिएको हो । कांग्रेस नेताहरुले आजै राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीका नेताहरुसंग परामर्श गरेका छन् ।
भेटपछि संचारकर्मीसंग कुरा गर्दै कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति प्रक्रिया टुंगो नलागेसम्म संविधानसभाको म्याद थप्नुको औचित्य नहुने बताउनुभयो । कांग्रेसले आजै नेकपा माले, मजदुर किसान पाटी र परिवार दलका नेताहरुलाई पनि छलफलका लागि बोलाएको छ ।
0 comments:
Post a Comment