वैशाख ३१ काठमाडौं। विश्व नम्बर दुई टेनिस खेलाडी नोभाक जोकोविच र रिचार्ड ग्यासकुइट रोम मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सर्वियाली जोकोविचले गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा स्वीडेनका रोविन सोन्डरलिङलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाए ।
जोकोविचले दुवै सेट सहजै आफनो पक्षमा पारेका थिए । अव जोकोविचले सेमिफाइनलमा बेलायती एन्डी मुरेको सामना गर्नेछन् । मुरेले जर्मनीका फ्लोरियन मायरलाई १–६, ६–१ र ६–१ को सेटमा पराजित गरेका थिए । यता अर्को क्वाटरफाइनल खेलमा रिचार्ड ग्याकुइटले टोमास बर्डिचलाई पाखा लगाए ।
ग्यासकुइटले बर्डिच माथी ४–६, ६–२ र ६–४ को सेटमा पराजित गरेका थिए । ग्यासकुइटले तेश्रो चरणमा रोजर फेडेररलाई पराजित गरेका थिए । यसअघि गएराती नै भएको क्वाटरफाइनलमा शीर्ष वरियताका राफेल नाडालले क्रोएशियाली मारिन सिलिकलाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए । अव सेमिफाइनलमा नाडालले रिचार्ड ग्यासकुइटको सामना गर्नेछन् ।
0 comments:
Post a Comment