Sahara Sansar

Showing posts with label विचार विश्लेषण. Show all posts
Showing posts with label विचार विश्लेषण. Show all posts

Sunday, June 19, 2011

गोरखालाई थाहा छैन के होला पर्यटन वर्ष भनेको ?

0 comments

राजेन्द्र न्यौपाने 
 गोरखा । पर्यटन वर्ष २०११ सँगसँगै भनेर मनाईरहँदा नेपालमा आयआर्जनको राम्रो स्रोत बनेको पर्यटन व्यवसायलाई बढावा दिने र नेपालको प्रचारप्रसार अन्तरर्ाष्ट्रियजगत्सम्म पु¥याउने उद्देश्यका साथ पर्यटन वर्ष सन् २०११ को सन्दर्भ चलिरहेको भए पनि गोरखा जिल्ला भने यसबाट टाढै रहेको छ ।

देशभर पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम भइरहेका छन् । यो वर्ष १० लाख पर्यटकको स्वागत सत्कारका लागि विभिन्न संङ्सस्था, आमासमूह, नागरिक समाजलगायतका समूहहरू सक्रिय रूपमा लागिपरेका छन् । तर पर्यटकीय महत्व बोकेको गण्डकी अञ्चलको विकट पहाडी जिल्ला गोरखाका पर्यटकीयस्थलहरू अहिले पनि ओझेलमा छन्

जिल्लाका लिगलिगकोट, कालिकाकोट, ताकुकोट, दिदि बहिनी डाँडा, सिता गुफा, तातो पानी (उहिया, खोप्लाङ), फिनामको भगवतीमन्दिर, सिमजुङ कुसुण्डेको भm्याल्लभुमी, बारपाक, लाप्राक, गजे घलेको गाउँ, इमानसिंहको गाउँ, दुधपोखरी, नारदपोखरी, कल्छुमन ताल, राजेनगुम्बा, नुब्री उपत्यका, चुम उपत्यका, धार्चे लेक, मनकामना मन्दिर, सिद्ध लखनथापा गुफा, बक्रेश्वर मन्दिर, स्थानीस्थान, विसेनगर्चीको गाउँ, बलभद्र कुवँरको गाउँ, भक्ती थापाको मामा घर, कालुपाण्डेको गाउँ, गोरखा संग्रहालय, बक्राङकोट, श्रीनाथकोट, याङकोट, धुवाँकोट, मानेपानी, सुलीकोट,तान्द्रङ कोट , आरुघाट, मनासलु हिमाल, स्याल्ला हिमाल, ल्हो, चुम्लिङ गाउँ, प्रोक, उहिया, दिङला, केरौंजा, काशिगाउँ, आरुपोखरी, माइथान, लेका डाँडो, बाँसकोट, लखनकोट, सिरान्चोक, घ्याच्चोक, खरिबोट, गुम्दा,सिङला, मनासलु संरक्षण क्षेत्र लगायतका दर्जनौँ पर्यटकीयस्थलहरूको व्यापक प्रचारप्रसार नहुँदा र सरोकारवाला पक्षले पहल नगर्दा गोरखा गोरखालीहरुका लागिसमेत बिरानो भएको छ भने नेपाली र विदेशीहरूको त के कुरा भो र ?

प्रचारप्रसारको अभावमा जिल्लाका पर्यटकीयस्थलहरू ओझेलमा परेको स्वीकार्दै उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष रामबाबु जोशी पर्यटक भित्र्याउन आफूहरूले पहल गरेको र निकट भविष्यमै पोखरामा आएका पर्यटकलाई गोरखासम्म ल्याउने प्रयास गर्न लागिएको बताउनुभयो ।

काठमाण्डौ आएका पर्यटकहरु अनिवार्य पोखरा आउनुपर्ने र पोखरा आउनेले गोरखा नआएपनि गोरखालाई १० डलर तिर्नुपर्ने अनि त्यसबाट गोरखाको विकास गर्ने भनिएपनि गोरखा पर्यटन विकास समितिको नाममा बद्री बहादुर मास्के र पुप्प थपलियाले मनपरी गरिरहँदा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु आँखा चिम्म गर्नुको विकल्प गोरखामा रहेको छैन ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गुरु गोरखनाथ क्षेत्र यहाँको एक महत्वपूर्ण सम्पदा हो, जुन मन्दिर बाइसे राज्यको पालामा यहाँको दरबार भनेर चिनिन्थ्यो । यस मन्दिरमा दसैँंको कोजाग्रत पूर्णिमा, राम नवमी, कृष्ण जन्माष्टमीमा ठूलो मेला लाग्ने गर्दछ । यस मन्दिरको उत्तरतर्फ मनोरम हिमशृङ्खला, दक्षिणतर्फ पालुङटारका फाँटहरूको दृश्यावलोकन गर्न पाइन्छ ।

त्यस्तै विश्वको सबै भन्दा उत्कृष्ट स्लेट पाईने गोरखाको सिमजुङ गाउँ विकास समितिको ताप्ले गाउँ यहाँको अवलोकन गर्न योग्य ठाउँ हो ।

विसंं १६१६ मा द्रव्य शााहले लिगलिगको दौड जितेर यस ठाउँमा राज्य गरेका थिए । राजाराम शाहले गोरखामा नै बसेर न्याय प्रदान गर्दथे । यसैले अहिले पनि न्याय नपाए गोरखा जानू भन्ने उखान चलनचल्तिमा छ । मानिसहरुले केहि कामको थालनी गर्नुपर्दा गोरखाबाट थाल्ने गर्दछन् । यसको कारण हो राजापृथ्वी नारायण शाहले नेपाल राज्य एकीकरणको काम गोरखाबाट थालनी गरेका थिए । त्यो एकीकरण सफल भएर विसं. १८२५ मा विशाल नेपाल बनेको थियो र त्यसको राजधानी अहिले काठमाण्डौमा छ । यसैले भनिन्छ नेपालको पूरानो राजधानी गोरखा हो। नयाँ राजधानीको विकास भएर अगाडि बढ्दै गर्दा नयाँ नेपाल एकीकरणको सूत्र सिकाउने जिल्ला गोरखाको अवस्था कहाली लाग्दो छ । ऐतिहासिक सम्पदाको रक्षा र ऐतिहासीक स्थानको विकास गर्न सकेमात्रै पनि गोरखाको विकास हुनेथियो ।

यस क्षेत्रको व्यापक प्रचार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वका कारण आन्तरिक र
बाह्य दुवै थरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

यस जिल्लाको अर्को आकर्षण नरपानी र सुपा देउराली मन्दिर क्षेत्रमा दैनिक सयांैँ भक्तजन आउने गर्दछन्। सुपा देउराली मन्दिरमा पाठा, पाठी र परेवा चढाएमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ ।

यसैगरी बुंकोटबेशी ज्यादुलखोला फाँट, लुदीखोलाफाँट,े पौवा, पश्चिमकाली मन्दिर आदि क्षेत्रको बेग्लै अस्तित्व रहेको छ । भ्रष्टचारी नेता चिरञ्जीवि वाग्लेको गाउँ पनि यसै ठाउँमा पर्दछ । आखिर पर्यटक न हुन रहेक कुराको महत्व रहन्छ । डा. बाबुराम भट्टराईको गाउँ खोप्लाङ बेलबास पनि यसै ठाउँमा पर्दछ । नारायणकाजी श्रेष्ठको गाउँ पनि यसै ठाउँमा पर्दछ । गोरखा जिल्ला नेपालका ७४ वटै जिल्लासँग मिल्ने ७५ औं जिल्ला भएपनि प्रचार प्रसारको अभावमा यो जिल्ला अझै अघि बढ्न सकिरहेको छैन ।

सिद्द लखनथापा गुफा प्राचीन कालमा सिद्ध लखनथापाले तपस्या गरेको स्थान बक्राङ गा.वि.स.को वडा न.४ पर्ने यो गुफा नेपालकै सबैभन्दा ठूलो गुफाको रुपमा रहेको छ । प्र चार प्रसारको अभावमा मनकामना नजिकै रहेको भएपनि यो गुफाको ऐतिहासीक महत्वलाई यहाँका पर्यटन व्यवसायीहरुले बुझ्न सकेका छैनन् । माता मनकामनाको दर्शन पछि यो गुफाको दर्शन नगर्दा मनोकांक्षा पूरा नहुने भनि शिलालेखमा लेखिएको छ । सिद्ध लखनथापाले आफू यहाँ कहिल्यै नमर्ने भनि गाडेको भिमसेनपातीको लौरो आज ठूलो वृक्ष भएको छ ।त्यस क्षेत्रमा भिमसेनपातीका घाँस दाउरा मानिसहरुले प्रयोग गर्दै आईरहेका छन् । त्यस क्षेत्रमा भिमसेनपाती बाहेक अन्य रुखविरुवा हुर्काउन सक्ने अवस्था छैन यसको खै मानिसहरुले खोजी गरेका?

गोरखा जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न यहाँका सरकारी तथा गैर सरकारी कार्यालय, आमा समूह, उद्योग वाणिज्य सङ्घ आदि कसैले पनि ध्यान नदिएको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष काजीराम रोका बताउनुहुन्छ ।

पर्यटन वर्षको मौका छोपी केन्द्रदेखि जिल्लातहसम्म एकजुट भएर अग्रसर हुने हो भने गोरखालाई सधैँका लागि नेपालको एक आकर्षक हिमाली पहाडी गन्तव्य बनाउन सकिन्छ । तर त्यो अग्रसरताको शुभारम्भ भएर पनि गोरखालाई थाहा छैन के होला पर्यटन वर्ष भनेको ? 
–––––

Read More......

Thursday, June 9, 2011

विद्युत विकासमा सय वर्ष

0 comments

एन. पी. रिजाल
राजनीतिक चर्चापरिचर्चाहरुले सञ्चार माध्यम तातिरहेको बेला नेपालले जलविद्युत उत्पादन गर्न थालेको सय वर्ष यही जेठ ९ गते मनायो । त्यससंगै विद्युत विकासमा नेपालले सय वर्ष लामो इतिहास पनि बनायो । १०४ वर्षे लामो राणा शासनको समयमा नेपाली जनताहरु जो विद्युतको उज्यालोबाट मात्र होईन अधिकार , शिक्षा जस्ता कुराहरुबाट पनि वञ्चित थिए त्यसबेला सक्ता आसिन राणा सरकारले आफ्नो व्यक्तिगत प्रयोजनका लागि भए पनि वि. स. १९६८ मा फर्फिङमा ५०० किलोवाट क्षमताको जलविद्युत प्लान्ट सञ्चालनमा ल्यायो । जुन नेपालको पहिलो विद्युत प्लान्ट थियो । त्यसपछि नेपालले विद्युत विकासमा मार्नु पर्ने फड्को ज्यार्दै मन्द गतिको रह्यो । त्यसको २३ वर्ष पछि वि. स. १९९१ म सुन्दरीजलबाट ९०० किलोवाट क्षमताको जलविद्युत प्लान्ट स्थापना गरी विद्युत उत्पादन सुरु गरियो । तर ज्यार्दै मन्द गतिमा अगाडि बढेको विद्युत उत्पादन क्षमता नेपाली अर्थतन्त्रमा पहिलो पञ्च वर्षीय योजनाको सुरुवात गर्दा वि. स. २०१३ सालभन्दा अगाडी २०७७ किलोवाट मात्र विद्युत उत्पादन भएको थियो ।

सय वर्ष लामो नेपालको विद्युत विकासको इतिहास हेर्दा नेपाली अर्थतन्त्र कुन रुपमा अगाडि बढ्यो सजिलै अनुमान लगाउन सकिन्छ । सय वर्षपछि तापीय ऊर्जा समेत गरी सात सय मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने क्षमता मात्र नेपालको विकास गर्न सकेको छ । यो ज्यादै दयनीय अवस्था हो । विद्युत उत्पादन गर्ने ठूलो सम्भावना विद्यमान रहेको अवस्था भए पनि त्यसलाई सही ढङ्गबाट सदुपयोग गर्न सकेनौ । यो नै सबैभन्दा ठूलो कमजोरी भयो । देशको समग्र विकास गर्नका लागि आर्थिक योजनाहरु ल्याइए र त्यस्ता योजनाहरुमा जलविद्युत क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राख्ने कामहरु भए । तर व्यवहारमा उत्रार्ने कार्य भएन । फलस्वरुप अत्याधिक सम्भावना विद्यमान रहेको अवस्थामा पनि आज हामी लोड सेडिङको समस्याबाट गुर्जिरहेका पहिलो पञ्च वर्षीय योजना (वि. स. २०१३१८) मा विद्युत क्षेत्रलाई चौथो प्राथमिकतामाको सूचिमा राखियो तर त्यस योजनामा नयाँ विद्युत प्लान्टहरु विस्थार गर्न सकिएन । त्यस योजनामा ३३ करोड खर्च गर्ने अनुमान गरिए पनि लक्ष्य अनुसार खर्च गर्न सकिएन् । जम्मा २१.४४ करोडमात्र खर्च गरिएको यस योजनाका विद्युत विकासका लागि कुनै प्रयास नहुनुमा स्रोत्रको पूर्णरुपमा सदुपयोग नगर्नु, राजनीतिक अस्थिरता जस्ता कारणहरुले मुख्य भूमिका खेलेका थिए । दोस्रो आर्थिक योजना (वि. स. २०१९२२) मा जलविद्युत विकासलाई पनि प्राथमिकताको सूचिमा राखेको भए पनि त्यस अवधिमा २४०० किलोवाट मात्र विद्युत उत्पादन गरियो । पहिलो र दोस्रो योजनाबीच दुई वर्ष योजना विहिन वर्षका रुपमा रहेको नेपालले विद्युत विकासको पहिलो ५० वर्षको अवधिमा विकास गरेको विद्युत उत्पादन क्षमतालाई तीन वर्षको योजनामा दोब्बर रुपमा विकास गयो । जुन विद्युतको क्षेत्रमा नेपालले मारेको फड्को ठूलो होईन तर त्यसपछिका योजनाहरुमा भने केही प्रगति भएको अवस्था छ ।

छैठौ आर्थिक योजना (वि. स. २०३६४२) मा ठूला र लघु जलविद्युत आयोजनाहरु समेत गरी ७५८५७ किलोवाट जलविद्युत शक्ति विस्तार भयो । नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना कालीगण्डर्की एको (१४४ मेगावाट) को कार्यारम्भ आठौ योजना (वि. स.२०४९५४) मा भयो भने आठौ योजनाको अन्य सम्ममा २५३ मेगावाट जलविद्युत र ४७ मेगावाट तापीय शक्ति गरी जम्मा ३०० मेगावाट विद्युत उत्पादन भएको अवस्था छ । नवौ योजना (वि. स. २०५४५९) सम्ममा ३७३.३ मेगावाट जसमा ४७ मेगावाट तापीय क्षेत्रबाट उत्पादन भएको विद्युत पनि समावेस भएको छ । त्यसपछि निजी क्षेत्र, तापीय क्षेत्रबाट सञ्चालित विभिन्न आयोजनाहरुबाट समेत गरी आर्थिक वर्ष २०६५÷६६ सम्ममा ७ सय १४ मेगावाट विद्युत शक्ति उत्पादन देश विकासको एक प्रमुख मेरुदण्ढको रुपमा विद्युत शक्तिको विकास महसुस गरी सरकारले समय समयमा विभिन्न नीति तथा कार्यक्रमहरु ल्याउने काम पनि गरेको छ । प्रजातन्त्रको पुर्नस्थापना लगत्तै सरकारले अवलम्बन गरेको आर्थिक उदारीकरण र नीजिकरणको नीतिलाई सहीरुपमा सदुपयोग गर्दै जलविद्युत क्षेत्रको विकास गर्नका लागि तत्कालिन सरकारले जलस्रोत्र नीति, २०४९ ल्यायो । त्यसमा विद्युतको तिब्र मागलाई आपूर्ति गर्नुका साथै दीर्घकालिन लक्ष्य हाँसिल गर्नका लागि मध्यकालिन र दीर्धकालिन विद्युत आवश्यकता पूर्ति गर्न विभिन्न स्तर र क्षमताका जलविद्युत आयोजनाहरु सञ्चालन गर्ने, अनुमति पत्रमा सरलता ल्याईएको थियो । यसका साथै स्वदेशी, नीजि लगानी कर्ताहरु, सरकार र विदेशी क्षेत्रबाट हुन सक्ने लगानीलाई मुख्य कार्यनीतिमा राखेको थियो । निजी क्षेत्रलाई जलविद्युत क्षेत्रमा आकर्षण गर्न निजी क्षेत्रबाट हुन सक्ने लगानीलाई मुख्य कार्यनीतिमा राखेको थियो । निजी क्षेत्रबाट सञ्चालित जलविद्युत प्लाण्टहरुलाई राष्ट्रियकरण नगर्ने व्यवस्था गरियो तर यस नीतिको प्रभावकारी कार्यन्वयन हुन सकेन । विदेशी लगानीकर्ताहरुका लागि जुन रुपमा विश्वासको वातावरण बनाउन सक्नु पथ्र्याे त्यो वातावरण बनाउन सकिएन फलस्वरुप नेपालमा जलविद्युत क्षेत्रमा विदेशी लगानी पर्याप्त मात्रामा भित्रयाउन सकिएन् ।

वि. स. २०५२ सालबाट प्रारम्भ भएको माओवादीको भूमिगत विद्रोहले नेपाली राजनीतिमा पनिनयाँ मोड आयो । त्यससँगै लगानीका लागि सुरक्षाको उचित किसिमको वातावरण नभएको परिस्थितिको सिर्जना भयो । एकातिर विद्युत ऊर्जाको माग दिनप्रत्रिदिन बढेर गयो भने अक्र्रोतिर त्यस अनुरुप नयाँ विद्युत प्लान्टहरुको विकास गर्न सकिएन् । त्यसलाई समाधान गर्ने नीतिको रुपमा विभिन्न समयमा ऊर्जा संकटकालको घोषणा गरी सरकारले जनतालाई झिनो आश देखाउनु वाहेक केही गर्न सकेन् । पछिल्लो पल्ट वि. स. २०६७ चैत २९ गते सरकारले स्वेतपत्र मार्फत ऊर्जा संकटकाल जारी गर्यो जसमा विद्युत शक्तिको माग र आपूर्ति बीचको खाडललाई पूरा गर्न नयाँ नीति ल्याउन खोजिएको भए पनि त्यसमा समावेश गरिएका कुराहरु पुराना नीतिहरु समग्र सय वर्षको नेपालको विद्युत शक्ति उत्पादनको प्रगतिको समीक्षा गरेर हेर्दा के देखिन्छ भने नेपाल जलविद्युत क्षेत्रमा जुन समयमा दौडन अगाढि त सर्यो तर त्यसलाई सही गति रदिशा दिनु पर्ने थियो त्यस कुरामा भने पूर्ण रुपमा असफल बनेर आयो । विश्व आर्थिक प्रगतिबाट समयमा नै प्रभावित भएर पनि त्यसको सही सदुपयोग नगरेको देखिन्छ । फलस्वरुप अन्य देशहरुको तुलनामा हामी पछि पर्न पुग्यौ । खरो शैद्धान्तिक नारा मात्र उठाइयो । नेपालको पानी सेतो सुन भन्ने भनाईलाई वास्तविक जीवनमा उतार्ने सवालमा चुकेको परिस्थिति छ । राजनीतिक अस्थिरताका कारण जलस्रोत्र विकासका लागि सरकारले कदम चाल्न सकेन । सुरक्षा व्यवस्था फितलो बनेका कारण र आवश्यक पर्ने विश्वासको वातावरण सिर्जना गर्न नसक्दा निजी क्षेत्रबाट आउन सक्ने लगानी र वैदेशिक लगानीलाई जलविद्युत क्षेत्रमा भित्रयाउन सकिएन् । वि. स. २०४९ सालमा ल्याईएको जलस्रोत नीति असफल बन्नुको मुख्य कारण पनि राजनीतिक अस्थिरता र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने क्रममा सरकारको फितलो भूमिका, त्यसको मूल्याङ्कन गर्ने निकाय मौन रह्यो । त्यसकारण ऊर्जा संकटकाल जस्ता नीतिहरुको सहीरुपमा कार्यान्वयन हुन सक्ने आस ज्यादै न्युन रुपमा रहेको छ । ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने शैद्धान्तिक सम्भावना भए पनि प्राविधिक रुपमा ४५ हजार मेगावाट मात्र रहेको छ । यसका साथै आर्थिक दृष्टिकोणबाट ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भाव्यता रहेको छ । यदि नेपालले आर्थिक सम्भावना भएको कुल विद्युत उत्पादन क्षमताको आधा मात्र उत्पादन गर्न सक्ने हो भने देशको आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने थियो । विद्युत निर्यात गरेर नेपालले अत्याधिक मात्रामा वैदेशिक आय आर्जन गर्न सक्ने थियो ।

नेपालको विद्युत ऊर्जाको सबैभन्दा नजिकको बजारको रुपमा भारत रहेको छ तर आंडविक ऊर्जामा सम्पन्न बन्दै गएको भारत विगतको सय वर्षमा गुमाई सकेका छौ । अक्र्रोतिर, विश्व तापमानमा भएको वृद्धिको असर आज हामी भोगिरहेका छौ । मौसम परिवर्तनका कारण हिम नदी पग्लने क्रम पनि बढ्न थालेको छ । यस्तो अवस्थनमा फ्लोअफ रिभरमा आधारित जलविद्युत आयोजनाको सट्टा स्टोरेजमा आधारित विद्युत आयोजनाहरुको विकास तर्फ जोड दिनु पर्दछ । माथिल्लो तामाकोसी, पञ्चेस्वर जस्ता उच्च सम्भावना बोकेका आयोजनाहरु विगत लामो समयदेखि चर्चापरिचर्चामा आईरहेका छन् । तर तिनीहरुको सही सदुपयोगका लागि अगाडी बढाउन कुनै प्रभावकारी कदम चाल्न सकिएको छैन् । यस्ता ठूला आयोजनामा विदेशी लगानी भित्रयाउनु पर्ने हुन्छ तर पूर्ण रुपमा लगानीका लागि विश्वासको वातावरण सिर्जना गर्न नसके सम्म प्रत्यक्ष वैदेशिक लगानी भित्रन सक्ने अवस्था छैन् । विद्युत ऊर्जाको माग हरेक वर्ष १० प्रतिशतका दरले वृकिद्ध भईरहेको छ । अत्याधिक मागलाई पूरा गर्न ठूला आयोजनालाई भन्दा लघु आयोजनाहरुको निर्माण गर्ने तर्फ शैद्धान्तिक रुपमा मात्र होईन कटिवद्ध भएर लाग्नु आवश्यक छ । त्यसमा जनसहभागितामा आधारित आयोजनाहरुको विकासले महत्वपूर्ण स्थान राख्ने छ । विगतमा सरकारले ल्याएको ग्रामीण विद्युतीकरणको नीतिको शान्दर्भिकता ज्यादै महत्वपूर्ण रहेको छ ।

अक्र्रोतिर, वर्तमान समयमा निर्माणाधीन जलविद्युत आयोजनाहरु समयमा नै कसरी पूरा गर्ने हो ध्यान दिनु अति आवश्यक छ । स्वदेश भित्रबाट लगानीको अत्याधिक सम्भावना बोकेका क्षेत्रहरु नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, राष्ट्रिय विमा संस्थान जस्ता क्षेत्रहरुको पुँजीलाई सही सदुपयोग गर्न सक्नु पर्दछ । अक्रोतिर, विद्युत चोरी, विद्युत प्राधिकरणमा भएको अत्याधिक कमचारी भर्ना , फितलो कार्यदक्षता जस्ता कारणहरुले गर्दा प्राधिकरण अत्याधिक आर्थिक भार वहन गरिरहेको अवस्थामा छ । फलस्वरुप विद्युत विकासका लागि प्राधिकरणको लगानी आशातित रुपमा आउन सकेन । सय वर्ष लामो इतिहासमा पनि विद्युत विकासमा अत्याधिक पछाडि परेको नेपाललाई आर्थिक प्रगतिको नयाँ ऊर्जा दिनु भन्दा पहिले विद्युत उर्जाको क्षेत्रमा पूर्ण रुपमा सुरक्षित बनाउनु पर्दछ । अनि मात्र औद्यगिकरण तर्फ देशलाई मोड्न सकिन्छ । अत्याधिक रुपमा लोड सेडिङको सामना गरिरहेको वर्तमान परिपेक्ष्यमा सय वर्ष मनाएर मात्र पुग्दैन त्यस संगै नयाँ उत्साह सिर्जना गर्ने खाल्को वातावरण सिर्जना गर्नु अति आवश्यक छ । त्यसका लागि देशमा चाँडो भन्दा चाँडो राजनीतिक अन्यौलताहरु समाधान गरी नयाँ दिशा निर्देश गरिनु आवश्यक छ ।

Read More......

Tuesday, May 31, 2011

अनुपयुक्त समयमा परीक्षा गरिदा उतीर्ण प्रतिशत न्यून

0 comments

रविन राचलिका हरीत समूह भक्तपुर
नेपालमा रहेका बिभिन्न तहमा अध्ययनरत बिद्यार्थीसंग परीक्षा अनुतीर्ण हुने बिषयमा गरिएको खोजमा अनुपयुक्त  समयमा परीक्षा गर्ने गरिएको कारण उतीर्ण प्रतिशत न्यून हुने गरेको तथ्य फेला परेको छ । हरीत समुहको लाग शिवराम सुवालले गरेको अनुसन्धानबाट यस्तो निचोड निकालिएको हो । सुवालले एसएलसी, प्रमाणपत्र तह, प्लस टु र स्नातक तह सम्पुर्ण परीक्षा दिउँसो गर्न सुझाएका छन् । यसो गरिएमा उतीर्ण प्रतिशत बढ्ने उनको दाबी छ । बिहान दश बजे अघि गरिने परीक्षालाई उनले अबैध मानेका छन् भने अबैध समयमा गरिएको परीक्षाको कारण् उतीर्ण प्रतिशत न्यून हुने उनको ठम्याइ छ ।

ब्यक्तिको भबिष्यसंग जोडिएको परीक्षालाई अबैध समयमा गरेर परीक्षा बोर्डहरुले धेरैको भबिष्यमाथि खेलबाड गरिरहेका छन् । सम्पुर्ण अध्ययन समय तथा परीक्षा दिउँसो गर्दै आएको काठमाण्डौं बिश्वबिद्यालय तथा महेन्द« संस्कृत बिश्वबिद्यालयमा उतीर्ण प्रतिशत कार्यलय समय गर्ने गरिएको छ । तर प्लस टु, एसएलसी र त्रिबिमा भने अबैध समयमा आधिकारीक कार्यहरु हुने गरेका छन् ।

अनुसन्धानकर्ता सुवालले बिहान गरिने परीक्षालाई भर्खर जन्मेको बच्चालाई दौडाउन खोज्नु संग तुलना गरेका छन् । बिहान उठ्ने बितिकै केही आराम र तयारी बिना परीक्षामा सामेल हुनु पर्दा बिद्यार्थीहरु परीक्षामा फेल हुने गर्दछन् । अहिलेको अस्थिर राजनितिको कारण बन्द र हडतालको निश्चित समेत नहुदा बिहानै सवारी साधनबाट जान तयार गरेका बिद्यार्थीहरु हिडेर आफ्नो परीक्षा केन्द«मा पुग्दा थकावटको कारणले पनि आफ्नो क्षमता अनुसार लेख्न सकिरहेका छैनन् ।

आधिकारीक परीक्षाहरु समेत बिहान औपचारीक समय सुरु हुनु भन्दा अघि गरिने गरिएको कारण परीक्षाको मर्यादा हनन हुदै आएको छ । यसैको कारण परीक्षा सम्पन्न भैसके पछि पनि प्रश्न पत्र बाहिरिएको भन्दै परीक्षाहरु रद्द हुने गरेका छन् । यसबाट परीक्षार्थीहरु मारमा परेका छन् । कक्षा १२ को भौतिकशास्त्र बिषयका बिद्यार्थीहरु जेठ १९ गते दोश्रो पटक परीक्षा दिदै छन् । अघिल्लो रात प्रश्नपत्र बाहिरिने तर बिहान यस बिषयमा आधिकारीक रुपमा घोषणा नगरिदा परीक्षा सकिए पछि मात्र परीक्षा रद्दको सुचना जारी हुदै आएको छ । यसो हुन नदिन परीक्षा केन्द«मा प्रश्न पत्र बिहान दश बजे पछि मात्र पठाउन उपयुक्त हुन्छ । सबै तहका परीक्षा दिउँसो एक बजे बाट सुरु गर्नु पर्ने सरकारी नियम बन्न आबश्यक छ । होइन भने प्रश्न पत्र आउट हुने क्रम जारी रहन्छ । बाहिरिएका प्रश्न पत्रको कारण बिद्यार्थीहरुमा परीक्षा प्रति अबिश्वास हुदै आएको छ ।

त्रिबिको स्नातोकोतर तहका सम्पुर्ण परीक्षा दिउँसो हुने गरेका छन् । स्नातोकातर तहमा उतीर्ण प्रतिशत सरदर ८० प्रतिशत भन्दा माथि । बिहान परीक्षा हुने तहमा भने उतीर्ण प्रतिशत २० प्रतिशत भन्दा कम रहेको छ । यसबाट के देखिएको छ भने अबैध अर्थात बिहान दश बजे अघि गरिने परीक्षाको नेपालमा उतीर्ण प्रतिशत घटेको हो ।

अधिकास बिद्यार्थीहरु बिहानको समयमा मानसिक स्वास्थ्यको बिकासको लागि शारिरीक अभ्यास गर्ने गर्दछन् । तर परीक्षाको सो समयमा मानसिक अभ्यास गर्नु पर्ने हुदा उनीहरुमा भएको क्षमता प्रदर्शन हुने सक्दैन र फलत परीक्षामा नराम्रो नतिजा हात लाग्ने गरेको छ ।

जेठ २३ बाट सुरु हुने सिटिइभीटीका परीक्षाहरु समेत बिहानीको सयममा राखिएका छन् । बिद्यार्थीहरुलाई अनुतीर्ण गराएर पैसा कमाउने खेलमा सिटिइभीटी लागिपरेको छ । अफिस समय बिहान दश बजे देखि पाँच बजे सम्म भए पछि भ्रष्टाचारलाई बढावा दिएर पैसा कमाउन चाहने कर्मचारीको कारण बिहानीको समयमा परीक्षा गरिदै आएको हो । ओभर टाइमको नाममा बर्षेनि त्रिबि, एसएलसी बोर्ड, तथा अन्य परीक्षा बोर्डहरुले भ्रष्टाचार गर्दै आएको छ । कार्यलय समय मै गर्न सकिने परीक्षाहरु बिहान गर्नुको उदेश्य परीक्षा बोर्डहरुले स्पष्ट पार्न सक्नु पर्दछ ।

निश्चित रुपमा बिहानको समय हरेक ब्यक्तिको घर मै बसेर दैनिक रुपमा कार्ययोजना तयार गर्ने समय हो । यो समयमा कुनै पनि औपचारीक काम वा परीक्षा गरिनु हुदैन । यदि ती गरिएका छन् भने अबैध हुन । अबैध समयमा गरिएको संबिधान समयको म्याद थपको कारण अहिले नेपाली राजनिति डामाडोलको स्थितिमा पुगेको छ । सही समयमा सही काम गर्ने हो भने नेपाली राजनिति पनि उँभो लाग्छ । नेपाली राजनिति धेरै जसो निर्णय मध्यरात अथवा अबैध समयमा हुदै आएकोले देश असफल भएको हो ।

नेपालमा जागिर र पढाइ संगसंगै गर्नु पर्ने बाध्यता भएको कारण बिहानी समयमा समेत पढाइ हुने गरेको छ । पढाइ अनौपचारीक हो । तर परीक्षा औपचारीक भएकोले भने कार्यलय समय मै गरिनु पर्दछ ।समयको दुरुपयोग गरेर धन आर्जन गर्न चाहनेहरुले अबैध समयमा परीक्षा राखेको कारण शिक्षा क्षेत्रमा भ्रष्टाचारजन्य गतिबिधि बढेको छ । बिहानको समयमा हुने परीक्षामा भन्दा दिउँसो समय हुने परीक्षाहरुमा चीट बोक्ने बिद्यार्थीहरु पनि कम देखिन्छन् । 

यसबाट के स्पष्ट छ भने परीक्षा चीट रोक्नेको लागि पनि दिउँसोको समयमा परीक्षा गरिनु पर्दछ । अब नेपालका शैक्षिक प्रमाणपत्रहरुलाई बैध बनाउन कार्यलय समयै परीक्षा गर्ने नियम बनाइनु पर्दछ ।




Read More......

Sunday, May 29, 2011

राजनीतिक संकट र नेपालको भविश्य

0 comments

कृष्ण वाग्ले(रुपेश)
 आज नेपालको राजनीतिमा जे जस्ता संकटहरु देखा परेका छन् , त्यसको समाधान यहाँका राजनीतिक पार्टीहरु तीनका नेताले गर्न सक्छन् या सक्तैनन् त्यसैमा आगामि दिनको भविष्य निर्धारित हुने निश्चित
छ।विगतको नेपाली राजनीतिमा ठूल–ठूला संकटको सही समाधान दिने पहल सबै दलहरुले गर्न खोजे तर
उनीहरुको कमजोर दृष्टिकोणले संभव भएन । त्यसबेला ने.क.पा.(माओवादी) ले अग्रभागमा रहेर कूशलतापूर्वक नेतृत्व ग¥यो । तर आज त्यहि नेतृत्व, पार्टी र उसले लीने कार्यनीति र कार्यक्रमले समाधान सम्भव छ छैन सबैले नियालीरहेका छन् ।

राष्ट्रिय राजनीति संकटले आज ( माओवादी) लाई पनि पिरोलेको छ। अहिलेको राजनीतिक संकट समाधान गर्न सहमतिको निम्तिी ए.ने.क.पा.(माओवादी) ले मानौं धेरै भूल गरेको छ त्यसैले उ सच्चिनुपछृ । त्यसको लागि उसले हतियार बुझाउनुपर्ने, ब्यारेक खाली गर्नुपर्ने पूरानो सेनामा विलय हुनुपर्ने, कथित कब्जा गरिएका घर जग्गा, सम्पति फिर्ता गरिदिनुपर्ने, जनवर्गीय युवा संगठन विघटन गर्नुपर्ने र मुठ्ठीभर बुर्जुवाहरुको लोकतन्त्रमा प्रतिबद्धता जाहेर गरी आत्मसमर्पण गर्ने दबाव आएको छ , यसको प्रस्तावको, विचारको नेतृत्व ने.का. लगाएत जनविरोधी यथास्थीतिवादी संसदीय पार्टी र भारतीय शाषकले राखेका हुन् । अर्काेतिर बहुसंख्य नेपाली जनता, मजदुर, किसान, उत्पीडित जनजाति,सुकुम्वासी , देशभक्त, राष्टवादी लगाएतका माओवादी बाट आशा र अपेक्षा राख्नेहरुले विगत २०६४ देखी माओवादीलाई समर्थन रभोट हालेर के के न हन्छ भनेको जो जोगी आएपनि कानै चिरेको जस्तो भयो भनी माओवादी पनि पुराना संसदीय पार्टी जस्तै जनतालाई अधिकार दिन आमूल परिर्वतन गर्न नसकेको, राष्ट्रस्वाधीन बनाउन नसकेको र नजयुद्रका प्र तिवद्यताहरु, संविधानसभा निर्वाचनका प्रतिवद्दता भूल्दै जान थालेका भनी व्यापक आलोचना र जन दवाव आईरहेको छ ।

यसरी अघिल्लो प्रस्तावले नाम बदलिएको पुरानै संसदीय व्यवस्था र सत्तामा शान्तिपूर्ण अवतरण र सत्ता संझौताको बाटो हिड्न र दोश्रो प्रस्तावले जनतन्त्र, राष्टियता र जनजिवीका सहित जनताको वास्तविक राज्यसत्ताको वाटो हिड्न माओवादीलाई बाध्य पार्दैछ । नेपाली कांगेसले भने जस्तै ने.क.पा.(माओवादी) नसच्चिएकोले संविधान नबनेको जे कुरा गरेका हुन थोरै यसवारे चर्चा गरौ । यो पूरै गलत छ र यसलाई (माओवादी) सच्चा माओवादी हो भने विना हिच्कीचाहवट खारेज गर्न सक्नुपर्छ किनकी उसले विगतमा संझौता गर्दा महाभूल सहित सच्चिएकै छ ने.का. भासामा र उसले जनताको प्रतिशत भूगोलमा उसको नियन्त्रण क्षेत्रमा अरु दलहरुलाई राजनीति गर्न छाडिदिएको छ ०६३ देखी लगातार सेना निश्चित अनुसासनमा व्यारेकमा वसिरहेको छ , खुल्ला राजनीतिमा भिडेको छ ।

वाकसको राजनीतिमा भिड्यो, वेपत्ता खोजी नहुदा पनि ऊ टुलुटुलु हेरीरहेको छ , गौर देखि डुडेझारि सम्म उसका कार्यकर्ता र जनताले गोलि खांदा खपिरहेको छ । सातपटक प्रधानमन्त्रीमा भिडेर मैदान खाली गरेको छ। अरुको नेतृत्वमा सरकारमा छ । ठूलो पार्टी भएरपनि अव यो भन्दा बढी सच्चिनुपर्ने कुनै जरुरी र आवश्यकता छैन ।

अरुलाई सचिने प्रस्ताव गर्ने ने.का. सच्चिनुपर्छ कि पर्दैन ? ०४८ यता १२÷१४ वर्ष अविछिन्न सत्ताको वरपर नेतृत्व गर्ने ने.का. लगायतका पार्टीहरु कसले कति भ्रष्टचार गरेका छन् के उनीहरुको राज्यलाई बुझाउनु नपर्ने सरकारमा रहदाँ देशको जल सम्पदा भारतलाई सुम्पने राष्ट्रघाती काम गर्ने सच्चिनु पर्दैन, लोकतन्त्रको ठूल–ठूला कुरा गर्ने अनि संविधान सभा माग्ने माओवादीको टाउको काट्ने घोषणा गर्ने दिमाग बदल्नु नपनेर् जमिन माग्ने सुकुम्बासीलाई गोली हान्ने सच्चिनुनपर्ने, चैत्र २६ चुनाव भाड्न दाङ गोली काण्डमा अपराधी खुम ब.खड्का सच्चिनुनपर्ने, राज्य पूर्नसंरचनाको खाँका पेश गर्न नसक्ने ने.का.सच्चिनु नपर्न अनि उल्दै माओवादीलाई उपदेश दिदै हिड्ने यही हो उहाँहरुको लोकतन्त्र ।

ने.का. लगायतका यथास्थिीतिवादी पार्टी, नेपाली जनताको प्रस्तावको आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ कि अव सबैलाई सच्याउने र सच्चिने प्रस्ताव के हुन सक्छ ? यसबारे चर्चा गरौं । अहिले शान्ति र संविधानले सबैतिर चर्चा पाएको छ । बहस भएको छ , यसले माओवादीमा त झन ठूलो बहस उठाईदिएको छ र उसलाई आफ्नो भूमिकामा दृढ रहन सर्तक गराएको पनि छ । ने.का.को तर्क छ माओवादी कारण शान्ति प्र क्रियाले पूर्णता पाएन र संविधान बन्न सकेन, एमाले का हेी हिस्सा पनि यसैमा सहमत छ, माओवादी भने ने.का. र एमालेका केपी माधव गुट र भारतीय विस्तारवादको हस्तक्षेप र दवावका कारण अग्रगमन सहितको जनअधिकार सहितको शान्ति र जनंसंविधान बन्न सकेन । कतिपय जनसमुदायलाई त यी सवालले बुझि नसक्नु बनाएको छ र उल्टो बुझ्ने खतरा पनि देखा पर्छ ।

शान्ति र संविधानको एजेण्डा अहिले संविधान निर्माणमा केन्द्रीत छ । माओवादी बस्ती संविधान र शान्ति चाहन्छ उसले विगत देखी खुलमखुल्ला राख्दै आएको छ ।संवैधानिक उप– समितिमा पनि उसको प्रस्ताव दर्ज
भई प्रकृयाहरु पार गरेका छन् । ती जनता र राष्ट्रको जायज प्रस्तावप्रति माओवादी पुरै दृढ रहेर शान्ति र संविधान निर्माणलाई निष्कर्षमा पुु¥याउन तयार छ । माओवादी संविधानको प्रस्तावनामा जनताको संघीय गणतन्त्रको संविधान उल्लेख गर्दै जनताको अधिकार सुनिश्चित गर्न चाहन्छ ।

संविधान निर्माणको बैद्यानिक प्रकृयामा माओवादीका जनयुद्ध ,जनआन्दोलन, अन्तरिम संविधाले अनुमो
दन गरेका ठोस प्रस्तावहरुलाई संविधानको मस्यौदामा लिपिबद्ध गर्न आफ्नो अनिवार्य कर्तव्य ठान्दछ । ती
हुनः ।

पहिलो: राज्यको पुर्नसंरचना
  यसबारे संबैधानिक उपसमितिमा बहुमतले पारित १४प्रदेशको संघीय खाका अनुसार उत्पीडित, (जातियता) जाती र क्षेत्रीयता(क्षेत्र) को आधारमा संघीयता हुनुपर्दछ । जसमा २ निर्वाचन कार्यकाल राजनीतिक अग्रधिकार, विदेशी उपनिवेश र उत्पीडनबाट विद्रोह गर्न पाउने आत्मनिर्णयको अधिकार,रक्षा, परराष्ट्र र ठूला परियोजना केन्द्रको रअरु बाँकी सबे प्रदेशमा रहने जनतन्त्रलाई जनताको घर–घर पु¥याउने लोकतन्त्र हुनुपर्दछ । यसोभन्दा खस जातीका बाहुन क्षेत्रीका कुरा बन्द, जुलुश आदि पनि भएका छन् । तर बाहुन क्षेत्री जात भएकै कारण उत्पीडनमा छैनन तर खस आर्य भएर पनि दलित अमानवीय छुवाछुतको व्यवहार भोगिरहेके छ । खसान सुदुरपश्चिममा रहेर र काठमाण्डौ खस राज्य भएर पनि टाढा भएकाले उत्पीडनमा परे त्यसैले भेक – सेमलाई क्षेत्रीय उत्पीडनको आधारमा संघीयता चाहियो । बाहुन क्षेत्र, र्धम, भाषाबाट उत्पीडीत छैनन् अहिले पनि संस्कृत पढ्दा अनुदा राज्यले दिदै छ । बरु उनीहरु गरीब छन् , भूमिहीन छन्, जमिन पाउन संघर्ष गर्नुपर्दा बेरोजगार छन् । रोजगारीको निम्ति लड्नुप¥यो त्यहाँ माओवादी साथ दिन र नेतृत्व गर्न तयार छ । अग्राधिकारको कुरा छ यसले अरु ठगिने भन्दा मानव विकास सुचाङ्कमा अरु सरह विकास नहुँदासम्म रहने भयो । यो खालको संघीयता सहित राज्य पूर्नसंरचना गर्ने मुद्धा बाहिर एकीकृत मस्यौदाले समस्या समाधान गर्न सक्तैन् ।

दोस्रो: शासकीय स्वरुप
  विश्वका प्रायजसो गणतन्त्र रहेका करिव ९० प्रतिशत मुलुकमा बहुसंख्यामा राष्ट्रपति प्रणाली कायम छ । हामीकहाँ संघीयतामा जाँदा १४ वटा प्रदेशको कारण हुने खतरा र विकेन्द्रीत हुनसक्ने कुरालाई व्यालेन्स गर्न जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहित राष्ट्रपति हुनु आवश्यक छ । यसो गर्दा संसदीय राजनीतिमा जस्तो खरीद विक्री र विदेशी हस्तक्षेप पनि स्वतः अन्त्य हुन पुग्दछ । यसको लागि सहयोगमा आधारित लोकतन्त्र संस्थागत गर्न सहमतिको आधारमा प्रतिपक्ष नरहने गरी एउटाआधारमा प्रतिपक्ष नरहने गरी एउटा स्थीर सरकारको निर्माण गर्नै नीतिमा जान सक्नुपर्दछ । यो मुद्धाबाट भागेर बास्तविक लोकतन्त्र, जनतन्त्र, गणतन्त्र जे भनेपनि कायम हुन सक्छ ?

तेश्रो: विषेशाधिकार
  दलित , महिला, मुस्लिम जो राज्यद्वारा उत्पीडित दलित समुदाय महिला र अल्पसंख्यक उत्पीडित मुस्लिमलाई राज्यसत्ता लगात अािर्थक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विशेषाधिकार सुनिश्चित गरिनुपर्दछ । साथै उत्पीडित समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्ने हुन्छ ।

चौंथो:क्रान्तिकारी भूमिसुधार ( बैज्ञानिक भुमिसुधार) 
  अन्तरिम संविधानले पारित गरेको उप–समितिमा छलफल भएको यो मुद्धाको आधारमा जमिनको वर्गिकरण , हदबन्दी निश्चित, न्यायोचित वितरण गर्न विना मुआब्जा राज्यको नियन्त्रणमा जमीन ल्याउने र कृषि क्रान्तिको कार्यभार पुरा गर्नुपर्दछ 

पाचौं :मौलिक हक 
  संवैधानिक उपसमितिका धेरै विषयमा मौलिकहक बारे प्रस्ताव अघि बढेका छन् । तर मुख्यत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सुविधाको मौलिक हक भन्ने अनिवार्य छ, साथै जातीय छुवाछुतलाई सामाजिक अपराध र कडा दण्ड गरी छुवाछुत मुक्त राष्ट्र घोषणा गर्नुपर्दछ ।

छैंटौं :राष्ट्रियता र सेना समायोजन
  नेपाल सन् १८१६ को सुगौली सन्धी देखि भारतको अर्ध –उपनिवेशमा छ । सीमा मिचिएका छन् । जल सम्पदामा सम्झौता गरी महाभूल र राष्ट्रघाट भएको छ । यसको निम्ति सबैभन्दा पहिले राष्ट्रिय सुरक्षा नीति निश्चित गर्नु, सीमा सुरक्षा बलको अवधारणा ल्याउनु, समायोजनको मोडालिटी ठोस गर्नु, च्भ–न्चयगउष्लन गर्नु र त्यसको फोर्स अलगया मिश्रीत अलग फोर्स बनाई नेतृत्व जनमुक्ति सोन मुख्य र मिश्रित रहदा अुनपातमा गर्नु शान्ति प्रकृया र सेना समायोजनको निष्कर्ष हुनसक्छ । यसभन्दा अलग घर फर्कनेको प्याकेज रकममा बागेर्निङ बनपाले, हस्पिटल र विस्कुट कारखानको सेक्युरिटीको प्रस्ताव जनसेनाको गम्भीर अवमुल्यन हो । यसरी न शानित प्रकृयाले पूर्णता पाउँछ नत सम्मानजनक सेना समायोजन नै हुन्छ । यसो गर्नु त पराजीत विद्रोहीलाई शान्तिपूर्ण अवतरणमा गरिने कार्यक्रम मात्र हुनसक्छ । यस्तो प्रस्ताव सच्चा माओवादी मान्न सक्तैन । नेपालको निर्वाचन प्रणाली नेपालको जटील समाजको चरित्र अनुरुप नै सही निति अपनाउनु आवश्यक छ , त्यसैले बहुपदीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली नयाँ समाधान हुनसक्छ ।

सातौं :मजदुर अधिकार
मजदूरलाई उचित पारिश्रमिक, नियुक्ति, सामाजिक सुरक्षको आवास कार्यक्रम संविधानले सुनिश्चित गर्नुपर्दछ । आज निम्नतय मजदुर वेतन कार्यन्वयन भएको छैन ।के नेपालका सभ्रान्तहरुलाई मजदुरहरु मिलेरएउटा उद्योग खोली रोजगारीमा नियुक्ती गरी निम्नत्तम बेतन दिँदा तपाईँ मान्नसक्नु हुन्छ । त्यसैले निम्नत्तम बाँच्न योग्य ज्याला सहित मजदूरको सम्मान गर्ने संविधान मजदूरले खोजेको छ ।

अन्तमा माओवादी मूर्दा शान्ति होईन अधिकार र अग्रगमन सहितको शान्ति चाहन्छ । त्यसैगरी एक थान संविधान झण्डा र राष्ट्रियगान लगायतका झिना मसिना सहमत प्रस्तावलाई मस्यौदा संविधान बनाउने र बाँकी राज्य पुर्नसंरचना शासकीय स्वरुप , क्रान्तिकारी भुमिसुधार, मौलिक हक, सम्मानजनक सेना समायोजन, र
ाष्ट्रिय स्वाधिनता, मजदुरको हक अधिकार, दलित महिला र मुस्लिमको विशेषअधिकार,उत्पीडितहरुको समानुपातिक समावेशीता वीनाको संविधान रुपमा गणतन्त्र भएपनि सारमा ०४७ सालको संबैधानिक राजतन्त्रमा सिमित बहुदलिय व्यवस्था भन्दा भिन्न सबै उही चरित्र रहने मात्र राजतन्त्र नभएको बहुदलिय गणतन्त्र हुनेछ । यदी नेपालका राजीनितक दल, तीनका नेताले यस्तो आंशीक संविधान मस्यौदा मा सहमति गरेभने त्यसको विरुद्ध विद्रोह गर्ने अधिकार नेपालका बहुसँख्यक उत्पीडित जनसमुदायमा सुरक्षित रहनेछ । त्यसैले नै यो खराबीको अन्त्य हुनेछ, त्यसैले बहुदलीय लोकतन्त्रको होइन, सामान्तवाद साम्राज्यवाद विरोधी दलको दलीय स्वतन्त्रता, सहयोगमा आधारित लोकतन्त्र (प्रतिपक्ष सरकारमा नरहने ) समानुपातिक समावेशतिा सहितको संघीय गणतन्त्रको पक्षमा दृढताका पूर्वक संघर्ष गरौं ।

Read More......

Friday, May 27, 2011

आम संचारका बिज्ञापन कति विश्वाशनीय ?

0 comments

राजेन्द्र न्यौपाने
 समयको परितर्वन सँगै सबैको चासो र खोजीको विषय आम सञ्चार अहिले बनिरहेको छ । मानिसहरु आफुलाई अगाडि बढाउन नसक्दा आफ्नै पेशालाई घृणा गर्दै अरुलाई गालि गर्न सर्वश्व लगानी गर्दछन् तर आफू सकिएर खिईँदै गएको देख्दैनन् । अरुको दुर्गतीमा आफ्नो भलाई देख्नेहरु धेरै भएकै कारण दिन प्रतिदिन सञ्चार आलोचित पनि बन्दै गएको छ । आफू सम्मानित स्थानमा पुग्न नसके त्यो ठाउँ र संस्थाकै खिल्ली उडाउन पछि नपर्नेहरु पनि आफुलाई सञ्चारकर्मी भन्दछन् ।

आम सञ्चार भनेको सूचना र सन्देश सम्प्रेषण गर्ने प्रक्रिया हो । यस्तो आम सञ्चारका माध्यम तथा साधन भनेका इन्टरनेट, सिडि, टिभि च्यालन , पत्रपत्रिका, टेलिफोन, श्रव्यदृश्य चलचित्रहरु, भाषा, साहित्य, पुस्तक आदि हुन् । विश्व व्यवस्थाको निर्माण र यसको विस्तारले मानव संसारलाई सूचना साम्राज्यको एउटै संरचना त्रिल्याएको छ । विज्ञान र प्रविधिको विस्तार र विकाससँगै सूचना संयन्त्रले विश्वव्यापी सञ्जाल निर्माण गरेको छ ।

पूँजीवादी विश्व व्यवस्थाको विस्तारसँगै आर्थिक नाफा र एकाधिकारको लागि आम सञ्चारले महत्वपूर्ण भूमिका खेलेको छ । यसले संसारका मानव समुदायलाई एउटै व्यवस्था भित्र समेट्दै मानिसको जनजीवन, संघ, संगठन, रीतिरिवाज, धर्म, शिक्षा, चिन्तन, कानून, जात , वर्ग संस्कृति,परम्परा आदिमा व्यापक प्रभाव पारेको हुन्छ । आर्थिक, राजनीतिक, बैचारिक क्षेत्रमा व्यापक प्रभाव पारेकै हुन्छ । रोजगारै आय-आर्जन, अन्तरक्रिया, सांस्कृतिक मूल्य र मान्यता, अभिवृति, सोचाई, दृष्टिकोण, सामाजिक व्यवस्था, संरचना, गतिशीलता, व्यवहार,, राज्यको नीतिनिर्माण, विकास कार्यक्रम, रणनीति, लक्ष्य, उदेश्य, भाषाको विकास, खोज, अनुसन्धान, साहित्य, विधि, चिन्तन प्रणाली, विश्वास, परम्परा, मानव सम्बन्ध आदिमा व्यापक प्रभाव परेको छ ।

भनिन्छ, सञ्चार क्षेत्र राज्यको चौंथो अङ्ग हो, आजको मानव संसार सूचना, सञ्चार, विज्ञान र प्रविधिको संसार हो । विश्व व्यवस्थामा जसरी पूँजीवादी साम्राज्यवादी औपनिवेशिक शासन सत्ताको विस्तार हुँदै आएको छ । त्यसैगरी सूचना र सञ्चारले यसको पृष्ठपोषक र अभिन्न अङ्गको रुपमा अविछन्न ढङ्गले भूमिका खेल्दै आएको छ । यसले राष्ट्र राज्यहरुको सीमाना भत्काएको छ । आम सञ्चार प्रणालीको प्रभावले
परमपरागत स्थानीय प्रणालीहरुलाई कहिल्यै आफ्नो पथमा आउन नसक्ने गरी गाँजेको छ । सूचनाको तिव्रताले संसारका मानवलाई क्षणक्षणमा सम्पर्क गराईदिएको छ ।

अन्तरक्रियाको सञ्जाल भित्र समेटेको छ । यसको प्रभावबाट औपचारिक साक्षरतादरमा बृद्धि र औपचारिक शिक्षाको विस्तार भएको छ । नेपालमा भएको सरकारी, निजी, शैक्षिक र सञ्चार संस्थाहरुको विस्तार र व्यापकतालई यसको उदाहरणको रुपमा लिन सकिन्छ । विश्व पूँजीवादी व्यवस्थाको विस्तारको परिणामस्वरुप नेपालमा आम सञ्चार माध्यमको विस्तार भएकै छ । समाजमा असाक्षरताको स्थिति घट्दै गएको छ । पश्चिमा साहित्यको प््राभाव बढेको छ । पछिल्लो समयमा पश्चिमा संस्कृति सर्वोच्च अदालतबाटै परिपत्र हुन थालेको छ ।

विद्युतीय सञ्चार माध्यम सञ्चारको मुख्य साधन बन्दै आएको छ । यो सञ्चारले सबै सिमा भत्काएका छन् । विश्वव्यापी पूँजीवादी व्यवस्थामा जुन जुन राष्ट्रहरु प्रभुत्वशाली छन् केन्द्रको हैसियतमा छन् सूचना प्रविधिको एकाधिकार पनि उसकै अधिनस्थ रहेको छ । यस्तो सूचना एकाधिकारल लगानी र नाफामा पनि एकाधिकार जमाएको छ । यसकै माध्यमबाट प्रभुत्वशाली राष्ट्रको एकछत्र बेचारिक–सांस्कृतिक प्रभाव फैलदै आएको छ ।

विज्ञापन र बजारमुखि उपयोगितावादी र उपभोक्तावादी समाज र संस्कृति भनेकै पूँजीवादी उपज हो । आजको पूँजीवादी विश्वव्यापि विज्ञापनवादमा आधारित छ । समाज, संस्कृति, आफ्नो पहिचान, मानवीय अस्मिता र गरिमा यसको लागि कुनै सरोकारको विषय नै भएको छैन । समाजमा केवल बढी भन्दा बढी लगानी गर्नु धेरै भन्दा धेरै बस्तु उत्पादन गर्नु, प्रचार, प्रसार गर्नु आम उपभोक्ताहरुको सिर्जना गर्नु, धेरै बस्तु विकाएर आम्दानी गर्नु यसको प्रमुख ध्यय भएको छ ।

तसर्थ विज्ञापन समाजमा उपभोक्तावादी प्रवृति र बजारको विस्तार गर्दै पूँजीवादी विश्व प्रणालीको विकासको लागि आधारभूत तत्वको रुपमा भुमिका खेल्दट । त्यसैले आजको पूँजीवादी विश्व विज्ञापनदातामा आधारित भएपनि विस्तारै यो भत्कँदै गईरहेको छ । गलत बस्तुको प्रचारले आम उपभोक्ताले सत्य छुट्याउन थालेका छन् । विज्ञापनवाद स्वयं पूँजीवादको आधारशिला हो । विज्ञापनवादको प्रमुख स्रोत नै सूचना र सञ्चारको साम्राज्य हो । विना सूचना र सञ्चार सञ्जाल पूँजीवादले विश्वव्यापी रुप लिनै सक्तैन ।

उदाहरणको लागि संसारभर एकछत्र आर्थिक साम्राज्य फैलाउने बहुराष्ट्रिय कम्पनिहरुले आर्थिक र व्यापारिक साम्राज्यको दरो आधार नै आम सूचना सञ्जाल मार्फत गरिने विज्ञापन हो । यहि विज्ञापनको माध्यमबाट संसारभर पुँजीवादी उत्पादनका वस्तुहरु छरिने गर्दछन् । यसर्थ आम सूचना सञ्चारको माध्यमले विश्व पूँजीवादी विस्तारमा सहयोग पु¥याएको छ ।

त्यसैले यो विश्व व्यवस्था सिद्धान्त विश्व व्यवस्थाको गठनमा आम सञ्चारले पारेको प्रभाव, खेलेको भुमिकाको व्याख्या र विश्लेषण गर्नको लागि उपयोगि हुन्छ । त्यसैले विश्व व्यवस्था सिद्धान्तले विश्व पूँजीवादी आर्थिक प्रणालीले जस्तै कसरी आम सञ्चारले पनि विश्व मान समाजलाई एउटै प्रणालीले जस्तै कसरी आम सञ्चारले पनि विश्व मानव समाजलाई एउटै प्रणालीमा आवद्ध गर्दै लगेको छ भन्ने कुराको व्याख्या र विश्लेष्ण गर्नको लागि एउटा स्पष्ट दृष्किोण उपलब्ध गराउँदछ । स्पष्ट दृष्टिकोण विनाको आमसञ्चार अहिलेको दुनियाँमा हुन सक्दैन ।

पूँजीवादी सञ्चारमा रहेर साम्यावादी सञ्चारमाथि हमला गर्नु आम सञ्चारको ठाडो नियम उलग्घन हो । पूँजीवादको पाउ मोलेर समाजवादलाई आक्रमण गर्न अहिले को गलत सञ्चारले सिकाएको छ । 

Read More......

Thursday, May 19, 2011

माओवादीमा वितण्डा कहिलेसम्म ?

0 comments

राजेन्द्र न्यौपाने 
  समाज परिवर्तनका लागि जस्तोसुकै त्याग, बलिदान र सौर्य पदर्शन गर्न सामथ्र्य राख्ने, अग्रगामी चेतनाले ओतप्रोत आम नेपालीहरुको साझा ढुकढुकी बनेको एउटा शक्तिशाली राजनैतिक दल एकीकृत ने.क.पा.(माओवादी) कठिन र संगीन मोडहरुमा आफ्नो राजनैतिक मुल्य र  मान्यतामाथि सतिसाल झै दृढ र अविचल रहँदै आएको इतिहाससिद्ध छ ।

आन्दोलनमार्फत् न्याय, संघर्ष मार्फत समानता, सिर्जनशीलता मार्फत् समाज राजनैतिक रुपान्तरण र प्रतिरोध मार्फत प्रतिक्रियावादलाई खबरदारी माओवादीको सुपरिचित अभिष्ट हो । बोल्न बञ्चित पारिएकाहरुको आवाज, लेख्न प्रतिबन्ध लागेकाहरुको रचना, स्वतन्त्रापूर्वक हिंड्न–डुल्न बन्देज लगाइएकाहरुको गति, समाजलाई उत्पीडनमा राखेर रमाउनेहरु माथिको हस्तक्षेप, समानताको अभिलाषा बोक्ने तर थिचोमिचोमै रहन विवश समुदायहरुको कुशल नेतृत्व एकीकृत ने.क.पा. क (माओवादी) हो ।

वि.सं. २०५२ देखि अहिलेम्मको लामो यात्रामा माओवादीको साहस र बलिदानबाट गौरवमय कालखण्डको इतिहास निर्माण भएको छ । सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक चेतनाको हिसावले नेपाली समाज माओवादीकै कारण न्यायपूर्ण समाजमा परिणत भएको छ ।

राजनैतिक परिवर्तनका लागि जुन मात्रा र भावका साथ बलिदानी भएको हो, त्यसको तुलनामा सामन्तवादको अवशेष निर्मूल भइनसकेकोले क्रान्ति नभएको ठहरिएको छ ।जगत जान्दछ, दशवर्ष सम्म भएको लामो नेपाली जनयुद्धको जगमा ०६२/०६३ को जनआन्दो लनमार्फत सामन्तवादको नाइके राजसंस्थाको अन्त्य भएको छ ।

नेपाली जनताले जनयुद्धलाई समर्थन गरेवापत आज १२ सय भन्दा बढी नागरिक बेपत्ता हुनुपरेको छ, १४ हजार भन्दा बढीको रगत बगेको छ , हजारौं अपाङ्ग छन् । ति परिवारका मानिसहरुको पिडा कस्तो भएको होला ? कसैले अन्तर ह्रदयदेखि मनन गर्न अझै सकेको छैन । सबैका आँखामा सपना छन् । अझ वर्गिय दृष्टिकोणले कम्युनिष्टका र यसमा लाग्ने अधिकांशका आँखामा त थुप्रै रङ्गीविरङ्गी सपनाहरु हुन्छन् । सबैलाई आफ्नो सपना प्रिय हुन्छ । सपना मिठो अवस्य हुन्छ तर प्राप्त गर्न कठिन पनि । सबैको सपनाको प्रकृति एउटै हुँदैन । माओवादीसँग पनि छन् सुन्दर सपनाहरु । माओवादीसँग उसका दलगत र व्यक्तिगत सपना मात्र छैनन् , माओवादीसँग सहिदले देखेका उद्धाम सपनाहरु छन् । 

वेपत्ता योद्धाहरुले रचेका अजम्बरी सपना छन् । घाइते योद्धाहरुले प्रतीक्षा गरिरहेका रहरलाग्दा सपना छन् । राज्यको उपस्थितिको अनुभूति गर्न नपाएका विशाल जनसमुदायको समान दुनियाँ प्राप्तिका सपना छन् । चेतनाको पहिलो डाँक महसुस गर्ने उमेरका कलिला बालबालिकाहरुको जिज्ञासु सपना माओवादीसँग छन् । माओवादीका सबै ध्यानहरु यिनै सपना पूरा गर्न केन्द्रित हुनुपर्दछ । माओवादीले सक्छ की सक्दैन ? माओवादीले सक्छ, माओवादीले गर्नुपर्दछ । माओवादीले निरन्तर परीक्षा दिइरहनुपर्दछ र प्रत्येक परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण हुनुपर्दछ ।

 माओवादी समाजबाट, गाउँबाट, बस्ती–बस्तीबाट,टोल–टोलबाट विद्यालयबाट, विश्वविद्यालयबाट, उद्योग, कारखानाबाट, सडकबाट, सदनबाट, सरकारबाट प्रत्येक क्षण परीक्षण भइरहेको छ । माओवादीले यी सबै कुरामा विशिष्ट श्रेणी ल्याउनु अनिवार्य छ । कारण देशको सबैभन्दा विशाल पार्टी माओवादीसँग क्रान्तिकारी स्प्रिटलाई नविकरण गर्दै लाने र स्खलित हुन नदिने भन्दा अर्को विकल्प छैन।

माओवादी सामु थुप्रै चुनौतीहरु छन् । चुनौती भएकै कारण रुपान्तरणको सम्भावना पनि छ । माओवादी श्रमजीवि सर्वहारा वर्गको उत्थान भएको हेर्न चाहन्छ, सबै जनताका आधारभूत आवश्यकतालाई मौलिक हकमा राखेर राज्यको स्रोत साधनबाट सबै जनताका छोराछोरीले त्यो अधिकार पाएको हेर्न चाहन्छ् । कुनैपनि जनता रोग, भोक,गरिवी, अभाव, अशिक्षा, बेरोगार भएको उसले हेर्न चाहदैन । यसका लागि नेपालको राजनैतिक प्रणालीमा आमूल परिवर्तनको आवश्यकता छ ।

यसका लागि राज्यको एउटा ठोस योजना बनाई श्रमजीवि वर्गको दमन र शोषण गर्ने दलाल माफियाहरुको समूल नष्ट गर्न निर्मम संघर्षको आवश्कता छ । यसका लागि संघर्षशिलता, सुदृढ संगठन, रचनात्मक क्रियाकलापको व्यवस्थित सञ्चालन, जनताको पक्षमा विगतमा झै निडर र निरन्तर अभिव्यक्ति, जनताका माग पूरा पछिका समयमा जनतालाई अधिकार दिने माओवादीका कार्यभारहरु हुन् । विचारको शुन्यताबाट शुन्य, अकर्मण्यता र दिशाहीनताबाहेक केही उत्पन्न हुनसक्दैन् । माओवादीलाई जनताको कार्यभार पूरा गर्न जनताको चेतनायुक्त विचारको खाँचो छ । नेपाली जनता सबैले शुभकार्यमा माओवादीसँग हातेमालो गर्न सकेभने सबै नेपाली जनताका सपना पुरा हुनेछन् ।

लेनिनले भनेझैं सबैले सहरबाहिर कृषि पेशाको विकास गर्नुपर्दछ । यसमा सबै जनताले मेहनत गर्नुपर्दछ । उद्योग, कलकारखाना बन्द भएर देशमा संकट पर्दा सबै जनताहरु कृषिमा निर्भर हुनुपर्दछ । कृषि क्षेत्रमा भएको विकासबाट विस्तारै उद्योगधन्दा तिर लगानी बढाई आत्मनिर्भर उद्योगको स्थापना गर्न सकिन्छ । यसरी नै नेपाली जनताहरुले गाउँबाट स्थापना भएको पार्टी माओवादीलाई अव विस्तारै देशमा सँधैका लागि दिगन्त बनाउन सहरमा रोप्नुपर्दछ । गाउँ सहर सबैतिर माओवादी हुनु नेपाली जनताको भविष्यको दिन आउनुमात्र हैन, समग्र देशको विकास र सबै नेपालीको भविष्य उज्जवल हुनु हो । सबै नेपाली जनताको सर्वप्रिय पार्टी माओवादी पार्टीलाई विभिन्न नामधारीले भिनै अर्थमा पुज्दछन् । माओवादी भित्र माओवादका केही विद्यार्थीहरु अझै माओवाद र यसका नेतृत्वलाई चिन्न कञ्जुस्यार्इं गदैछन् । मुख्यतः उनीहरुलाई तीन शब्दले प्रभाव पारेको छ ।

(क) अज्ञेयवाद: अज्ञेयावाद एउटा दार्शनिक मत हो, जसले जीवन र जगतलाई जान्न र बुझ्न सकिन्छ भन्ने
संभावनालाई पूर्णत वा अंशतः अस्वीकार गर्दछ । युनानी दर्शनमा यो संशयवादका रुपमा उत्पन्न भएको हो
। ज्गm तथा प्बलत ले अज्ञेयवादलाई शास्त्रीय रुप दिए । व्यवहार, वैज्ञानिक, प्रयोग र भौतिक उत्पादनले अज्ञे
यवादको खण्डन गर्यो । अन्तिममा अज्ञेयवाद आदर्शवादमा गएर टुंगियो र व्यवहारमा यसको कुनै काम भएन।

(ख) संशयवाद: संशयवाद बस्तुगत यथार्थता ज्ञानको संभावनामाथि सन्देह गर्दछ । समाज विकासका यस्ता अवधिहरुमा संशयवादले ठाउँ लिन्छन, जहाँ पुराना सामाजिक आदर्शहरु ढल्दै गरेका हुन्छन् र नयाँको जग बलियो भइसकेको हुँदैन । दार्शनिक मतका रुपमा संशयवाद प्राचिन युनानी समाजको संकटका अवस्थामा पूववर्ती दार्शनिकहरुको प्रतिक्रियाका रुपमा जन्मिएको थियो । आधुनिक दर्शनमा संशयवादका परम्परागत तर्कलाई प्रत्यक्षवादले आत्मसात गरेको छ । प्रत्यक्षवादले कुनै पनि कुरालाई सोझै अनुभवको कसौटीमा जोख्न सकिँदैन भनेत्यसलाई अस्वीकार गर्दछ । द्वन्द्वात्मक भौतिकवादले संशयवादलाई संज्ञानको एक तत्वका रुपमा स्वीकार गर्छ । तरत्यसलाई अज्ञेयवादको सीमासम्म पु¥याउने सिद्धान्तको रुप यो होइन । यसैगरी माक्र्सवादले शंकालाई ठाउँ दिईरहेको छ तर शंकावादलाई होइन ।

(ग) वितन्डा: वितन्डाले बादविवाद अथवा तर्कमा कुतर्कको सहयोग लिन्छ । सतही ढंगले यो सत्याभाषी पनि हुन्छ तर यसले जानीबुझिकन गलत तर्कलाई प्रयोग गर्दछ । यसका प्रमुख लक्षणहरुमा घटनाहरुलाई एक अर्कासँग पृथक गरेर आफ्नो धारणा अनुसार हेर्नु, एक समूहका घटना तथा नियमहरुलाई अर्को समूहका घटना तथा नियमहरुमाथि लागू गर्नु र एक ऐतिहासीक अवधिका नियमहरुलाई अर्को ऐतिहासिक अवधिमा समय सकिएपछि लागु गर्नु, । सोझो अर्थमा भन्दा राजनीतिमा वितण्डा भनेको प्रतिक्रियावादको पाउमोली सेवा गर्नु हो । आफ्नो संगठनमा भएका हो । बैरीले जति गाली गरेपनि बैरीलाई मित्र देख्नु र आफूभित्रका सहपाठी मित्रलाई वितण्डामा बैरी देखिन्छ । आखिर माओवादीमा वितण्डा कहिलेसम्म ?

                                                               (लेखक क्रान्तिकारी नेपाल पत्रकार महासंघ गोरखाका सदस्य हुन् )


Read More......

Tuesday, April 26, 2011

महान अनुजा, बिल्ला पत्रकार, जिल्ल राष्ट्रपती !

1 comments


एसवी गौतम
 सिन्धुली।  अनुजा काण्डले नेपाली मुलधारका साचारकर्मी र तिनीहरुको क्षमता तथा व्यवसायिकता माथी गम्भिर प्रश्न उठाएको हो  तपाईहरुलाई के लाग्छ  भेटेर फिर्ता दिईएको एकानव्वे लाख कान्तिपुर राष्ट्रिय दैनिकको समाचार सम्पादकीय राष्ट्रपती  र प्रधानन्याधीसकॊ स्यावासी अनी विविसीको भावुक अन्र्तवार्ता अन्त्यमा क्षमायाचना । मुर्खको  समाचार पाईयो भनेर छापिहाल्ने पत्रकार कि मेरो त्यो समाचार किन नछापिदिएको भनेर वारम्वार घचघचाईरहने अनुजा वानियाँ  तपाई दोषी ठहर् याउनुपर्दा कसलाई देख्नुहुन्छ  म त अनुजालाई  सफल योजनाकारको रुपमा देख्छु । 

आखिर घरकै परिवारले समेत नपत्याउने अनुजाको कामले  राष्ट्रपती जस्तो मान्छेले त पत्याए । चर्चामा आउन कित त दुई नम्वरी धन्दा गर्नु पर्छ हैन भने अती राम्रो काम गर्न पर्छ अनी मात्र सारा विश्वलॆ चिन्छ भन्ने मान्यतालाई अनुजाले सानै देखी माईन्डमेकअप गरेको हुनुपर्छ । दृढ प्रतिज्ञा र कामलाई निरन्तरता दिएर नै आज अनुजा सोचेको काममा सफल भएकि छिन् । यसवाट हामीले पनी कुनै काम गर्नु छ भने योजना सगँसगै हरेश नखाईकन निरन्तर  साथ अघाडी वढाउदा सक्दा अन्ततः सफल हुईदोरहेछ । नेपालका दुई वेवसाईट ईकान्तिपुरडटकम र नागरिकन्यूजडटकमा अनुजासगँ जोडिएका लेखको दोहोरी म प्रायः दिनै पढ्दै जान्थे । कसको कुरा पत्याउनु कसका कुरा नपत्याउनु ।

 ईकान्तिपुर भन्छ पैसा भेटेकै हो र दिईसकिन् नागरिकन्यूज भन्छ सवै कपोकल्पित हो । कसका कुरा पत्याउनु कसका कुरा नपत्याउनुफेरी यो दोहोरी त अहिल्यमात्रै पनी होईन केहि समय अघीमात्रै युनिटी काण्डमा पनि पत्रपत्रिकाहरुले भिन्नभिन्नै लेख लेखेकै हुन् । कान्तिपुरमा अव युनिटीले हवाईजहाज किन्दै छ युनिटी टेलिभिजन खोल्दै छ भन्दै लेखहरु र ठुला ठुला विज्ञापनहरु छापेकै हो  सायदै नागरिक पत्रिकालाई युनिटीले विज्ञापन उपलव्ध गराउदैनथ्यो होला वा नागरिक दैनिक पत्रिकामा एक्टिभफलोअप जर्नालिष्ट भएर पनी हुन सक्छ  अन्त्यमा युनिटीले  धनी वनाउने हैन कि जोगी चै वनाउदै छ भनेर सारा विश्वमा रहेका नेपालीलाई खवरदारी गदै नागरिक राष्ट्रिय दैनिक पत्रिका जनतालाई खवरदारी गर्न पहिलो भएकै हो । कुरा रह्यॊ गणतन्त्र नेपालको पहिलो राष्ट्रिपती रामवरण यादव  अनुजाले एकानव्वे लाख र हिराको हार फिर्ता गरेको अनी दुई लाख रुपैँया लिन नमानेको खवरले राष्ट्रपतीको हृदयपनी पग्लेछ । हुनत त्यस्तो अवस्थामा कसको चै मन नपग्लेलार ।

 फेरी यो घटना सत्यता भएको भएत अनुजाले झनै वाहवाही वटुलीहाल्थिन् राष्ट्रिपतीले पनी हतारमै दिएको स्यावासीपनी गतिलो नै हुन्थ्यो । तर राष्ट्रिपतीले यस्तै छोटै समयमा चर्चामा नआएका नेपाली वैज्ञानिकहरुसफल कृषकहरुअन्वेषणखोजकर्तासमाजसेवीहरुलाई  फोन गरेर सम्मान गरेको भए प्रमाणित भईसकेकाका व्यक्तिको सम्मान सार्थक हुन्थ्यो । अव त नेताहरुले  वोलेको कुरा वोलेकै हैन भनेर पनी भन्न मिलेन दिईसकेको वधाई फिर्ता लिन पैसाको कारोवार पनी होईन । पहिलो राष्ट्रपतीले आफैले गरेको नागरिकसगँको पहिलो भेट साच्चै पहिलो गासमा ढुङ्गा जस्तो भएको छ । पहिलो शव्द सिन्धुलीमा त खुवै आई रहन्छ फेरी आफु त दुई चार वर्ष पत्रकारिता गरेपनि छ महिनामै पत्रकारिताको खोस्टा वोकेर चुप लाग्ने पत्रकार जस्तो पनी परिएन पत्रकार साथीहरुकै झलझलती याद आईरहन्छ । केहि महिना अघी पत्रकारको चुनाव भयो  काहि नलागेको जात्रा सायद सिन्धुलीमा अनी अरु केहि जिल्लामा लागेको सुनेको छु । दुई अध्यक्ष छन् पत्रकार महासघं शाखा सिन्धुलीमा । 

यहि वैशाख १ गतेवाट सिन्धुलीमा पहिलो दैनिक पत्रिका निस्कदैछ भनेने ढ्वाङ् फुकियो आखिरमा पहिलो त अर्कै पो रहेछ त्यहा पनी कोहि त जिल्ल परे नै । अझ आफु त अनलाईन प्रती पनि रुची देखाउने मान्छे तपाईले पढी रहनु भएको सिन्धुली दर्पण सन् २००९ देखी व्लगस्पोटडट टिकेडट सिओ सिसि हुदै  डटकममा आईरहेको छ अनलाईन सेवा भनेको व्लगस्पोट होस् या डट ओआरजी अथवा डटएनटिसीअनलाईन भनेको खवरलाई विश्वमाझ पुर् याउनु हो  रिडरलाई सेवा दिनु हो ।

भरखर आको एउटा केजाती अनलाईन जिल्लाको पहिलो र एकमात्र अनलाईन रे त्यसमा पनी मेरो पहिलो रे साढे गोरुको के जाती जस्ता मान्छेहरु छन् हाम्रा जिल्लामा आफ्नो जग के हो भन्ने नवुझिनै वोल्छन्लेख्छन् । हुनत कुकरले टोक्यो भन्दैमा कुकुरलाई नै टोक्न त मिलेन वरु अर्काको काममा खुरापाती गर्नुभन्दा त अनुजाको जस्तै  वुद्धि पलाउदा पो राम्रो हुन्थ्यो कि ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae