Sahara Sansar

Sunday, May 15, 2011

वर्तमान सरकार राष्ट्रिय सहमतिको हुन नसके मात्रै विकल्प खोज्नु पर्ने डा. भट्टराईको भनाइ

 जेठ १ विराटनगर। एकीकृत माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले वर्तमान सरकारलाई राष्ट्रिय संयुक्त सरकारको स्वारुप दिने नसके मात्रै विकल्प खोज्न सकिने बताउनुभएको छ । उहाँले बर्तमान सरकारलाई नै सहमतिय सरकार बनाउने माओवादीको प्राथमिकता रहेको बताउनु भएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भट्टराईले सकेसम्म कांग्रेस र मधेसवादी सबै दलहरुलाई सहमतिमा ल्याएर झलनाथ खनाल नेतृत्वको वर्तमान सरकारलाई राष्ट्रिय संयुक्त सरकार बनाउन पहल भइरहेको बताउनुभयो । उहाँले खनाल सरकारमा सहमति बन्न नसके मात्रै अर्काे नयाँ सरकार गठन हुने बताउनुभएको छ ।

राष्ट्रिय सरकार बनाउने काम आगामी जेठ १४ गते अघि नै गर्नुपर्ने अवस्था रहेको बताउनुभएका डाक्टर भट्टराईले दलहरु नमिलेर शान्ति प्रक्रिया र नयाँ संविधान बनाउने काम सम्भव नहुने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae