Sahara Sansar

Showing posts with label दुर्घटना. Show all posts
Showing posts with label दुर्घटना. Show all posts

Tuesday, April 19, 2011

त्रिशूलीमामा कार खस्दा ४ जना बेपत्ता

0 comments

वैशाख ६ धादिङ । काठमाडौंबाट चितवनको मुग्लिङतर्फ जाँदै गरेको एउटा कार आज त्रिशूली नदीमा खसेर हराइरहेकॊ छ ।

धादिङको जोगिमारा गाविस-९ ज्यामिरेघाट नजिक राजमार्ग छेउबाट रातो रङको निजी कार त्रिशूली नदीमा खसेको स्थानीयवासीले बताएका छन् ।

कारमा कतिजना सवार थिए भन्ने यकिन नभए पनि चालकसहित चारजना यात्रु रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

कार खसेको स्थानमा नदी किनारमा एउटा झोला मात्र फेला परेको जिल्ला प्रकरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताउनुभयो ।

कारको खोजी कार्य जारी रहेको भएपनि केही जानकारी नआएकोले चारजना नदीमा परेर बेपत्ता भएको प्रहरीको भनाइ छ ।

Read More......

Monday, April 11, 2011

ट्याङ्कीको ठक्करबाट मकवानपुरमा २ बालबालिकाको मृत्यु

0 comments


सुजीता न्यौपाने,मकवानपुर,चैत २९
मकवानपुरको हेटौंडा ११ नवलपुरमा तेल बोकेको ट्याङ्कीले किच्दा आज दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । सडकमा हिँडिरहेका पैदल यात्रीलाई बचाउने क्रममा ट्याङ्की पल्टिँदा सडक किनारमा हिँडिरहेका हेटौंडा ११ का  १२ वर्षका बालिका अस्मिता लामा र ९ वर्षका नितेश लामाको मृत्यु भएको हो । घटनामा हेटौंडा ११ निवासी अस्मिता विडारी घाइते हुनुभएको छ । घाइते बिँडारीलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको छ । घटनाको विरोधमा स्थानीयबासीले विहान १० बजेदेखि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नवलपुर सडकखण्ड अवरुद्ध पारेका छन् ।

Read More......

Sunday, February 13, 2011

पानी ट्याङ्कर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

0 comments

कूल तामाङ्
  फागुन १ नुवाकोट।  दोलखाको भीमेश्वर नगरपालिका–३ राम्पामा आज पानी ट्याङ्कर दुर्घटना हुँदा चालकसहित तीनजना गम्भीर घाइते भएका छन् ।

दोलखा बजारबाट पानी भर्नका लागि सुस्पाक्षमावती गाविसको कुथली खोलातर्फ जाँदै गर्दा सो ट्याङ्कर दुर्घटना भएको हो ।

दुर्घटनामा परी नुवाकोट घर भएका नाम नखुलेका चालक, भीमेश्वर नगरपालिका–३ राम्पाका ४८ वर्षका कमलप्रसाद सुवेदी र ३८ वर्षका रामप्रसाद सुवेदी गम्भीर घाइते भएका छन् ।

उनीहरू सबैको दोलखा बजारमा रहेको गौरीशङ्कर जनरल अस्पतालमा उपचार भइरहेको छ ।


Read More......

Saturday, February 5, 2011

सडक दुर्घटनामा २ जनाको मृत्यु

0 comments

एस्वी गौतम
माघ २२ सप्तरी ।
सप्तरीको सीतापुरमा विहान भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । धरानवाट चितवनको नारायणघाट जाँदै गरेको ना ३ ख ४८९९ नम्वरको यात्रुवाहाक बस अनियन्त्रीत भएर पुलमा ठोकीदा २ जनाको ज्यान गएको हो । वस ठोकिदा बस चालक उदयपुर नेपालटारका ३२ वर्षका पुष्कर खत्री र सप्तरीको मौली ९ का ३६ वर्षका मकरध्वज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाईते भएका छन् । घाईतेहरुको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचार भईरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय ईटहरीले जनाएको छ ।

Read More......

कारको ठक्करबाट एकको मृत्यु

0 comments

माघ २२ काठमाण्डौ।
गएराती काठमाण्डौको सिंहदरवारबाट भद्रकालीकालागी छुटेको  कारको ठक्करबाट मोटरसाइकल चालक माधव गौचनको मृत्यु भएको छ । गम्भीर घाइते गौचनलाई उपचाराका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमा मृत्युभएको प्रहरीले जनाएको छ । माटरसाइकलमा सवार उदयपुरका बमबहादुर. खडको भने वीर अस्पतालमा उपचार भईरहेको छ ।

Read More......

कर्णाली नदिमा शव फेला पर्‍यो

0 comments

कृष्ण ओली
माघ २२ बाजुरा ।
बिहिबार साँझदेखि कर्णाली नदिमा बगेर बेपत्ता एक जना नेपाली सेनाका जवानको शव आज विहान भेटिएको छ । सुर्खेत घर भइ रणदल गुल्म कोल्टी ख गुल्ममा कार्यरत जवान अमृत सुनुवारको शव आज विहान कर्णाली नदिको किनारामा भेटीएको प्रहरीले जनाएको छ । कोल्टीबाट घर विदाको लागि हिडेका सुनुवार बास बस्न गोत्री गाँउमा जानका लागि कर्णाली नदि पार गर्दै गर्दा एक्कासी नदिमा डुबेर बिहिबार साँझ बेपत्ता हुनु भएको थियो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae