Sahara Sansar

Showing posts with label मुस्ताङ. Show all posts
Showing posts with label मुस्ताङ. Show all posts

Wednesday, June 15, 2011

खोलाले बगाउदा महिला बेपत्ता

0 comments

चन्द्रश्वर बस्ताकोटी
असार १ मुस्ताङ । म्याग्दी जिल्लाको पश्चिम देविस्थान गाविसको फापरचौरबाट म्याग्दी खोलाले बगाउदा एक जना महिला बेपत्ता भएकी छन् ।

देविस्थानकी अन्दाजी ४५ वर्षिया विष्णुमति फगामीलाई बुधबार साझँ करिव ६ बजे खोलामा दाउरा खोज्न जाने क्रममा खोलाले बगाएको स्थानीयले बताएका छन् । श्रीमान श्रीमती संगै दाउरा लिन गएको बेलामा दाउरा तान्ने क्रममा विष्णुमति फगामि खोलामा हुत्तीएको प्रत्यक्ष दर्शिले बताएको  स्थानियब दिवाकर सुबेदीले जानकारी दिनुभयो । बेपत्ता फगामीको बारेमा खोजि कार्य शुरु गरीएको म्याग्दी प्रहरीले जनाएको छ ।

Read More......

आमाहरुको उदाहरणीय कार्य, पुथाङ सुन्दर बनाउन आमाहरुको देन

0 comments

चन्द्रश्वर बस्ताकोटी  मुस्ताङ । सबैलाई लाग्न सक्छ बिकट हिमाली क्षेत्रका बस्तिहरु सहरिया बजार भन्दा फोहर हुन्छन तर मार्फा गाबिसको पुथाङ एयरपोर्ट क्षेत्रका आमाहरुले सन २००६ देखि आमाहरुले टिमनेपालको ५० प्रतिसत अनुदान सहयोगमा ३ बटा इन्सुलेटर बनाई निरन्तर फोहर ब्यबस्थापन गर्दै आएको  पुथाङबजारलाई ३ भागमा बिभाजन गरि आआफ्नो इनसुलेटरमा पोल्न मिल्ने फोहर पोल्ने, कुहिने फोहरलाई खनिएको खाल्डोमा कुहाउन राख्ने र नजल्ने, नकुहिने फोहरलाई अर्कोखाल्डोमा राख्ने र बेच्न मिल्ने फोहर छुट्याई बेलाबेला बिक्री गर्ने गरेका छन ।

विगत २००६ देखि टिम नेपाल र आमाहरुले बनाएका ३ बटा इन्सुलेटरबाट सहरमा देखिने फोहर ब्यबस्थापन समस्या समाधान गर्न निकै सहज हुने स्थानिय आमा समुहकी अध्यक्ष मोहन कुमारी शेरचनले बताइन् । कुनै ब्यक्ति ब्यबस्थापनका बेला आफ्नो फोहर सहित ढिला उपस्थित बा उपस्थित नभए सबै सदस्यको समझदारीमा बनाइएको नियम अनुसार कावाही गर्ने भएकाले पनि फोहर ब्यबस्थापनका बेला सबै घरका एक, एक सदस्य आई ब्यबस्थापनको कार्य गर्ने भएकाले पनि पुथाङलाइ स्वच्छ बनाउन सकिएको स्थानिय आमा समुहका सदस्यको भनाई छ ।

सहर बजारमा फोहरका कारण हुने बेलाबेलाको समस्या यी पुथाङ एयरपोर्ट क्षेत्रका आमाहरुबाट सिक्नु जरुरी छ । ठलठुला सहरमा देखिने फोहर ब्यबस्थापनको समस्या अरुले गरिदेला  भनेर बस्ने प्रबतिका कारण भएको अध्यक्ष शेरचनको भनाइ छ । पुथाङ आमासमुहले सक्रिय रुपमा कार्य गर्दै आएकाले एक्यापले सचालन गर्दै आएको मुस्ताङ इको म्युजियम मुस्ताङ आमासमुहले सचालन गरेको पुथाङ बहुउद्देश्यीय सहकारी सस्थालाई ५ बषको लागि सचालन जिम्मा दिइएको छ ।

आमाहरुले उक्त क्षेत्रमा हुने बिषेश कार्यक्रममा क्याटरीङ सचालन गरेर आफ्नो खर्च चलाएका छन । आमाहरुले सबैलाई सहज होस भनि कुटानी पिसानी मिल सचालन गर्दै आएका छन । आफ्नै ३ तले भवनमा सबैलाई चेतनसिल बनाउन आमाहरुले पुथाङलाइबेरी सचालन गर्दै आएका छनभने पर्यटकिय क्षेत्र भएकाले ९ बटा कम्प्युटर राखी आफुहरु र पर्यटकलाई इमेल इन्टर नेटसमेत सचालन गरेका छन ।

Read More......

Wednesday, March 23, 2011

शिख खुल्ला दिसा मुक्त गाविस

0 comments

शोभा शर्मा चैत ९ मुस्ताङ ।
म्याग्दीको शिख गाविस सोमबार खुल्ला दिसामुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति म्याग्दी अन्र्तगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजनाको पहलमा त्यहाँका सबै घरमा शौचालय निर्माण भएर स्थानीयबासीले त्यसको प्रयोग गर्न थालेपछि खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको हो ।  

गाउँ स्तरीय खानेपानी,सरसफाई तथा स्वास्थ्य समन्वय समिति शिखको आयोजनामा सोमबार शिखमा भएको कार्यक्रममा समितिका पदाधीकारी, सर्वदलीय संयन्त्रका प्रतीनिधी र सरोकारवालाले खुल्ला ठाउँमा दिसापिसाव नगर्ने प्रतिवद्धता जनाउँदै खुल्ला दिसामुक्त गाविस घोषणा गरेका थिए ।  
गाविसका ५ सय ५८ घर मध्ये परियोजनाले कार्यक्रम सञ्चालन भएपछि २ सय २५ वटा नयाँ शौचालय निर्माण भएका थिए । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको सो गाविसलाई जिविसले एक लाख ३० हजार रुपैया नगद पुरस्कार उपलब्ध गराएको छ । 

प्रमुख अतिथि सभाषद् गोविन्द पौडेल,स्थानीय विकास अधिकारी दिर्घनारायण पौडेल, समाजसेवी बागविर पाइजा, नेपाल स्थित फिनल्याड राजदुतावासका काउन्सीलर किमो ईलोमा, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक लोकनाथ रेग्मी, स्वास्थ्य तथा सरसफाई विज्ञ छबी गौडेल, जिल्ला ईञ्जीनियर राम पराजुली, जिविसका यो कार्यक्रममा जना अनुगमन तथा प्रशासकीय अधिकृत सुवासकुमार लामिछाने र नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव हरिकृष्ण गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Read More......

Friday, March 18, 2011

मुस्ताङमा नोट सटही गर्नेको भिड

0 comments


चन्द्रश्वर बस्ताकोटी चैत ४ मुस्ताङ ।
नेपाल बैक लिमिटेङ मुस्ताङ शाखाले बुधबार सम्म करिव एक करोड बराबरको नयाँ नोट सटही गरेको छ । बैकमा नोट सटही गर्न आउनेको ठुलो संख्यामा भिड नै लागेको छ । अन्य सरकारी एव निजी बैङक, वित्तिय संस्था र व्यवसायीहरूले मंगलबार देखि पुर्व राजाका तस्विर अकीत नोट अस्विकार गरेपछि सर्वसाधारण नेपाल बैक लिमीटेड जोमसोम शाखामा लाइन लगाएर सटही गरिरहेका छन् । नयाँ नोट निति अनुरुप नेपाल राष्ट्र बैङकले चैत एक गतेदेखि बजारबाट पुर्वराजाका तस्विर अंकीत नोट हटाउने घोषणा गरेपछि उपल्लो मुस्ताङका विभिन्न गाविसका साथै सदरमुकाम जोमसोमबाट आएका सर्वसाधारणले सो परिमाणमा नयाँ नोट सटही गरिएको जोमसोम शाखाका प्रवन्धक हुर्मत बहादुर ओलीले जानकारी दिनुभयो । बैकमा नोट सटही गर्न आउने अधिकांस मुक्तिनाथ, झोङ, छुसाङ, कागबेनी, जोमसोम, मार्फा लगायत गाविसका बासीन्दा रहेको समेत शाखाले जनाएको छ । बैकमा २०२४ सालका नोट समेत सटहीकालागि आएको छन । सटही गर्नेमा पाँच,दश र विसका नोटहरु धेरै रहेको समेत बैकले जनाएको छ । नोट सहहीका लागि प्राय गृहणी महिला आएको समेत प्रवन्धक ओलीले बताउनु भयो । नेपाल राष्ट् बैकको मुस्ताङमा कुनै शाखा नभएकाले सो बैकको काम समेत गर्दै आएको छ । राष्ट्र बैङकले सटही अनुमति दिएको अन्य निजी बैक समेत मुस्ताङमा छैन । मुस्ताङमा  मुस्ताङमा नेपाल बैक लिमिटेड, कृषि बिकास बैक, माछापुच्छ्रे बैक र फेवा फाइनान्स रहेका छन यसैविच म्याग्दीमा पनि ठुलो संख्यामा बैकमा नोट सटही गर्न आउनेको भिड नै लागेको बताइएको छ । तिन दिनको अवधीमा नेपाल बैक म्याग्दी शाखाबाट करिव ३ करोड भन्दा बढि नयाँ नोट सटही गरिएको छ । राष्ट्र बैङकले अनुमति दिएका निजि बैकको बेनीमा शाखा छैन । चलनचल्तीमा रहेका नेपाली रुपैयाको सुरक्षार्थ सफा नोट नीति कार्यान्वयन गर्न राष्ट्र बैङकले यस्तो नीति लिएको हो । राजाका तस्विर अंकित नोट फिर्ता हुँदैमा नोटको अवमूल्यन नहुने बैकले जनाएको छ । राष्ट्र बैङकले बुधबार एक बिज्ञप्ती प्रकासीत गरि जनतालाई सास्ती भएकाले राजाका तस्विर अकित नोटलाई समेत मान्यता हुने बताएको छ ।

Read More......

Saturday, March 12, 2011

९० करोड भन्दा वढिको बजेट विनियोजन गदै जिविस मुस्ताङको जिल्ला परिषद सम्पन्न

0 comments

चन्द्रश्वर बस्ताकोटी फागुन २८ मुस्ताङ ।
कृषी, पर्यटन, पर्यावरण र भौतिक पुर्वाधारलाई मुस्ताङको बिकास का आधार मान्दै जिल्ला बिकास समिति मुस्ताङमा १९औ एव लोकतान्त्रीक गणतन्त्र पछिको तेस्रो जिल्ला परिषद सम्पन्न भएको छ ।

मुस्ताङ्गको विकासका लागि कुल ९० करोड ५ लाख १६ हजार ६ सय बजेट विनियोजन गरिएको छ । उक्त रकम मध्ये बिकास तर्फ ६२ करोड ८२ लाख २७ हजार ६ सय र प्रशासनीक तर्फ २७ करोड २२ लाख ८९ हजार रुपैया बजेट छलफलका लागि परिषद्मा प्रस्तुत गरिएकोमा सर्व सहमतिले पारीत गरिएको हो ।

विनियोजीत सो बजेट परिपुर्ति गर्नको लागि जिविसको आफ्नै स्रोत साधनबाट ३७ लाख ३८ हजार ५ सय, राजस्व वाँडफाँडबाट प्राप्तहुने २ करोड ९७ लाख ५ हजार, स्थानिय मन्त्रालय तथा बैदेशिक सहयोगबाट हुने अनुदान ४५ करोड ४६ लाख ८६ हजार गरि ४८ करोड ८१ लाख २८९ हजार ५ सय, नेपाल सरकार विषयगत मन्त्रालयबाट प्राप्तहुने ४० करोड ४१ लाख ५३ हजार, गैरसरकारी सस्थाबाट प्राप्तहुने ८२ लाख ३४ हजार १ सय गरि कुल जम्मा कुल ९० करोड ५ लाख १६ हजार ६ सय आय अनुमान गरिएको स्थानिय बिकास अधिकारी श्यामराज अधिकारीले बताउनुभयो ।

 कार्यक्रममा प्रमुख अतिथी सभासद चन्द्रवहादुर गुरुङ, सभासद बिरेन्द्र ज्वारचन, सभासद टसी साङमो गुरुङसेनी, पुर्व पर्यटन सहायक मन्त्रि रोमी गौचन थकाली, पुर्व मन्त्री नरबहादुर हिराचन, माओवादी मुस्ताङ इञ्चार्ज कृष्ण प्रसाद पराजुली (परिर्वतन), एमाले जिल्ला समिति सचिव चन्द्रमोहन गौचन, नेपाली कांग्रेस सभापति सुवर्ण कुमार बिष्ठ, एमाले जिल्ला समिति सचिव चन्द्रमोहन गौचन, नेपाल राष्टिय दलित मुक्ति मोर्चाका केन्यि सदस्य धिरेन्द्र बिक, थकाली राष्टिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सत्यनारायण शेरचन, उपल्लो मुस्ताङ छोसेर गाबिसका पुर्व गाबिस अध्यक्ष शखलाल गुरुङ, समाजसेवी भक्ति हिराचन, रेडक्रसका अध्यक्ष चन्द्रवहादुर थकाली, हिमालपारी उत्पीडित उपेक्षीत शसक्तीकरण परिषदका अध्यक्ष भिमबहादुर रसाइली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पिछडिएका जनता र क्षेत्रको बिकासका लागि राजनितिक दलहरुले आग्रह पुर्वाग्रह नराखी जिल्लाको बिकासमा एकजुट भै कार्यगर्नु पर्ने बक्ताहरुले बताउनु भयो । जिल्लामा क्षेत्र र जनसख्याको हिसाबले ६० प्रतिसत भन्दा बढि रहेको उपल्लोमुस्ताङको बिकासमा बिषेश दिनुपर्ने बक्ताहरुको भनाइ रहेको थियो । राज्यले तोकेको निति नियममा रहि बिकास निमार्णकका कार्य गर्न जनतालाई अनुरोध गरिएको थियो । दलित, महिलाको उत्थान कालागि सबैले होष्टेमा हैसे गर्नुपर्ने सबैको तर्क थिया । सभाषद बिरेन्द्र ज्वारचनले भारत र चिनलाई जोडने काली गण्डकीलोकमार्गले मुस्ताङवासीको मुहार फेर्न सहयोगहुने बताउदै घमी जलबिधुत छिटो भन्दा छिटो बनाउनु पर्ने औल्याउनु भयो।

एकिकृत माओवादी मुस्ताङका इञ्चार्ज कृष्ण प्रसाद पराजुलीले पछाडी परेका जनता आफ्नो अधिकार लिन जुन सुकैबेला पनि आन्दोलित हुन सक्ने बताउदै कसैले पुरानै रुपमा दवाउन खोजे स्वस्र्फत रुपमा अगाडी बताउनु भयो । जनतालाई झुक्याउनेहरुका ति दिन समाप्त भएको भन्दै कानुनी राज्यमा सबैले समान अधिकार उपभोग गर्न पाउनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेस का नेता रोमी गौचन थकालीले दलित एब पिछडिएकाहरुका पक्षमा सधै कार्य गर्न नेपाली काग्रेस तयार रहेको बताउदै अव सबिधान बन्छकी भन्ने आश पलाएको बताउनु भयो । 

Read More......

Thursday, March 3, 2011

जिबिस मुस्ताङमा एकिकृत योजना तर्जुमा गोष्टी सम्पन्न

0 comments

चन्द्रश्वर बस्ताकोटी
फागुन १९ मुस्ताङ ।
जिल्लाका बिभिन्न कार्यालयको जिल्ला बिकास समिति मुस्ताङमा एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । गाबिस स्तरको योजना तर्जुमा, इलाका स्तरको योजना तर्जुमा र बिषयगत समितिको योजना तजुमा गोष्ठीहरु गत मसिर मसान्तसम्म सम्पन्न गरि बिहिवार एकिकृत योजना तर्जुमा गोष्ठी गरिएको हो । विभिन्न शिर्षकमा प्रस्ताबित बजेट बाँडफाँड र नयाँ योजनाका लागी प्रस्ताब गदै एकिकृत योजना तर्जुमा गाष्ठी सम्पन्न भएको हो । भौतिक पुर्वाधार समिति अन्र्तगत जिल्ला बिकास समिति मुस्ताङले आथीक बर्ष २०६८/६९ का लागि बिभिन्न २५ शिर्षकमा केन्द्रबाट प्राप्तहुने प्रस्ताबित आय ४५ करोड ४६ लाख ९० हजार, आन्तरिक श्रोततर्फबाट प्राप्तहुने प्रस्ताबित आय ३७ लाख ३८ हजार ५ सय र राजश्व बाडफाडबाट प्राप्त हुने प्रस्ताबित आय २ करोड ९७ लाख ५ हजार गरि कुल ४८ करोड ८१ लाख ३३ हजार ५ सयको बजेट प्रस्ताब गरेको स्थानिय बिकास अधिकारी श्यामराज अधिकारीले बताउनु भयो । केहि बिषयहरुमा राजनितिक दल र सभाषदहरुसग अझ छलफल गरि निचोडमा पुगिने उहाले बताउनु भयो । यस मध्य सबै भन्दा बढि रकम ग्रामीण पुन निमार्ण तथा पुनस्थापना आयोजनाको पुजीगत २८ करोड ६० लाख र चालु तर्फ ४४ लाख ५० हजार रहेको छ, स्वास्थ्य तथा सामाजिक समिति अन्तगर्त आर्थीक बर्ष २०६८/६९ का लागि जिल्ला शिक्षा कार्यालय मुस्ताङले १६ करोड ५७ लाख ४७ हजार ९सय ४० को बजेट प्रस्ताब गरेको छ । जसमा भौतिक सुबिधा बिस्तारका लागि ७५ लाख ६५ हजार छुट्याउने प्रस्ताब गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले ७ करोड ६८ लाख ६ हजारको बजेट प्रस्ताब गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङले ३०लाख ३३ हजार द्द सय ५०, र महिला बिकास कार्यालय मुस्ताङले ५४ लाख ४३ हजारको बजेट प्रस्ताब गरेको छ । उद्योग बन तथा वाताबरण समिति मध्ये अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले कार्यक्रम तर्फ १ करोड ८१ ह्जार १ सय १६, प्रशासनिक तर्फ १०लाख  ५ हजार ५ सय, र पुजिगत तर्फ १लाख गरि कुल १करोड  ६२ लाख ७७ हजार ९ सय ४८ को बजेट प्रस्ताब गरेको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङले सम्पुर्ण कार्यक्रमको कुल बजेट ७८ लाख ३७ हजार ७ सय १५ प्रस्ताब गरेको छ । यसै गरि जिल्ला भु संरक्षण कार्यालय मुस्ताङले १ करोड १२लाख  १ हजारको बजेट प्रस्ताब गरेको छ । कृषि समिति अन्र्तगतको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङले उपभोग बजेट ६० लाख कार्यालय संचालन बजेट १० लाख २५ हजार कार्याक्रम बजेट ५० लाख, पुजिगत १६ लाख गरि कुल १ करोड ३७ लाख १५ हजार प्रस्ताब गरेको छ । केन्द्रिय स्तरका कार्यक्रम अन्र्तगत खाद्य सकंट सम्वोधन तर्फ ५० लाख ५० हजार, सहकारी खेति साना सिचाई तथा मलबिउ ठुवानी अन्र्तगत ४लाख र एकिकृत जल तथा बाली ब्यबस्थापन कार्यक्रम अन्तरगत १० लाख रहेको बरिष्ठ कृषिबिकास अधिकृत मेधनाथ तिमील्सिनाले बताउनु भयो । जिल्ला पसु सेवा कार्यालयले चालु २६ लाख १५ हजार रहेको जानकारी दिदै पुजिगत ३ लाख २५ हजार कार्यक्रम २९ लाख ४० हजार र कार्यालय सचालन ७४ लाख ९० हजार गरि १ करोड ४ लाख ३० हजार बजेट प्रस्ताब गरेको छ । सितोष्ण बाग बानी बिकास केन्द्र मार्फाले १ करोड ८९ लाख ९ हजारको बजेट प्रस्ताब गरेको छ ।  खाद्य सस्थान शाखाकार्यालय जोमसोम ले १ हजार क्विन्टल चामल र लोमन्थाङ उप शाखाले ५ सय क्विन्टल चामल गरि १५ सय
क्विन्टल चामल बितरण गर्ने प्रस्ताब गरेको छ । कृषि बिकास बैक लिमीटेड मुस्ताङले कर्जा लगानी, सावा असुली ब्याज असुली, बाकी कर्जा को प्रस्ताब पेश गरेको छ ।
गैर सरकारी सस्थामध्ये नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुस्ताङ, मुस्ताङ कल्याणकारी सघ र पाइला नेपालले पनि आफ्नो बजेट प्रस्ताब पेश गरेका थिए । केहि कार्यालयले भने बजेट प्रस्ताब आज प्रस्तुत नगरे पनि जिल्ला बिकास समिति मुस्ताङको आगामी २७ गते हुन गै रहेको जिल्ला परिषद अगाबै बजेट प्रस्ताब बुझाउने छन ।

Read More......

Wednesday, February 23, 2011

मुस्ताङको प्रचार प्रसारमा जुमुराए जोमसोमका युवा

0 comments

चन्द्रश्वर बस्ताकोटी  फाल्गुन ११ मुस्ताङ ।
हिमाली जिल्ला मुस्ताङको सदरमुकामका युवाहरुले पर्यटन बर्ष २०११ सफल पार्न आगामी फाल्गुण १४ गते मोटरसाइकल रयाली गर्ने भएका छन । १४ गते गरिने रयालीको ६० प्रतिसत तयारी पुरा भएको आयोजक जोमसोम युवा समुहका अध्यक्ष गणेश शेरचनले बताउनु भयो । सदरमुकाम जोमसोम स्थित काठेपुलबाट बिहान ८ बजे शुरुहुने मोटरसाइकल रयाली पोखरा पुगी फर्कने कार्यक्रम तय गरिएको भएपनि आर्थिक अभाबमा आजैमात्र म्याग्दी जिल्लाको तातोपानी पुगी फर्कने बताइएको छ । गत माघ १ गते मात्र स्थापना गरिएको जोमसोम युवा समुहले ब्यानर प्लेकार्ड मुस्ताङमा धेरै भन्दा धेरै आन्तरिक एव बाह्य पर्यटक भित्रयाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको समुहका सचिब दिनेश थकालीले बताउनु भयो । सचिब थकालीका अनुसार “पर्यटन क्षेत्र बिकासको आधार, आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको सत्कार । ”, “नेपाल भ्रमण बर्ष २०११ लाई सफल पार्न मुस्ताङ घुम्न जाऔ ।”, “मुस्ताङका धार्मीक तथा पर्यटकीय स्थलहरुको मनोरम दृष्य सँगै रमाउँ ।” जस्ता नारा तय गरेको छ ।समुहले स्थापना प्रत्येक सनिवार सदरमुकाम जोमसोम सरसफाई, प्राकृतिक श्रोतहरुको संरक्षण, पुराना घट्टहरुको संरक्षणका लागि कुलो मर्मत, कालीगण्डकीलाई स्वच्छ राख्ने उद्देश्यले कालीगण्डकी सरसफाई अभियान गदै आएको सचिब थकालीले बताउनु भयो । सचिब थकालीको जिम्मेवारीमा प्रजातन्त्र दिबसका अवसरमा प्रजातन्त्र दिबस मुल समारोह समिती मुस्ताङले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । आगामी दिनमा समुहले नयाबर्षको अवसर पारेर बैसाख १ गते मुस्ताङका गाबिस स्तरीय ताराखेल प्रतियोगिता गर्ने, सोही साझ बिद्यालय स्तरिय सास्कृतिक कार्यक्रम गर्ने समेत तय गरेको सचिब थकालीले जानकारी दिनुभयो । समुहले उपयुक्त समयमा प्रत्येक बर्ष जिल्लाका क्लब स्तिरिय फुटबल प्रतियोगिता र खुल्ला एकल एवं युगल महिला तथा पुरुष टेवलटेनिस प्रतियोगिता संचालन गर्ने लक्ष्य राखेको छ । समुहले सदरमुकाम स्थित काठेपुलको दायाबाया दुर्घटना हुन नदिन तार जाली राख्ने कार्यलाई समेत अगाडि बढाएको सचिब थकालीले बताउनु भयो ।

Read More......

Sunday, February 13, 2011

हत्केला र औला सहितको हात बिरालोले खायो

0 comments



चन्द्रेश्वर बस्ताकोटी फागुन  १, मुस्ताङ ।
कसैले सोच्नै सक्दैन आफ्नै घर पालुवा जनावरले हल्केला, औला सहित पुरै हात खाइ दिन्छ, यस्तै भएको छ हिमाली जिल्ला मुस्ताङको चराङ गाबिस बडा न ९ मा ।

बाबु पेमा आङजु गुरुङ र आमा ढोका गुरुङकी ४ महिनाकी छोरी ढोल्मा गुरुङको औला, हल्केला सहित नाडी सम्मको पुरै हात आफ्नै छिमेकीको घर पालेको बिरालोले खाएको हो । आइतबार बिहान बालीकालाई जिल्ला अस्पताल जोमसोम ल्याई उपचार थालिएको जिल्ला अस्पताल मुस्ताङका कार्यालय प्रमुख एव उपचारमा संलग्न डा भोजराज गौतमले जानकारी दिनु भयो । यति लामो समयसम्म उपचार समेत नपाएकी बालिकाको उपचारमा डा भोजराज गौतम, डा सदिप जोशी, लगायत कार्यालयका स्वास्थ्य प्राबिधिक संलग्न छन । आम नेपाली आमाहरुले बच्चालाई छोडेर काममा जादा यस्तो भएको हुन सक्ने बरिष्ठ अनमी गोमाकेसी थकालीले बताउनु भयो । बच्चा बच्चिको सरसफाई लगायतका बिषयमा आमा सहित परिवारले बिषेश ध्यान पुर्‍याउनु पर्ने बरिष्ठ अनमी थकालीको भनाई थियो ।

गत बिहिबार दिउसो बिकट चराङ गाबिसकी बालीकाको हात बिरालोले खाएपछि चराङ हेल्थपोष्टले सामान्य उपचार गरि जिल्ला अस्पताल जोमसोम रिफर गरेको थियो । अन्य कुनै जनावरले हो की भन्ने प्रश्नमा आमाढोका गुरुङले घर नजिकै आफुहरु काम गदै गर्दा आफन्तको बिरालोले आफ्नी छोरीको हात खाएको बताउनु भयो । बिरालो ठुलो भएकोले पछि मार्न पनि सकिएन । बिरालो, कुकुर जस्ता जनावरले टोके पछि एण्टीरेवीज भ्याक्सीनदिनु पर्ने भएकाले जिल्ला अस्पताल मुस्ताङले पोखरा लैजान रिफर गर्ने तयारी गरिरहेको अहेव चुरामणि पोख्रेलले जानकारी दिनु भयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae