Sahara Sansar

Showing posts with label विदेश. Show all posts
Showing posts with label विदेश. Show all posts

Tuesday, May 31, 2011

भारतको आसाममा भएका २ छुट्टाछुट्टै दुर्घटनामा ३१ को मृत्यु

0 comments

जेठ १७ एजेन्सी। भारतको आसाममा भएका २ छुट्टाछुट्टै दुर्घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । बिहेको जन्ती लिएर आसामको गुवाहाटीबाट रपंगीया जाँदै गर्दा कामरुप नजिक एक तलाउमा खसेर भएको दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् । 

त्यस्तै आसामको गोलाघाटमा तेल बोकेको ट्याङ्कर दुर्घटनामा परेर भएको आगलागीमा ५ जनाको जलेर मृत्यु भएको र अन्य १२ जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । जन्ती बोेकेको बस दुर्घटनामा १२ महिला तथा ३ बालबालिका सहित २६ जनाको मृत्यु भएको छ ।

Read More......

Monday, May 30, 2011

यौन दुराचारको आरोपमा फ्रान्सका जनसेवा मन्त्रीद्वारा राजीनामा

0 comments

जेठ १६  एजेन्सी । आफ्नै कार्यलयका महिला सहकर्मीलाई यौन दुब्र्यबहार गरेको आरोप लागे पछि  फ्रान्सका एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

फ्रान्सका सिभिल सर्भिस मन्त्री जर्ज ट्रोनलाई महिला सहकर्मीलाई एक होटलमा यौन दुब्र्यबहार गरेको आरोप लागे पछि उनले पदबाट राजिनामा दिएका दिएका हुन । ट्रोनलाई दुई महिला सहकर्मीलाई यौन दुराचार गरेको आरोप छ । यता फ्रान्सका प्रधानमन्त्री फ्रान्सोकोइन फोलिनले भने विज्ञप्ति जारी गर्दै मन्त्री ट्रोनको सामान्य ब्यवाहारलाई दुब्र्यवहार भन्न नमिल्ने बताएका छन् ।

यो काण्ड पछि फ्रान्स गोप्यता सम्बन्धि कानुनलाई अझ कडा पार्ने तयारी गरिरहेको जनाइएको छ । साथै सरकारले यो काण्डको बिषयमा कडा छानबिन गर्ने समेत जनाएको छ । फ्रान्स सरकारले घटना समान्य नभएर अन्य कतैबाट प्रेरित भएको समेत बताएको छ ।

Read More......

Thursday, May 26, 2011

पकिस्तानमा आत्मघाती हमला २६ जनाको मृत्यु ३५ जना घाईते

0 comments

जेठ १३ काठमाण्डौ । पाकिस्तानको खैबर पख्तूनख्वाहमा भएको आत्मघाती हमलामा कम्ती २६ जना प्रहरीको मृत्यु भएको छ । अरु ३५ जना घाईते भएका छन् । प्रहरीका अनुसार हमलामा मर्नेहरु सबै प्रहरी भएको बिबिसीले जनाएको छ । विस्फोटक पदार्थले भरिएको गाडी त्यहँु विस्फोट भएको र यो विस्फोट निकै ठूलो मानिएको छ । विस्फोटले नजिकमा रहेका पसलहरुमा समेत क्षति पुगेको छ ।

Read More......

Sunday, April 10, 2011

सुनामीपीडित आधाभन्दा बढी अधबैंसे भएको प्रतिवेदन सार्बजनिक

0 comments

टोकियो २७ चैत । जापानमा गत जनवरी ११ का दिनमा गएको शक्तिशाली भूकम्पपश्चात् आएको सुनामीमा परी मर्ने जापानीहरुमा आधाभन्दा बढी अधबंैसे रहेको कुरा एक प्रतिवेदनमा आज जनाइएको छ ।

सुनामीका कारण मर्ने लगभग आठ हजार व्यक्तिको उमेर थाहा पाइएको र त्यसमध्ये चार हजार ४०० व्यक्ति ६५ वर्ष र सो भन्दा केही जेठो व्यक्ति रहेका उक्त सहरको प्रहरी स्रोतले जनाएको छ ।

देशको उत्तर-पूर्वी तटवर्ती इलाकामा माझीको पेसामा संलग्न रहेका सानो समुदायबीच मार्च ११ का दिन समुद्री सतहमा केन्द्रबिन्दु रहेको ९।० रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको थियो ।

जापानमा जन्मदरमा भएको नियन्त्रणका कारण एक चौथाई जनसङ्ख्या ६५ वा त्यो भन्दा केही बढी उमेरका व्यक्ति रहेका छन् ।

जापानमा गत मार्च ११ का दिनमा गएको महाभूकम्प र सुनामीका कारणबाट मर्ने व्यक्तिको सङ्ख्या लगभग १३ हजार पुगेको र अझै १५ हजार व्यक्ति बेपत्ता रहेका छन् ।

Read More......

Saturday, February 5, 2011

इजिप्टमा सत्ता हस्तान्तरणको संकेत

0 comments


माघ २२ ।
इजिप्टमा भएको बिरोध प्रदर्शनको लामो श्रृङ्खलापछि सत्ता हस्तान्तरणको संकेत देखिएको अधिकारीहरुले बताएका छन् । इजिप्टमा एका तर्फ राष्ट्रपति होसनी मुबारकको बिरुद्वमा प्रदर्शन जारी रहेको छ भने अर्कोतर्फ सरकारी अधिकारीहरुले राष्ट्रपति मुबारकले अँझै आफ्नो पद नछोड्ने बताए पनि सत्ता हस्तान्तरणको संकेतमा प्रगति भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजिप्टमा बिधिवत रुपमा सत्ता परिवर्तन हुनु पर्ने  र यस्को सुरुवात तत्कालै गर्नु पर्ने बताउनु भएको छ । ओबामाले राष्ट्रपति मुबारकलाई सही निर्णय गर्न अपील गर्नु भएको छ । अमेरिकी अधिकारीले सत्ता हस्तारणको बिषयमा भएको छलफलमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae