Sahara Sansar

Showing posts with label पर्यटन. Show all posts
Showing posts with label पर्यटन. Show all posts

Friday, June 17, 2011

प्राचिन मानिसहरुको बस्ती – मानव निर्मित भनिने बिशाल झोङ गुफा प्रचारप्रसारको पर्खाइमा

0 comments

चन्द्रश्वर बस्ताकोटी असार ३ मुस्ताङ ।
प्राचिन मानिसहरुको बस्ती– मानव निर्मित भनिने बिशाल झोङ गुफा प्रचार प्रसारको पर्खाइमा रहेको छ । हिमाली जिल्ला मुस्ताङको उत्तरी गाबिस तिब्बतको सिमा सग जोडिएको छोसेर गाबिसमा रहेको झोङ गुफा रहेको छ ।
झोङ गुफा समुन्द्री सतहबाट करिव २९.२३५८३० उत्तरी अक्षांश, ०३८.९८२७८० पूर्वी देशान्तर र करिब ४ हजार मिटरको उचाइमा रहेको छ । प्राचिन मानिसहरुको घर मानिने यस गुफामा ५ वटा तला र १ सय ८ वटा कोठाहरु छन् । यस गुफामा धेरै समय पहिले करीव ५०० जना मानिहरुको वसोवास थियो भन्ने भनाई रहेको स्थानिय बासिन्दा बताउदछन ।
छोसेरका गाबिस सचिब ठाकुर प्रसाद अधिकारी यसलाई प्रचीन गाउँको सज्ञा दिइने बताउनु हुन्छ । गुफामा प्रवेश गर्न प्वाल सहितको गेट रहेको र  भित्र माथी तलामा जाने प्वालका ढोका रहेकाछन । यस गुफाभित्र प्राचिन मानिसहरुले प्रयोग गर्ने भाडाकुँडा, लगाउने कपडा, जुत्ता, चप्पल र उनीहरुले प्रयोगमा ल्याएने समानहरु देख्न सकिन्छ । यो गुफा एउटा ठुलो पहाडमा निर्मित घर जस्तै छ । गुफा बाहिरबाट हेर्दा पहाडजस्तो देखिएपनी यस भित्र खाना पकाउने कोठा, सुत्नेकोठा र ट्वाइलेट अझै पनि छन् । गुफाको पाँचौ तलामा पुगी प्वाल पारी बनाइएको झ्यालबाट बाहिर हेर्दा सबै छोसेरका सबै गाउ देख्दा जोकसैलाई पनि छुटै आनन्दको अनुभुति हुन्छ । गुफामा मानिसको बस्ती नभएपनि आसपासमा रहेका अन्यससाना गुफामा अझैपनी मानीसहरु बाहिर घरको आवरण बनाएर बस्दै आएका छन् । छोसेरका निवर्तमान गाबिस सचिब शंखलाल गुरुङको पुरानो घर समेत यस्तै अर्को गुफा सग जोडिएको अहिले पनि देख्न सकिन्छ ।

गुफा सम्बन्धि २५०० वर्ष अगाडीको एउटा महत्वपूर्ण ऐतिहासिक कथन छ । यस गुफामा एउटा भित्रजाने गेट छ, जसमा ५ तलाहरु र प्रत्येक तलामा धेरै कोठाहरु छन् । एकदिन हजगाभा भन्ने तिब्बतियन समूहले यस गाउँलाई आक्रमण गर्न खोजेछन् र त्यस गुफाभित्र जाने प्रयास गरेछन तर सकेनछन् । त्यहाँ जान नसकेपछि त्यस गाउँमा आउने पानिको मुहान नै बन्द गरीदिएछन् । त्यसपछि गाउँलेहरुले निकालेको जुक्ति अनुसार एकजना महिलाले आफ्नो टाउको तोरीको तेलले नुहाइन् । उक्त कुरा देखेपछि त्यस समुहले यहाँ त नुहाउने पानी पनि त रहेछ, खाने पानी त किन नहोला र भन्ने ठानी आफुहरु हार मानेर त्यहाँबाट भागेछन् । यसरी यस गुफालाई गाउँलेहरुले बासस्थान मानेका छन् । हिमालपारीको जिल्ला मानिने मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट यस गुफामा पुग्न करिव ३ दिनको पैदल यात्रा गर्नुपर्दछ । जोमसोमबाट यस ठाउमा आइपुग्न कागवेनी, छुसाङ, घमि, चराङ, लोमान्थाङ हुदै छोसेरसम्मको यात्रापछि यस गुफामा पुगिन्छ । हिमालयन छोसेर युवा क्लवले यस गुफाको संरक्षण गर्दै आइरहेको क्लबका अध्यक्ष टासी गुरुङले बताउनु भयो । यस गुफाको अगाडी एउटा ठूलो फुटवल ग्राउण्ड निमार्णाधीन अवस्थामा रहेको छ । आगामि श्रावणको अन्तिम हप्ता यसै ग्राउण्डमा उपल्लो मुस्ताङका युवाहरुको क्लब स्तरिय फुटबल प्रतियोगिता हुने अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।

यस गुफाको ब्यापक प्रचार–प्रसार भएमा नेपालकै पर्यटन प्रवद्र्धन गर्न कोसेठुङा साबित हनेमा दुइमत छैन । पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण सम्भावना वोकेको गुफाको प्रचार प्रसार गर्न  स्थानिय स्तर देखि राष्ट्रियबाट लाग्नु पर्ने देखिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङले गुफा संरक्षण सम्वर्धनका साथै भित्र जाने भ¥याङ, बाटो बनाएको छ । सबैले गुफाको प्रचार प्रसारमा बिषेश ध्यान दिनु पर्ने अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङका कार्यालय प्रमुख निरञ्जन ठुङाना बताउनु हुन्छ ।

Read More......

Tuesday, June 7, 2011

मुक्तिनाथ क्षेत्रमा वातावरण सम्वन्धि धार्मीक महायज्ञ, भक्तजनको धुइचो

0 comments

चन्द्रश्वर बस्ताकोटी
 जेठ २४  मुस्ताङ। कल्पबृक्ष अभियान कार्यक्रम अन्र्तगत मुक्तिनाथ क्षेत्रमा वातावरण सम्वन्धि धार्मीक महायज्ञमा भक्तजनहरुको उल्लेखनिय रुपमा सहभागिता बढेको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर हिन्दु धर्ममा समेत वाताबरण स्वच्छ राख्नु पर्ने बताइएको भन्दै शुरु गरिएको महायज्ञ राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा  मुक्तिनाथ मन्दिर क्षेत्रको रानीपौवा धर्मशालामा भई रहेको छ ।

गत ४ दिन अगाडी शुरु भएको महायज्ञमा काठमाण्डौ, पोखरा, स्याङजा, बाग्लुङ, म्याग्दी, पर्वत, झापा, मोरङ, तनँहु, लमजुङ, चितवन, दाङ लगायत भारतबाट समेत भक्तजनहरुको उल्लेखनिय सहभागिता भएको महायज्ञ मुल आयोजक समितिका संयोजक द्रोणराज अधिकारीले जानकारी दिनु भयो ।

कल्पबृक्ष अभियानको कार्यक्रम अन्र्तगत महासंघले नेपालका १० जिल्लामा करीब २ हजार भन्दा बढि बिरुवाहरु रोप्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताउनु भयो ।

जेष्ठ २७ गते सम्पन्न हुने महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर युवा पण्डित कमल नयन गौतमले बाचन गर्नु भएकोे छ । मुतिmनाथको जलधारा तथा शोभा यात्रा सहित जेठ २८ गते म्याग्दीको गलेश्वरमा बृक्षारोपण गर्ने गर्ने कार्यक्रम रहेको छ ।

Read More......

Thursday, May 19, 2011

एक सातामा दुई पटक सगरमाथा अरोहण

0 comments

जेठ  ५ काठमाडौं  । ताप्लेजुङ निवासी छुरिम डोल्मा शेर्पाले एक सातामा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

२६ वर्षीया शेर्पाले गत वैशाख २९ गते र जेठ ५ गते बिहीबार सगरमाथा आरोहण गर्नुभएको हो । एक सातामा दुईपटक सगरमाथा आरोहण गर्ने उहाँ पहिलो महिला बन्नु भएको छ । शेर्पाले वैशाख २९ गते बिहान ७ बजे र आज बिहीबार ९ बजे सगरमाथाको चुचुरोमा पाईला टेक्नु भएको छ ।

उहाँ वैशाख १९ गते काठमाण्डौंबाटसहमति सगरमाथा आरोहणका लागि बेसक्याम पुग्नु भएको थियो ।

Read More......

Tuesday, May 3, 2011

पर्यटन विकासमा पुरातत्वले रोक्यो

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख २० गोरखा। गोरखा जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि कुहिरे भीरको जंगलमा भ्यूटावर निर्माण गर्न लागेपनि पुरात्व विभागले रोकेको छ। गत पुसमा सम्पन्न नगरपरिषद्ले भ्यू टावर निर्माण गर्ने निर्णय गरेर त्यसका लागि बजेट समेत विनियोजन गरिसकेको छ । पुरातत्व विभागबाट सहमति नपाएका कारण भ्यूटावर निर्माण प्रक्रिया रोकिएको हो ।

तुरुन्तै स्थगत अवलोकन गरेर सहमति दिन पुरातत्व विभाग सँग गोरखा नगरपालिकाले आग्रह गरेको छ । नाङ्गै रहेको भीरमा टावर निर्माणका लागि नगरपरिषदले यो वर्ष २५ लाख रकम विनियोजन गरेको छ भने अर्को बर्षका लागि ३५लाख छुट्याइएको छ ।

असार मसान्त सम्म सक्नुपर्ने काम अझै शुरु भएको छैन । गोरखा जिल्लाको पर्यटनको विकास नहोस् भनेर षड्यन्त्र भएको स्थानीयको आरोप छ । भ्यू टावर निर्माण हुने स्थल (कुहिरेभीर) संरक्षण क्षेत्रत्रि पर्ने भएकोले पुरातत्व विभागले सहमति दिनुपरेको हो । 

पर्यटन व्यवसायी, राजनैतिक दल, जिल्ला प्रशासन प्रमुख, उद्योग वाणिज्यसँग, गोरखा नगरपालिका, जिल्ला विकास समिति गोरखा, पर्यटनविद्हरुले त्यस क्षेत्रमा भ्यू टावर निर्माण गर्न सके गोरखा जिल्लाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने धारणाका साथ बजेट सहितको कार्यक्रमल्याइएको हो ।

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख नानीबाबु पोखरेलले विभागकाले सहमति दिए काम गर्न नरोकिने बताउनुभयो ।

Read More......

Tuesday, April 26, 2011

नेपालकै ठुलो सिता गुफा ओझेलमा

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख १३ गोरखा। धार्मीक, सांस्कृतिक र ऐतिहासीक महत्व वोकेको भए पनि सरोकारवालाहरुको वेवास्ताको कारण गोर्खा जिल्लाको उत्तरी भेगमा रहेको नेपालकै ठुलो सितागुफा यतिखेर ओझेलमा परेको छ । सदरमुकाम वाट १३ कोस दुरीमा अवस्थित स्वाँरा गाविस वार्ड न २ वग्दुलको सितागुफा सम्वन्धित् निकाय र संघ संस्थाको ध्यान पुग्न नसक्दा प्रचार प्रसारको अभावमा पछाडी परेको हो । राम र सिताको कथा संग सम्वन्धित भएको पर्यटकीय स्थलको प्रचुर संभावन वोकेको गुफा भित्र पानिको पोखरी,मौरीको चाका, वागको छाला, जाँतो ढिकि, गाईको थुन, शिवको आकृति, पाप र धर्मको दुलो, राम र सिताको आकृति लगाएतका थुप्प्रै आकृतिहरु प्रष्ट रुपमा देख्न सकिन्छ ।

स्थानीय वासिन्दाको पहलमा प्रत्येक रामनवमीको भोली पल्ट मेला लाग्ने सो स्थानमा महिला समुहको सक्रियतामा निर्माण गरिएको रामसिताको मन्दिरमा पुजा गरि वत्ति वालेमा मनले चाहेको र आँटेको पुग्ने जनविश्वास रहेको छ । मान्छे पुगिने ठाउँ सम्म जानको लागी करिव एक घण्टा लाग्ने गुफाको वरिपरि यो मौषममा गुँरास, काफल,तिंदु, ऐसेलु, मचेनी, थाकल प्रशस्त रुपमा पाईन्छ । उत्तरमा धार्चेलेक, पश्मिमा सौरपानिको थानिथान ,पुर्वमा वजेनी ताल र दिदि वैनी डाँडा दक्षिणमा ताकुकोटको माईस्थान र रानिमुलको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।

मगर र तामाङको जातीको वसोवास रहेको उक्त ठाउँमा गुफाको लागी भनेर अहिले सम्म कसैले पनि चासो नदिएको स्थानिय वासिन्दा दल वहादुर गुरुङले गुनासो गर्नुभयो । उहाँले गुफाको प्रर्वद्धनको लागी यदि सरकारी पक्ष वाट सहयोग र साथ भए जिल्लाको मात्र नभएर समग्र नेपालकै लागी गर्भ गर्न लाएक उक्त गुफा नेपालकै ठुलो भएको दावी गर्नुभयो । चल्लामा छोडेको कुखुरा आरुघाटमा पुगी वास्ने भएर निस्केको कारण गुफा आरुघाट सम्म रहेको र आरुघाट गण्डकी तिरमा रहेको गुफामा पनि रामनवमीमा पुजा गरिने गुरुङले वताउनुभयो । 

जिल्लाको सदरमुकाम वाट पाँचखुवा देउराली सम्म गाडी सम्मको यात्रा पछि करिव डेढ घण्टाको पैदल यात्रा पछि पुग्न सकिने सो गुफामा नेपाल सरकार र स्थानिय वासिन्दाको पहलमा कच्चि वाटो समेत पुगेको छ । 

Read More......

Monday, April 25, 2011

दिगो शान्ति तथा समृद्धिको लागि पर्यटन

0 comments

हिम नाथ दवाडी
 बैशाख १२ पोखरा। टान–वेस्टन च्याप्टर, एनसिसिआर नर्थ–साउथ र मानव संसाधन अध्ययन केन्द्र (एचएनआरएससी)– काठमाडौँ विश्वविद्यालयको आयोजनामा दिगो शान्ति तथा समृद्धिको लागि पर्यटनको भूमिका विषयक राष्ट्रिय गोष्टि हालै पोखरामा सम्पन्न भएको छ । 

नेपालमा दिगो रुपमा शान्ति भएमा नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने र त्यसको लागि नेपालमा जारी शान्ति निर्माण प्रक्रियामा पर्यटनको भूमिका खोतल्नु, पर्यटनलाई दिगो बनाउन पर्यटन कर्मी तथा अनुसन्धानको भूमिकाबारे बहस थाल्नु र शान्ति प्रवद्र्धन गर्न पर्यटन सम्बन्धित आचारसंहिताको चर्चा गर्नुपर्ने विचार गोष्टिमा उपस्थित भएका विज्ञहरुको भनाई रहको थियो । 

पर्यटन क्षेत्रमा काम बैज्ञानिक तथा गैर–बैज्ञानिक अभ्यासकर्ताहरुको अझैबढी अनुसन्धान, अन्वेषण एवम् विश्लेषणसहितको एकिकृत प्रयासले सामाजिक एवम् समन्यायीक शान्ति स्थापना गर्न सहयोग पु¥याउने छ । यसले राष्ट्रिय शान्ति निर्माणमा पर्यटन क्षेत्रभित्रै तथा यस बाहिरवाट पनि अर्थपूर्ण योगदान मिल्नेमा अन्र्तक्रिया आयोजक विश्वस्त देखिन्छ । 

कार्यक्रममा पर्यटन उद्यमी, पर्यटन सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, प्रशासन तथा प्रहरी अधिकृतहरु एवम पर्यटनको विषयमा अनुसन्धान गरिरहेका व्यक्तित्वको उपस्थिती उक्त कार्यक्रममा रहेको थियो ।

Read More......

Thursday, April 21, 2011

ललितपुरमा साइकल यात्रा

0 comments

रविन राचलिका
 बैशाख ९ ललितपुर।पर्यटन बर्ष २०११ को अबसरमा ललितपुरको दक्षिण भेगमा साइकल यात्रा हुने भएको छ । बैशाख दश गते सनिवारमा साइकल यात्रा जावालाखेलको चिडियाघरबाट सातदोबाटो ठेचो चापागाउँ छम्पी, बुङमती, भैसेपाटी एकान्तकुना अनि पुन जावलाखेलमा पुगेर २२ किमी यात्रा पछि यात्रा बिर्सजन हुनेछ । यात्रामा पाँच सयको संख्यामा साइकलयात्री सहभागी हुन लागेका छन् ।

उपत्यकाको बायुमा केही मात्रामा प्रदुशण घटाउन सकिन्छ भन्ने उदेश्यका साथ साइकल यात्रा गरिन लागिएको हो। यात्रामा बिश्व साइकल यात्री पुष्कर शाह पनि सम्मिलित हुनेछन् । 

Read More......

Monday, April 18, 2011

सल्यानका पर्यटकिय स्थलको संरक्षणमा सरोकारवालाहरुको चासो बढ्यो

0 comments

बैशाख ६ सल्यान।  सल्यान जिल्लाको कपुरकोट,खौला,सल्लीबजारमा जिल्लका पर्यटकिय स्थलहरुको फोटो सहितको होर्डिङबोर्ड राखिने र त्यसकालागी सल्यान रुकुम यातायात व्यवसाई समितिले सहयोग गर्ने भएको छ । पर्यटन वर्ष सन् २०११ जिल्ला समन्वय समिति सल्यानको  आज खलंगामा सम्पन्न बैठमा सो निर्णय भएको छ ।

यस्तै श्रीनगरमा समेत सोही प्रत्रृmतिको होर्डिङबोर्ड राखिने र त्यसलाई पर्यटकिय व्यवसाई श्याम भण्डारीले सहयोग गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरि बैठकले बैशाख १३ गते सदरमुकाम खलंगामा सबै सरोकार वालाहरुको सहभागितामा जिल्लाको पर्यटकिय सम्भावना विषयक गोष्ठी गर्ने निर्णय गरेको छ । सो गोष्ठीमा कार्यक्रम प्रस्तुत गर्न उद्योग बाणिज्य संघका अध्यक्ष हरिहर बुढाथोकीको संयोजकत्वमा कार्यपत्र निर्माण समिति समेत  गठन गरिएको छ । 

समितिका सदस्यहरुमा पत्रकार महासंघ सल्यानका अध्यक्ष एवं रेडियो राप्ती एफ एमका स्टेशन म्यानेजर रमेश कुमार गौतम र जिविस सल्यानका योजना अधित्रृत सुरेश अधिकारी रहनु भएको छ ।  बैठक समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद आचार्यको सम्योजकत्वमा सम्पन्न भएको हो।


Read More......

Thursday, April 14, 2011

गोरखामा लापु महोत्सव शुरु

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख १ गोरखा। उत्तरी गोरखाको लापु गाविसलाई पर्यटकीय हिसावले चिनाउने उदेश्यले लापु महोत्सव आज देखि शुरु गरिएको छ । नववर्ष २०६८ को स्वागत गदै श्री सयपत्री युवा क्वले सो महोत्सवको आयोजना गरेको हो ।गोरखा सदरमुकाम देखि २२ कोष पश्चिममा प्रसिद्ध धार्चे लेक मुनीको लापु गाउँमा सो महोत्सव शुरु भएको हो ।

बैशाख १ देखी वैशाख ४ गतेसम्म सम्पन्न हुने महोत्सवले प्रचार प्रसारको अभावमा ओझेलमा परेका लापुलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्ने आयोजकका जीत बहादुर गुरुङले बताउनुभयो ।

विगत २०६४ सालदेखी महोत्सव गरेतापनि यसै वर्ष प्रचार प्रसारको अभाव भएको र यस वर्ष भिन्न प्रकारले महोत्सव गर्न लागेको र यो वर्षको कार्यक्रम उत्कृष्ट वनाइने महोत्सव मुल आयोजक समितिले महोत्सवलाई व्यवस्थित वनाउन विभिन्न दल, समाजसेवी ,वुद्धिजीवि, लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराई २४ सदस्यीय मुल आयोजक समिति गठन गरिएको जनाईएको छ ।

महोत्सवलाई व्यवस्थित वनाउन ९ वटै वडाका सवै प्रतिनिधी समेटिने गरी उपसमिति निर्माण गरिएको र उपसमितिमा ९ जना सदस्य रहेको महोत्सव लापुको वडा नं १ को थास्साङ डाँडावाट आज वनभोज कार्यक्रम गरी शुरु भएको हो । भोली महोत्सवको दोश्रो दिन लापुको सयपत्री क्लवको प्राङ्गढमा खुल्ला भलिवल प्रतियोगिता हुने, यस्तै लोक नृत्य प्रतियोगिता, सियो धागो , पानी भर्ने, वाँसमा चढ्ने, सटपुट लगायतका कार्यक्रम रहेको छ ।

महोत्सवमा स्थानीय स्तरवाट उत्पादन हुने विभिन्न प्रकारको सामनहरु जस्तै व्याग, हातमा लगाउने धागो, पाखी , वख्खु, डोको, धन्चे आदिको प्रर्दशनी गरी विक्रि वितरण समेतको व्यवस्था गरिएको छ।

Read More......

Monday, April 11, 2011

आठौं फेवा नव वर्ष महोत्सव आजदेखि पोखरामा

0 comments


कस्तुप देबकोटा 
 चैत्र २८ गोरखा ।  पर्यटकिय नगरी पोखरामा आजदेखि आठौ फेवा नब बर्ष महोत्सब सुरु हुदैछ । पश्चिमाचल होटल संघ पोखराले बिगत ७ बर्षदेखि प्रत्येक नेपाली नया बर्षको अबसरमा आयोजना गर्दै आएको फेवा नबबर्ष महोत्सबको आठौ संस्करण आजदेखि सुरु हुन लागेको हो ।

 आगामी वैशाख २ गतेसम्म पोखराको बसुन्धरा पार्कमा हुने महोत्सवमा १७ वटा अन्तर्राष्ट्रिय खानाका स्टल पर्यटन सम्बन्धि १५ हस्तकला ७ र अन्य गरी कुल ७२ स्टल रहने महोत्सव संयोजक एबं पश्चिमााचल होटल संघका अध्यक्ष बिप्लप पौड्यलले जानकारी दिनुभयो । महोत्सबमा विभिन्न जिल्लाका होटल संघ र होमस्टेबारे जानकारीको साथमा पश्चिमााचल क्षेत्रको पर्यटकीय तथ्यांक संकलन गर्ने उद्धेश्य पनि रहेको महोत्सव प्रचारप्रसार संयोजक बिकल तुलाचनले जानकारी दिनुभयो । महोत्सबमा जिल्ला स्तरिय पंचेवाजा प्रतियोगिता लोकदोहोरी प्रतियोगिताको साथमा ख्यातीप्राप्त कलाकारको प्रस्तुती हाँस्यव्यंग्य पश्चिमााचल क्षेत्रको आकर्षण र पर्यटकीय गतिविधि समेटेको वृत्तचित्र प्रस्तुती बालउद्यान लगायत रहेको छ । महोत्सव सम्पन्न गर्न करिव ३६ लाख खर्च हुने र ३८ लाख पचास हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

 ३५ रुपैयाँ टिकट दर कायम गरिएकोमा प्रत्येक टिकटको पाँच रुपैया फेवा ताल संरक्षणमा छुट्याइएको संघको निबर्तमान अध्यक्ष गोबिन्दराज पहारीले जानकारी दिनुभयो । महोत्सवमा करिब २ लाख दर्शकले अबलोकन गर्ने लक्ष्य राखिएको छ ।

Read More......

Sunday, April 10, 2011

म्याग्दी हुदै मुक्तिनाथ आउने तिर्थयात्री बढे

0 comments


रिनझिन नामग्याल गुरुङ
 चैत २ ७ मुस्ताङ । यस बर्ष चैते दशैको अवसरमा म्याग्दी जिल्ला हुदै प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनी आउने तिर्थालुहरूको चाप बढ्दै जान थालेको छ ।बेनी घासा रुटमा सञ्चालन हुने ८० बस तथा जिप अपुग भएपछि अन्य रुटका जिपलाई समेत सञ्चालन गरिरहेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका यातायात ब्यवसायी इन्द्रबहादुर मगरले बताए । 

मुस्ताङ जिप तथा बस ब्यवसाय समितिले आज करिब १ सय ७ गाडी तिथालु लिएर जोमसोम देखि मुक्तिनाथ गएको जनाएको छ ।दैनिक ५ देखि ७ हजारसम्म तिर्थयात्रीहरू म्याग्दीको बेनी हुँदै सवारी साधनबाट मुस्ताङ आउने गरेको म्याग्दीका होटल ब्यवसायीले बताएका छन् ।

विगतका बर्षको तुलनामा करिव ३० प्रतिशतको हाराहारीमा तिर्थालुको संख्यामा बृद्धि भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताए । मुस्ताङका ब्यबसायीले भने अधिल्लो बर्षकै हाराहारीमा तिथालु आएको बताएका छन ।

रामनवमी चैते दसै पर्व नजिकिँदै गर्दा कागबेनीमा आई मृतक आफन्तको सम्झनामा पितृलाई तर्पण तथा श्राद्ध गर्न म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, चितवन, नवलपरासी, नेपालगञ्ज, दाङ लगायत देशका विभिन्न क्षेत्रका रहेका छन् ।

Read More......

पर्यटकीय स्थल पुनहिलमा पर्यटकको घुइँचो

0 comments

सन्तोष गौतम
 चैत २७ म्याग्दी। म्याग्दीको पुनहिलमा आन्तरीक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।घार गाविसमा पर्ने पुनहिल र घोरेपानीमा रहेको जंगल हिजोआज पाखाभरी ढकमक्क फूलेको लालिगुराँसले मनमोहक बनेको छ । गुराँसको अवलोकनका साथै पुनहिलबाट देखिने हिमऋङ्खला र सुर्योदयको दृष्य अवलोकन गर्न पर्यटकको भिड लागेको हो ।

बसन्त ऋतुको सुरुवातसँगै पुनहिलमा बेलायत, अमेरीका, दक्षिण कोरीया, भारत, चिन, फ्रान्स लगायत देशका साथै काठमाडौ, पोखरा, चितवन, भैरहवा लगायतका स्थानबाट दैनिक सँयौ पर्यटक आउने गरेका छन् ।पुनहिलबाट माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी लगायत १५ भन्दा बढी हिमऋङखलाका साथै म्याग्दी, पर्वत, कास्की लगायत जिल्लाको अवलोकन गर्न सकिन्छ । घोरेपानीमा रहेको जंगलमा रातो, सेतो लगायत ७ प्रजातीको लालीगुँरास पाईन्छ ।

गुराँसको पाखामा हिमऋङ्खलाहरूलाई पृष्ठभुमीमा पारेर पुनहिलमा तस्विर खिचाउनेको घुँइचो लागेको घोरेपानीका पर्यटन व्यवसायी टेकसर पुनले बताउनुभयो । मुस्ताङ र कास्की भएर घोडेपानी बास बस्ने पर्यटक बिहानै ४५ मिनेट उकालो हिँडेर सुर्योदय र हिमऋङ्खलाको दृष्य अवलोकन गर्न समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाईमा रहेको पुनहिलमा पुग्छन् ।

घोरेपानी होटल व्यवसायी संघका अनुसार आन्तरीक र बाह्य गरेर दैनिक ५ सय जनाको अनुपातमा पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्ग भित्र पर्ने सो ठाउँमा कास्कीको नयाँपुल, बिरेठाँटी हुँदै शैक्षिक भ्रमण र सामुहीक यात्राका लागि आउन आन्तरीक पर्यटकको चाप उच्च छ ।
      
विगतका वर्षको तुलनमा यस वर्ष पर्यटकको चाप बढेको घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । भ्रमणका लागि उपयुक्त वातावरण भएकाले चैत, बैशाख र असोज, काक्तिक महिनामा बढी मात्रमा पर्यटक आउने गरेका छन् ।

पर्यटकको सुबिधाका लागि घोरेपानीमा करिब ४० वटा होटल सञ्चालनमा छन् । एक दिनमा पर्यटकले दैनिक न्युनतम एक हजार ५ सय रुपैया खर्च गर्छन् । घोरेपानीका बासिन्दाको प्रमुख आयस्रोत होटल व्यवसाय हो । पर्यटकलाई आकर्षित गर्न घारेपानीबासीले मगर संस्कृतीमा आधारित संग्रहालय पनि सञ्चालन गरेका छन् । 

Read More......

Thursday, April 7, 2011

सिन्धुलीमा १६ दिने साहित्यिक जागरण सुरु

0 comments



एसवी गौतम 
 चैत २५ सिन्धुली ।सिन्धुली कि्रयाशील तामाङ भाषाको एकमात्र साहित्यिक संस्था प्राङबोला छार न्हानको १६ दिने साहित्यिक जारण अभियान ६७/६८, हिजोवाट सुरु भएको छ ।  तामाङ भाषा साहित्य तथा संस्कृतिको अवलोकन खोज अनुसन्धान संरक्षण र विकासका निम्ति संचालित अभियान जिल्लाका विभिन्न गाउबस्तीमा साहित्यिक संम्मेलन गरी ०६८ बैशाष ११ गते लोकतान्त्रिक दिवसका दिन ऐतिहासिक हरिहरपुरगढी दरवारमा पुगी समापन हुने प्राङबोला छार न्हानले जनाएको छ ।

 अभियानको क्रममा ऐतिहासिक तामाङ गाउँ-बस्तीहरुको भ्रमण गरी तामाङ भाषा संस्कृतिका जानकार ताम्बा बोम्बो लामा तथा गिताङ्गेहरुसँग प्रत्यक्ष अन्र्तकि्रया गरिने र नयाँ पुस्ताका लागि साहित्यिक प्रतियोगिता संचालन गरिने प्राङ्बोला छार न्हानका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभएको छ । अभियानमा कलाकार सोनाम बज्यू तुलसा वाईवा लगायत तामाङ कवि कवयीत्री संचारकर्मीहरुसहित १५ जनाको टोली सहभागि रहेने पनि अध्यक्ष थिङले बताउनु भयो । अभियानले चलिरहेको पर्यटन वर्ष २०११ शुरु हुन लागेको विद्यार्थी भर्ना अभियान र राष्ट्रिय जनगणना २०६८ को महत्वको बारेमा समेत तामाङ भाषामार्फत समुदायलाई बुझाउने लक्ष्य राखेको छ ।

Read More......

होटल संघद्धारा राष्ट्रपतिलाई पर्यटन बर्षको जानकारी

0 comments

हिम नाथ दवाडी
 चैत २५ काठमाडौं। होटल संघ नेपालको एक प्रतिनिधि मण्डलले हालै राष्ट्रपति रामवरण यादवलाई भेटी पर्यटन बर्ष २०११ का सम्बन्धमा जानकारी गराएका छन् । होटल संघ नेपालले नेपालको पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय कार्यक्रम तय गरेको छ ।

  कार्यक्रममा होटल संघ नेपालको सहयोगमा अमेरिकन प्रसिद्ध काटुनिष्ट रारान लुरीले आफ्नो पेन्टीङ मार्फत नेपाललाई विश्व मानचित्रमा चिनाउने अभिप्रायले आफ्नो प्रसिद्ध युनीटिङ पेन्टीङलाई सगरमाथाको चुचुरोमा पु¥याउने अभियान थालेको संघका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले बताउनुभयो । त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले पनि यस कार्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

संसार भरका पर्यटन व्यवसायको प्रतिनिधित्व गर्ने एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक संगठन अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट एशोसियसनको वल्ड कंग्रेसले नेपाल पर्यटन बर्ष २०११ लाई लक्षित गरि यही बर्षको नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म होटल संघ नेपालको आयोजनामा नेपालमा विभिन्न कार्यक्रम हुन गइरहेको जानकारी पनि राष्ट्रपति समक्ष प्रस्तुत गरेको संले जनाएको छ । 

प्रसिद्ध काटुनिष्ट रारान लुरीले उनको पेन्टीङ संयुक्त राष्टसंघको लवी,न्यू वर्क सिटी, उत्तर तथा दक्षिण कोरियाको सिमाना, इजरायल लगायतका देशमा शान्ति र संद्भाव बढाउने संम्बाहकका रुपमा प्रदर्शमा राखिएको सोही कार्यक्रमा जानकारी दिइयो ।

Read More......

Wednesday, April 6, 2011

‘नागी–नारच्याङ’ पदमार्गमा पर्यटकको उत्साहजनक चहलपहल सुरु

0 comments



कमल खत्री चैत २३ म्याग्दी ।
पर्यटन दिवसको अवसरमा सरकारले गत कात्र्तिक महिनामा घोषणा गरेको नागीनार्चिङपदमार्ग उद्घाटन नहुदै पर्यटकको उत्साहजनक चहलपहल सुरु भएको छ । आन्तरिक व्यवस्थापन, उचित प्रचारप्रसार र आकर्षक गन्तव्यका कारण छोटो समयमै पर्यटकको आगमन सुरु भएको हो । पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले पर्यटन मन्त्रालयले यो सँगै सिन्धुपाल्चोकको पाँचपोखरीभैरबकुण्ड र बाग्लुङको ढोरपाटन पदमार्ग पनि खुल्ला गरेको थियो । लामो र छोटो दुईवटा रुट प्रयोग गर्न सकिने नागीनाच्र्याङ पदमार्गलाई स्थानीयबासीन्दाले पर्वत म्याग्दी इको पदमार्ग भनेर बुझ्ने गरेका छन् । ६० किलोमिटर लामो पदमार्गले पर्वतको दुई र म्याग्दीको सात गाविसलाई समेटेको छ । म्याग्दीको पिप्ले१ घुमाउने तालबाट सुरु हुने पर्वत बाँसखर्क, डाडाँकटेरीनागीमहरेडाँडाडाडाँखर्कहिस्तानघराम्दीखिवाङख्रोपानारच्याङबेशी हुदै भुरुङतातोपानी आईपुग्न ९ दिन लाग्छ । अप्रिल महिनामै उद्घाटनको तयारीमा रहेको यो पदमार्गमा अहिलेसम्म ६ समुह विदेशी पर्यटकले भ्रमण गरिसकेको बाँसखर्कका पर्यटन व्यवसायी याम गुर्वजाले बताउनुभयो । मार्चमा ६ ग्रुपले भ्रमण गरेका थिए, उहाँले भन्नुभयो –‘त्यसभन्दा अघि जापानबाट एक, युकेबाट दुई र नेदरल्याण्डबाट दुई समुहले भ्रमण गरेका छन् ।उहाँले, बाँसखर्कमा स्थानीय र एक गैरसरकारी सँस्थाको पहलमा डाईनिङहल निर्माण भईसकेको जानकारी दिदै आधा दर्जन घरमा पर्यटकलाई सुत्ने व्यवस्था मिलाईएको बताउनुभयो । पदमार्ग भित्र पर्ने विभिन्न थरीका लालीगुराँस, खयरबराही, प्यारीबराह, चौरीखर्क, रुप्से झरना, अन्धगल्छी, चराचुरुङी, अन्नपूर्ण, निलगिरी, धवलागिरी, माछापुच्छ्रे, लगायत २९ हिमश्रृङखलाले पर्यटकको मन लोभ्याउन सक्ने स्थानीयबासीको भनाई छ ।

Read More......

Tuesday, April 5, 2011

रसुवाको नागथली क्षेत्रमा पर्यटकीय होटल सञ्चालनमा आएपछि पर्यटकहरु लाभान्बित

0 comments

कूल तामाङ्
 चैत २२ रसुवा।  उत्तरी रसुवाको नागथली क्षेत्रमा पर्यटकीय होटल सञ्चालनमा आएपछि हिमाली सौन्दर्यको अवलोकनकर्तालाई खान बस्न सहज भएको छ ।    

 थुमनको उच्चभागमा अवस्थित होटल र लजमा बसेर हिमाली प्रकृतिको छटा र  वनस्पतिको अवलोकन गर्न अत्यन्तै सहज भएको नुवाकोट बट्टारका परशुराम अर्यालले बताउनुभयो । एक पटक भए पनि मनोरम थलो नागथली पुग्नैपर्छ–उहाँले भन्नुभयो । 

नागथलीबाट तातोपानी, पार्वती कुण्ड, तामाङ समुदायका पुराना बस्ती र अन्य मनोरम दृष्य देख्नसकिन्छ ।   पर्यटकीय क्षेत्र भएर पनि प्रचारप्रसारको कमी र मानवबस्तीबिहीन रहेको सो क्षेत्रमा पूर्व टिआरपिएपि पर्यटन कार्यक्रमले खानेपानीको निर्माण र प्रचारप्रसारको कार्य गरिदिएपछि मानवस्तीको विकसित हुँदै जाँदा  पर्यटक आउन थालेको स्थानीय व्यवसायीले बताए ।

Read More......

Saturday, April 2, 2011

कागबेनी र मुक्तिनाथ आउने तिर्थयात्री बढे

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत  १९ मुस्ताङ। म्याग्दी जिल्ला हुदै   हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनीको भ्रमण गर्न आउने तिर्थयात्रीको चहलपहल बढेको छ ।
      
देशका विभिन्न स्थान र भारतबाट दैनिक ४ सय भन्दा बढी तिर्थयात्रीहरू मुस्ताङ आउन थालेका छन् । केही दिनयता जोमसोम बसपार्कमा कागबेनी हुदै मुक्तिनाथ जाने तिर्थयात्रीको चहलपहल बढेको मुस्ताङ जिप तथा बस ब्यबसायी समितिका कर्मचारी उपाध्यक्ष गणेश थकालीलेले बताउनुभयो । स्थानीय होटल व्यवसायीहरू पनि तिर्थयात्री को चाप सगै व्यस्त हुन थालेका छन् ।

तिर्थयात्रीहरू म्याग्दीको बेनी हुँदै सवारी साधनबाट र पोखराबाट हवाई यात्रा गरेर मुस्ताङ आईपुग्ने गरेका हुन । रामनवमी चैते दसै पर्व नजिकिँदै गर्दा कागबेनीमा पुगेर मृतक आफन्तको सम्झनामा पितृलाई तर्पण तथा श्राद्ध गर्न नवलपरासी, नेपालगञ्ज, दाङ, बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, चितवन लगायत देशका विभिन्न स्थानबाट सँयौ मानिसहरू आएकाहुन हुन् ।
     
 तिर्थयात्रीको चापका कारण धर्मशालाहरु भरिभराउ भएका छन् । जोमसोम स्थित गणेश मन्दिर, कागबेनी सन्तसेवा आश्रम, मुक्तिनाथ स्थितरानीपौवा धर्मशाला तिर्थयात्रीले भरिभराउ भएको सन्तसेवा आश्रम कागबेनीका पुजारी बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । सोही अनुपातमा जोमसोम,कागबेनी र मुक्तिनाथमा रहेका होटलहरु समेत पर्यटक एव तिर्थयात्रीले भरिभराउ देखिन्छन ।

Read More......

Wednesday, March 30, 2011

स्वच्छ सगरमाथको लागि रोयाल्टी फिर्ता

0 comments


रविन राचलिका
 चैत १६ भक्तपुर।सगरमाथा चढ्ने रहर बोकी बर्सेनि तेतिस हजार बिदेसी पर्यटक नेपाल आउछन् । तर उनीहरुले गरेको आर्थिक योगदानको दश गुणा बढी खर्च हुने गरी प्रदुशण फैलाएर जाने गरेको पाइन्छ । 

सगरमाथा क्षेत्रमा फालिएका अक्सिजन सिलिण्डर, थोत्रा पाल, ग्याँसका डिब्बाहरुको कारण सगरमाथको स्वच्छतामा प्रतिकुल असर पर्दै आएको छ । सगरमाथा चढ्नेहरुले आफुले लगेका सामानहरु फिर्ता ल्याउनुलाई आफ्नो दायित्व ठान्ने गरेका छैनन् । फिर्ता ल्याएर उनीहरुलाई कुनै लाभ हुने गरेको छैन ।
 अब सगरमाथाको स्वच्छता कायम राख्न भने हरेक आरोहीले आफुले लगेको सम्पुर्ण सामान फिर्ता ल्याउनु पर्ने प्राबधान राखिनु पर्दछ । यस किसिमको कार्यको प्रोत्साहनको लागि भन्ने फिर्ता ल्याइएका बस्तुको मात्रा हेरी उनीहरुले सगरमाथा चढ्न बुझाएको रोयाल्टीको केही अंश रकम फिर्ता गर्ने ब्यबस्था गरिनु पर्दछ ।
चालु आर्थिक बर्षमा नेपाल सरकारले सगरमाथा सफाइ अभियानको लागि भनी तीन अर्ब रुपैया छुटाएको छ । यदि सरकारले रोयाल्टी फिर्ता गर्ने ब्यबस्था गरेमा भबिष्यमा सगरमाथा फोहर थुप्रिदैन । त्यसैले सगरमाथाको स्वच्छताको लागि रोयाल्टी फिर्ता गर्नुको बिकल्प छैन । 

Read More......

Monday, March 28, 2011

रसुवाको गतलाङ गाउँमा पर्यटकका लागि ‘होम स्टे’सञ्चालन

0 comments

कूल तामाङ्
 चैत १४ रसुवा।पर्यटन वर्ष २०११ लाई लक्ष्य गर्दै तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ गाउँमा पर्यटकका लागि ‘होम स्टे’सञ्चालन गरिएको छ । उत्तरी रसुवाको गतलाङ गाउँमा आगन्तुक पर्यटकलाई गुणस्तरीय खानपिन र बसोबासको व्यवस्था मिलाई प्राप्त आयले जीवनस्तरमा सुधार ल्याउन गत हप्तादेखि आफूले आठवटा शैया क्षमताको होम स्टे सञ्चालनमा ल्याइसकेको र पर्यटकहरू नयाँ होमस्टेमा बस्न सुरु गरिसकेको राजेश लामाले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उत्पादन भएको मकै, कोदो र जौको पिठोबाट तयार भएको ढिँडो र सिस्नु, सिमी, मुला र आलु एवम् सागबाट बनेका तरकारी खुवाउने गरेको छु,लामाले भन्नुभयो–मैले सञ्चालनमा ल्याएको होम स्टेमा बस्न आएका पर्यटक स्थानीय खानाबाट नै प्रफुल्ल भई फर्कनथालेका छन् ।

तामाङ संस्कृतिमा वैभवशाली गतलाङ क्षेत्रको प्रचारप्रसारबाट पर्यटक भित्र्याई स्थानीय रसास्वादन दिलाउन होम स्टे व्यवस्थापन समिति गठन गरिसकेको र अन्य सातवटा होम स्टे सञ्चालनमा ल्याउने अन्तिम तयारी भइसकेको बताइएको छ ।

यस्तै,पर्यटन कार्यक्रमअन्तर्गत पाँच वर्षअगाडि देखि सञ्चालनमा आएको सामुदायिक पर्यटकीय लजले पाहुनाहरू माझ सेवा पु¥याउन धौधौ बनिरहेका बेला नयाँ होम स्टेले पर्यटकलाई आकर्षण गरेको पर्यटन व्यवसायीहरूले बताउनुभयो ।

Read More......

साल्पापोखरी चिनाउन शिलिचुङमा महोत्सब

0 comments


रविन राचलिका हरीत समूह भक्तपुर
 चैत १४ । जलश्रोतको धनी देश नेपालमा  जलबिद्युतको आबश्यक मात्रा उत्पादन गरेर  केन्दि«य सरकारले जनतालाई आर्थिब उन्नति गर्न दिन सकेको छैन् । तर जलश्रोतलाई पर्यटन उद्योगमा प्रयोग गरी नेपालका गाउँ गाउँका नागरीकहरुले आफ्नो क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा चिनाउन प्रयास गरिरहेका छन् ।
यसै क्रममा पहाडी जिल्ला भोजपुरको दोभाने गाबिसका युवाहरुको संगठन साल्पा युवा संगमले त्यहाँ रहेको साल्पापोखरीलाई नयाँ भ्रमण केन्द«को रुपमा चिनाउने योजना बनाएका छन् । उनीहरुको योजना अनुसार शिलिचुङ चुचुरोको फेदमा रहेको साल्पापोखरीमा क्षेत्रमा महोत्सब हुन लागेको हो । आगामी बैशाक ५, ६ र ७ गते त्यहाँ महोत्सब हुने भएको हो ।
हरियो पानीले  भरिएको साल्पा पोखरीमा, उज्यालो भएको बेलामा शिलिचुङ चुचुरोको छायाँ देखिन्छ । शान्त स्थानको अभाबमा भौतारिने ब्यस्त आधुनिक मानिसहरुलाई लक्षित गरी त्यस क्षेत्रलाई आराम स्थलका रुपमा बिकास गर्ने लक्ष्य राखिएको छ ।
शिलिचुङ चुचुरोबाट सुर्योदय तथ सुर्यास्त र मौसम सफा भएको बेला सगरमाथ समेत देखिन्छ । सो क्षेत्रका अन्य पर्यटीय आकर्शणहरु साल्पाफेदी र मैयुङ डाँडा मुख्य हुन । त्यसैगरी त्यहाँ लालीगुराँस, मृग र भेडाको बथान अबलोकन गर्न सकिन्छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae