Sahara Sansar

Showing posts with label चितवन. Show all posts
Showing posts with label चितवन. Show all posts

Sunday, April 10, 2011

हत्याको विरोधमा चितवनका सम्पूर्ण पेट्रोल पम्प बन्द

0 comments

चितवन रत्ननगर २७ चैत । अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घ चितवनको आह्वानमा आज चितवनका सम्पूर्ण पेट्रोल पम्प बन्द भएका छन् ।

भरतपुर-१ रामनगरको जगदम्बा आयल स्टोस्रका व्यवस्थापक भरत घिमिरेको हत्यामा संलग्न व्यक्तिलाई तत्काल खोजी कारबाही गर्न माग गर्दै सङ्घले आज पेट्रोल पम्प बन्दको आह्वान गरेको हो ।

माग पूरा नभए नगरिए नेपाल आयल निगम डिपोबाट इन्धन आपूर्ति पनि बन्द गर्ने सङ्घले चेतावनी दिएको छ । मजदुर सङ्घ र डिलस्र एसोसिएसनले देशभर बन्द आह्वान गरेको जनाएको छ ।

गत बुधवार घिमिरेको पम्पभित्रै लुटेराको समूहले गोली हानेर हत्या गरेका थिए । स्थानीय प्रशासनले घटनाको विषयमा अहिलेसम्म कुनै जानकारी बाहिर ल्याएको छैन ।

Read More......

Wednesday, April 6, 2011

जनगणनाका बारेमा चितवनमा कार्यक्रम

0 comments

धु्रवराज खनाल चैत २३  चितवन ।
यसवर्ष गरिन लागेको जनगणनाका बारेमा जिल्ला जनगणना कार्यालय चितवनले आज एक कार्यक्रम गरेको छ । जनगणनालाई प्रभावकारी बनाउने बारेमा छलफलको बारेमा जानकारी गराउन गरिएको कार्यक्रममा जिल्ला जनगणना अधिकृत लिलाप्रसाद मिश्रले कार्यपत्र प्रस्तुत गर्दै २०६८ को अन्त्यमा नेपालको जनसंख्या २ करोड ८५ लाख पुग्ने बताउनु भयो । चितवनमा एक लाख ३५ हजार घरधुरी रहेको अनुमान गरिएको बताउँदै मिश्रले यस पटक जनगणनाका लागी ५ सय जनगणक परिचालन गरिने जानकारी दिनुभयो । जनगणनाका लागि स्थानिय शिक्षकहरु परिचालन गरिने र उनीहरुलाई एक साता तालिम दिईने जनगणना कार्यालयले जनाएको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae