Sahara Sansar

Showing posts with label अर्थ. Show all posts
Showing posts with label अर्थ. Show all posts

Thursday, June 16, 2011

रकमान्तर नगरः अर्थ समिति

0 comments

राजेन्द्र न्यौपाने असार २ काठमाडौं। राजनीतिक दलका पहुँच भएका नेताहरुले बिभिन्न मन्त्रालयबाट रकमान्तर गरेर आ–आफ्नो जिल्ला एवं क्षेत्रमा रकम लगेको आरोप लागिरहेका समयमा एक संसदीय समितिले कानून विपरित रकमान्तर नगर्न सरकारलाई निर्देशन दिएको छ । संसद अन्तरगतको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले ठूलो रकम रहेका मन्त्रालयका रकमहरु कानून विपरित रकमान्तर नगर्न निर्देशन दिएको समितिले जनाएको छ ।

सभासदहरुले रकमान्तरको बिषयमा चर्को बिरोध गरेपछि भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझिले कर्मचारीले गर्दा रकमान्तरको निर्णयमा आफुले सहयोग गर्नुपर्नुपरेको बताउनुभयो । उहाँले मन्त्रालयको रकमान्तर कर्मचारीहरुले गरेको भन्दै आफु त्यसमा दोषि नरहेको बताउनुभयो । समितिले आउदा दिनमा कानूनले दिएको रकमलाई मात्रै रकमान्तर गर्नुपर्ने भन्दै त्यस्तो निर्णयहरु नगर्न भनेको छ । त्यसै गरेर समितिले मन्त्रालयहरुलाई राष्ट्रिय योजना आयोगसंग समन्वय गरेर काम गर्न निर्देशन पनि दिएको छ । समितिले आउदा दिनमा रकमान्तर गर्नुपर्ने गरेर बिनियोजन नगर्न पनि ध्यानाकर्षण गराएको छ ।

Read More......

Tuesday, June 7, 2011

वजेट ल्याउन सहयोग गर्न अर्थमन्त्रीको कांग्रेससंग आग्रह

0 comments

जेठ २४ काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले आज बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालासंग भेटगरेर आर्थिक बर्ष २०६८/६९ को वजेट ल्याउन सहयोग गर्न आग्रह गर्नुभएको छ।असारमै बजेट ल्याउने सरकारी निर्णयमा कांग्रेसलाई सहमत गराउन अर्थमन्त्री अधिकारी आज विहान कोइराला निवास महाराजगन्ज पुग्नुभएको हो । भेटमा अर्थमन्त्री अधिकारीले असारको सुरुवातमै बजेट ल्याउने सरकारी निर्णयलाई सघाउन कांग्रेस सभापतिलाई आग्रह गर्नुभएको छ ।

कोइरालासंगको भेटमा बजेट पारित गर्न ढिलाई भएका कारण चालु आर्थिक बर्षमा पूँजीगत खर्चमध्ये ४० प्रतिशत खर्च नहुने अवस्था आएको भन्दै अर्थमन्त्री अधिकारीले समयमै नयाँ बजेट ल्याउनुपर्ने बताउनुभएको छ । गतबर्ष समयमै बजेट नल्याउंदा अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै अर्थमन्त्री अधिकारीले सरकारले सहमतिमै असार मसान्तसम्म बजेट ल्याउने भेटपछि संचारकर्मीलाई बताउनुभयो ।

कांग्रेस सभापति कोइराला भने अर्थविदहरुसंगको परामर्शपछि मात्रै त्यस बिषयमा जानकारी गराउन सक्ने जवाफ दिनुभएको छ । अर्थमन्त्री अधिकारीले हिजो बजेटका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्नुभएको थियो ।

Read More......

Saturday, June 4, 2011

उर्जा संकट समाधानका लागि जलविद्युत विकास बैंक स्थापना गर्ने सरकारको निर्णय

0 comments

जेठ २१ काठमाडौं । सरकारले उर्जा संकट समाधानका लागि जलविद्युत विकास बैंकको स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले बैंक स्थापनाका लागि सैद्धान्तिक निर्णय गरेको हो । बैंक स्थापनाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । एक करोड ५० लाख रुपैयाको ठूलो राषी अनुदान दिने भएको छ । 

समितिमा उर्जा, अर्थ तथा कानून मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकका गभर्नर सदस्य छन् । समितिलाई तत्कालै बैंक स्थापनाको जिम्मेवारी दिइएको छ । बैंक स्थापनाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नेछ ।

मन्त्रिपरिषदले साउदी अरेवियामा हज गर्न जानेहरुका लागि भिसा दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ । भिसा दस्तुरवापत लाग्ने ३६ लाख बराबरको रकम सरकारले दिने निर्णय भएको सरकारका प्रवक्ता गंगालाल तुलाधरले बैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रिपरिषदले २०५१ साल जेठ ३ गते चितवनको दासढुंगा दुर्घटनामा ज्यान गुमाएका एमालेका तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रित र सैनिक हिरासतमा ज्यान गुमाएका पत्रकार कृष्ण सेन र दाङका नेत्रलाल पौडेल अभागीको स्मृतिमा प्रतिष्ठान गर्न ५०÷५० लाख रुपैंया सहयोग गर्ने निर्णय पनि गरेको छ ।

 बैठकले मानव विकास सूचकांकमा र स्वास्थ्यमा पछाडि परेका विभिन्न ८ वटा जिल्लाको छनौट गरी त्यहां एकीकृत जनस्वास्थ्य कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

Read More......

Thursday, June 2, 2011

सिलान्यास भए पनि माथिल्लो तामाकोसी आयोजनाको काम सुरु भएन

0 comments

शेरबहादुर भुजेल
 जेठ १९ दोलखा।  माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको औपचारिक रुपमा सिल्यान्यास भए तापनि निर्माण सामान आइनपुगेका कारण मुख्य संरचनाको काम सुरु हुन सकेको छैन । आयोजनाको सिभिल संरचनाको काम काम पाएको चिनीयाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको मुख्य सिभिल संरचना निर्माणका लागि ल्याएको मेसिनरी सामानहरु तातोपानी भन्सारमा महिनौंदेखि रोकिएका छन् ।

 रोकिएका सामान एक महिना अघिनै अर्थ मन्त्रालयले सामान छुटाउन निर्देशन दिएको थियो । आयोजनाको सुरुङ निर्माणका लागि स्काभेटर, डोजरलगायतका निर्माण सामाग्री चीनबाटै झिकाएर केही सामानबाहेक अरु आयोजना स्थल दोलखाको उत्तरी गाविस लामावगर आइपुगेको छैन । केही सामानहरु ल्याउने क्रम जारी रहे पनि मुख्य सामानहरु नआएका कारण निर्माण कम्पनीले औपचारिक रुपमा मुख्य संरचनाको काम सुरु गर्न नसेकेको हो । आयोजनाको काम औपचारिक रुपमा सुरु गर्नका लागि प्रधानमन्त्री झलनाथ खनालले दुई साता अघी आयोजनाको सिलान्यास गरेर समयमै पूरा गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै आयोजना प्रमुखलाई तीन सिफ्ट गरेर भए पनि काम गर्न निर्देशन दिनुभएको थियो ।

 अपर तामाकोसी हाइड्रोपावर कम्पनीका निर्देशक मृर्गेन्द्रबहादुर श्रेष्ठले कम्पनीले सामान ल्याउने क्रम जारी राखेकाले मुख्य सुरुङ लगायतको काम सुरु नभएको बताउनु भयो । सामानका कारण मुख्य काम गर्न नपाएपछि सिनोले अहिले सडकको काम मात्र भइरहेको छ ।

Read More......

Monday, May 30, 2011

ब्यापारी तोलाराम दुगडको अन्त्यष्टि

0 comments

जेठ १६ काठमाडौं । वरिष्ठ उद्योगपति एवं समाजसेवी तोलाराम दुगडको आज धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

नक्सालस्थित आफ्नै निवासमा निधन भएका दुगडको हिजो पशुपति आर्यघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्न लागिएको हो । राष्ट्रिय मारवाडी परिषद्का सल्लाहकार मण्डलका संयोजक समेत रहेका दुगड मुटु रोगी हुनुहुन्थ्यो ।

सनराईज बैंकका अध्यक्ष समेत रहेका दुगडले सामाजिक क्षेत्रमा पनि धेरै सहयोग गर्नुभएको छ । विक्रम संवत १९८७ भदौ ४ गतेका दिन विराटनगरमा जन्मनुभएका दुगड पिता लुनकरण र माता ज्ञानदेवी दुगडका जेठा छोरा हुनुहुन्छ । १२ वर्षको उमेरदेखि नै व्यापार व्यवसाय गर्दै आउनुभएका दुगडले शिक्षा स्वास्थ्य र धार्मिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नुभएको छ ।

खाद्यान्न, सवारी साधन, निर्माण क्षेत्र र बैंक लगायत विभिन्न क्षेत्रमा लगानी गरेका दुगड नेपाल उद्योग परिसंघका सल्लाहकार समेत हुनुहुन्थ्यो ।

Read More......

Friday, May 27, 2011

सिन्धुलीका कृषकहरु अदुवा खेती तर्फ आकर्शित

0 comments

यम चौलागाई
 जेठ १४ सिन्धुली। सिन्धुलीको भद्रकाली गाविसका स्थानिय कृषकहरुका लागि अदुवा खेती प्रमुख आम्दानीको स्रोत बनेको छ । नगदे बालीका रुपमा लिइने अदुवा खेतीबाट बुढी (माऊ) र उत्पादीत नयाँ बच्चाबाट गरी दाहोरो फाईदा हुने भएपछि पनि उनीहरुको लागि अदुवा आकर्षण खेती बनेको हो । 

मकै कोदो लगायतका अन्न बाली राम्रो नहुने जमिनमा समेत अदुवा राम्रो उत्पादन हुने भएपछि त्यस ठाउँका स्थानिय कृषकका लागि अदुवा खेती वरदान साबित भएको छ । विपी राजमार्गको निर्माण सँगै कृषकहरुले व्यवसायीक रुपमा अदुवा खेती शुरु गरेका छन् । अहिले आफुहरुले घरबाटै अदुवा बिक्री गर्दा पनि एक लाख भन्दा माथि नै आम्दानी हुने गरेको उनीहरुले बताएका छन् । तर गाऊ गाऊमा सडक सुविधा पुग्न नसकेका कारण सोचे जती बजार मुल्य लिन नसकिएको उनीहरुले बताएका छन् । 

उत्पादीत अदुवालाई बजारसम्म पु¥याउन मानविय स्रोत साधनको प्रयोग गर्नुपर्दा तथा घरबाटै अदुवा विक्री गर्नु पर्दा उचित मुल्य भने कृषकको हातमा नपरेको उनीहरुको गुनासो छ । अहिले भद्रकालीका स्थानिय बासीले गरेको आम्दानी देखेर छिमेकी गाविस जलकन्या, अमले लगायतका स्थानिय बासीले समेत अदुवाखेती गर्न शुरु गरेका छन् ।

Read More......

Friday, May 20, 2011

वृद्धभत्ता लिएर गाविस सचिव फरार

0 comments



एसवी गौतम,जेठ ६
धनुषा जिल्लाको तुलसी गाविसका तत्कालिन गाविस सचिव शुसिल गिरी वृद्ध भत्ता लिएर भाग्नुभएको छ । धनुषा सदरमुकामवाट ७० किलोमिटरको दुरीमा रहेको सिन्धुलीसँग सिमाना जोडिएको धुनषा जिल्लाकॊ तुलसी गाविसका वृद्ध-बृद्धाहरु एक वर्ष तीन महिना को भत्ता वापतको रकम हिनामिना गरी उहाँ सम्पर्क विहिन भएको जिविस धनुषाले जनाएको   छ ।

गाविस सचिवले आफुहरुको नाममा  नेपाल सरकारले दिएको  भत्ता खाएको स्थानियवासीले आरोप लगाएका छन । नेपाल सरकारले ७० वर्ष उमेर पार गरी सकेका बृद्धएक्कल महिलाहरुलाई्र मासिक रुपमा उपलव्ध गराउदै आएको मासिक ५ सय रुपैया भत्ता तत्कालिन गाविस सचिव शुसिल गिरीले हिनामिना गरेर सम्पर्क विहिन रहेको जिविस धनुषाले वताएको छ

Read More......

Saturday, May 14, 2011

दैनिक ११ सय लिटर दुध उत्पादन

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख ३१ गोरखा। सामान्यतया एक किसानको घरमा सरदर कति दुध होला? सबैले सहजै उत्तर दिन्छन् चार माना या छ माना । तर गोरखा जिल्लाको च्याङली गाउँ विकास समिति वडा नं. ८ निवासी राजेन्द्रराज पन्तको घरमा भने दैनि ११ सय लिटर दुध उत्पादन हुन्छ ।

राजनीति शास्त्रमा स्नातकोत्तर तह उतीर्ण गर्नुभएका राजेन्द्रराज पन्तले २०३२ सालमा सात वटा भैंसी पालेर दुध उत्पादन गर्न थाल्नुभयो । त्यसपछि २०३४ सालमा आँप, लिचि लगायतका फलफुलहरु उत्पादन गर्न थाल्नुभयो । २०५२ साल चैत महिनादेखि चारवटा गाई पालेर दुध उत्पादन गर्न थाल्नुभएका राजेन्द्रराज हिजोआज ११ सय लिटर दुध दुहुने गर्नुभएको छ ।

७५ वटा गाईले दैनिक १२ देखि ३६लिटर सम्म दुध दिने गरेको उहाँले बताउनुभयो । जर्सी , हलिस्टेन जातका गाई पाल्नुभएका राजेन्द्रका गोठमा दुध दिने र गर्भवती भएका गरी कुल १७५ वटा गाई छन् । कोरल्ला गाई र बाच्छाबाच्छी पनि त्यति कै संख्यामा छन् ।

शनिबार  एकीकृत ने.क.पा. ( माओवादी) को केन्द्रिय समितिलाई तालिम दिन पेरिस डाँडामा रहनुभएका राजेन्द्रको सबै परिवार यस पेशामा लागेका छन् ।

राजेन्द्रका दुई छोरा राजीवराज र राजकुमार पन्तले यसमा सँधै लागिपरि सहयोग गरेका छन् । गाईको दुध चितवन स्थित राहुल दुधले लाने गरेको छ ।

त्यसो त गोरखामा चार हजार लिटर दुधको खपत हुनेभएपनि राजेन्द्रको कामधेनु गाईफारममको दुध भने ठूलो बजारमा जाने गरेको छ । प्रतिस्पर्धामा जसले धेरै मूल्य दिन्छ उसैलाई दुध विक्री गर्ने गरेको उहाँले बताउनुभयो । एक लिटरको ३४ रुपैयाँमा विक्री हुने गरेको उहाँले बताउनुभयो ।

मासिक २१ लाख आम्दानी हुने बताउँदै यसमा १२ लाख खर्च भएर बाँकी रकम बचत हुने उहाँले बताउनुभयो । १९ जना मानिसहरुलाई रोजगार दिनुभएका राजेन्द्र नेपालमा नै बसेर पशुपालन गरी राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ । यसका लागि सरकारले पशुपालनमा लगानी गर्नुपनेर् उहाँको भनाई छ ।

उहाँको कामधेनु गाईफारम हेर्नका लागि एक हजार रुपैंया तिर्नुपर्दछ । तनहुँको चुनपहाराबाट नयाँ पुल हुँदै उहाँको गाई फारममा पुग्न सकिन्छ । यो नेपालको सबै भन्दा ठूलो गाई फारम हो । डुम्रेबाट खेरैनी तर्फको यात्रामा तिन किलोमिटरको दुरीमा नयाँपुल पर्दछ । 

Read More......

Monday, May 9, 2011

मध्यमाञ्चल क्षेत्रीय महोत्सवको खर्च सार्वजनिक

0 comments

यम चौलागाई
 बैशाख २६ सिन्धुली  ।सिन्धुलीमाढीमा गत माघ २७ गते देखि फागुन ९ गत सम्म संचालन गरिएको मध्यमाञ्चल क्षेत्रीय महोत्सवको आज आय व्यय विवरण सार्वजनिक गरिएको छ । मध्यमाञ्चल क्षेत्रिय महोत्सवको आयोजक रहेको सिन्धुली उद्योग वाणिज्य संघले आज सर्वपक्षिय बैठक बोलाई आय व्यय विवरण सार्वजनिक गरेको हो ।

कार्यलयले जिल्ला विकास समिति सिन्धुलीबाट चार लाख, कमलामाई नगरपालिकाबाट तीन लाख पचास हजार , स्टल विक्रीबाट पाच लाख एक्तीस हजार चारसय असी, टिकट विक्रीबाट दश लाख तेईस हजार नौ सय अठ्ठाईस, बाल उद्यानबाट एक लाख पचास हजार,एक गाऊ एक उत्पादन बाट एक लाख र बैंक अन्य गरी छब्विस हजार छ सय सतत्तर गरी जम्मा पच्चिस लाख बयासी हजार पचासी आम्दानी रहेको सार्वजनिक गरेको छ ।

यसैगरी तेह« लाख एक हजार पाँच सय स्टलबाट अन्ठाउन्न हजार तीन सय र बैंकमा पाँच हजार गरी जम्मा उनानचालिस लाख छयालिस हजार आठसय पचासी आम्दानी रहेको र सास्कुततिक कार्यक्रम,सुरक्षा व्यवस्थापन प्रचार प्रसार, लगायत अन्य विभिन्न शिर्षकमा गरी त्यती नै बराबार खर्च भएको जनाएको छ । बै
ठकमा एकिकृत नेकपा माओवादीका सह इन्चार्ज राजन दाहालले आम्दानीका ख्याल नगरी खर्च गरेको पाइएकाले व्यवस्थित तरिकाले कामगर्न आयोजकलाई सुझाव दिनु भयो । यसैगरी नेपाली कांग्रेसका सभापति मोहन बरालले आयोजकले नै लेखा परिक्षण गरेको पाईएकोले गर्नु उचित नहुने र बैठकमा लेखापरिक्षकले उक्त विवरण पेश गर्नु पर्ने चर्चा गर्नुभयो ।

एमालेका खड्ग खत्री ,र माक्सवादीका हिरण्य लाल श्रेष्ठले लेखा परिक्षण व्यवस्थित नदेखिएको बताउनु भयो । यता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीले सिन्धुलीमा उक्त महोत्सव सफल बनाउन सक्नु नै जिल्लाको आम्दानी भएको भएप्नि महोत्सवमा स्थानिय कला संस्कृतीको पहिचान गर्न नसकेको भन्दै त्यस तर्फ ध्यान दिन सुझाव दिनु भयो ।

Read More......

Friday, May 6, 2011

चरन अभाबले चौरीहरु मर्दा कृषकहरुलाई लाखौ नोक्सानी

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख २३ गोरखा। हिमाली जिल्ला मुस्ताङमा यो बर्ष चरन क्षेत्रको अभावका कारण माउ र बच्चा गरि करिव ५० भन्दा बढि चौरी मरेको कृषकहरूले बताएका छन् । हिमाली क्षेत्रमा यो बर्ष पटक पटक हिमपात भएकाले हिमाल नजिकै माथील्लो चरन क्षेत्र सम्म पुग्न नसकेका चौरीहरु तलको चरन अपुग भएर, बाघको समस्या  र केहि भिर बाट लडेर मरेको कृषक धौलागिरी चौरी पालक समुह मुस्ताङका सचिब सकेन्द्र गौचनका बताए । 

मर्ने मध्ये सवै धौलागिरी आइसफल तर्फको चरण क्षेत्रमा चर्ने चौरीहरु हुन । कृषक गौचनका अनुसार चौरीहरु कुनै रोग लागेर नभै बिषेश गरि चरन अभाबले मरेका हुन । केहि बर्ष अगाडि सम्म १० गोठ चौरी रहेकोमा गत बर्ष देअि १४ गोठमा करिब ७ सय चौरी उक्त चरन क्षेत्रमा चराउने गरिएको छ ।

 जसमा राजेन्द्र तुलाचनको १४, सुक बहादुर बाग्दासको ८ लगायत विभिन्न कृषकहरूको सो परिमाणमा मरेको बताइएको छ । चरनको अभावमा चौरी मर्दा समेत जिल्ला पशुसेवा कार्यालयले चासो नदेखाएको कृषकहरूले गुनासो गरेका छन् ।

 कोवाङ नाउरीकोटका कृषक गौचनका अनुसार चौरीबाट राम्रो आम्दानी गर्ने किसानहरूले पनि पछिल्लो समय चरन क्षेत्रको अभाव हुने गरेकाले पाल्न छाड्न थालेको बताउनुभयो । चौरीबाट नै राम्रो आम्दानी गर्न सफल भएका कृषकहरूले यसका लागि आबश्यक पर्ने चरन क्षेत्रको ब्यवस्था गर्न समेत माग गरेका छन् । उनिहरूले विगतका बर्षमा भन्दा चरनका अभावले क्षती हुन थालेको समेत बताए ।

Read More......

आयल निगमको घाटा पूर्ति गर्न कर्मचारी सञ्चय कोषको २ अर्ब उपलब्ध गराउने

0 comments

वैशाख २३ काठमाडौं। नेपाल आयल निगम चरम घाटा पूर्ति गर्न २ अबै रुपैंया ऋणका लागि सरकार जमानि बस्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार  बिहान बसेको मन्त्रीपरिषद् बैठकले निगमको घाटा पूर्ति गर्न २ अर्ब रुपैँया कर्मचारी संचय कोषबाट लिनका लागि सरकार जमानत बसिदिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक चयन गर्न खुल्ला प्रतिस्पर्धा प्रणालीबाट अघि बढ्ने निर्णय गरेको पनि प्रवक्ता तुलाधरले बताउनुभयो ।

विद्यालय सुधारका लागि अष्ट्रेलिया सरकारबाट प्राप्त १ अर्ब ४४ करोड रुपौया सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री खनालको अनुपस्थितिमा उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई कार्यबहाक प्रधानमन्त्रीको अधिकार हस्तान्तरण गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको प्रवक्ता तुलाधरले जानकारी दिनुभया

Read More......

Tuesday, May 3, 2011

नाष्टका ९ वैज्ञानिक गोरखामा

0 comments

 बैशाख २० गोरखा। जिल्लाको उत्तरी प्रोक गा.वि.स.को कालताल क्षेत्रको जैविक विविधता र जडिबुटीबारे अध्ययन गर्न नाष्टका वैज्ञानित त्यस क्षेत्रमा पुगेका छन् ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ( नाष्ट) का वैज्ञानिकहरले प्रोकको कल्छुमन ताल (कालताल) क्षेत्र वरपर वैज्ञानिक अनुसन्धान सुरु गरेका हुन्।जडिबुटी, बनस्पति र विरुवा भित्र हुने जीवाणुको अध्ययन टोलीले गरिरहउको टोली प्रमुख तथा नाष्टका वरिष्ठ बैज्ञानिक डा. प्रकाश राउतले बताउनुभयो ।बैशाख २९ गतेसम्म सोही क्षेत्रमा रहेर वनस्पतीको अध्ययन गर्ने टोलीमा डा.गुणराज बज्राचार्य, डा. विमला देवकोटा, डा. भोजराज पन्त, शिव उपाध्याय, प्रविणा राणा, पवन पराजुली, शुसील भण्डारी, देवराज देवको मनासलु संरक्षण क्षेत्र भित्र पहिलो पटक अनुसन्धान थालनी गरिएको हो ।

नाष्टको दीर्घकालीन परियोजना अनुसार अनुसन्धानको थालनी गरिएको डा. रावतले बताउनुभयो । नाष्टका दुई टोलीले यस अघि सोही क्षेत्रको अनुसन्धान गरी मनासलु संरक्षण क्षेत्रको अनुसन्धानले त्यस क्षेत्रका बारेमा थप जानकारी हुने र पर्यटन क्षेत्रको विकासका लागि योजना निर्माण गर्न सजिलो हुने बैज्ञानिकहरुले अनुसन्धानबाट तल्लाभागमा मात्र पाईने जडिबुटी जलबायु परिवर्तनका कारण हिमाली क्षेत्रमा समेत पाइन थालेका टोलीमा संग्लन डा. प्रविणा राणाले जानकारी प्रोक गाउँ विकास समितिको स्थानीय गुम्बामा बसेर अनुसन्धान टोलीले काम गरिरहेको छ । 

अनुसन्धानका लागि सबै सामग्री लगिएको टोली प्रमुख डा. राउतले जानकारी दिनुभयो ।अनुसन्धानबाट पर्यटन क्षेत्रको विकास र जडिबुटीका सम्बन्धमा नयाँ ज्ञानको विकास हुने टोलीको दावी छ ।

Read More......

Monday, May 2, 2011

सहभागितात्मक आधारभूत सहकारी लेखापालन तालिम शुरु

0 comments

मीना थापा मगर
 बैशाख १९ पोखरा। सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा र लखन बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा ६ दिने सहभागितात्मक आधारभूत सहकारी लेखापालन तालिम शुरु भएको छ।

तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य चन्द्रबहादुर ठकुरीले सहकारीको आधारभूत विषयबारे स्पष्ट पार्नुभयो । यसैगरी कार्यक्रममा लखन बचत तथा ऋण सहकारी संस्थाका कानुनी सल्लाहकार महेन्द्रमान व्यथित, जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरस्वती राना मगर, प्रशिक्षक एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा शाखाका अधिकृत बालकृष्ण सुवेदी, ना.सु. यामबहादुर राना मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
      
लखन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विष्णुमाया पुन मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले गर्नुभएको थियो । सोमबार देखि शुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुने जनाएको छ । तालिममा लखन बचत तथा ऋण सहकारी एवं जनचेतना बचत तथा ऋण सहकारी संस्थाका सदस्य लगायत कर्मचारी गरी ३१ जनाको सहभागिता रहेको छ ।


Read More......

Saturday, April 30, 2011

एक दिवसीय पशु स्वास्थ्य शिविर सम्पन्न

0 comments

राजेन्द्र न्यौपाने
 बैशाख १६ गोरखा।नेपाल पारा भेटनरी एण्ड लाइभ स्टक एसोसिएसन जिल्ला कार्यसमिति गोरखाको आयोजनामा जिल्लाको दरबुङ गाउँ विकास समितिमा एक दिवसीय पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दरबुङ फाँटमा भएको उक्त शिविरमा ४७५ घरधुरीका पशुहरुको परीक्षण तथा उपचार गरिएको एसोसियसनका अध्यक्ष सानुकाजी वन्तले बताउनुभयो ।

३५६ पशुको गोबर परीक्षण, १२ सय पशुको उपचार गरिएको उहाँले जानकारी दिनुभयो संस्थाका अध्यक्ष समेत रहनुभएका वन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा संस्थाका केन्द्रीय सदस्य इन्द्रहरी खनालले गाउँ गाउँमा किसानहरुको समस्या सरकारले हल गर्नुपर्ने बताउनुभयो ।

संस्थाको जिल्ला कोष, केन्द्र कोष र गाउँ विकास समितिको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको आयोजकले बताएका छन् । संस्थाले देशभरीका जिल्लामा शिविर संचालन गर्ने क्रममा गोरखाको दरबुङमा गरेको हो । शिविर सञ्चालनबाट गाउँलेहरु खुशी भएका छन् ।

Read More......

Tuesday, April 26, 2011

पूजा साबुनमा लेखिए को भन्दा २० ग्राम तौल कम

0 comments

वैशाख १३ काठमाडौँ । महाशक्ति सोप एन्ड केमिकल इन्ड्रस्ट्री प्राइभेट लिमिटेडव्दारा उत्पादित पूजा साबुनमा करिब २० ग्राम कम तौल कम पाइएको छ ।

बानेश्वरका उपभोक्ताले पूजा साबुनमा लेखिएको भन्दा २० ग्राम कम तौल पाएपछि आफू ठगिएको महसुस गरी पत्रकारलाई सो बारे सूचना दिएका थिए ।

उक्त साबुनको खोलमा १५० ग्राम लेखिए पनि लेखिएअनुसारको तौलमा २० ग्राम कम रहेको पाइएको जनाइएकोक छ ।

आफूले पूजा साबुनको उल्लेखित तौलमा शङ्का लागेपछि जोख्दा कम तौल रहेको पाइएको बानेश्वरका राज लुइटेलले साहारा संसार डटकमलाई बताएका छन् ।

सो साबुनको २० ग्राम कम तौल रहेको प्रमाण रासससँग सुरक्षित छ ।

पूजा साबुन र अर्को साबुनको खोलमा तौल १५० ग्राम नै लेखिएपनि अर्को सोही तौल लेखिएको साबुनको तुलनामा पूजा साबुनको लम्बाइ चौडाइ उचाई र तौलमा फरक रहेको छ ।

उपभोक्ता हित संरक्षण माचका सचिव रामचन्द्र िसंखडाले पूजा साबुनले उपभोक्तालाइ ठगी गरेको भन्दै यस्ता उद्योगलाई गुणस्तर नियन्त्रण तथा नापतौल विभागले कारवाही गर्नुपर्ने्र बताउनुभयो ।

प्रत्येक छ÷छ महिनामा विभागले गुणस्तर चिन्ह नविकरण गर्ने गरेको छ ।

उपभोक्ता हित संरक्षण ऐनअनुसार सरकारले सो कम्पनीलाई कारबाही गर्नुपर्ने भन्दै सचिव िसंखडाले ऐनमा पहिलोपटक गरेको गल्तीलाई प्रकृति हेरी रु पाँच लाखसम्म जरिवाना गर्न सकिने बताउनुभयो ।

कम्पनीका प्रशासन प्रमुख हरि बाँस्तोलाले अहिलेसम्म आफ्नो कम्पनीले उत्पादन गरेको साबुन कमसल नभएको दाबी गर्दै त्यस्तो गल्ती भएमा आन्तरिक अनुगमन गरिने बताउनुभयो ।

पूजा साबुन बजारमा ठूलो मात्रामा बिक्री हुने हुनाले सबै साबुनलाई जोखिरहन कम्पनी असक्षम रहेको छ त्यसैले एक दुईवटा साबुनहरुमा मात्र कम तौल भएको हुन सक्ने बाँस्तोलाको भनाई छ ।

Read More......

Monday, April 18, 2011

अज्ञात रोगका कारण एक दर्जन चौपाया मरे

0 comments

बैशाख ६ बाजुरा ।बाजुराको छतारा गाबिसमा एकसाता यता पशुचौपायामा अज्ञात रोग देखा परेको छ । रोगका कारण छतारामा मात्र १ दर्जन चौपाया मरेका छन् भने एक दर्जन बढी बिरामी परेको पशु पालकले बताएका छन् । बिगत एक साता यता फैलिएको रोगका कारण गोरु र भैसीहरु बढी विरामी पर्ने गरेको स्थानीय अम्मर राज न्यौपानेले बताउनुभयो ।

 पशु चौपाया मर्नेमा स्थानीय बासी भिम लाल जैशी, प्रेमलाल जैशी, बलमान बुढा, महोनराज न्यौपाने ,कुशमराज न्यौपाने जयराज जोशी, बलमान बुढा, लगायतका व्यक्तिहरुका रहेका छन् । विरामी पशुमा एक्कासी काप्ने, पाता र पेट सुनिने  मुखबाट ¥याल फाल्ने जस्ता लक्षण देखा परेको एक दुईदिनमै मर्ने गरेको बताइएको छ । पशुमा अज्ञात रोग जिल्लामा पटक पटक देखा परिरहेको छ ।


Read More......

Friday, April 15, 2011

परम्परा इतिहास र सस्कृतीको विकासका लागी प्रथम त्रिशूली महोत्सव सुरु

0 comments

कूल तामाङ्
 बैशाख २ नुवाकोट । परम्परा इतिहास र सस्कृतीको विकासका लागी आज देखी प्रथम त्रिशूली महोत्सव सुरु भएको छ ।पासाङ ल्हामुमार्ग र त्रिभुवन राजपथ निर्माणहुनु पुर्व राजधानी देखी उत्तर र पश्चिमी क्षेत्रका वासिन्दाका लागी महत्वपुर्ण व्यापारीक मार्गको रुपमा रहेको त्रिशूली वजारको परम्परा इतिहास र सस्कृतीको विकासका लागी महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै डा। महतले सरकारले घोषणा गरेको पर्यटन बर्षलाई सघाउनुको साथै यस्ता महोत्सवले स्थानीयस्तरको व्यापक प्रचार प्रसारलाई पनि सघाउने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्दिं्रय सदस्य डा।प्रकाशशरण महत नेकपा एमालेका सभासद गोविन्द नेपाली नेपाली कंग्रेसका सभासद तथा जिल्ला सभापति जगदीश्वरनरिसंह केसी प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटा विभिन्न राजनितिक दलका पमुख तथा प्रतिनिधीहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महोत्सव वैशाख ९ सम्म चल्ने छ । महोत्सवको उद्घाटनको अबसरमा नेवार तामाङ मुस्लिम भजन लगायतका नृत्य तथा झाकीहरु प्रस्तुत गरिएको थियो ।

ऐतिहासिक क्षेत्रको रुपमा रहेको त्रिशूली बजारको अस्तित्व र महत्वलाई बचाउन पर्यटन बर्ष २०११ को सन्र्दभमा प्रथम त्रिशुली महोत्सव २०६८ आयोजना गरिएको हो । महोत्सव नाफा मुलक भन्दा पनी वजारको पहिचानका लागी प्रचारप्रसार गर्न आयोजना गरिएको आयोजक समितीले जानकारी दिएको छ ।नेवार मुसालमान तमाङलगायत बिभिन्न जातजाती र भाषाभाषीको बसोबास रहेको त्रिशूली बजार र तत्कालीन समयमा जंगवहादुर राणा हामफालेको त्रिशूली खोलाको किनारमा रहेको पहिलेको साघु बजारको हालको त्रिशूली वजारको अस्तित्व बचाउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा स्थानीय कृषि पर्यटन र बहुराष्ट्रिय कम्पनीका गरी ७० वटा स्टल रहेका छन् ।

 त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयको हाताभित्र साचालन हुने महोत्सवमा सँस्कृति र परम्पराका साथै स्थानीय रुपमा उत्पादन हुने कृषि सामाग्री लगायत घरेलु उत्पादनका सामान महोत्सवका प्रमुख आकर्षण रहेको छ

Read More......

Sunday, April 10, 2011

नयाँ वर्षको उपलक्ष्यमा रिचार्जमा टेलिकमले दश प्रतिशत बोनस दिने

0 comments

 चैत २७ काठमाडौँ। नेपाल दूरसाचार कम्पनी लिमिटेडले नयाँ वर्षको उपलक्ष्यमा पि्रपेड मोवाइल सेवामा तीन दिनसम्मका लागि गरिने रिचार्जमा दश प्रतिशत बोनस दिने भएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल टेलिकमद्वारा आईतबार आयोजित पत्रकार सम्मेलनमा यही २०६७ चैत ३० तथा २०६८ वैशाख १ र २ गतेसम्म रु १०० र रु २०० दरका जिएसएम पि्रपेड एवं सिडिएमए पि्रपेड मोवाइलका रिचार्ज कार्डहरुमा १० प्रतिशत बोनसको व्यवस्था गरेको जानकारी दिएको छ । कम्पनीले सिप पिपिपि फोनबाट कम्पनीको पिएसटिएन जिएसएम÷सिडिएमए नेटवर्कमा फोन गर्दा लाग्ने हालको महसुल दल रु ८ बाट घटाएर रु ६ कायम गरेको आधारभूत टेलिफोन सेवाको २०६६ साल अषाढ मसान्तसम्मको पुरानो बक्यौता रकम २०६८ साल असार मसान्तभित्र बुझाएमा लाग्ने जरिबाना मिनाहा गरिने जानकारी दिइएको छ ।

नेपालीहरुको बढि बसोवास हुने कतार मलेसिया र युएईलगायत विश्वका १० मुलुकका सेवा प्रदायकसँग गुणस्तरीय र सस्तो सेवा उपलब्ध गराउने लक्ष्यसहित अन्तरआवद्धता गरी कल आदानप्रदान गर्ने जानकारी दिँदै कम्पनीका प्रवन्ध निर्देशक विश्वनाथ गोयलले कतारको दोहा हङकङ र सिङ्गापुरमा पनि अन्तरआवद्धताको प्रकि्रया अगाडि बढाइएको बताउनुभयो ।

कम्पनीले आइपी नेटवर्किङमा आधारित सिडिएमएका २० लाख लाइन खरिद गरिने अप्टिकल फाइवरलाई सुरक्षित विस्तार गर्न विद्युतको तारसँगै केवुल विस्तार गर्ने कम्पनीको जिएसएम सेवाको १४९८ र सिडिएमए सेवाको १९१ का सोधपुछ सेवालाई १९७ जस्तै गरी बाह्य संस्थालाई दिइने इन्टरप्राइजेज रिसोस्र प्लानीङलाई तत्काल विस्तार गर्नेलगायतका कार्य अघि सारेको छ ।

इन्टरनेट र ट्रान्समिशनमा कुनै समस्या आएको पत्ता लगाउन नेटवर्क अपरेशन सेन्टर साचालनमा ल्याउने र कम्पनीका सेवाहरुको नेटवर्क विस्तारका लागि माइक्रोवेभ रेडियो लिङ्कसम्बन्धी सम्झौता सम्पन्न भइसकेको पनि प्रवन्ध निर्देशक गोयलले जानकारी दिनुभयो ।

महाशिवरात्री घोडेजात्रा ठूलठूला आमसभा दैवीप्रकोपबाट क्षति पुगेर सेवा अवरुद्ध हुनेलगायत बढि भीडभाड हुने स्थानमा मोबाइल विटिएस भेइकल साचालनको प्रकि्रया अगाडि बढाइएको जानकारी दिँदै टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले नयाँ वर्षसँगै एसएमएस सेवामा थप सुविधा प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले चालु आर्थिकवर्षको अन्त्यसम्ममा कूल राजश्व रु २८ अर्व १७ करोड ८२ लाख पुर् याउने लक्ष्य लिइएकोमा गत माघसम्म रु १५ अर्व ६० करोड ९२ लाख सङ्कलन भइसकेको उल्लेख गर्दै आर्थिकवर्ष २०६६÷०६७ को मुनाफा रकममध्येबाट सरकारबाट स्वीकृत प्रतिशेयर रु ४० का दरले नगद लाभाँश वितरण गर्न सिफारीश गर्ने र सो प्रस्ताव पारित गर्न साधारणसभामा पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
कम्पनीले पि्रपेड मोवाइलका सिमकार्ड पर्याप्त मात्रामा वितरण गर्न नसकिएको स्थितिलाई मध्यनजर गर्दै आगामी असार महिनासम्म ६ लाख सिमकार्ड वितरण गरिने सिडिएमए प्रविधिका ६० हजारका पि्रपेड सिफोन सेटमध्ये ४० हजार पुराना सेटसँग साट्ने र २० हजार नयाँ लाइन वितरण गर्ने भएको छ ।


Read More......

जाजरकोटमा गहु उत्पादन बढ्यो

0 comments

चैत २७ खलंगा ।जाजरकोटमा यस वर्ष गहु उत्पादन अत्यधिक रुपमा वढेको छ । गत वर्ष प्रति हेक्टर ०.८ मेट्रिक टन उत्पादन रहेको गहु वालीको उत्पादन यस वर्ष भने प्रति हेक्टर २ मेट्रिक टन रहेको छ ।

कूल ११ हजार ६ सय हेक्टर जमिन गहुवालीका लागि योग्य रहेको जाजरकोटमा यस वर्ष गहुको उत्पादनमा भारी वृद्धि भएपछिकृषकहरु पनि खुसी भएका छन उत्पादनका हिसावले जिल्लाका डाडागाउ, लह, खलंगा, खगेनकोट गर्खाकोट र जगतिपुरमा गहु तथा धान वढि फल्ने गर्दछ ।

गहु खेतीका लागि ८४६ हेक्टर जमिन रहेको डाडागाउ गाविसमा यसवर्ष सवै भन्दा वढि उत्पादन भएको छ ।

Read More......

भेडाबाख्रा पालक कृषकसँग अन्तरक्रिया

0 comments


सन्तोष गौतम
 चैत २ ७ म्याग्दी। म्याग्दीको दरवाङमा शनिबार व्यवसायीक भेडाबाख्रा पालक कृषकसँग अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपाल र अन्नपुष्पम सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सो क्षेत्रका १३ गाविसका भेडाबाख्रापालक कृषकहरूको सहभागिता रहेको सहकारी संस्थाका किरन थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको सहिजकरण बरिष्ठ पशु विकास अधिकृत जगतबन्धु नेपाली र प्रदिप शर्माले गर्नुभएको थियो । कार्यक्रमको संयोजक अन्नपुष्पम सहकारीका अध्यक्ष देवराज सुवेदीले गर्नुभएको थियो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae