Sahara Sansar

Showing posts with label महोत्तरी. Show all posts
Showing posts with label महोत्तरी. Show all posts

Saturday, June 18, 2011

ज्वाला समुहका महोत्तरी इन्चार्ज यादव प्रहरीद्धारा सार्वजनिक

0 comments



सुरेश बिडारी,असार ५,महोत्तरी

सीमावर्ती भारत विहार राज्यको सितामढी जिल्लाको सिसर्िया गाउँबाट पाँच दिन अघि पक्राउ परेका नेपालका मष्ट वान्टेड जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समुहका महोत्तरी ईन्चार्ज जीवन त्यागी भन्ने इन्द्रजीत यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले  गएराती  सार्वजनिक गरेको छ ।

 यादवमाथि धनुषा जिल्ला कनकपट्टीका राकेशकुमार यादवलाई ज्यान मार्ने उदेश्यले गोली हानेर घाइते बनाएको महोत्तरी सोनमाका तोकिर अंस्ाारी र वलवाका रामगुलाम साहलाई  अपहरण गरेर फिरौती लिएको तथा फुलकाहाका बेचु साहलाई अपहरण पश्चात गोली हानेर घाइते बनाएको मुद्दा छ । 

यादवमाथि अपहरण तथा शरीर बन्धकका चार हातहतियार तथा खरखजानालगायतका मुद्धा रहेको प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसैबीच त्यागीलाई आजै अदालत उपस्थित गराई जेल चलन गरिने र अन्य मुद्दामा अनुसन्धान अघि वढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रही उपरिक्षक मोहनराज जोशीले वताउनुभयो ।

Read More......

Monday, February 14, 2011

कमला नदीमा शव उत्खनन कार्य फेरि सुचारु

0 comments

सुरेश विडारी फागुन २ महोत्तरी ।
द्धन्द्धकोको समयमा सुरक्षाकर्मीले हत्या गरेर ४ ब्यक्तिलाई गाडेको आशङ्कामा धनुषाको गदोर स्थित कमला नदीमा शव उत्खनन कार्य फेरि सुरु भएको छ । भदौमा एक चरणको उत्खनन गरेर स्थगित गरिएको भएपनि केही अवशेषहरु फेला परेपछि उत्खनन कार्य फेरि  सुरु गरिएको हो ।  राष्ट्रिय मानवअधिकार आयोगको अग्रसरतामा अन्तर्राष्ट्रिय रुपमै स्थापित विधि र प्रक्रिया अनुसार उत्खनन कार्य सुरु भएको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।  मानव अधिकार आयोगद्धारा जारीे विज्ञप्तिका अनुसार कार्य सम्पन्न हुन एक हप्ता लाग्ने  छ यस कार्यमा फोरेन्सिक विज्ञ जर्मनीका डा उडो केन्जर, डा हरिहर वस्ती लगाएतका पुरातत्व तथा विधि विज्ञान विशेषज्ञहरू र आयोगका अधिकृतहरू कमला नदि किनारमा पुग्नु भएको छ । अघिल्लो चरणको उत्खनन्को समयमा फेला परेका अवशेष र प्रमाणहरूको अनुसन्धान फिनल्यान्ड स्थित हेलिसन्की विश्वविद्यालय तथा नेपालको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भइरहेको आयोगका प्रवक्ता गौरी प्रधानले जानकारी दिनुभयो । आयोगले २ हजार ६० साल असोजमा गरेको अध्ययनले सुरक्षाकर्मीले सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको हत्या गरी कमला नदीको किनारमा गाडेको उल्लेख गरेको थियो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae