Sahara Sansar

Showing posts with label रोचक प्रसंग. Show all posts
Showing posts with label रोचक प्रसंग. Show all posts

Sunday, June 19, 2011

थरीथरी छन् बेडरुमका दुःख

0 comments



दीपक सापकोटा

image
पुरुषको यौनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्छ र सेलाउँछ तर महिलाचाहिँ तातेको ताप्केजस्तै बिस्तारै उत्तेजित हुन्छन् ।
डा. समन रुपाखेती
यौन परामर्शदाता  
बीस वर्षीया नवविवाहिता सुहागरातको मीठो कल्पनामा हराइरहेकी थिइन् । तर, त्यो रात उनका लागि 'जीवनकै ठूलो कालरात्रि' बनेर प्रवेश गर्‍यो । नवदुलाहा श्रीमान्ले सहवासपूर्वको क्रीडा (फोर प्ले) अगाडि नै सीधै मुखमैथुन गर्न कर गरे । सहज मैथुनका लागि उनी तयार थिइन् तर मुखमैथुनका लागि किमार्थ होइन । आफ्नो इच्छाअनुरूप नभएपछि दुवैजना रातैभरि कोल्टे फर्केर सुते र बोलेनन् । भोलिपल्ट नवविवाहिता श्रीमती माइत हिँडिन् । 
ती बीस वर्षीया नवविवाहिताले सुहागरात भाँडिएपछि यौन परामर्शदाता तथा निःसन्तानपनसँग सम्बन्धित डा. समन रुपाखेतीलाई गुहारिन् । यी परामर्शदाताले उनलाई विगतको घटना बिर्संदै श्रीमान्लाई साथीको जस्तो व्यवहार गर्न सल्लाह दिए । 'उनी अश्लील चलचित्र (पोर्नो फिल्म) बाट प्रभावित भएका हुन सक्छन्,' यी डाक्टरको ठहर थियो । समनले श्रीमान्सँग भेटे र यौन व्यवहारबारे छलफल गरे । र, अन्त्यमा श्रीमान्ले श्रीमतीसँग माफी मागे । २० दिनपछि माइतबाट घर फर्केकी उनी, परामर्शदाताका अनुसार अहिले दाम्पत्य सुखमा रमाइरहेकी छिन् । 
यौन समस्याकै कारण घरबार बिगे्रकाहरूका लागि अहिले थुप्रै सहयोगी सक्रिय छन् । काठमाडौंमा केही 'हटलाइन' सेवा उपलब्ध छन् भने केही एफएम रेडियो र टेलिभिजनले पनि फोनबाट प्रत्यक्ष यौन परामर्श सेवा दिइरहेका छन् । अहिले यौनमनोविज्ञ तथा डाक्टरहरूलाई यौनसम्बन्धी समस्या सुनाउनेहरूको संख्या बढ्दो छ । तालिमप्राप्त परामर्शदाता र डाक्टरहरू पीडितको यौन समस्या समाधान गर्न तत्पर रहन्छन् । 
यौनसम्बन्धी खुलेआम छलफल गर्न धक र डर मान्ने नेपाली समाजमा त्यससम्बन्धी परामर्श सजिलो माध्यम बन्दै छ । तीन वर्षदेखि नेपाल वान टेलिभिजनको यौन समस्याबारे छलफल गरिने दैनिक कार्यक्रम 'रात परेपछि'मा फोनकर्ताका यौन समस्या समाधान गरिरहेका डाक्टर समन रुपाखेती फोनमा कतिले सामान्य समस्या सुनाउने गरेको त कतिले असामान्य लाग्ने खालका घटना प्रस्तुत गर्ने गरेको सुनाउँछन् । जस्तो एक युवाले केहीअघि 'रात परेपछि'मा फोन गरेर यस्तो समस्या सुनाए, 'मलाई एक दिन अचानक सेक्स गर्ने इच्छा भयो । तर, मेरो गर्लप|mेन्ड थिएनन् र सम्पर्कमा कुनै केटी पनि । अति नै भएपछि मैले मेरो छिमेकको १३ वषर्ीय एकजना केटालाई बोलाएँ र थोरै पैसा दिएर उससँग सम्बन्ध राखेँ । ऊ खुसी भयो र मौका मिल्यो कि मलाई ऊसँग सम्पर्क गरिहाल्ने बानी बस्यो ।' यस्तो अनुभव सुनाउने २१ वर्षे ठिटाको प्रश्न थियो, 'अब मैले यो बानीबाट कसरी छुटकारा पाउन सक्छु ?' डाक्टर समनले उनलाई 'सेक्स गर्न इच्छा पलाएपछि हस्तमैथुन गर्न' सल्लाह दिए । तर, हस्तमैथुनबाट यौन आनन्द लिनेहरूलाई यी डाक्टरको सल्लाह छ, 'दैनिक हस्तमैथुन गर्नुले कालान्तरमा हानि गर्छ । तर, इच्छा लागेमा सातामा ३/४ पटक गर्दा राम्रो ।'
केहीअघि २२ वर्षे नवविवाहिताले डा. समनलाई भेटेर आफ्नो समस्या राखिन् । उनका ३० वर्षे श्रीमान् प्राध्यापन गर्दारहेछन् । दुवैजना पाँच वर्ष बच्चा चाहँदैनन् । त्यसैले श्रीमान् कन्डम प्रयोग गर्छन् । तर, त्यसले असजिलो पारेको उनले श्रीमतीलाई सुनाएछन् । 'असजिलो भयो भनेर कहिलेकाहीँ त कन्डम नै लगाउनुहुन्न,' फोनकर्ताले सुनाइन् । समस्या सुनेपछि समनले राय दिए, 'बजारमा अनेकथरी अस्थायी साधन छन् । महिला कन्डम, सुई, चक्की आदि । तर, ती जोखिम बाहिरचाहिँ छैनन् । योनिभित्र एक थोपा मात्रै शुक्रकीट खसे पनि गर्भ रहन सक्छ । विर्य योनिबाहिर निकाल्ने -विथड्रल विधि) अपनाए झनै राम्रो । कुन विधि अपनाउने हो तपाईंहरूकै हातमा छ,' डा. समन भन्छन्, 'पढेलेखेका, विज्ञ वा आपसमा छलफल गर्न धक मान्ने पति-पत्नीहरू पनि मलाई समस्या सुनाउँछन् । म उनीहरूसँग छलफल गर्छु र त्यही क्रममा समाधान निस्कन्छ ।' 
केही वर्ष माता मनकामना आरोग्य केन्द्र, पुतलीसडकमा यौनरोगसम्बन्धी काम गरेका डा. समन रुपाखेती अहिले सतुंगल ड्रग सेन्टर, सतुंगल र नवीन फर्मा कीर्तिपुरमा निःसन्तानपन र यौनरोगको उपचार गर्छन् । आफूसँग यौन परामर्शका लागि आउनेलाई उनी प्रत्यक्ष परामर्श सेवा पनि दिन्छन् । समनले भेटेरै वा टेलिभिजनको कार्यक्रममा सयौँलाई परामर्श दिइसकेको बताउँछन् । उनीसँग परामर्श लिन दैनिक १२-१५ जनाले उनलाई भेटेकै हुन्छन् । टेलिभिजनमा, पर्सनल फोनमा वा हस्पिटलमा परामर्श दिने उनी फोनकर्ताको नाम, ठेगाना पूर्णरूपमा गोप्य राख्छन् । त्यसैले परामर्शदातालाई गरिएका हरेक फोन गोप्य रहने बताउँछन् उनी । 'म सकेसम्म टेलिभिजनको कार्यक्रममा फोनमा समस्या राख्नेलाई भेट्न चाहन्न । तर, समस्या निकै गम्भीर रहेछ भने मात्रै भेट्छु ।' भेटेरै परामर्श लिन आउने बिरामी सुरुमा आफूलाई यौन समस्या सुनाउन निकै हिचकिचाउने, डराउने वा अनुहार रातो बनाएर धक मान्ने गरेको उनी सुनाउँछन् । त्यस्तालाई सुरुमा काउन्सिलिङ गर्दै गएपछि विस्तारै खुल्दै आउने गरेको उनको अनुभव छ । 
डा. समन रातमा गरिने यौनसम्पर्कले बढी सन्तुष्टि दिने बताउँछन् । उनी पुरुषको याैनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्ने अनि सेलाउने र महिलाको चाहिँ तातेको ताप्केजस्तै विस्तारै आउने बताउँछन् । 
निःसन्तानपनका समेत विज्ञ डाक्टर समनलाई बिरामीहरू निःसन्तानपन र शीघ्र स्खलनको समस्या लिएर भेट्न आउँछन् । मानिस शीघ्र स्खलन, यौन उत्तेजनामा कमी, महिलाको यौनांगको आकार खुकुलो -ठूलो, सानो, लामो), लिंगको छाला च्यात्तिएको, गर्भावस्थामा यौनसम्पर्कले गर्भ तुहिएको, विवाहपूर्व र विवाहपछि यौनसम्पर्क, लिंग र वक्षस्थलका आकार, गर्भाधान आदिबारे बढी जिज्ञासा लिएर आउने गरेको उनी सुनाउँछन् । उनी आफूले सुन्दा पनि जिब्रो टोक्नुपर्ने खालको समस्या पनि सामना गर्ने गरेको सुनाउँछन्, 'समलिंगी, पशुकरणी, हाडनाता करणी, सामूहिक यौन र बहुपुरुष/महिलासँग यौन सम्बन्धजस्ता समस्या पनि आउँछन् ।' 'रात परेपछि'मा बालकदेखि वृद्धसम्मले सम्पर्क गर्छन् । जस्तो एक जना १३ वर्षेले आफ्नो जनेन्दि्रयबारे सोधेका थिए भने ५२ वर्षेले यौनइच्छा घट्दै गएकोमा खुवै दुःखमनाउ गरेका थिए । 
यौनसम्बन्धी धेरैजसो मानिसमा चेतनाको कमी र लापरबाहीले मुख्य भूमिका खेल्ने गरेको उनी बताउँछन् । एक ३५ वर्षे विवाहित व्यापारी यस्तै अज्ञानताको सिकार भएका थिए । श्रीमतीसँग मात्रै यौनसम्पर्क गर्ने गरेका उनलाई कम्मर दुख्दैमा, पिसाब पोल्दैमा साथीहरूले एचआइभी भयो भनिदिएछन् । यसले उनलाई दिनुसम्म तनाव दियो । उनले डा. समनलाई भेटेर सीधै 'डाक्टरसाब मलाई एचआइभी भयो' भने । उनले रगत जाँच गरे र रिपोर्टमा 'नेगेटिभ' देखियो । तर, पनि उनको शंका हटेन । उनले आत्महत्या गर्नेसम्मको सोच बनाए । समनले थुप्रैपटक काउन्सिलिङ गर्नुपर्‍यो । २ वर्षसम्म 'एन्टिडिप्रेसन टि्रटमेन्ट' गरेपछि मात्र उनी सामान्य भए । 
त्यस्तै एक २३ वर्षे अविवाहित विद्यार्थी साथीहरूको लहैलहैमा यौन व्यवसायी महिलासँग असुरक्षित यौनसम्पर्कमा होमिए । अनि आफूलाई एड्स लागेको शंकामा दिनरात आँसुमा डुब्न थाले । चुरोट र रक्सीको लत सुरु गरे । पढाइमा ध्यान दिन छोडे । घरमा विवाहको कुरा आउँदा पनि टाढा-टाढा भाग्न थाले । उनले 'रात परेपछि'मा फोन गरेर डा. समनसँग आफ्नो समस्या राखे । उनको सल्लाहमा एचआइभी परीक्षण गर्दा 'नेगेटिभ' देखियो । उनले पछि विवाह गरे र आफ्नो पढाइ पनि सुचारु अघि बढाइरहेका छन् । 
'रात परेपछि'मा एक १७ वर्षे आफ्नो लिंग सँगै पढ्ने साथीको भन्दा सानो भएको बताउँदै त्यसमा हस्तमैथुनले केही रोल खेल्छ कि खेल्दैन र यौन सन्तुष्टिमा ठूलो लिंगको के भूमिका हुन्छ भनेर सोध्दैथे । डा. समनको सल्लाह थियो, 'सबैको यौनांग उस्तै र उत्रै हुनुपर्छ भन्ने हुन्न । ठूलो लिंग हुँदैमा सन्तुष्टि हुन्छ भन्नु भ्रममात्रै हो । यसमा कुनै सत्यता छैन ।' केही युवती आफ्नो स्तन साथीको भन्दा सानो भएकोमा चिन्ता लिने गरेको र आफूसँग स्तन ठूलो बनाउने उपाय बताइदिनुपर्‍यो भन्दै आउने गरेको उनी बताउँछन् । केही युवती स्तन ठूलो हुँदा पनि पीर मान्ने गरेको र सानो बनाउने उपायको खोजी गर्दै आउने गरेको उनको अनुभव छ । केटीहरू पनि हस्तमैथुनको समस्या सुनाउन आउँछन् उनलाई । उनीहरू प्रायः बजारमा पाइने सस्ता सेक्स टोय र मसाज गर्छन् र यदाकदा औंला प्रयोग गर्छन् । अनि योनि कालो देखिएपछि आत्तिएर डाक्टर वा परामर्शदाताकहाँ पुग्छन् ।
'मेरोमा आइपुगेका यौन समस्यालाई अध्ययन गर्दा धेरैजसो महिलाले विवाहपूर्व यौन सम्बन्ध राखेको पाइयो । उनीहरू सुरक्षित यौनबारे बुझ्न चाहन्थे,' उनी भन्छन् । पछिल्लो समय परामर्श लिनेको संख्यामा वृद्धि भएको उनी बताउँछन् । उनीसँग परामर्श लिन कहिलेकाहीँ नेपालमै बसेर काम गरिरहेका विदेशी र उच्चपदस्थ व्यक्तिहरू पनि आउँछन् । उनको अनुभवमा महिलाहरू विशेषतः वक्षस्थलको बनावटलाई लिएर चिन्तित हुन्छन् र पुरुषहरू लिंग उत्तेजित नहुने कुरामा आत्तिने गर्छन् । पुरुषहरू महिलालाई उत्तेजित बनाउन के गर्नुपर्छ भनेर सोध्छन् । 'महिला कानको लोती, घाँटीपछाडिको छाला, ओठ, आँखा, स्तन, नाइटो, पेट, तिघ्राको मासु, यौनांगको स्पर्शले बढी उत्तेजित हुन्छन्,' उनी भन्छन् । 
टेलिभिजनमा कहिलेकाहीँ परामर्शदाता र प्रस्तोताले 'ब्लफ कल'को समेत सामना गर्नुपर्छ, जसमा फोनकर्ताले अश्लील कुरा गर्न थाल्छन् । यौनसम्बन्धी जटिल समस्या सम्हाल्न पोख्त भइसकेका प्रस्तोता र डाक्टर यस्ता 'ब्लफ कल'को उचित व्यवस्थापन गर्न पनि पारंगत भइसकेका छन् । 
डा. समन यौन परामर्श सुविधालाई अझ व्यापक बनाउनुपर्ने बताउँछन् । 'बन्द समाजको कारण हामीकहाँ पनि यौन विकृति झांगिन थालेका छन्,' उनी भन्छन्, 'बजारमा छ्याप्छ्याप्ती पाइने अश्लील फिल्म र किताबबाट धेरै युवा कुमार्गतिर पनि लागेका छन् । किशोर/किशोरीलाई यौनबारे जति जिज्ञासा बढेको छ त्यसभन्दा भ्रम धेरै छ ।'
यौनसम्बन्धी केही भ्रम 
 कुमारी केटीसँगको संसर्गले पुरुषलाई लागेको असाध्य रोग पनि निको हुन्छ ।
 दैनिक हस्तमैथुनले लिंग सानो बनाउँछ ।
 विशेष खाना र अभ्यासले लिंगको आकार वृद्धि हुन सहयोग पुग्छ ।
 पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी)ले पुरुषलाई नपुंसक बनाउँछ ।
 महिलाको तुलनामा पुरुषको यौनशक्ति बढी हुन्छ ।
 रजोनोवृत्तिपछि महिलाको यौनजीवन समाप्त हुन्छ ।
 पहिलो यौनसम्पर्कमा महिलाको योनिबाट रगत अनिवार्य निस्कनुपर्छ ।
 रजस्वला भएको समयमा यौनसम्पर्क राख्नु असुरक्षित र अव्यावहारिक हुन्छ ।
 पहिलोपटकको यौनसम्पर्कले महिला गर्भवती हुँदैनन् । 
 स्तनपान गराउँदै गरेकी महिला गर्भवती हुन्नन् ।
 यौनसम्पर्कको वेला योनिबाहिर विर्य निकाल्दा महिला गर्भवती हुन्नन् । 
 निद्राको समयमा चरमोत्कर्षमा पुग्नु वा स्वप्नदोष हुनु समस्या हो ।
 ठूलो लिंग भएका पुरुषबाट महिला बढी सन्तुष्ट हुन्छन् ।
सफल यौनजीवनका केही टिप्स
 यौनसम्पर्कका लागि शारीरिक तथा मानसिक रूपमा तयार रहनुहोस् । 
 यौनसम्पर्कको वेला कोठालाई न्यानो बनाउनुहोस् ।
 यदि तपाईंको महिलासाथीलाई टाउको दुखेको छ भने उसलाई यौनसम्पर्कको माध्यमबाट चरमोत्कर्षमा पुर्‍याउनुहोस् जसले टाउको दुखाइ निको हुनेछ ।
 कन्डम तथा अस्थायी साधनको प्रयोग गर्नुहोस् ।
 व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस् ।
 हतारमा सम्पर्क नराख्नुहोस् । यौनसम्पर्कअघि फोर प्ले विधि अपनाउनुहोस् ।  महिलाको कानको लोती, घाँटीपछाडिको छाला, ओठ, आँखा, स्तन, नाइटो, पेट, तिघ्राको मासु, यौनांगको स्पर्श गर्नुस् जसले महिला उत्तेजित हुन्छन् र चरोमत्कर्षमा पुग्छन् । 
 यौनसम्पर्कमा विभिन्न आसनको प्रयोग गर्नुहोस् ।
 हप्ताको तीनपटक सम्पर्क राख्ने गर्नुहोस् । 
 दैनिक हस्तमैथुन गर्नाले कालान्तरमा हानि गर्छ । तर, इच्छा लागेमा सातामा ३/४ पटक गर्दा राम्रो ।

spkt.deepak@gmail.com

Read More......

Saturday, April 9, 2011

आयो बर्ड फ्लु नलाग्ने कुखुरा

0 comments

मान्छेले चाहे के असंभव रहेछ त ? हरेक वर्ष बर्ड फ्लुको आतंकले हैरान परेका थिए मानिस । अब भने ढुक्क हुने भएको छ । वैज्ञानिकहरूले बर्ड फ्लु नलाग्ने कुखुराको नष्ल तयार पार्न सफल भएका छन् । फोटोमा देखिएको यो घच्चीको भाले पनि त्यसैगरी हुर्किएको हो ।

वैज्ञानिकहरूले कुखुराको वंशलाई नै बदलिदिएर बर्ड फ्लु नलाग्ने बनाइदिएका हुन् । विभिन्न खाले चराहरुमा फैलिँदै यो रोग मान्छेमा नसरोस् भनेर यस्तो कुखुरा निकालिएको हो । अब बिना डर त्रास कुखुराका सपेटा खान पाइने, मानिसमा सरेर लाग्ने उपचार खर्च जोगिने, सास्ती भोग्नु नपर्ने र कुखुरामा लागेर लाखौँ लाख क्षति ब्यहोर्नु नपर्ने आशा वैज्ञानिकहरूले गरेका छन् ।

वैज्ञानिकहरूको अनुसन्धानमुलक पत्रीका साइन्सका अनुसार युरोपेली वैज्ञानिकहरूले कुखुराको वंशालाइ नै केही बदलिगरिदिएर वा नष्ल लाई अलिकति बदलिदिएर बर्ड फ्लु नलाग्ने बनाएका हुन् । क्याम्ब्रिज र एडनबर्गका वैज्ञानिकहरूले यो नष्ल बदलिएको कुखुरामा बर्ड फ्लु लाग्न सक्ने तर अरूमा भने नसर्ने दाबी गरेका छन् ।

हुनत यो बर्ड फ्लु मुख्य गरि चरामा र खासगरी कुखुरामा लाग्छ । तर मानिसमा सरेपछि श्वास प्रश्वास लगायतका अन्य समस्या ल्याउँछ । मानिसमा सरेको घटना सन् १९९७ मा हङकङमा फेला परेको थियो । सन् २००४ मा मलेशिया, भियतनाम लगायत विश्वका थुप्रै ठाउँमा देखा परे ।

अहिले तयार पारेका कुखुरा भने उनीहरूले मानिसले खाने अवस्था भैनसकेको र उनीहरू अनुसन्धानको प्रारम्भिक चरणमै रहेको बताएका छन् । आफूहरू बर्ड फ्लु लाग्दै नलाग्ने मानिसले खान हुने कुखुराको विकास गर्ने चरणमा रहेको अनुसन्धानमा संलग्न क्याम्ब्रिज विश्व विद्यालयका लोरेन्स तिलेले बताए । अहिले उनीहरूले उत्पादन गरेका कुखुरा अनुसन्धानका लागि मात्रै भएको उनीहरूको भनाई छ ।
बर्ड फ्लु लाग्ने जुन अनुवंशिकि (जिन) हुन्छ त्यसलाई नै निर्मूल गरिदिने प्रविधि भेट्टाएका हुन् । उनीहरूले विकास गरेका कुखुरामा बर्ड फ्लुको जीवाणु राखि दिएर अरू कुखुरासँग छोडीदिँदा नश्ल बदलेको र नबदलेको कुनै पनि कुखुरामा नसरेको निर्क्यौल भएपछि यो तथ्यलाई बाहिर ल्याएको दाबी गरेका छन् । बर्ड फ्लु ठूलो समस्याका रूपमा रहेका क्षेत्रमा यसले आर्थिक सुधार र मानवीय स्वास्थ्यमा ठूलो सहयोग पुग्ने आसा वैज्ञानिकहरूको छ ।

Read More......

मोटी हुनुहुन्छ ? घट्ने भो स्मरणशक्ति !

0 comments

मोटी महिला देख्दा पहिले पहिले खाइलाग्दो, स्वस्थ ठानिन्थ्यो । ड्याम्मको खाइ लाग्दो छ शरीर। ह्रिस्टपुस्ट छे ।  पातलो शरिर देखेपछि खाने बेलामा लखेटे जस्तो  भन्नेहरु अझैपनि प्रशस्तै भेटिन्छन् । भारतका कतिपय ठाउँमा अझैपनि भुँडी लागेको, मोटो शरीर भएकालाई सम्पन्न, सुख पाएको, दाम भएको ठानिन्छ । तर अहिले ? शरीर धेरै मोटाउँदा विभिन्न खाले रोग लाग्न सक्ने डर त छँदैछ, वैज्ञानिकहरूको अध्ययनले भने मोटा मान्छेको स्मरण शक्ति कमजोर हुन्छ भन्ने पत्ता लागेको छ । वैज्ञानिकहरूले विभिन्न मानिसको स्मरण शक्ति परीक्षण गर्दा शरीरमा थोरै मात्रामा मोटोपन ब्रिद्दी हुँदै जाँदापनि त्यसैका अनुपातमा स्मरण शक्ति ह्रास हुने पत्ता लाग्यो । अर्थात् शरीरमा हुने मोटोपनको एकाई ‘बडी मास ईन्डेक्स’ (बि एम आई) को मात्रा जति ब्रिद्दी हुन्छ त्यसैको अनुपातमा स्मरण शक्ति ह्रास हुने रहेछ ।
धेरै मानिसहरूलाई उच्च कोलेस्टोरेल, मुटुको रोग,क्यान्सर, रक्तचाप का बारेमा जानकारी थियो जुन मोटोपनसित संबद्द हुन्छ । तर मोटोपनले स्मरण शक्ति नास घटाउँछ भन्ने जानकारी चाहिँ थिएन । यो हालसालै भएको नयाँ अनुसन्धानबाट पत्ता लागेको हो ।
यो तथ्य पत्ता लगाउन अमेरिकाको नर्थ वेस्टर्न विश्वविद्यालय र पिटर्स्बर्ग विश्वविद्यालयका केही अनुसन्धानकर्मीहरुले ८,७४५ महिलाहरूमाथि परीक्षण गरेका थिए । ती महिलाहरू ६५ र ७९ वर्षे उमेरका थिए । ती सबैलाई केही प्रश्नहरू दिईएको थियो जसमा तिनको दैनिक खानपान, स्वास्थ्य अवस्था र समग्ररुपमा जिउने तरिकाबारे सोधिएको थियो । परीक्षण पछि मोटोपन बढ्दै जाँदा स्मरण शक्ति ह्रास हुँदै जाने पत्ता लाग्यो ।
अनुसन्धानबाट केपनि पत्ता लाग्यो भने  कम्मरको तुलनामा पुट्ठामा भएको बढि मोटो पनले तुलनात्मकरुपमा बढि स्मरणशक्ति घटाउँछ । तर मोटोपनले कसरी दिमागको कार्यप्रणालीलाई प्रभाव पार्छ भने चाहिँ वैज्ञानिकहरूले स्पष्ठ बुझ्न सकेका छैनन् । तर उनीहरूले के आशंका गरेका छन् भने बढि मोटाउँदा त्यसले शरीरको  रागरस (हर्मोन) को मात्रालाई प्रभावित गर्छ र त्यसले दिमाखलाई प्रभावित गर्छ । उनीहरूले के पनि आशंका गरेका छन् भने अनावश्यक रूपमा मोटाउँदै जाँदा त्यसले समग्ररुपमा सम्पूर्ण भागलाईनै प्रभावित पार्छ ।
प्रेस्क्रिप्सन फर न्युट्रिस्नल हेलिङ भन्ने स्वास्थ संबन्धि पुस्तकका लेखक फिलिस ए बाल्चका अनुसार यसरी मोटाउँदै जानुको कारण कमजोर पोषण, खानपानको बानी र तरिका अनि व्यायामको अभावलाई औँल्याएका छन् । बजारमा तयारी अवस्थामा किनेका खानेकुरा नखाने, खानपानको तरिकामा परिवर्तन गर्ने र नियमित अतिरिक्त शारीरिक ब्यायाम गर्ने हो नियन्त्रण गर्न सकिने बताएका छन् ।

Read More......

ढुङ्गामा पनि रौ उम्रे पछि

0 comments

मानिस, जनावरलगायत अन्य पक्षीहरुको शरिरमा रौँ आएको त देखेकोसुनैकै हो । शरिरको सुरक्षा कवजको रुपमा काम गर्ने रौँ प्रकृतिले प्राणीहरुलाई दिएको एक बरदान नै हो । तर के ढुङ्गाजस्तो निर्जिव वस्तुमा पनि रौँ पलाउन सक्ला ? धेरैलाई विस्वास पनि नलाग्ला कि रौँ उम्रने ढुङ्गा पनि हुन्छ । 

चीनको एक तटिय क्षेत्रमा हालै रौँसहितको ढुङगा भेटिएको छ ।बाहिरबाट झट्ट हेर्दा गिट्टी आकारको देखिने यस किसिमको रकलाई बैज्ञानिकहरुले ‘कपाल उम्रने ढुङगा’ नाम दिएका छन् । चिल्लो र गोलाकार रहेको यस ढुङगा र रौँको रङ्ग उस्तै खैरो रहेको छ । मानिसको भन्दा अलि खस्रो रहेको ढुङ्गाको रौँ १५ सेन्टिमिटर (६ इन्च) रहेको र अहिलेकै अवस्थामा कायम भएमा अझै बढ्दै जाने बिज्ञहरुले बताएका छन् । यद्यपी, संसारमा रौँ भएको यो ढुङ्गा पहिलो भने होइन । यसअघिनै रौँ युक्त यस्तै खाले दुई ढुङगा ताइवानको संग्राहलयमा राखिएको छ ।
अदभूत प्रकृतिको उक्त ढुङ्गालाई हाल बेजिङको जोङगुवान गाउस्थित फेसन रक भवनमा प्रदर्शनीको लागि राखिएको छ । ढुङ्गा ३० से.मी. लामो, २० से.मी. चौडा र १५ से.मी. अग्लो रहेको छ । निर्जिव वस्तुमा पनि रौँ आउनु प्रकृतिले बिज्ञानलाई दिएको ठाडो चुनौति हो । यस रहस्यले बैज्ञानिकहरुलाई फेरि गहन अध्ययन गर्न बाध्य बनाएको छ ।

Read More......

Friday, March 25, 2011

कस्तो अनौठो चलन!

0 comments

चन्द्रश्वर बस्ताकोटी
 मुस्ताङ । धेरैलाई लाग्न सक्छ मुस्ताङको चैले गाउँमा भेला भएका छुसाङ गाबिस घ्याकरका बासिन्दा जुवा खेलीरहेका छन् । तर तपाईले गरेको यस्तो अनुमान गलत पनि हुन सक्छ ! यहाँ कुनै सामाजीक काम गर्नुप¥यो भने जुवा खेले झै गरि हार्ने र जित्नेलाई सोही अनुसार कामको बाँडफाड गर्ने प्रचलन छ ।
     
कुनै सामुहीक काम गर्दा सबै भन्दा पहिले गर्नुपर्ने कामलाई क्रमसंख्याको आधारमा १ देखि ६ सम्म वर्गीकरण गरिन्छ । ६ जना ले पालैपालो पासा खेल्छन् । जति संख्याको पासा पल्टियो सोही नम्बरको काम गर्नुपर्ने अनौठो चलन छुसाङ गाबिसको वडा न. ८ घ्याकरका बासिन्दाहरूका लागि भने सामान्य भएको स्थानियबासी सन्टुक गुरूङले बताए ।

भारी बोक्ने देखि बाटाघाटा निर्माण गर्ने सम्मका सामाजिक काम स्थानियबासीले यसैगरि गर्ने गर्छन् । सजिलो काम गर्न सबैको होडबाजी हुने तर असजिलो काम गर्न कसैले स्विकार नगर्ने भएकाले शताब्दी आंै पहिले देखि स्थानियबासीले यस्तो चलनको सुरुआत गरेको गुरूङ बताउँछन् ।

पासा पल्टाएर कामको छनोट गर्ने यो चलन छुसाङ गाबिसको घ्याकर गाउँमा मात्र छ । यति बेला स्थानियबासीहरू बिद्यालय भवन निर्माणका लागि फर्निचर लिन चैले आएका हुन् । शारीरीक अवस्थाले नसक्ने काम पनि पासा प¥यो भने गर्नैपर्ने हुन्छ । यस चलनका कारण सामाजिक काम गर्दा घरको कमजोर सदस्यलाई पढाउनेहरु निरुत्साहित भएका छन भने घ्याकरमा बसोबास गर्ने ५० घर परिवार यस्तो चलनका कारण सामाजिक काम गर्दा कुनै बिवाद नआउने बताउँछन् ।

कतिपय ठाँउमा स–साना सामाजिक काम गर्दा पनि आपसी बिवादमा कारण ठप्प बन्ने गरेका छन् । यस्तो अवस्थामा दुर्गम हिमाली जिल्ला मुस्ताङको घ्याकर गाउँका बासिन्दाको यस्तो चलनबाट सबैले  सकारात्मक पाठ सिक्नु आवश्यक छ ।

Read More......

Thursday, March 24, 2011

मुस्ताङको चिमाङमा अचम्मको आरु

0 comments


चन्द्रश्वर बस्ताकोटी
 तपाईले आरुको बोटमा बर्षमा कति पटक फुल फुलेको देख्नु भएको छ ? तपाई कहिले काहि कुनै ठाउमा नसुनेका कुरा देखेरै अचम्ममा पनि पर्न सक्नुहुन्छ ! बर्षमा एकपटक फुल फुल्ने र फल लाग्ने आरु लगायत धेरै थरीका फलफुलको प्राकृतीक नियम नै हो । तर मुस्ताङको टुकुचे गाबिस चिमाङ गाउँ स्थित निलगीरी प्राथमिक बिद्यालय परिसरमा रहेको पुरानो आरुको बोटमा बर्षको तीन पटक फुल फुल्ने गर्छ ।

हरेक बर्ष  ३ पटक कात्तिक, पुस र चैत महिनामा यस बोटमा आफुले थाहा पाउँदा देखि नै फुल फुल्ने गरेको स्थानिय ८२ बर्षिय बृद्ध लालबहादुर थकालीले बताउदै भने बाजेले भनेका उहाका बाजेहरुका पालमा पनि पुजा गर्ने ठाउँको यो रुख यस्तै पुरानो र तिन पटक फुल फल्ने थियो रे ।  आफु सानो छदा आफ्ना हजुर बुवाहरुले पनि रुख यस्तै देखेको र उहाहरुका बावुबाजेले पनि रुख यस्तै देखेको बताउने बृद्ध थकाली परापुर्वकाल देखीनै रुखको फेदमा पुजाआजा गर्ने गरेको बताउनु हुन्छ । रुख कति बर्षको भयोहो भन्ने प्रश्नमा आरुको रुख १हजार भन्दा बढि बर्ष पुरानो भएको बृद्ध थकालीले दावी गर्नु भयो ।

बर्षमा तीन पटक फुल फुल्ने गरे पनि फल भने एक पटक मात्र लाग्ने गरेको छ । यस बोटमा लागेको फल अन्य बोटको भन्दा बढी गुलियो स्वादको हुने स्थानियबासी बताउँछन् । प्रकृतीलाई नै चुनौती दिइरहेको यस आरुको बोटले स्थानियबासी मात्र नभएर कृषी प्राबिधीकहरूलाई पनि आश्चार्यमा पार्ने गरेको छ । यसबोटलाई राम्रो लक्षिणको भएको भन्दै भगवान सम्झेर स्थानियबासीले नियमीत पुजाआजा गर्ने गर्छन् । स्थानियबासीन्दाबाट रुखलाई संरक्षण गरिदै आएको छ । 

कृषीसग सम्वन्धित  बिज्ञहरुकालागि पनि चासोको बिषय भएकाले रुखको ब्यापक प्रचार प्रसार गर्नु पर्ने चिमाङ गाउका इन्द्र बहादुर थकाली बताउनु हुन्छ ।

Read More......

Tuesday, March 22, 2011

मुला मान्छेहरुलाई मासु भए भैहाल्यो यार

0 comments


चैत ८ रूकुम ।
रुकुमको सिम्ली गाविसमा बहुला कुकुरको विगविगि वढेको छ । गाविसको १ र २ नम्वर वडामा हीजोदेखि आज सम्म ११ जना मानिस तथा ११ ओटा पशुचौपायालाई पनि टोकेको छ ।

कुकुरलेटोकेकाहरुमा प्रकाश ओली, धनकुमारी ओली, विनाराम भन्डारी, कर्णबहादुर विक, मनवीरदमाइ, निर्मला घर्ती रहेका छन् भने वाँकीको नाम खुल्न सकेको छैन । घाइतेहरुको जिल्लाअसपत्ताल सल्लेमा उपचार भैरहेको बताइएको छ ।

बहुलाकुकुरले टोकेको एउटा भेडाको मासु ६५ जना मानिले खाएको स्थानिय व्यापारी चक्र केसीलेजानकारी दिनुभयो । जथाभावी मान्छे, पशुचौपाया टोक्दै हिड्ने कुुकुरलाई प्रहरी,स्थानियवासी र विद्यार्थीहरुको पहलमा मारीसकिएको जानकारी पनि केसीले दिनुभयो । 

Read More......

Friday, March 18, 2011

खच्चर बेचेर ट्याक्टर किन्नेको लर्को

0 comments






शेरबहादुर के.सी. चैत ४ रूकुम।
रुकुम जिल्लाका एक दर्जन भन्दाबढी स्थानमा ग्रामिण तथा कृषि सडक निर्माण भएपछि खच्चर बेचेर टयाक्टर किन्नेको संख्या बढेको छन् । गाउ गाउमा ग्रामिण तथा कृषि सडक ग्रामिण भएपछि खच्चर व्यवसाय ओझेलमा परेको भन्दै ब्यबसायीले खच्चर बेचेर टयाक्टर किन्न थालेका छन् । सडक नपुगेका पहाडका ठाउमा बर्षौदेखि यातायातका प्रमुख साधनका रुपमा चिनिने खच्चर रुकुमका ग्रामिणवस्तिमा सडक पुगेपछि खच्चरबाट ढुवानी गर्दा महङगो हुने र ढिलो हुने भएपछि खच्चर बेचेर टयाक्टर किन्न थालेको कोल५ का रामबहादुर बुढाले बताउनुभयो । बिगतका बर्षमा खच्चरबाट राम्रो  आम्दानी हुने भएपछि पैतिस वटा खच्चर पालेका मेकोट४ का लोकबहादुर बुढाले खच्चरव्यवसाय छाडेर टयाक्टर किन्नुभएको छ । विगतका बर्षमा खच्चर व्यवसायबाट वार्षिक सात लाख रुपैैया कमाउने लोकबहादुरले, सडक पुगेपछि यसबर्ष खच्चर पाल्ने र दाना खुवाउने मात्र गर्दा ७ लाख रुपैयाघाटा लागेको बताउनुभयो । ट्याक्टरबाट दैनिक पच्चीसहजार सम्म आम्दानी हुने गरेको उहाँको भनाई रहेको छ ।  तकसेराका मानवहादुर वुढामगर पनि खच्चर वचेर ट्याक्टर किन्नुभएको छ । आधुनिक जमानामा खच्चर पालन व्यवसायबाट खासै फाईदा नभएकाले यो व्यवसाय त्यागेको जानकारी दिनुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae