Sahara Sansar

Saturday, May 14, 2011

अनेमसंघ क्रान्तिकारी गोरखाको जिल्ला भेला सम्पन्न


अनुप बाबु श्रेष्ठ 
बैशाख ३१ गोरखा। अखिल नेपाल महिला संघ क्रान्तिकारी गोरखाको आठौ जिल्ला सम्मेलन पछिको प्रथम जिल्ला भेला  सम्पन्न भएको छ  । अनेमसंघ क्रान्तिकारी  जिल्ला अध्यक्ष शोभा लामीछानेको अध्यक्षतामा सम्पन्न भेलाले पुनः शोभा लामिछानेको अध्यक्षतामा सचिव पछि चयन गर्ने गरी पचासी सदस्यीय नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । नवगठित कार्यसमितीको उपाध्क्षमा अञ्जु कुमाल, सह–सचिव मिरा अधिकारी र कोषाध्यक्षमा निर्मला अधिकारी लगायत रहनुभएको छ । 

निर्माण व्यवसायिको हलमा भएको भेलामा बोल्दै प्रमुख अतिथी एवं अखिल नेपाल महिला संघ क्रान्तिकारी का केन्द्रिय सचिव अमृता थापाले पुराना रुढिवादि परम्परमा विश्वास र पुरुष वर्चस्व तथा पितृ सतात्मक प्रवृतिको विकासले गर्दा महिलाहरु पछाडि परेको बताउनुभयो । महिला अधिकार प्राप्तीको लागी शसक्त भएर क्रान्तीमा अगाडि बढ्नुपर्ने र संघर्षमा सकारात्मक सोच आवश्यक रहेको उहाँको भनाई थियो ।

 कार्यक्रमा गोरखा जिल्ला क्षेत्र नं. १ का सभासद पार्वती थापाले महिलालाई अधिकार कसैले नदिने हुदा खोसेर नै लिनुपर्ने बताउनुभयो । उहाँले महिलामा एकता र जोस जाँगर भए मात्र  महिलामुक्ति आन्दोलन सफल हुने दावी गर्नुभयो । 

कार्यक्रममा जिल्लाका १३ वटै ईलाकाका इलाका अध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तमुवान राज्य समिती सचिवालय सदस्य भगवती तिवारी, राज्य समिती सदस्य लेखबहादुर थापा लगायतले महिला अधिकारको बारेमा चर्चा गर्नुभएको थियो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae