Sahara Sansar

Showing posts with label विद्युत. Show all posts
Showing posts with label विद्युत. Show all posts

Friday, April 15, 2011

देशमा १४ घण्टा लोडसेडिङ,गाउँमा विद्युत खपत हुन सकेन

0 comments

एसवी गौतम वैशाख ३ सिन्धुली

देशले १४ घण्टाको लोडसेडिङको मार खेपिरहेको वेला सिन्धुलीको दुर्गम गाविस लाम्पानटारका वासीन्दाभने उत्पादित विद्युत खपत नभएका कारण चिन्तित भएका छन । गाविसको कन्याखोलामा खेर गइरहेको पानीवाट एकवर्ष अगाडी १२।५ किलोवाट विद्युत उत्पाद भइरहेको भएपनि उत्पादित विद्युत गाउमा खपत हुन नसकेको योजना समितिका अध्यक्ष अर्जुन वहादुर तामाङले दिनुभयो ।
  विद्युत उत्पादगर्न सफल भएपनि उत्पादित विद्युत खपत हुन नसक्दा स्थानियवासीहरु चिन्तित बनेको अध्यक्ष तामाङले वताउनुभयो । एकवर्ष अधि निर्माण कार्य सम्पन्न भएको योजनावाट लाम्पानटार गाविसका १४५ र ६ नम्वर वडाका वासिन्दाले उपभोग गर्दै आएका छन । स्थानियवासीबाट करिव ४ किलोवाट विद्युतमात्र खपत हुने भएकाले अन्य ८ किलोवाट विद्युत खेर गइरहेको अध्यक्ष तामाङले जानकारी दिए । गाउँमा विद्युत खपत हुने कलकारखानामिल र मनोराजनका साधन टेलिभिजन लगाएतका साधन नभएकाले विद्युत खपत हुने नसकेको स्थानियवासी ज्ञाव बहादुर आलेले वताए ।
 स्थानियवासीले उज्यालोको लागि साधरणतया ९ वाट सम्मको चिम प्रयोग गर्ने हुनाले विद्युत खपत नभएको उहाँको भनाइ रहेको छ । स्थानियवासीले विद्युत खपत गर्न नसकेपछि दिउसभरी विद्युत उत्पादन कार्यवन्द गर्ने र साझ देखि विहानको समयमा मात्रै विद्युत उत्पादन गर्ने गरेको अध्यक्ष तामाङले वताउनुभयो ।
उत्त योजनाको लागि वैकल्पिक उर्जा पर्वदन कन्द्रेको १७ लाख ६२ हजार ५ सय  जिल्लाविकास समितीगाविस र संसद विकास कोषको २४  र स्थानियवासीको श्रमदान गरी ६४ लाख ३२ हजार ५सय रुपैयाको लागतमा योजना सम्पन्न भएको उर्जा क्षेत्र सहयोग कार्यक्रमका इन्जिनियर नन्दकुमार ओझाले वताउनुभयो ुरातको समयमा छिमेकी गाविसमा झिलिमिलि विजुली वलेको देखिन्छुतर आफ्नु गाउँ अध्यारो देख्दा आम्वोटे निवासी कृष्ण वहादुर आलेलाई भने रातभरी निन्द्रा लाग्न छोडेको छ । छिमे्की गाउमा विद्युत खपत हुन सकेको छैन तर आफुहरुले अध्यारोमा वस्नु परेको छ  खपत हुन नसके्को विद्युत आफ्नो गाउँमा समेत विस्तार गरे गाउँपनि उज्यालो हुने र उत्पादित विद्युत पनि खपत हुने उनले गुनासो गर्नुभयो ।
तत्कालै अन्य गाँउमा विद्युत विस्तार गर्ने कुनै पनि योजना नरहेको योजनाका अध्याक्ष तामाङ बताउछन । यसका लागि प्रकि्रया अलि लामो भएकाले केहि समय लाग्न सक्ने उहाँले जानकारी दिनुभयो ।


Read More......

Sunday, February 6, 2011

लोडसेडिङ्को समय बढ्यो

0 comments

सिर्जना घिमिरे,
 माघ २३ ,पाल्पा ।
 बुटवल पावर कम्पनी आधिखोला जलविद्युत केन्द्रबाट प्रसारण हुने विद्युत लाइनमा लोडसेडिङ्को समय बढेको छ । राष्ट्रिय प्रसारण लाइनसँग विद्युत सन्तुलन गराइ विद्युत आपूर्ति गर्नपर्नेभएकोले लोडसेडिङ्को समय थप गरेको विद्युत प्राधिकरणले जनाएको छ ।  पहिले विहीबार र मंगलबार हुने लोडसेडिङ्को समय बढेर अहिले शनिवार र सोमवार साढे २ घण्टा र आइतवार ३ घण्टा लोडसेडिङ. भएको छ । प्राधीकरणले लोडसेडिङ्को समय १ दिन थप गरेपछि पाल्पाका विभिन्न विद्यार्थी संगठनले विरोध गरेका छन् । 

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae