Sahara Sansar

Monday, May 16, 2011

संविधानको म्याद थप्न नसकिने मधेशी मोर्चाको ठहर

 वैशाख २ रुपन्देही। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने बताएका छन् ।

भैरहवामा सोमबार  गरिएको पत्रकार सम्मेलनमा तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र सदभावना पार्टीका नेताहरुले संविधानसभाको म्याद थप्नुको औचित्य प्रष्टाउन आग्रह गरे । पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवले नेतृत्व गरेको फोरम बाहेक अन्य मधेशी दल संविधानसभाको म्याद थपको विरुद्ध रहेको दाबी गर्नुभयो ।

यसैगरी, फोरम लोकतान्त्रिकका अध्यक्ष  बिजयकुमार गच्छदारले बाकी १२ दिन भित्र शान्ति प्रकृयालाई पूर्णता दिने, कब्जा सम्पत्ति फिर्ता ,सेना समायोजनको खाका र शिबिरमा रहेको हतियार सरकारका मातहतमा ल्याएर संबिधान सभाको म्याद थपको औचित्य प्रस्ट गर्न आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधानसभाको म्याद थप शान्ति र संबिधानका लागी नभई केलब सत्ता र भत्ताका लागी मात्र रहेको आरोप लगाउनुभयो । प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको ७ बुदे सम्झौताले राष्ट्रिय सहमतिको सरकार बन्ने बाटो बन्द गरिदिएको उनीहरुको भनाई थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae