Sahara Sansar

Showing posts with label प्रविधि. Show all posts
Showing posts with label प्रविधि. Show all posts

Monday, June 20, 2011

लघुजलविद्युतले उज्यालो हुदैछ सिन्धुलीका गाउँहरु

0 comments


एसवी गौतम,असार ६ सिन्धुली 

सिन्धुलीको भद्रकाली ५ जुम्लेडाडाँमा साढे एक किलोवाट लघुजलविद्युत उत्पादन कार्य सम्पन्न भएको छ । लघुजलविद्युत आयोजनाको एक कार्यक्रमका विच गाविस सचिव थलकुमार गौतमले उद्घाटन गर्नुभएको हो ।  लघु जलविद्युतवाट जुम्ले डाडाँ आसपासका २० घरधुरी लाभान्वित भएका छन् ।

 आयोजना भद्रकाली गाविसको आर्थिक सहयोगहिमचुली मल्टी परपोज कम्पनी काभ्र वनेपा र स्थानिय जनाताको श्रमदानगरी कुल आठ लाखमा लघुजलविद्युत उत्पादन कार्य सम्पन्न भएको हो । यसअघि भद्रकालीतामाजोरशान्तेश्वरीनेत्रकाली लगायतमा विभिन्न गाउँहरुमा वत्ती वलेको छ भने वस्तिपुर गाविसमा सिन्धुलीकै ठुलो लघुजलविद्युत योजना निर्माण कार्य भईरहेको छ । 

Read More......

Wednesday, April 6, 2011

बायोइन्जिनियरीङ तालिम मुस्ताङमा सम्पन्न

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत २३ मुस्ताङ।नेपालको ग्रामीण बिकासमा कोसेढुगां मानीएको ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपि), जिल्ला आयोजना कार्यालय (डिपिओ) मुस्ताङमा ६ दिने बायोयन्जिनियरीङ तालीम सम्पन्न भएको छ । मुस्ताङ एव मनाङका आरआरआरएसडिपिका इन्जिनियर तथा सब इन्जिीनियरहरुलाई उपलब्ध गराइएको तालीम आयोजना सम्वन्वय इकाई पिसीयु र केन्द्रीय कार्यान्वयन सहयोगी इकाई सिआइएससीले आयोजना गरेका हुन ।

सडकमा वायोइन्जिनीयरीङको आवश्यकता र उपयोगीता सम्वन्धि सैदान्तिक एव प्रयोगात्मक तालीम उपलब्ध गराइएको प्रशिक्षार्थी इजिनियर अमर कुमार श्रेष्ठले बताए । पिसीयुका वातावरण इन्जिनियर जगन्नाथ तिवारी, सिआईएससीका बायोइन्जिनियरीङ बिषेशज्ञ इश्वर सुनुवार, श्रोतब्यक्ति भुगोलबिद नवराज न्यौपाने लगायतले प्रशिक्षण दिनु भएको थियो ।

उक्त तालीममा मुस्ताङका आयोजना प्रमुख इन्जिनियर प्रदिप बहादुर सिह यादब, जिबिसका इन्जिनियर सकलदेव शर्मा, डिआईएसटीका इन्जिनियर अमर कुमार श्रेष्ठ, डिपिओका इन्जिनियर बिश्वरञ्जन मिश्र, डिआईएसटीका इन्जिनियर रबिन दहाल,  डिपिओका सबइन्जिनियर बिनोद केसी तथा मनाङ डिआईएसटीका इन्जिनियर अब्दुल मिया, डिआईएसटीका इन्जिनियर सुरेन्द्र यादब र डिपिओका सबइन्जिनियर भरत सिह यादब गरि ९ जना प्रशिक्षार्थी सहभागी थिए ।

वायोइन्जिनियरीङको तालीम प्राप्त प्रशिक्षाथीहरुले जिल्लामा बिकाससगै हुने बिनासलाई रोक्न महत्वपुर्ण भुमकिा खेल्ने बिश्वास लिईएको प्रशिक्षाथी डिआईएसटीका इन्जिनियर अमर कुमार श्रेष्ठले बताए । बिकाससगै बातावरणमा पर्ने प्रभाबकम गर्न आफुहरु प्रयत्नसिल रहने अर्का प्रशिक्षाथी डिपिओ मुस्ताङका इन्जिनियर बिश्वरञ्जन मिश्रले बताए । जैबिक बनस्पतीको एकल वा सिभिल इन्जिनियरीङसग सम्युक्त प्रयोगबाट भुक्षय रोक्नु नै तालीमको उद्देश्य रहेको मीश्रको भनाइ छ ।

चैत्र १७ गते देखि शुरु भएको तालीम समापनको सभापतित्व स्थानिय बिकास अधिकारी श्यामराज अधिकारी र सचालन डिपिआ मुस्ताङका सबइन्जिनियर कृष्ण प्रसाद उपाध्यायले गरेका थिए ।  

Read More......

Monday, April 4, 2011

फेसवुकको नयाँ रिकार्ड

0 comments






ईन्टरनेट अथवा  कम्प्युटरको प्रयोग धेरै भन्दा धेरै हेर्न र देखाउनको लागि भई रहेको छ चाहे त्यो फोटो होस् वा भिडियो । यसै कुराको पुष्टी भर्खरै चर्चित सामाजिक सन्जाल साईट Facebook मा भएको छ । तपाईं अनुमान लगाउनुहोस् भर्खरै सकिएको newyear weekend 2011 मा युजरहरुले कती जती फोटो upload गरे होलान ?
Facebook का संचालक Mark Zuckerberg कि बहिनी ( उनी facebook को consumer marketing team leads गर्छिन ) Randi Zuckerberg ले Twitter मा लेखेकी छिन यो New Year Eve Weekand मा 750 million (७५ करोड) फोटोहरु upload भएका छन  हालै जुलाई २०१० मा facebook ले भनेको थियो each day 100 million photos हरु upload हुन्छन ।
यो कुरा अझै थाहा छैन कि कती facebook users हरुले कती फोटोहरु स्टोर (upload) गरेका होलान भनेर तर तपाईं अनुमान लगाउनुहोस् यदि हरेक युजरले on average मा 100 फोटोहरु upload गरेका छन भने 500 million युजर हरुले 50 billion त पुर्याएकै होलान । यसको मतलब 50 billion फोटोहरु मात्रै facebook को सर्भरमा स्टोर भईसकेका छन ।  जबकी चर्चित फोटो sharing साईट Flickr ले सेप्टेम्बर २०१० मा भनेको छ " हाम्रो युजर हरुले अहिले सम्म 5 billion फोटोहरु upload गरिसकेका छन । "

Read More......

Sunday, April 3, 2011

स्मार्ट टेलिकमद्वरा सेवाको प्रभावकारिता बारे सञ्चारकर्मीहरुसंग छलफल

0 comments

 कूल तामाङ्
 चैत २० नुवाकोट। स्मार्ट टेलिकम प्रालिले नुवाकोटमा सुरु गरेको सेवाको प्रभावकारिता बारे सञ्चारकर्मीहरुसंग छलफल गरेको छ । स्मार्ट टेलिकमले नुवाकोटका २५ गाविसमा मोवाइल सञ्चालनमा ल्याएको छ । ग्रामिण भेगमा पहिले भिस्याट टेलिफोन सञ्चालनमा ल्याएको स्मार्टले चार महिनादेखि स्मार्ट सेल जिएसएम मोवाइल सेवा पनि सुरु गरेको छ ।

नुवाकोटको थप्रेक गाविसमा टावर स्थापना गरी सेवा सञ्चालन गरिएको स्मार्ट सेलका आधिकारिक वितरक टेलि बल्र्ड प्रालिका निर्देशक शोभन सैजुले बताउनुभयो । बट्टारमा भएको कार्यक्रममा बोल्दै निर्देशक सैजुले नुवाकोटका अरु गाविसहरुमा पनि छिट्टै सेवा विस्तार गर्ने योजना रहेको बताउदै यहा २ हजार ५ सय ग्राहक रहेको जानकारी दिनुभयो ।

सन २००८ मा अनुमति लिएको स्मार्टले मोवाइल फोन सञ्चालनमा ल्याएको चार महिना भएको छ । बाग्मति अञ्चलको नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र काभ्रे सहित देशका २५ जिल्लामा सेवा सञ्चालन गरेको छ ।


Read More......

Friday, April 1, 2011

म्याग्दीमा ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम शुरु

0 comments

शोभा शर्मा बस्ताकोटी
 चैत्र १८ म्याग्दी। म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा जनहित टे«निङ्ग एण्ड टे«डिङ्ग पोखरा आर्थिक सहयोग र म्याग्दी जेसीजको आयोजनामा ६५ दिने ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम शुक्रबार देखि सुरु भएको छ।

तालिमको उद्घाटन गदै बेनी बजार अर्थुङ्गे गाविसका सचिव कृष्णबहादुर कार्कीले सामाजिक र आर्थिक विपन्न भएकाले सानो लगानीमा राम्रो आम्दानी गर्न सक्ने भएकाले सिकेका ज्ञानलाई ब्यवहारमा उर्तान आग्रह गरे ।

तालिमको म्याग्दी जेसीजका कार्यवाहक अध्यक्ष रामकृष्ण बराइली, स्वागत कार्यकारी उपाध्यक्ष रस्मिता श्रेष्ठ र सञ्चालन महासचिव भिमसेन बराइलीले गनुभएको थियो ।
तालिममा सहभागिले पछिल्ला दिनमा स्वदेश तथा विदेशमा रोजगारमा जानेका लागि ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम निकै राम्रो भएकाले उपलब्धि मुलक हुने बताएका थिए ।

तालिममा नागरिक समाज म्याग्दीका अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ, जनहित टे«निङ्ग एण्ड टे«डिङ्गका नन्दलाल अधिकारीले तालिमपछि ब्यवसायीक रुपमा लाग्न सहभागिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा म्याग्दी जेसिजका पुर्व अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, सुरत श्रेष्ठ, उत्तम कर्मचार्य, सुविन श्रेष्ठ, दलित बर्ग उत्थान समन्यन समितिका उपाध्यक्ष गब्य परियार, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी लगाएतको सहभागिता रहेको थियो । तालिममा ४५ जना प्रशिक्षथीको सहभागिता रहेको छ । 

Read More......

Wednesday, March 30, 2011

चैतमा मिडिया मेला

0 comments

रविन राचलिका हरीत समूह 
चैत १६ भक्तपुर  पछिल्लो समय नेपालमा मिडियाको बिकासले तिब्रता लिएको छ । मिडिया अहिले ब्यबसायिक हुन थालेको छ । मिडियालाई आफ्नो पेशा बनाउन चाहने युवायुवतीहरु लक्षित गरी काठमाण्डौंमा मेला हुने भएको छ । 


चैतको २५, २६ र २७ गते हुने मेलामा मिडियासंग संम्बन्धित प्रेस, पत्रकार, रेडियो, टिभी, पत्रिका बितरक, अनलाइन सेवा क्षेत्रमा कार्यरत पेशाकर्मीहरुले राख्दैछन् । तीन दिने सो मेलामा मिडियाको लागि आबश्यक पर्ने दक्ष जनशक्तिको समेत खोजी गरिने आयोजक नेपाल बिज्ञापन संघले जनाएको छ । 

मेलामा करीब पचास वटा स्टल राख्न तयारी भएको छ । 

Read More......

Monday, March 28, 2011

नगरकोटमा ग्रह हेर्न मेला

0 comments

रविन राचलिका 
 चैत १४ भक्तपुर। हरेक बर्ष बिज्ञान मन्त्रालयले नगरकोटमा ग्रह हेर्ने मेला गर्दै आएको छ । यस बर्ष पनि शुक्रबार चैत १८ गते राति नगरकोटमा रहेको  टेलिस्कोपबाट अन्तरीक्षमा रहेको मंगल, बुध, शनि, यम आदि ग्रह अबलोकन गराउने उदेश्यले मेला गरिन लागिएको हो ।
नेपालका २७ वटा कलेजहरुमा पढ्ने एक सय बिद्यार्थीहरुले मध्यरातको आकाशमा ग्रह हेर्ने भएका हुन । उक्त मेलाको आयोजना बिज्ञान मन्त्रालय अन्तर्गतको नगरकोट अन्तरीक्ष  अबलोकन केन्द्रले गरेको हो ।

Read More......

Friday, March 18, 2011

म्याग्दीका सबै गाविसमा ताररहित ईन्टरनेट पुयाउने महावीरको योजना

0 comments


अनिता केसी चैत ४ पर्वत ।
म्यागासेसे पुरस्कार बिजेता महाविर पुनले म्याग्दीका सबै गाविसमा ताररहीत ईन्टरनेट सेवा पुरयाउने योजना अघि सार्नुभएको छ । जिल्लाका ४१ गाविसमा ईन्टरनेट पुयाउने योजना अन्तरगत हालसम्म बिम, ताकम, दरवाङ, भकिम्ली, अर्थुङ्गे, चिमखोला, बेग, हिस्तान, दाना, शिख, घार र राम्चे गाविसमा सेवा पुगेको छ । हरेक गाविसलाई आउने अनुदानबाट सुचना प्रविधिका लागि १० प्रतिशत छुट्टाउन सकेमा आगामी ५ बर्ष भित्र म्याग्दीका ४१ ओटै गाविसमा ताररहीत ईन्टरनेट पु¥याई सुचना केन्द्र मार्फत सर्वसाधारणलाई सेवा दिन सकिने पुनले बताउनुभयो । म्याग्दीको राम्चे नागीबाटबाट सन २००२ मा सुरू भएको बेतारे सञ्जाल अहिले धौलागिरि अञ्चलका ४ जिल्लाका साथै १३ जिल्लाको दुर्गम बस्तीमा बेतारे सञ्चाल पुगि सकेको छ । म्याग्दी बाहेका जिल्लामा सुचना र प्रविधि विस्तार गर्नका लागि सुरू गरिएको म्याग्दीका बैदेशिक रोजगारमा गएकालाई लक्षित गरेर सुरू गरिएको वन मन्थ एक डलर कार्यक्रम अन्तरगत अहिलेसम्म करिव ६५ हजार डलर लगानी भइसकेको छ । यसैगरी आज विहान रेडियो दिदीबहिनीसगं कुराकानी गर्दै म्यागासेसे पुरस्कार विजेता महाविर पुनले कुनैपनि ठाउंका स्थानीयवासी इन्टरनेट सेवामार्फत सुचना तथा प्रविधिसगं नजिक रहन इच्छुक भएमा टेलिफोन सम्पर्ककै भरमा आफु प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

Read More......

Thursday, March 10, 2011

एडिएसएल ईन्टरनेटमा समस्या आएपछि गोरखाका उपभोक्ता मर्कामा

0 comments

 अनुप  बाबु  श्रेष्ठ 
  फागुन २६ गोरखा ।नेपाल टेलिकमले प्रदान गर्ने एडिएसएल ईन्टरनेटमा समस्या आएपछि गोरखाका  उपभोक्ता मर्कामा परेका छन् । विगत चार दिन देखी समस्या आए पनी हिजो बेलुकीबाट पुर्णरुपमा अवरुद भएको छ ।   मर्मतका लागी पोखराबाट प्राविधिक बोलाईएपनी समस्या पत्ता नलागेको टेलीकम गोरखाका प्रमुख चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

शुक्रबार  काठमाण्डौबाट अर्को प्राविधिक टोली आउने र भोली नै समस्या समाधान हुन सक्ने उहाँले जानकारी दिनुभयो । टेलिकमले विगत ८  महिना देखी एडिएसएल सेवा सुरु गरेको हो । हालसम्म ७० भन्दा बढि ग्राहकहरुले यो सेवा उपभोग गर्दै आएका छन्  । 

टेलीकमको सेवा प्रति देशभरीबाट नै गुनासो आउने गरेको छ भने गोरखामा पनी पटक पटक मोवाईल, ल्यानलाईन फोन लगायतका सुविधाहरु अवरुद्ध हुने गरेको छ ।

Read More......

Tuesday, March 8, 2011

रसुवामा पुनः विद्युत् उत्पादन आयोजना

0 comments

कुल तामाङ फागुन २४ रसुवा ।
चिलिमे जलविद्युत् आयोजनाको सफलताबाटै रसुवामा नै पुनः विद्युत् उत्पादन गर्न प्रोत्साहित भएका नेपाली प्राविधिकले लामो अनुसन्धानबाट हाकु क्षेत्रमा जिल्लाको सबैभन्दा ठूलो परिमाणमा विद्युत् उत्पादन गर्न सकिने निचोड निकालेका छन् ।

नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालिका अनुसार धुन्चेको दुहार त्रिशूली नदीमा बाँध बाँधी हाकु गाविसको आधार इलाकाबाट भूमिगत संरचनाको नौ दशमलव ८२ किमि सुरुङको सहायताबाट सोही गाविसको ९ नं वडा गोगने गाउँ नजिक चुँखडे क्षेत्रमा दुई सय १६ मेगावाट विद्युत् उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको छ । रसुवा जिल्लाभित्र प्रस्तावित र सञ्चालित अन्य जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको विद्युत् हाकु क्षेत्रमा उत्पादन हुने विज्ञहरुको भनाई छ । ऊर्जा मन्त्रालयबाट यही फागुन १९ गते माथिल्लो त्रिशूली– १ जलविद्युत् आयोजनाको स्वीकृति पाएको र डिजाइनका कार्य सम्पन्न भइसकेकाले आयोजना सञ्चालन गर्दा पर्ने प्रभाव र न्यूनीकरणका उपाय निक्र्याेल गर्न ग्रामीणवासीको राय सुझाव सङ्कलन सुरु भएको वातावरणविद् डम्बर अवस्थीले बताउनुभयो । रसुवाका स्थानीय विकास अधिकारी राममणि भट्टराईले भने देशमा विद्युत् ऊर्जा सङ्कट परिरहेको अवस्थामा विभिन्न कम्पनीले खोला, जलाशय ओगटी काम नगर्दा विद्युत् उत्पादन नभएसम्म विश्वास गर्ने आधार नहुने प्रतिक्रिया दिनुभयो ।

Read More......

Thursday, March 3, 2011

नेपालको पहिलो वायुउर्जा केन्द्र भग्नावशेषमा परिणत कसैले चासो देखाएन

0 comments

चन्द्रश्वर बस्ताकोटी  फागुन १९  मुस्ताङ । मुस्ताङको कागबेनीमा नेपालमानै पहिलोपटक स्थापना गरिएको वायुउर्जा केन्द्र भग्नाअवशेषमा परिणत भएको छ ।सोकेन्द्र मर्मत गर्न २१ बर्ष गता कसैले चासो नदेखाएको स्थानिय बासीन्दाको भनाइ छ ।
२०४६ सालमा स्थापना भएको कागबेनी वायुउर्जा केन्द्रबाट दुई महिनामात्र बिद्युत थियो । उत्तरी दिशाबाट बहने हावाको तिब्र बेग थाम्न नसकेर केन्द्रको दुई वटै पंखा भाचिएपछि केन्द्र बन्द भएको कागबेनीका पर्यटन व्यवसायी धारा गुरूङ बताउँछन् ।

सम्बन्धित पक्षको वेवास्ताका कारण २० किलोवाट क्षमताको सो केन्द्रको मर्मत हुन नसक्दा बन्द भएको हो ।  सो उर्जा केन्द्रमा जडित लाखौ मूल्य बराबरका उपकरणहरू चोरी भएका छन् ।केहि काम नलाग्ने अवश्थामा पुगेका छन भने केहि अझै अलपत्र हवश्थामा छन । केहि समय अगाडी यत्रतत्र छरीएर रहेका भए पनि हाल ति उपकरणहरू  समेत हराएका छन । केहि समाग्री भने सो स्थान भन्दा केहि तल रहेको बिद्युत गृहमा थन्काइएको छ । यो नै नेपालको पहिलो सो बायुउर्जा केन्द्र भएको स्थानियबासी बताउँछन् । त्यस क्षेत्रमा नेपाल बिद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाईन बिस्तार गरेपछि केन्द्र मर्मत गर्नतर्फ कसैले चासो नदेखाउँदा माल पाएर के गर्नु चाल
पो हुन्छ भनेझै भएको छ । डेनमार्कको एक संस्था र स्थानिय जनसहभागीतामा गरि करीब रू. एक करोड को लगानीमा सो केन्द्र स्थापना भएको थियो । देशमा उर्जा संकट घोषणा भएको अवस्थामा यस केन्द्र सञ्चालन गर्न स्थानियबासीले माग गरेका छन् ।  केन्द्र पुन सञ्चालनमा ल्याई मुस्ताङ जिल्लाका बिभिन्न स्थानमा मा वायुउर्जा केन्द्र सञ्चालन गर्न सकेमा उर्जा संकट घटाउन सहयोग पुग्ने देखिन्छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae