जेठ ३ काठमाडौँ । नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एकीकृत नेकपा माओवादीले शिविरमा रहेका लडाकू र हतियारसँगको सम्बन्ध पूर्णरुपमा अन्त्य नगरेसम्म माओवादीसँग सहमतिको राजनीति अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।
पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले एमाओवादीको शिविर अहिलेकै अवस्थामा रहेसम्म मुलुकको शान्तिप्रकि्रया र संविधान लेखन कार्य अगाडि बढाउन नसकिने स्पष्ट पार्नुभयो ।
वर्तमान अवस्थाको मूल कार्यभार शान्ति र संविधान भएकाले यसअघिका सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न एमाओवादी तयार हुनुपर्नेमा जोड दिँदै महामन्त्री सिटौलाले शान्तिप्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउन एमाओवादीले भनाइ र गराइमा देखाइरहेको द्वैध चरित्रका कारण जेठ १४ मा संविधान आउन नसकेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो- ुविगतमा सात राजनीतिक दल र एमाओवादीबीच भएको १२ बुँदे सहमतिलाई अक्षरशः पालना गर्न एमाओवादीले तत्परता देखाएको छैन पटकपटक उसले गरेका सहमतिको ठाडो उल्लङ्घन गर्दै अगाडि बढ्नु राजनीति निकासका लागि समस्याको जड भइरहेको छ ।ु
उहाँले एनेकपा माओवादी र वर्तमान प्रधानमन्त्रीबीच भएको सातबुँदे सहमतिकै निरन्तरतास्वरुप संविधानसभाको म्याद एक वर्ष थप्ने प्रस्ताव आएको बताउँदै विगतको सहमतिविपरित काँगे्रसले कुनै सम्झौता नगर्ने प्रष्ट पार्नुभयो ।
ुप्रधानमन्त्रीको अध्यक्षतामा रहेको लडाकु समायोजन विशेष समितिको बैठक बस्न नसक्नु बैठकमा लागि कुनै पहल नगर्नु समायोजनको स्पष्ट खाका ल्याउन नसक्नुका कारण शान्तिप्रकि्रयामा अवरोध सिर्जना भइरहेको छु उहाँले भन्नुभयो ।
उहाँले काँगे्रसले ुशान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधानः नेपाली काँगे्रसको राष्ट्रिय अभियानु अन्तर्गत जेठ ६ गते काठमाडौँमा गर्न लागेको आमसभामा पार्टीकातर्फबाट शान्तिप्रकि्रया र संविधानका पक्षमा स्पष्ट धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
0 comments:
Post a Comment