Sahara Sansar

Monday, May 9, 2011

संविधानसभाको म्याद थप्नुको औचित्य छैन: राष्ट्रिय जनशक्ति पाटी

बैशाख २६ काठमाण्डौ । राष्ट्रिय जनशक्ति पार्टीले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने बताएको छ । राजपा अध्यक्ष सूर्यहादुर थापाले आज विज्ञप्ती जारी गरि संविधान निर्माणको पहिलो सर्त र अधार शान्ति प्रकि्रया तार्किक निष्कर्षमा पुर्याउनु भएको भन्दै शान्ति प्रकि्रया अधकल्चो रहेको अहिलेको अवस्थमा संविधान निर्माण हुन नसक्ने जनाउनु भएको छ । माओवादी शान्ति र संविधान निर्माणका लागि अनिच्छुक रहेको भन्दै पूर्वप्रधानमन्त्री थापाले यथास्थितिमा संविधानसभाको म्याद थप्नु नहुने बताउनु भएको छ ।

विज्ञप्तीमा प्रमुख दलहरु र खास गरी माओवादीको अनिच्छाका कारण शान्ति र संविधानका आधारभूत अन्तरवस्तुमा सहमति हुन नसकेको बताइएको छ । राजपाले यथास्थितिमा संविधानसभाको अब थप गर्दा नव घोषित मितिमा पनि संविधान बन्ने वातावरण बनाउन दलहरु तयार नभएको म्याद थपका पक्षमा नरहेको बताएको छ ।

राजपाले जेठ १४ अगावै माओवादी लडाकूहरुको समायोजन तथा पुनर्थापना वासीएलको अर्धसैन्य संरचनाको अन्त्य कब्जा सम्पत्ति फिर्ता सहित शान्ति प्रकि्रया पुरा गर्ने प्रत्याभूति र बहुलवादी लोकतन्त्र प्रजातन्त्रका विश्वव्यापी मान्यताप्रति माओवादी सहमत भए संविधान निर्माणको वातावरण बन्ने जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae