एसवी गौतम,वैशाख २६, सिन्धुली
विद्याथीहरुलाई राज्यले प्रदान गरेको ४५ प्रतिशत छुट विद्यार्थीहरुले उपभोग गर्न नपाएको भन्दै आज तिन विधार्थी सङगठनले जिल्ला प्रसासन कार्यालय सिन्धुलीलाई ज्ञापन पत्र वुझाएको छ ।
अनेरास्वियूनेविसघं र अनेरास्वियू क्रान्तिकारीका प्रतिनिधीको हस्ताक्षरमा वुझाईएकॊ ज्ञापन पत्रमा यसअघी २०६७ साल मिसंर १३ गते जिल्ला प्रसासन कार्यालयवस व्यवसायीराजनैतिक दलविद्यार्थी सगंठनहरुको विचमा भएको सहमती कार्यान्वयन गर्न भन्दै आग्रह गरिएको छ ।
सहमती गर्ने तर कार्यान्वय नगर्ने प्रसासन र व्यवसायीको रवैयाले हामीलाई आक्रोशित वनाएको छ फेरीपनी सहमतीको कार्यान्वयनमा ध्यान नदिएमा हामी सम्पुर्ण विधार्थीहरुको न्यायको लागी थप आन्दोलन गर्न वाध्य हुनेछौ उक्त ज्ञापन पत्रमा भनिएको छ ।
0 comments:
Post a Comment