सुशील पन्त
बैशाख २३ काठमाडौं । संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले शान्ति र सबिधानको बिषयमा महत्वपुर्ण निर्णय लिने समयमा राजधानी नछाडन प्रमुख दलका नेताहरुलाई आग्ह गर्नु भएको छ । जनआन्दोलनको भाबना अनुसार सविधान सभाबाटै संबिधान बनाउने कुराको बिकल्प खोज्न नसकिने उहाँले टिप्पणी गर्नु भयो । नेपाल पत्रकार महासघंको २३औ महाधिबेशन बाट निर्बाचित कार्य समितिलाई पदभार हस्तान्तरण कार्यक्रममा नेम्वाङले संविधान निर्माणमा केन्द्रीत रहनुपर्ने दलहरु झिना मसिना विषयमा अल्झिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
सरकार बिस्तार लगत्तै सत्तारुढ दल भित्र देखिएको आन्तरिक बिबादले शान्ति र संविधान निर्माणलाइ असर पु¥याउने उहँँको तन्ता थियो । ‘पत्रकार महासंघमा राजनीतिक सहमति भयो भन्ने हल्ला छ, व्यङ्गगर्दै उहाँले भन्नुभयो– पत्रकार महासघंमा राजनितीक सहमती गर्न सक्ने दलहरु सबिधानसभामा किन गर्न सक्दैनन ?’ त्यस अबसरमा महासघंका नबनिर्बाचित अध्यक्ष शिब गाउँलेले पछिल्लो जनआन्दोलनको एक प्रमुख हिस्सेदारको रुपमा रहेको पत्रकार महासघले सबिधान निर्माणको सुस्म ढगंले अनुगमन गर्ने बताउनु भयो ।
यसैबीच नेपाल पत्रकार महासघंको २३ औ महाधिबेशनबाट निर्बाचित कार्य समितीलाई पदभार हस्तान्तरण गरिएको छ । निवर्तमान अध्यक्ष धर्मेन्द्र झाले नवनिर्वाचित अध्यक्ष गाउलेलाइ माइन्युट हस्तान्तरण गरी पदभार हस्तान्तरण गर्नुभएको हो ।
0 comments:
Post a Comment