Sahara Sansar

Friday, May 6, 2011

माओवादीलाई अपराध छुटका लागि गृहमन्त्रालय दिइएको पूर्व प्रधानमन्त्री नेपालको आरोप

बैशाख २३ काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीलाई गृहमन्त्रालय माओवादीलाई दिएर प्रधानमन्त्री झलनाथ खनालले गंभीर गल्ती गरेको टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लब काठमाडौमा नेता नेपालले गृहमन्त्रालय माओवादीलाई दिने निर्णय पार्टीको नभई प्रधानमन्त्रीको ब्यक्तिगत नर्णय भएको बताउनुभयो । पार्टीको निर्णय उल्लंघन गरेको विषयबाट उत्पन्न हुने दुरगामी असरको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने नेपालको तर्क छ ।

पार्टीको निर्णय विपरित प्रधानमन्त्रीले माओवादीलाई गृहमन्त्रालय दिएको विषयलाई पार्टीले अनुमोदन नगर्ने बताउँदै नेपालले माओवादीको गृहमन्त्रालयको चाहना जनविद्रोहको तयारीको निहितार्थ भएको दावी गर्नुभयो । माओवादीलाई गृहमन्त्रालय दिनु भनेको उसका कार्याकर्ताको अपराधलाई क्लिन चिट दिनु, समाजमा त्रासको आतंक कायम गर्नु रहेको भन्दै नेपालले भन्नुभयो–माओवादीलाई गृहमन्त्रालय दिनु भनेको मानव तस्करी, लुटपिट, कुटपिट, बनमास्न,त्रास कायम गर्न छुट दिनु हो । अहिलेनै कति वाईसीएलहरु एसपीलाई निर्देशन दिन गईसके ।

नेता नेपालले राष्ट्रिय सहमतिको सरकार बन्ने भरपर्दो आधार तयार नभएसम्म प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकार ढाल्न नहुने समेत बताउनुभयो । आफू नेतृत्वको सरकार एमालेभित्रबाटै ढालेको प्रसंग कोट्याउँदै उहाँले एमालेको सरकार ढलेर एमालेकै सरकार बनेकोले घिउ कहाँ पोखियो भागैमा भने जस्तै भएको भन्दै आफ्नो पार्टीको सरकार ढालेर अर्काको नेतृत्वमा सरकार बनाउने कुरा सोच्नै नसकिने बताउनुभयो ।

 पछिल्लो समयमा माओवादी अध्यक्षले जेठ १४ गतेभित्रमै संविधानको मस्यौदा निर्माण गर्ने र सेना समायोजनका मोडालिटी बनाएर संविधानसभाको म्याद थप्ने भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै नेता नेपालले कुरो गरेर हुँदैन काम र ब्यवहारमा देखाउनु पर्यो भनि ब्यङ्गय गर्नुभयो । उहाँले भन्नुभयो– बाँकी २० दिनमा धेरै गर्न सकिन्छ तर माओवादीले त्यो चाहेको हो कि होईन भन्ने विश्वासको आधार चाहियो । माओवादीले अब गर्ने नै हो भने उप्रतिको आंशका निवारण गर्ने गरी बोल्ड कदम चाल्नु पर्छ । संविधान निर्माण र शान्ति प्रक्रिया निश्कर्समा पुग्ने आधार बने तीन–चार महिना संविधानसभाको म्याद थप्न सकिने भन्दै नेता नेपालले यथास्थितिमा संविधानसभाको म्याद थप्नुको औचित्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो– माओवादीले सत्ता कब्जाको लागि समय खोजेको हो भने त्यो हुँदैन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae