बैशाख २० काठमाडौं। पार्टीको तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम तय गर्न बसेको एकीकृत नेकपा माओवादी पदाधिकारी बैठक सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास काठमाडौंको नयाँ बजारमा बसेको बैठकले थप मन्त्रीको नामावली टुङ्गो लगाउने जिम्मा अध्यक्षलाई दिने निर्णय गरेको छ ।
मन्त्री बन्नेको नाम छान्ने जिम्मेवारी पदाधिकारी बैठकले दिएपछि अब अध्यक्ष प्रचण्डले आफ्नो स्वविवेकको आधारमा नाम तय गर्नु हुनेछ । पार्टीभित्र अलग अलग खेमाका मन्त्री बन्न चाहनेहरुको सूची लामै भएपछि माओवादीले थप मन्त्री बन्न चाहनेको नाम पटक पटक बैठक बस्दा पनि टुङ्गो लगाउन सकेको छैन ।
माओवादीको भागमा बाँकी सात मन्त्री र ११ राज्यमन्त्री परेको छ ।
0 comments:
Post a Comment