वैशाख २९ काठमाडौं ।नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत राकेश सुदबीच छलफल भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा संविधान निर्माण र राष्ट्रिय सरकारका विषयमा छलफल भएको छ । संविधान र शान्तिका लागि जागरण अभियान सन्चालन गरिरहेको काङ्ग्रेसले आगामी कार्ययोजना पनि बनाउने तयारी गरिरहेको बेला भारतीय राजदूत सुदले भेटवार्ता गर्नुभएको हो ।
कोइरालासँगको भेटमा राजदूत सुदले जेठ १४ गतेको अवस्था र त्यसपछिको सहमतिका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।
0 comments:
Post a Comment