Sahara Sansar

Wednesday, May 11, 2011

काँग्रेस र मधेसवादी दलको सहभागिताबिना शान्ति प्रकि्रयाले पूर्णता पाउदैन- मन्त्री रायमाझी

वैशाख २९ चितवन। भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले काँग्रेस र मधेसवादी दलहरुको सहभागिताबिना शान्ति प्रकि्रयाले पूर्णता नपाउने बताउनुभएको छ ।
उहाँले शान्ति प्रकि्रयालाई टुङ्गोमा पुर् याएर संविधान जारी गर्नका लागि काँग्रेस र मधेसवादी दललाई बाहिर राख्न नहुनेमा जोड दिनुभयो ।

हिजो चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका मन्त्री रायमाझी आज राजधानी फर्कनेक्रममा भरतपुर विमानस्थलमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा संक्षिप्त कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।

दलहरुबीच सहमति नभए देशमा कुनै पनि समस्याको समाधान नहुने भन्दै उहाँले देशको आवश्यकताअनुसार अहिलेका राजनीतिक दलहरु अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae