Sahara Sansar

Thursday, May 12, 2011

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नेपालमा पनि मनाईंदै

बैशाख २९ काठमाडौं। आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, प्रत्येक वर्ष मे १२ तारिखका दिन नेपाललगायत विश्वभर यो दिवस मनाइने गरिन्छ । नर्सिङ क्षेत्रकी अग्रणी फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर सन् १९६५ देखि मे १२ लाई नर्सिङ दिवसका रुपमा विश्वभर मनाउने गरिएको हो । नेपालमा पनि नर्सिङ तथा स्वास्थ्य क्षेत्रमा लागेका अनमीहरुले महिलाहरुले विशेष गरी यो दिवस मनाउने गर्दछन् । नर्सले विभिन्न रोगको उपचारात्मक तथा प्रतिरोधात्मक क्रियाकलापमा चिकित्सकसँग सहयोगीको भूमिकामा काम गर्ने गर्छन् । 

नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार नेपालमा करिब १४ हजार भन्दा बढी नर्स र १५ हजार अनमी गरी करिब २९ हजार भन्दा बढी नर्स छन् । नर्सिङ सेवामा लाग्नेहरुको आकर्षण विदेशमा हुने भएकाले यसमा पढ्नेहरुको सङ्ख्या थपिदै गएको छ । स्वास्थ्य क्षेत्रमा नर्सहरुको महत्वपूर्ण भूमिका हुने भए पनि त्यसअनुसार सेवा, सुविधालगायत नभएको लगायतका माग गर्दै नेपाल नर्सिङ एशोसिएसनले बेलाबेलामा आन्दोलनसमेत गर्दै आएको छ । 

अन्तर्राष्ट्रिय नर्सिङ परिषद्को आह्वानमा हरेक वर्ष नर्सिङ दिवस मनाईने गरिन्छ । परिषद्मा नेपाल सहित १ सय ३३ देश सहभागी छन् । नर्सिङ पेशामा आकर्षण बढेपनि तलबसुविधा कम भएको भन्दै नेपाली नर्समा बिदेश पलायनको क्रम बढ्दो छ । यसैबीच सेभ द चिल्ड्रेन र नेपाल नर्सिङ संघले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव तत्काल समाधान गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । स्वास्थ्य क्षेत्रमा जनशक्तिको अत्यन्तै कमी रहेका ५७ देशहरुमध्ये नेपाल पनि एक हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae