चन्द्रश्वर बस्ताकोटी
जोमसोम। मुस्ताङको कोवाङ गाविसमा आयोजना गरिएको चौरीको आलो रगत पिउने मेलाबाट करिब २६ लाख भन्दा बढि आम्दानी भएको छ ।धौलागिरि चौरी पालक कृषक समुहले आयोजना गरेको आलो रगत पिउने मेलामा चौरीको आलो रगत, मासु र अन्य ब्यापारबाट सो परिमाणको आम्दानी भएको धौलागिरी चौरी पालक समुह मुस्ताङका सचिब सकेन्द्र गौचनले बताउनुभयो ।
धौलागिरि चौ“रीपालन कृषक समुहले आयोजना गरेको मेलामा किसानका १४ गोठका चौरी ल्याइएको छ । एक गिलास चौरीको आलो रगतको १ सय रुपैया पर्ने गर्दछ । प्रत्येक बर्ष आयोजना गर्ने गरिएको यस्तो महोत्सबमा करिव १४ लाखको आलो रगत, करिब ५ लाखको मासु र करिब ७ लाखको अन्य ब्यापार भएको बताइएको छ । गत बर्ष करिब १९ लाख किसानहरुले आम्दानी गरेका थिए । ७ सय भन्दा बढि चौरी मध्ये करिब ५ सय चौरीको आलो रगत निकालिएको थियो
उच्च हिमाली क्षेत्रमा पाईने यार्सागुम्वु, निरमसी, पाँचऔले र जटामसी जस्ता जडिबुटीहरु खाएर बांचेका चौरीगाईको आलो रगत पिउन मुस्ताङ, म्याग्दी, काठमाडौ, चितवन, कास्की, वाग्लुङ पर्वत, सोलुखुम्वु लगायतका ठाउबाट विरामीहरु आएका थिए ।
सडक र हवाई मार्ग हुदै रगत पिउनका लागि काठमाडौ, चितवन, पोखरा, म्याग्दी लगायतका क्षेत्रबाट आउने विरामीको संख्या विगतका बर्षमा भन्दा बढ्दै जान थालेको चौरी पालक कृषकहरुले बताएका छन् । ग्याष्टीक लगायतका रोगहरु निको हुने रगत पिउन महिला, सानासान बालबालिका देखि बृद्धबृद्धासम्म आउने गरेका छन् । काठमाण्डौको गणबहालबाट आलोरगत पिउन बिगत १६ बर्ष देखि आउने गरेको बिरामी गुप्त शेरचनले बताए । मेलामा ल्याइएका चौरीको आलो रगत निकाल्नु पुर्व जिल्ला पशुसेवा कार्यालय मुस्ताङले स्वास्थ्य परिक्षण गर्ने गरेको कार्यालयले जनाएको छ । गत ५ गते देखि शुरु भएको मेला मगलबार सम्पन्न भएको हो ।
0 comments:
Post a Comment