Sahara Sansar

Tuesday, May 3, 2011

सिन्धुली बस दुर्घटनामा मृत्य हुनेको संख्या ११ पुग्यो

यम चौलागाई
 बैशाख २० सिन्धुली। सिन्धुलीको खुर्कोटबाट काभ्रेको बनेपा तर्फ गईरहेको यात्रु बहाक वस पुरानो झगाझोली स्थित मुलकोटको रिट्ठेभिरमा भएको दुर्घटना परी मृत्यु हुनेको संख्या अहिले सम्ममा ११ पुगेको छ । दश जनाकाको शव घटनास्थलमा नै फेला पारेको हो भने एक जनाको उपचारको लागि धुलिखेल लैजादा लैजादै बाटोमा नै मृत्यु भएको हो । मृत्यु हुने ११ मध्य सिन्धुली पुरानो झागाझोली ६ का श्याम बसाले धादिङका शिव कार्की र रामेछाप भिरपानीका आईते माझी गरी तीन जनाको भने सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका १४ जनाको उद्धार गरी उपचारका लागि काभे्रको धुलीखेल पठाइएको छ । 

दुर्घटनामा परी मर्नेको सख्या अझै भएको अनुमान गएिको भएपनि भिरमा डोरी लगायर उद्धार गर्नु पर्दा कठीनाई भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । विहान ८ बजे करिव तीस पैत्तीस जना यात्रु लिएर गएको बा२ ख३३७५ नंम्वरको बस तीव्र गातिका कारण नियन्त्रणमा आउन नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अहिले पुरानो गोरखगण सिन्धुलीबाट गएको नेपाली सेना, जनपद प्रहरी,
शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae