बैशाख २१ काठमाडौं। पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महाँसंघको २३ औ महाँधिबेशनमा आज मतदान हुदैछ ।हिजोबाट राजधानीको प्रज्ञा भवनमा सुरु भएको महाधाबिशेनमा बिहान ८ बजे बाट मतदान सुरु हुने भनेपनि आवस्यक तयारी नपुगेकाले मतदान कार्य ९ वजेवाट सुरुहुने भएको छ ।३१ सदस्यीय कार्य समितीको लागि देश भरका करिब १ हहार ३ सय सभाषदहरुलेमतदान गर्ने छन् ।
भावी कार्य समितीको लागि पोषण केसी, शिव गाउँले र केदार कोईरालाले अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् । ७३ जिल्ला शाखा, ४० प्रतिष्ठान र ८ एशोसियट बाट आएका सभाषदहरुले आ–आफ्नो पक्षका नेताहरुको प्रचार प्रसारमा तिब्रता दिएका छन । “शान्ति र संबिधान नेपाल पत्रकार महाँसंघको अभियान” भन्ने मुल नारा सहित सुरु भएको महाधिबेशन हिजो प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नु भएको थियो । हिजै बन्द सत्रमा महासचिबको प्रगति प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन माथि टिप्पणी सहित पास भैसकेको छ ।
0 comments:
Post a Comment