बैशाख १९ काठमाडौं। माग राख्ने सभासद नै अनुपस्थित भएपछि स्थगित भएको संवैधानिक समिति बैठक अहिले फेरि बसिरहेको छ । संवैधानिक समितिमा अल्पसंख्यक मुस्लिमका माग उठाउँदै आएका सभासद सदरुल मियाँ अनुपस्थित भएपछि पूर्वनिर्धारित बैठक अहिले फेरि बसिरहेको हो ।
चारजना सभासदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संवैधानिक समितिका सभापति निलाम्बर आचार्यलगायत प्रमुख दलका नेताहरुले आधा घण्टा जति पर्खिनुभएको थियो । तर संवैधानिक समिति बैठक चलाउनका लागि छलफल आवश्यक भएकाले फेरि सभासदहरुसँग बसी निकासको पहल गरिएको हो ।
२८ दलीय संयन्त्रको बैठकले अल्पसंख्यक समूदायका सभासदले उठाएका माग संबोधन गर्न प्रमुख तीन दलका संसदीय दलका नेतालगायत संविधानसभा अध्यक्ष र संवैधानिक समिति सभापतिलाई जिम्मा लगाएको थियो ।
0 comments:
Post a Comment