वैशाख २२ काठमाडौं, । जर्मनीको साल्केईलाई सेमिफाइनलको दोस्रो लेग खेलमा सजिलै ४–१ ले पाखा लगाउँदै इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
फाइनलमा अब म्यानचेस्टर युनाइटेड मे २८ मा स्पेनको बार्सिलोना विरुद्ध भिड्नेछ ।घरेलु मैदान ओल्ड ट्राफडमा भएको खेलमा म्यान युको तर्फबाट दुई गोल चर्चित ब्रजिलियन मिडफिल्डर एण्डरसनले गरेका थिए । एण्डरसन ७२ र ७६ औ मिनेटमा गोल गर्न सफल भए ।
एन्टोनिया भ्यालेनसियाले २६ औ मिनेटमा गोलको खाता खोल्दा डारोन गिब्सन ३१ औ मिनेटमा दोस्रो गोल गर्न सफल भए । होसे म्यानुएल जुवार्डोले खेलको ३५ औ मिनेटमा साल्केईको लागि सान्त्वना गोल गरे । यसअघि सेमिफाइनलमा पहिलो लेग खेलमा म्यान यु २–० ले विजयी भएको थियो ।
0 comments:
Post a Comment