Sahara Sansar

Thursday, May 5, 2011

बमजनले छ वर्षको तपस्या बुद्ध जयन्तीमा सम्पन्न गर्ने

 बैशाख २२ काठमाडौ,। बाराका रामबहादुर बमजनले छ वर्षदेखि निरन्तर रुपमा अन्न र पानी त्यागी गरेको तपस्या आगामि जेठ ३ गते बुद्ध पुर्णिमाको दिन सम्पन्न गर्ने भएका छन् । ज्ञान प्राप्त गरेको भनिएका तपस्वीले सो असवरमा विश्व शान्तिकोलागी आफूले प्राप्त गरेको ज्ञान प्रसार गर्ने भएकोले अवसरमा अगामि 

जेठ ६ गतेदेखि १५ गतेसम्म नेपाल र अन्तर्राष्ट्रिय सर्वधर्म सभाको आयोजना हुने भएको छ । सर्वधर्म सभाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर  सो विषयमा जानकारी दिएको हो । कार्यक्रम अनुसार बाराको रतनपुरमा आगामि जेठ ६ गते अन्तर्राष्ट्रिय सर्वधर्म सभा, जेठ ८ गते नेपाल बौद्ध धर्मसभा, जेठ १० गते बोधी श्रवण धर्म सन्चय एवम प्रचार गोष्टि, जेठ १३ गते दाता गोष्ठि, १४ गते धर्म संघ फाउण्डेसन र १५ गते नेपाल अन्तर धर्मसभाको आयोजना गरिने छ । सो अवसरमा तपस्वी बमजनले पनि ज्ञान प्रवचन दिने कार्यक्रम रहेको छ । सो कार्यक्रमकालागी  विश्वभरीका तीन सय बढी धर्मावलम्बि र विद्धानहरु आउने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । सो सभा अवधीमा अनुयायीहरुलाई सदस्यता समेत प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा बोधी श्रवण धर्म संघका अध्यक्ष मणि लामा, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, मुस्लिम समाजका महम्मद अली, क्रिश्चियन समाजका सीवी गहतराज, क्यानाडाबाट आएका डाक्टर किम मुन चुन सु, बुद्धिष्ट समूदायबाट भिक्षु चन्द्र कृति, गुरु पुरोहित सोनाम ध्यूरेमे लामा, हिन्दुधर्म समाजका दामोदर गौतमले तपस्वी बमजन नेपालको अदितिय शक्ति भए पनि त्यसको उचित सम्मान गर्न नसकिएको गुनासो गरेका थिए । उनीहरुले राज्यले केही गर्न नसके पनि जनस्तरबाटै उनको सम्मान हुनु पर्ने जिकिर गरेका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae