बैशाख २२ काठमाडौ। लक्ष्मण थारुले नेतृत्व गरेको थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सन्चालन गर्ने घोषणा गरेको छ । परिषदले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरेर कुनै पनि हालतमा जेठ १४ गते संविधान जारी गर्नु पर्ने स्पष्ट धारणा राख्दै संविधानसभाको म्याद थप्ने कार्य आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएको हो ।
एमाले, माओवादी र फोरमवीच भएको सहमतिलाई राष्ट्रघाती सहमतिको संज्ञा दिदै परिषद अध्यक्ष लक्ष्मण थारुले आदीबासी थारुहरुलाई मधेसी बनाउने सम्झौता खारेज हुनु पर्ने माग गर्नुभएको छ ।
परिषदले जेठ १४ गते अघिनै संविधान जारी गर्न दवाव सृजना गर्ने उद्देश्यले अगाामि बैशाख २७ गतेबाट दुई दिने थरुहट बन्द सहितको तीन साता लामो आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
घोषित आन्दोलनको कार्यक्रम अनुसार बैशाख २७ गते प्रचार प्रसार र वालपेन्टिङ्ग गर्ने, २८ गते मसाल जुुलुस निकाल्ने, बैशाख २९ र ३० गते थरुहट बन्द गर्ने , जेठ ५ देखी १४ गतेसम्म कैलाली, कन्चनपुर, बर्दिया, बाँके, दाङ्ग, नवलपरासी, सिराहा, सप्तरी, उदयपुर, सुनसरी र चितवनामा थरुहट सेनालाई तालिम दिने, मजदुर, महिला, विद्यार्थी, किसान, ब्यापारी र कर्मचारको भेला गर्ने लगायतका छन् ।
0 comments:
Post a Comment